Thursday, May 1, 2008

एनआरएनमा चुनाव

सुरेश परिवर्तन

एनआरएनले शुरुआति दिनमा जुन ्उ्त्साह जगाएको थियो, त्यो अहिले छैन। नेपालको वर्तमान राजनीतिक घटनाक्रमले पनि एनआरएनको गतिविधिलाई ओझेलमा पारेको हुन सक्छ। राष्ट्रिय-अन्तर्राष्ट्रिय समूहले समेत नेपालमा्् ्उ्पस्थिति जमाएको बखतमा नवधनाढ्यहरुको कफी-बियर-व्हीस्की गफ तल पर्नु स्वाभाविक पनि हो। तर, एनआरएनले ठूलो बदनामी झेल्नु परेको भने नेपाली खेलाडीहरुलाई पुरस्कार रकम दिन आनाकानी गरेकै कारण हो। नेपाली ब्लगरहरुका ब्यापक दवावका कारण बाध्य भएर डा. ्उ्पेन्द्र महतोको एनआरएनले पुरस्कार वितरण समारोह आयोजना गर्न बाध्य हुन पुगेको थियो। हामीले भन्दै आएका अधिकाँस कुरालाई "म्याराथन पुरस्कार कान्ड"ले केही हदसम्म पुष्टी गरेको देखिन्छ। एनआरएनमा छद्म प्रवृतिका, अवैध धन्दा गर्नेहरु, मानव तस्करीमा सँलग्नहरु, फर्जी प्रमाणपत्रको आधारमा आफुलाई विद्वान साबित गर्नेहरु छन कि छैनन, त्यसका सँबन्धमा अब डा. ्््उ्पेनद्र महतो चनाखो हुनु पर्छ। 

डा. ्््उ्पेन्द्रलाई मात्र सबै जिम्मेवारी लगा्््उ्ने काम पनि मेरो विचारमा ठीक होईन। किनभने अन्तर्रा्ष्ट्रिय समितिमा पुग्ने बाटोको जोहो भनेकै राष्ट्रिय समितिहरु हो। त्यसैले, विश्वभरका राष्ट्रिय समितिहरुले आ-आफ्ना सँगठनमा राम्रा मान्छेहरु ल्या्उ्नु पर्ने कुरा म आवश्यक देख्छु। अनौपचारिक छलफलका क्रममा धेरै मित्रहरुसँग एनआरएनको विषयमा कुरा भयो। केही साथिहरुले एनआरएनले के फाईदा गर्छ भनेर पनि प्रश्न राखे। व्यक्तिगत रुपमा कसैको केही फाईदा हुने कुरा होईन, यो विदेशमा प्रगती गरेका नेपालीहरुले देश विकासको लागी सामूहिक प्रयासको बाटो मात्र हो भन्ने जवाफ दिएँ। खै, साथिहरुले चित्त बुझा्उ्नु भयो कि भएन त्यो थाहा भएन । वास्तवमै हामी धेरै शुभचिन्तकहरुको चासो र चिन्ता देश विकासकै कुरामा छ। विदेशमा हामी छौँ तर पनि पलपल देशको चिन्ताले हामीलाई सता्उ्ने गर्छ। हाम्रो विगत, हाम्रो परिवार र हाम्रो मुटु अहिले पनि नेपालमै छ। यस कारणले नै हो, एनआरएनले केही गर्ला की भन्ने आशा जागेको। 

एनअारएन-जापान राष्ट्रिय समितिको दोस्रो कार्यसमितिको चुनाव अब केही दिनमै हुँदैछ। एनआरएनको पहिलो राष्ट्रिय समितिले के कति प्रगती गरे-त्यो हामीले पढन र सुन्न पाएका छैनौँ। पहिलो कार्यसमितिको ्उ्पलब्धीहरु शायद चाँडै नै प्रस्तुत हुने होलान। ्उ्हाँहरुले आफ्नो प्रगती विवरण दिनु नै हुनेछ। तर, विगतका कृयाकलापलाई हेर्ने हो भने ्उ्हाँहरुले यहाँ पनि आफ्ना कमजोरीलाई लुका्उ्ने र एअरलाईन्स चला्उ्ने जस्ता ्उ्डन्ते प्रस्तावहरु नराख्ला भन्ने छैन। कुनै समाजसेवी सँगठनमा यस्तो हिसाबले कुरा हुनु ठीक होईन। तर, अहिले एनआरएनमा यो भन्दा पनि ठूलो विकृति देखा परिसकेको छ। 

समाजसेवी सँगठनको रुपमा रहेको एनआरएनमा देखिएको ठूलो विकृति भनेकै राजनीति र गुटबन्दी हो। एनआरएनमा पुग्नु पर्ने व्यक्तिहरु भनेकै ज-जस्ले सँगठनको मूल्य र मान्यतालाई कायम राख्न सक्छ, तिनै व्यक्तिहरु मात्र हुन। एनआरएनले गर्नु पर्नेे काम थुप्रै छ। जापानका नेपालीहरुलाई सँगठित गर्ने, ्उ्निहरुलाई देश विकासका लागी केही गर्न अभीप्रेरित गर्ने, राष्ट्रिय ्उ्त्पादनलाई वैदेशीक बजारमा स्थापना गर्ने, नेपालमा शिक्षालय, अस्पताल, एम्बुलेन्स सेवा लगायतका लागी विदेशी दाताहरुसँग समन्वय गर्ने, नेपालको लागी अत्यावश्यक हाईड्रोपावर जस्ता ्उ्र्जा-सँशाधनको विकास गर्ने जस्ता थुप्रै चुनौती र जिम्मेवारीहरु अहिले एनआरएन जापानको अगाडी छ। यि कामहरु गर्न एनआरएन जापानले आफ्ना पदाधिकारीका रुपमा समन्वयकर्ता, लगानीकर्ता, भाषाविद, जापानी समूदायमा लोकप्रिय व्यक्तित्वहरु, पत्रकार -ब्लगर लगायत  विभिन्न क्षेत्रका व्यक्तिहरु रोज्नु पर्ने देखिन्छ। यदि जापानका सबै एनआरएनहरु एकै थलोमा भेला हुने र विना गुटबन्दी आ-आफ्ना विचारलाई राख्ने हो भने हामी एनआरएन जापानको दोस्रो कार्यकालका लागी आवश्यक पदाधिकारीहरु भेटन सक्छौँ। तर, यो सकारात्मक पहल अहिले भईरहेको देखिन्न र जसरी हुन्छ, एनआरएनलाई आफ्नो पोल्टामा हाल्ने रणनिति केहीले अख्तियार गरेको देखिन्छ। 

एनआरएन-जापानको वर्तमान राजनैतिक ध्रविकरण केही हदसम्म अन्तर्राष्ट्रिय समितिको चुनावसँग पनि गाँसिएको छ। एकताका जापानबाटै कुनै व्यक्तित्वले अन्तर्राष्ट्रिय समितिमा अध्यक्षता पा्उ्ने कुरा पनि अगाडी आएको थियो। डा. ््उ्पेन्द्र महतोको कार्यकाल पश्चात ्उ्क्त दावी पुन: दोहोरिन सक्ने देखिन्छ। त्यसैले, ्उ्क्त चुनावमा आफ्नो पकड कायम राख्न अहिले देखिनै "राम्रो मान्छे" भन्दा "हाम्रो मान्छे" चुन्नका लागी यो राजनैतिक गुटबन्दी हुन पुगेको सम्भावनालाई नकार्न सकिन्न। अन्तर्राष्ट्िय समितिमा पुग्ने महात्वकाँक्षा बोकेका व्यक्ति भनेको वास्तवमा सबैले मान्ने व्यक्ति नै हुन। सर्वमान्यताका बावजुद पनि गुटबन्दी र राजनैतिक ध्रुविकरण रोक्न ्उ्हाँहरु पहल गर्नु हुन्न भने, हामीले स्पष्ट बुझ्नु पर्छ कि पहिलो कार्यसमिति चुनावको बखतको मानसिकता हालपनि कायम छ र झन दर्बिलो छ। 

कुनै ए्उ्टा पक्षले खुल्ला रुपमा गुटबन्दी गर्छन र लोकतान्तृक भना्उ्ँदाहरुको पत्ता साफ गर्छु भन्दै हिँडछन भने, हामी पनि चुप लागेर बस्नु ठीक होईन।् जापानमा लोकतान्तृक पक्षधरहरुलाई विजयी गरा्उ्न हामी धेरैले सकृय भूमिका खेलेका छौँ। सम्पादकलाई चिट्ठी लेख्दा ज्ञानेन्द्रको ध्वाँस देख््ा्उ्ँदै माओवादीको आरोपमा गोली ठोक्नु पर्छ भन्ने जस्ता निकृष्ट सोचहरुमाथि हामीले पटक-‍पटक जीत हासिल गरेका छौँ। सामाजिक सँगठनमा राजनीति नगरौँ भन्ने हाम्रो शालीन र सौम्य सोचलाई हाम्रो कमजोरी ठान्ने महानुभावहरुलाई पुन: हामीले नहराई भएको छैन। यसको लागी आवश्यक छ, ढृढ ईच्छाशक्ती, बलिदानी भावना र लोकतान्तृक एकताप्रतिको विश्वास। 

ए्््उ्टै पदमा लोकतान्तृक साथिहरुले नै हानाथाप गर्नु कुनै हालमा ठीक कुरा होईन। जापानमा लोकतन्त्रका लागी नेपाली समूदायको जुलुस-प्रदर्शनमा अगुवाई गर्ने महेश श्रेष्ठ, पत्रकार मित्र बेलु थापा, भाषाविद साथि जिज्ञान कुमार थापा, कपिल देव थापाजी लगायत नागोयाबाट अर्का मित्र डा. सुदिप अधिकारीको पनि ्उ्म्मेदवारी परेको म सुन्दैछु। लोकतान्तृक आन्दोलनमा गरेका लगानी र पहिलो कार्यसमितिमा आफु नरहेरै साथिहरुलाई सघा्उ्ने व्यक्तित्वका रुपमा रहेका महेश श्रेष्ठको अर्को राम्रो पक्ष भनेको नेपालको हाईड्रोपावरमा यिनले लगानी गर्दै नेपालीका घर-दैलोमा ्उ्ज्यालो फैला्उ्न चालेको विकासवादी कदम नै हो। वामपन्थि झुकावका मित्र बेलु थापाले एनआरएनमा राष्ट्रिय सँयोजक भए पश्चात धेरै राम्रो भूमिका खेलेको देखिन्छ। फर्जीहरुलाई अन्तर्राष्ट्रिय समितिमा पुग्नबाट रोक्न यिनले चालेको कदमका लागी पनि हामी सबै यिनी प्रती आभारी हुनु पर्छ। लामो समय जापानमा बस्दै जापानका एलिटहरुसँग कुममा कुम मिला्उ्न सक्ने, जापानको अँचलको सल्लाहकारमा नियुक्त र जापानी भाषा, सँस्कृति र चलनको गहिरो अनुभव बोकेका जिज्ञान कुमार थापाजीले पनि पहिलो कार्यकालमा बढो राम्रो भूमिका खेल्नु भएको देखिन्छ। अर्का तर्फ, डा. सुदिप अधिकारीजी नयाँ जोश र जाँगर बोक्दै हामी सबैका साझा ्उ्द्देश्यलाई फलिभूत गर्न कटिबद्ध देखिनु हुन्छ। लोकतान्तृक आन्दोलनमा प्रत्यक्ष-अप्रत्यक्ष भूमिका खेल्ने मित्रहरुमा म कुनै कमजोरी देख्दिन र म विश्वस्त छु ्उ्हाँहरुले एनआरएनलाई झन विश्वसनिय सँगठन बना्उ्नु हुनेछ। तर, हामी आफै फुटेर चुनावमा जाने हो भने हामी कसैले पनि जित्न सक्दैनौँ। तसर्थ, प्रत्येक पदमा लोकतन्त्रवादी समूहबाट ए्उ्टै व्यक्ति मात्र ्उ्म्मेदवार हुनु अति आवश्यक देखिन्छ। यसका लागी साथिहरुले बलिदानी भावनाका साथ सँवाद गर्न र लोकतान्तृक एकतालाई पहल गर्न अति आवश्यक छ। 




No comments: