Monday, May 5, 2008

एनआरएन जापानको निर्वाचन नतिजा

४ मे, २००८ मा सम्पन्न भएको एनआरएन जापानको दोस्रो राष्ट्रिय अधिवेशनले भवन भट्टको अध्यक्षतामा १५ सदस्यीय नया कार्यसमितिको चयन गरेको छ । जसमा भवन भट्टले ७०८ मत र महेश श्रेष्ठले ५२२ मत प्राप्त गर्नुभएको छ । समितिको उपाध्यक्षमा ओम गुरुङ र रोशन के. सी. निर्वाचित हुनु भएको छ । जसमा ओम गुरुङले ५६८ मत, रोशन के. सी. ले ३२२ मत प्राप्त गर्नुभएको छ । उहाहरुको प्रत्यासी मनबहादुर खत्री २५० मत, शंकरमान श्रेष्ठ २४६ मत अरुणकुमार श्रेष्ठ २१९ मत, कपिलदेव थापा २१८ मत प्राप्त गर्नु भएको छ । राष्ट्रिय संयोजकमा डा. सुदिप अधिकारीले ५९६ मत प्राप्त गर्नुभएको छ भने उहाको प्रत्यासी बेलु थापाले ४६० मत प्राप्त गर्नु भएको छ भने संयोजकमा राजेन्द्र भट्टराई निर्बिरोध हुनुभएको थियो । त्यस्तै कोषाध्यक्षमा शालिकराम भण्डारीले ४९५ मत प्राप्त गर्नु भएको छ भने उहाका प्रत्यासी चिरन्जीवी थापाले ४४० मत प्राप्त गर्नु भएको छ
यसै गरी ९ वटा सदस्यमा निर्वाचित हुनेहरुमा सुदनकुमार थापा - ५७४ मत, शान्ती डंगोल - ५३२ मत, लोकनाथ वस्थी - ५१३ मत, हर्क गुरुङ - ४८३ मत, सफला धिताल - ४५८ मत, बाबुराम सापकोटा - ४२५ मत, कमारी पुन - ४२३ मत, नरबहादुर थापा - ३९६ मत र स्वतन्त्र पौडेल -३९५ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

1 comment:

Unknown said...

Suchana prabaha ko lagi dhanyabad
Yeso kasle kati mat payo ra ko ko bich pratispardha thiyo pani lekhna milthiyo ki?