Sunday, May 4, 2008

फ्राडको षडयन्त्र

सुरेश परिवर्तन

षडयन्त्रकारी फ्राडका कारण नेसाजका पूर्व अध्यक्ष, कानागावा प्रान्तका सल्लाहकार तथा लोकप्रिय लोकतान्तृक व्यक्तित्व जिज्ञान कुमार थापाले उम्मेदवारीता परित्याग गर्नु भएको छ। नेसाजबाट पहिले निष्काशीत फ्राडको षडयन्त्रकै कारण उहाँले उम्मेदवारीता परित्याग गर्नु भएकोमा यो पँक्तिकार विश्वस्त छ। नेसाजबाट मन्डलेहरुको पूर्णत सफाया पश्चात उक्त फ्राड जसरी हुन्छ, आफ्नो बेईज्जतीको बदला लिनका लागी उद्यत थिए। पँक्तिकारको "उम्मेदवारी दर्ता कार्यलय" भ्रमणका दौरान पनि बिना कुनै सरोकार त्यो फ्राड उक्त कार्यालयमा अड्डा जमाएर बसेका थिए। जापान भरका लोकतान्तृक नेपालीहरुले जिज्ञान कुमार थापा जस्ता युवालाई जिताउन एनआरएनको सदस्यता लिन थाले पछी अत्तालिएका फ्राडले हिजो ५ बजेसम्मको समयम्याद पछि पनि अन्य आफ्ना अरौटे-भरौटेहरुलाई सदस्यता दिन प्रयत्न गरेका थिए।

समितिले पूर्वनिर्धारित हदम्यादको पालना गर्नु पर्छ भन्ने अड्डी जीज्ञान कुमार थापाले लिनु भएपछि, हिजो राती देखी नै व्यापक रुपमा गुन्डा परिचालन हुन गएको थियो। मन्डले-गुन्डाहरुले जे पनि गर्न सकिने भएका कारण ट्याक्सीमा बसेर लोकतान्तृक साथिहरु सुरक्षित स्थलमा लागेका थिए। भौतिक आक्रमणमा असफल भएपछि रातारात षडयन्त्र गर्दै जिज्ञानजीलाई जसरी हुन्छ, दोस्रो कार्यसमितिमा नआउन दिनका लागी नेसाजबाट निष्काषित उक्त फ्राड लागेका थिए। फलस्वरुप, सचिवमा सर्वसम्मत नै हुनुपर्छ, नत्र चुनाव हुन दिँदैनौँ भन्ने उक्त फ्राड मन्डलेका मन्डले अडानका कारण दोस्रो अधिवेशन बिथोलिने देखिएर जिज्ञान कुमार थापाले सचिवको उम्मेदवारिता फिर्ता लिनु भएको कुरा सम्मेलन स्थलमा उपस्थित मित्रहरुले जनाएका छन।

मतदाता हदम्याद समाप्ती पछि पनि आफ्ना समर्थकहरुको नाम मतदातानामवलीमा चढाउने, जिज्ञानजी जस्ता लोकप्रिय र नभई नहुने युवालाई एनआरएनमा जान नदिने षडयन्त्रका कारण दिँउसो केही समय सम्मेलन स्थल तनावग्रस्त हुन पुगेको थियो। चुनावसँग कुनै सँबन्ध नभएका फ्राडको षडयन्त्रले दिक्क लोकतान्तृक नेपालीहरु अहिले नयाँ नेतृत्व चुन्नमा लागेका छन।

यस चुनावका दौरान घटिएका घटनालाई हेर्ने हो भने लोकतन्त्र पक्षधरहरुलाई हराउन मन्डले फ्राड ज्यान फालेर लागेका देखिन्छन। षडयन्त्रमूलक ढँगले हुन गएको निर्वाचनमा लोकतन्त्रको हारलाई हामी कहिले स्विकार्ने छैनौँ। र यसको असर अन्तर्राष्टिय समितिसम्म देखिन सक्ने हाम्रो ठहर छ।

No comments: