Friday, May 16, 2008

नव-निर्वाचित एन आर एन जापानका पदाधिकारीहरुलाई बधाई तथा शुभकामना - नेकपा एमाले प्रवाश कमिटी जापान

मे ४ तारिख सम्पन्न भएको एन आर एन जापान को दोस्रो अधिवेशन सम्पन्न गर्नका लागी महत्वपूर्ण भूमिका खेल्नुहुने, आदरणीय सम्पुर्ण जापानबासी नेपाली दाजुभाई दिदी बहिनीहरु क्रियाशिल राजनैतिक संगठनहरु विभिन्न सामाजिक तथा व्यापारीक संघ सस्थाहरु लगायत पत्रकार साथीहरुमा एमाले जापान प्रवास कमिटीको तर्फ़बाट र मेरो ब्यक्तिगत तर्फ़बाट हार्दीक बधाई अभिवादन गर्दछु ।

नेकपा एमाले प्रवाश कमिटी जापानका सचिव सुर्यप्रसाद पाठकद्वारा जारी वक्तब्यमा हालै सम्पन्न एन आर एन जापानको निर्वाचन र त्यस सम्बन्धमा चलेका विभिन्न खालका चर्चाहरुबाट ने क पा एमाले जापान प्रवास कमिटीको ध्यानाकर्षण भएको भन्दै, जसरी नेपालमा संबिधान सभाको चुनाव विभिन्न आशंका विच सम्पन्न भएको थियो, त्यस्तै गरी एन आर एन जापानको निर्वाचन पनि विभिन्न प्रतिकुल परिस्थितिका वावजुद पनि सम्पन्न भएको जनाएको छ ।

निर्वाचनलाई स्वच्छ र पारर्दशी बनाउनका लागि खेल्नु पर्ने महत्वपुर्ण भुमिकामा निवर्तमान कमिटीको व्यापक कमि-कमजोरी रहेको र निर्वाचनलाई स्वच्छरुपमा सम्पन्न गर्न महत्वपुर्ण सम्मानित भुमिका निर्वाह गर्नुपर्ने आइसीसी का जिम्मेवार पदाधिकारीहरुको भुमिका समेत सन्तोषजनक नरहेको पाइएको छ । तरपनि एन आर एन जापान प्रतिको उत्साह र विभिन्न क्षेत्रबाट आएका प्रतिनिधिहरुको भावनालाई आत्मसात गर्दै सबैको सहमतिबाट निर्वाचन प्रक्रियालाई अगाडी बढाउने निर्णय अनुरुप नै एन आर एन जापानको निर्वाचन सम्पन्न भई नया कमिटीको चयन समेत भई सकेको अवस्थामा अव विगतको तिक्तता बिर्सी, सहमति र सहकार्यको संस्कारलाई विकास गर्दै, यस्ता कमि कमजोरीहरु आगामी दिनमा दोहोरिन नदिने प्रतिवद्दताका साथ एन आर एन जापानको अभियानमा संलग्न हुनका लागि, सबैलाई आफ़्नो ब्यक्तिगत वा गुटगत स्वार्थभन्दा माथि उठेर एकै ठाउमा बसेर छलफल गर्न आव्हान गर्दछु ।

साथै बक्तब्यमा भनिएको छ - जापानमा विश्वकै उच्च सामाजिक सदभाव र पारस्परिक सम्मान छ, यसलाई अनुसरण गर्दै वोलीमा अथवा उपदेश दिनका लागि मात्र नभई आफ़्नो व्यवहारमा समेत हामी सबैले लागु गर्नुपर्ने यथार्थलाई आत्मसाथ गर्दै नया नेपालको आर्थिक, सामाजिक एंव संघीय लोकतान्त्रिक गणतन्त्रको विकाशको मार्गमा लाग्न एन आर एन जापान र नव-निर्वाचित कार्य-समिति सफल होस भन्ने कामनाका साथ एमाले प्रवास कमिटीले शुभकामना ब्यक्त गर्दछ।

No comments: