Sunday, May 4, 2008

भोट लोकतन्त्रमा

सुरेश परिवर्तन



आज मेगुरो कमिँग सेन्टरमा करिब २:०० बजेदेखि शुरुआत हुने एनआरएन-जापानको चुनावमा लोकतन्त्रका पक्षधरका रुपमा धेरै गैर-आवासीय नेपालीहरु सहभागी हुँदैछन। जापानमा लामो समय बस्दै आएका नेपालीहरु नेपालको राजनैतिक गतिविधिसँग पहिले त्यति चासो राख्दैन थिए। तर, जनआन्दोलन-२ को सफलता पश्चात, नेपालीहरुले विदेशमा पनि स्वदेशमै जसरी प्रतिस्पर्धात्मक रुपमा सामाजिक सँगठनमा लाग्ने प्रयास गरेको देखिन्छ। जनआन्दोलन-२ का बखतमा जापानमा पकड जमाएकाहरु धेरै तत्कालीन राजा ज्ञानेन्द्रका समर्थक थिए। तत्कालीन शाही नेपाली दुतावासमा सुरा-मदिरा-रक्सी-ह्विस्कीको चुस्की लिँदै "महाराजको कदम-ठिक हो। काँग्रेस-एमालेलाई चुटनु पर्छ, माओवादीलाई भुटनु पर्छ" भन्ने गर्दथे। जनआन्दोलन-२ का शुरुअाती दिनमा, त्यसमा पनि १२ बुँदे सम्झौता पश्चात, जापानमा रहेका नेपाली विद्वत वर्ग, प्रगतीशिल व्यावासायीहरु र लोकतान्तृक व्यक्तित्वहरु जुर्मुराएका थिए। विभिन्न राजनैतिक दल र आस्थामा विभक्त रहेता पनि लोकतन्त्र प्रतीको समान आस्थाका कारण, विभिन्न पेशा, समूह र व्यवसायका नेपालीहरु एकै थलोमा भेला हुँदै जापानका नेपालीहरुले कसरी लोकतान्तृक आन्दोलनमा सहभागी हुन सकिन्छ भन्ने विचार-विमर्शमा लागेका थिए। पँचायती गुप्तचरहरु जसरी लोकतान्तृक आन्दोलनमा पनि मन्डलेका गुप्तचरहरुको घुसपैठ रहेका कारण, लोकतान्तृक भेलामा हुने छलफल र बहसका बुँदाहरु जापानका प्रमूख मन्डलेहरु मार्फत तत्कालीन मन्डले राजदूत डा. रमेशानन्द बैध्यकहाँ पुग्दथ्यो। फलस्वरुप, दूतावासबाट अप्रत्यक्ष रुपमा धम्काउने, मन्डले जमातको प्रयोग गर्दै धम्काउने, तुरुन्त नेपाल फर्काईदिन्छौँ भन्ने लगायतका विभिन्न धाक-धम्कीका कुराहरु लोकतान्तृक साथिहरुलाई सुनाईने गरिन्थ्यो। पूर्ण मानवअधिकार भएको जापान जस्तो देशमा पनि मन्डलेहरु तत्कालीन राजदूतका आडमा मानसिक तनाव दिने सिलसिला वास्तवमै धेरै भयावह थियो। ज्ञानेन्द्रले नेपालमा लोकतान्तृक आन्दोलनलाई दबाउन सफल भएका अवस्थामा, हामी मध्ये धेरैले मन्डलेतन्त्रको आक्रमण भोग्नु पर्ने निश्चित थियो। 

यस्तो भयावह र शँकाको वातावरणमा पनि अग्रज महेश श्रेष्ठले पूर्ण आत्मविश्वासका साथ ईतिहाँसमै पहिलो पटक जापानी भूमिमा नेपालीहरुको जुलुस-प्रदर्शन तथा जापानका सँसद, मन्त्रि र प्रमूख राजनितिज्ञहरुलाई झकझाउने काममा लाग्नु भयो। उहाँको नेतृत्वमा जापानका नेपालीहरुले गरेको प्रदर्शनले एकातिर जापान भरिकै नेपालीहरुलाई एक हुन मद्दत गरेको थियो भने अर्कातर्फ ज्ञानेन्द्रको दमनमा प्रत्यक्ष पिल्सीएका नेपालीहरु पनि उत्साहीत हुन पुगेका थिए। फलस्वरुप, अन्तर्राष्टिय आवाज र ऐक्यबद्धता तथा राष्ट्रिय सकृयताको बेजोड फ्युजनका कारण १९ दिने आन्दोलन नेपालमा ज्ञानेन्द्रलाई घुँडा टेकाउन सफल हुन पुगेको थियो। 

अग्रज महेश श्रेष्ठका सकृयता र यिनको लोकतान्तृक पृष्ठभूमिलाई हेर्ने हो भने, एनआरएनको चुनावमा लोकतन्त्रका सही प्रतिनिधीका रुपमा उहाँ हुनुहुन्छ भन्दा कसैलाई आपत्ति होला जस्तो मलाई लाग्दैन। लोकतन्त्रका प्रतिनिधिहरु चुनावी मैदानमा रहेका बखतमा, हामी लोकतन्त्रवादीहरुले अन्य कसैको चुनाव गर्ने कुरा सोच्न पनि सक्दैनौँ। एनआरएन जस्तो नयाँ सँगठनमा यदि लोकतन्त्रवादीहरु नहुने हो भने यो सँस्थाले कहिले प्रगती गर्न सक्दैनन। त्यसैले, वर्तमानमा हामी सबै नेपालीको एउटै मन्त्र हुनु पर्छ र रोज्नु पर्छ हामीले लोकतन्त्र। तसर्थ, आजको चुनाव लोकतन्त्रका सही प्रतिनिधि महेश श्रेष्ठलाई भोट दिन सम्पूर्ण सबैलाई हार्दिक अनुरोध गर्दछौँ।

No comments: