Friday, February 29, 2008

मध्यराति बालुवाटारमा शेरबहादुर–आरजु तानातान

राजा, यता आइबक्स्योस् न! राजा!! ए राजा!! हिँडिबक्स्योस् न!!! त शुक्रबार मध्यराति वृद्ध र रोगी प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निवास बालुवाटारमा सम्भ्रान्त परिवारकी एउटी अधवैंशे महिला राजा–राज भनेर कराइरहेकी थिइन्। राजाका हातमा महँगो विदेशी रक्सी थियो, उनी त्यसलाई छाड्ने पक्षमा थिएनन्।राजा थिए– पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा। उनलाई मध्यराति हातै समाएर तान्न उनकै पत्नी आरजु देउवा पुगेकी थिइन्।
संविधानसभा चुनावका लागि मधेसी नेताहरूसँगको वार्ता एकपछि अर्को गर्दै असफल भएको थियो। त्यसैले प्रधानमन्त्री निवासमा मध्यरातिसमम बसेर खुसियाली मनाउनुपर्ने कुरा पनि केही थिएन। तर, कांग्रेसको उच्च नेतृत्वले त्यसदिन ठूलै विजय हातपारेझैँ गरी बालुवाटारमा मध्यरातिसम्म जाँड पार्टी चलायो। साँझ नौ बजेदेखि सुरु भएको रमझममा जाँड नखाने नेता रामचन्द्र पौडेल पनि अबेरसम्म सहभागी थिए। यसबाहेक पूर्वप्रम शेरबहादुर देउवा, कार्यवाहक सभापति सुशील कोइराला, महामन्त्री केबी गुरुङ, रामवरण यादव, विनयध्वज चन्द, प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ, गोपाल पहाडी र मिनेन्द्र रिजाल त्यहाँ उपस्थित थिए।त्यसदिन साँझ कांग्रेसले संविधानसभा सदस्यका लागि टिकट बाँडेको थियो। टिकट बाँड्ने संसदीय कमिटीका अध्यक्ष प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाबाहेक बाँकी सबैको सहभागितामा चलेको पार्टीमा रात बित्न थालेपछि आरोप प्रत्यारोप सुरु भयो। पार्टी एकीकरण भइसकेर पनि टिकट वितरणपछि नशाको सुरमा तिनले विभाजित मनस्थिति देखाउँदै बाझाबाझ गरेका थिए। जमघट थलोमा प्रमको सचिवालयका केही व्यक्ति स्न्याक्स पुर्याउन पुग्ने गर्थे। पार्टीमा देउवा निकै रन्कन थालेको देखेपछि सचिवालयकै एकजनाले देउवाकी पत्नी आरजुलाई फोन गरिदिए।
बालुवाटारमा देउवा मातेर झमेला गर्दैछन् भन्ने खबर पाएपछि आरजु १२ बजेपछि बूढानीलकण्ठबाट बालुवाटार आएकी थिइन्। जाँडपार्टी चलेको कोठामा पसेर उनले प्रफुल्ल पतिलाई अरूसँग तात्तिएकै अवस्थामा हात समाती 'राजा, हिँडिबक्स्योस्' भनेकी थिइन्। तर, देउवाले नमानेपछि आरजुले राजा–राजा भनेर झक्झक्याउँदै ठूलै स्वरमा कराउनुपर्योक। निकै मातेका देउवा लर्बरिँदै गाडीतिर लम्केका थिए। आरजुको हस्तक्षेपपछि विवाद चर्केको जाँडपार्टी समाप्त भएको थियो। अनमोल क्याटरिङबाट खानेकुरा लगिएको थियो भने विदेशी हिवस्कीका साथ चाइनिज बियर पनि हरियो बोत्तलमा थुप्रै ल्याइएको थियो।स्रोत:विक्ली नेपाल्

Thursday, February 28, 2008

सरकार र मोर्चा बीच आठ बुंदे सहमति, बन्दका सबै कार्यक्रम फिर्ता


लामो अन्यौलतापछि सरकार र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मोर्चाबीच ८ बुंदे सहमति भएको छ । लामो गृहकार्यपछि दुइ पक्षबीच सहमतिको टुंगो लागेको मोर्चाका नेता सर्वेन्द्रनाथ शुक्लाले बताउनुभयो ।शुक्लाले भन्नुभयो सरकार र मोर्चाबीच ८ बुंदे सहमति भएको छ ।
सहमतिपत्रमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र मोर्चाका नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो र उपेन्द्र यादवले हस्ताक्षर गर्दैहुनुहुन्छ । सहमितलगत्तै मोर्चाले १६ दिनदेखि आव्हान गरेको आमहडताल फिर्ता लिएको छ । सहमतिअनुसार स्वायत्त प्रदेशसहितको संघीय संरचना लागू गरिने र प्रदेशहरुको बांडफांड संविधान सभाले गर्नेछ । सेनामा भर्नाछनोट गर्दा मधेशी, दलित, आदिवासी जनजातिलगायतलाई समावेशीका आधारमा प्रवेश गराइने सहमति बनेको छ ।
यसअघि मधेशी नेताहरुले सामूहिक प्रवेशको माग गर्दै आएका थिए । मधेश आन्दोलनमा मारिएकालाई सहिद घोषणा गरी राहतस्वरुप रु १० लाख दिने, आन्दोलनकारीमाथि लगाइएको मुद्या फिर्ता लिने, मधेशलगायत मुलुकका विभिन्न स्थानमा हिंसात्मक गतिविधि गरिरहेका राजनीतिक समूहलाई वार्तामा बोलाउने सहमतिको बुंदामा उल्लेख छ ।
निर्वाचन २८ चैतमै सम्पन्न गर्नेमा मोर्चा पनि सहमत भएको छ । निर्वाचन कार्यक्रममा सहभागी नभएकाका लागि बन्दसूची पेश गर्ने म्याद थप्न निर्वाचन आयोगलाई आग्रह गर्ने सहमति भएको छ । जसअनुसार १८ फागुनमा दल दर्ता र बन्दसूची पेश गर्ने कार्यक्रम र २१ गते प्रत्यक्ष निर्वाचन प्रणालीमा सहभागी हुनेका लागि उम्मेदवार मनोनयनपत्र दर्ताको समय तोकिएको छ ।

Monday, February 25, 2008

बालुवाटारको बैठकमा एसडी मुनी


मधेसवादी नेताहरुसँगको वार्ताको प्रगति र निर्वाचनको तयारी सन्दर्भमा बालुवाटारमा बोलाइएको शीर्ष नेताहरुको बैठक ती विषयमा केन्द्रित नभई भारतका चर्चित वामपन्थी बुद्धिजीवी एसडी मुनीले नेताहरुसँग गरेको गोप्य कुरामा छलफल भई टुंगिएको छ। प्रधानमन्त्री निवास बालुवाटारको बैठकको प्रमुख एजेन्डा किन एसडी मुनी बने ? स्वभाभिमानी नेपालीका लागि झन् चासोको विषय बनेको छ।
यही फागुन ५ गते प्रध्यापक लोकराज बराल र कृष्ण हाछेथुको निमन्त्रणामा नेपाल आएका एसडी मुनीले प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, एमाले महासचिव माधवकुमार नेपाल र माओवादी अध्यक्ष प्रचण्ड र बाबुराम भट्टराईलगायतका सात पार्टीका नेताहरुसँग भेट गरेका थिए। भेटघाटको व्यवस्था नेपाली कांग्रेसका विधायक एवं एसडी मुनीका चेला अमरेशकुमार सिंहले मिलाएका थिए। शनिबार साँझ बसेको बालुवाटारको उक्त बैठकमा प्रधानमन्त्री कोइराला, एमाले महासचिव माधवकुमार नेपाल, माओवादी अध्यक्ष प्रचण्ड, जनमोर्चाका अध्यक्ष अमिक शेरचन, नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छे संलग्न हुनुहुन्थ्यो। बैठकको प्रारम्भमै प्रधानमन्त्री कोइरालाले– मधेसका आन्दोलनकारी मित्रहरुको सबै माग पूरा गर्न सक्ने अवस्था छैन, त्यस कारण सात पार्टीको अझ विशेष गरी तीनवटा पार्टीको एउटै धारणा र कार्यक्रम बन्न जरुरी देख्छु भन्नुभयो। केही दिनअघि मलाई भेट्न आएका एसडी मुनीले एक मधेस एक प्रदेश को माग पूरा गर्नुभएन भने राजा सक्रिय हुन्छन् र तपाईहरुको शासन सकिन्छ, यो साउथब्लकको पनि एजेण्डा हो भनेर तर्साउने काम गरे। कोइरालाले धाराप्रवाह एसडी मुनीसँगको विवरण सुनाउन थालेपछि अध्यक्ष प्रचण्डले बीचमै आफूसँग पनि एसडी मुनीले यिनै कुरा गरेको बताउनुभयो।
प्रधानमन्त्री कोइराला र प्रचण्डले एसडी मुनीसँगको गोप्य भेटको रहस्य खोलेपछि माधवकुमार नेपालले पनि तिनै कुरा दोहोर्यानएका थिए। नेताहरुको कुरा सुनिसकेपछि सहभागी केही नेताहरुले भारतीय राजदूतसँग भारतको धारणा के हो? सोधेर सार्वजनिक गर्नुपर्ने सुझाब प्रधानमन्त्री कोइरालालाई दिएका थिए, तर प्रधानमन्त्रीले एसडी मुनी भारतको प्रतिनिधित्व गर्छन् भन्ने मलाई लाग्दैन। मधेसका आन्दोलनकारी मित्रहरुको कारणले मात्र पेट्रोलियम पदार्थ, औषधि र खाद्यान्नको अभाव गराइएको हो भन्ने पनि मलाई लाग्दैन भन्दै नेपालमा रहेका सबै राजदूतहरुसँग भेट्दा एसडी मुनीले एक मधेस एक प्रदेश का लागि दिएको दबाबबारे जानकारी दिन नेताहरुलाई सल्लाह दिनुभएको सूत्रको दाबी छ। मधेसवादी आन्दोलनकारी राष्ट्र विखण्डन नगराएसम्म सहमतिमा नआउने संकेत दिनुभएका कोइराला अत्यन्त चिन्तित र आक्रोशित हुनुहुन्थ्यो।
उता एसडी मुनीका चेला एवं माओवादी नेता बाबुराम भट्टराईले गत बिहीबार गोरखाको एउटा कार्यक्रममा भारत पोलिटो मिलिटरी स्टाट्रेजि अफ साउथ को धारणामा गएको बताउनुभएको थियो। अमर ज्योति जनता मावि लुइँटेलद्वारा आयोजित कार्यक्रममा बोल्दै भट्टराईले भारतको भित्री योजना के हो, त्यो चाहिँ स्पष्ट पार्नुभएन। साभार: तरुण साप्ताहिक

Sunday, February 24, 2008

ओबामाका प्रेरणा महात्मा गांधी

राष्ट्रपति पदको उम्मेदवारी हांसिल गर्नमा प्रतिद्वंद्वी दावेदार हिलेरी क्लिंटन लाई कडा टक्कर दिइरहेका बराक ओबामा ले भनेका छन कि उनी महात्मा गांधी बाट प्रेरणा लिने गर्छन । उनले आफ्नो कोठाको भित्तामा टांगीराखेका महात्मा गांधी को तस्वीरले ’साधारण ब्यक्ति असाधारण काम गर्न सक्दछ ।’भन्ने याद दिलाउने गरेको बताएका छन ।
अमेरीकी राष्ट्रपति पदको डेमोक्रैटका दावेदार बराक ओबामाले अमरीकाको विकासमा भारतीय समुदायको योगदानको खुलेर प्रशंसा गरेका छन । उनले 'इंडिया एब्रोड' को लागि लेखेको लेखमा भनेका छन "संसारका यी दुई ठूला लोकतांत्रिक देश स्वाभाविक साझेदार हुन,राष्ट्रपति चुनाव मा भारतीय-अमेरिकी जनताबाट मिलेको समर्थन प्रति मलाई गर्व छ ।" उनले अमेरिकाको समृद्धिको लागि भारतीय मूलका जनताको मेहनतले अहम भूमिका खेलिरहेको हुनाले यसलाई अझ मजबुत बनाउनको लागि आफ्नो साथमा आउन अग्रह गरेका छन । डेमेक्रैट ओबामाले भनेका छन यदि उनी राष्ट्रपति बनेमा भारतसंगको सम्बन्धलाई मजबूत बनाउने कोशिश गर्नेछन । ओबामाले ९/११ को घटना पछि अमेरीका मा एशियाली मूलका मानिस माथि भएको नाजायज हमालाको बिरोध गर्दै तत्कालीन अमरीकी रणनीति का कारण यस्तो हुन गएको बताएका छन । उनले बिश्वास दिलाएका छन कि उनी यस्तो कानुन बनाउने छन जसले अमेरीकी धर्तीमा यस समुदायको प्रतिभा, ऊर्जा तथा विशेषज्ञता को ज्याद योगदान हुन सकोस । ओबामाले यस अप्रकाशित लेख मा भनेका छन ,"विदेश संबन्ध माथि सीनेट को समिति मा मैले भारत-अमेरीका परमाणु करार को पक्ष मा मतदान गरे, जब म राष्ट्रपति बन्छु त्यसपछि दुवै देश बीच सामरिक साझेदारी मजबूत बनाउनको लागि कदम उठाऊनेछु ।" ओबामा ले अगाडि भनेका छ्न कि आतंकवाद एक्काईशौं शदाब्दी को सबभन्दा ठूलो खतरा हो जसलाई दुबै देश मिली सामना गर्नु पर्दछ ।

Saturday, February 23, 2008

सात दलका नेताका प्रेरणा - पाकिस्तानी राष्ट्रपति परवेज़ मुशर्रफ़

C.R.वान्तवा
हाल फ़ुकुवोका, जापान
मैले यस ब्लगमा लेख पठाउनुको उद्देश्य अमेरिकाको वाशिंगटन पोस्टमा प्रकाशन भएको राष्ट्रपति परवेज़ मुशर्रफ़को लेखद्वारा उनी अब तानाशाही नेता भएनन । पाकिस्तानको प्रजातन्त्रको लागि उनले के कति राम्रो गरे गरेनन या उनी कति लोकतान्त्रिक नेता हुन वा होईनन भन्ने पनि विषयको चर्चा गर्नका लागि भने अवश्य होईन । यसको जिम्मा राजनैतिक विश्लेषकहरुलाई या ईतिहासकारलाई दिने काम गर्दै, देशको एक नेताको रुपमा पदीय जिम्मेवार बोकेर चुनाव गराउने अठोट गरेमा चुनाव अवश्य पनि शान्तिपुर्ण गर्न सम्भव हुने रहेछ भन्ने कुराको पुष्टीको लागि यस लेख पठाएको छु ।
सन्दर्भ नेपालको संबिधान चुनावको र जसरी सात दलका नेताहरुमा आत्मबिश्वासको कमिले गर्दा अझै पनि चुनाव होला नहोला भन्ने दोधारमा नेपाली जनता बसेका छन । अर्कोतर्फ़ भारतीय राजदुताबास, विद्रोहीहरुलाई मिलाउने नाममा, सम्पुर्ण नेताहरुलाई आफ़्नो राजदुताबासमा बैठक गर्दै, नेपालमा नागो हस्तक्षेप गरेको छ, यसले नेपाली जनताहरुको शिर अवश्य ठाडो पारेको भने छैन । त्यसैले हाम्रा सात दलका सम्पुर्ण नेताहरुको लागि राष्ट्रपति परवेज़ मुशर्रफ़ अवश्य पनि प्रेरणाका रुप हुन सक्लान की ।

पाकिस्तानी राष्ट्रपति परवेज़ मुशर्रफ़ को लेख
धेरै महिनाको उथलपुथल पछि, जहा देशको एक ठुलो नेता बेनज़ीर भुट्टोको हत्या र त्यसपछि उत्पन्न भएका सम्स्याहरु समावेश छन, तैपनि पाकिस्तानले एक अहम चुनावलाई सफलतापूर्वक सम्पन्न गराएको छ । यस चुनाव पाकिस्तानको ६० वर्षको इतिहासमा एउटा ठुलो प्रगतिको रुपमा लिन सकिन्छ ।पाकिस्तानमा प्रजातन्त्र बहाल गर्न, देशका जनतामा मेल-मिलाप तथा सदभाव ल्याउन आवश्यक छ, जसको लागि सरकारले सोमवार चुनावलाई स्वतंत्र, निष्पक्ष, पारदर्शी र शांतिपूर्ण बनाउनको लागि अथक प्रयास गरेको थियो ।
धेरै नया कदमहरुको शुरुवात भयो ज़स्तो की प्रत्येक मतदान केंद्रमा भोट जनताको अगाडी गन्ने प्रक्रियाले हामीले यो निश्चित गर्यो की यो नै पाकिस्तानको इतिहासको सबैभन्दा निष्पक्ष चुनाव हो ।
यो चुनावको ऐतिहासिक महत्व छ र यो पाकिस्तान र अमरीकाको सामु भएका चुनौति र अवसरहरुको ईमानदारपुर्वक चर्चा गर्ने मौका पनि हो । इस्लामाबादमा एक स्थिर, प्रजातान्त्रिक सरकार देख्ने इच्छा जति पाकिस्तानी जनताहरुमा त्यत्ति नै अमरीका पनि यसको लागि इच्छुक छ । हाम्रो देशको सामु तीन मुख्य चुनौतिहरु छन - आतंकवाद र चरमपन्थीलाई हराउनु, एक स्थायी र कारगर प्रजातान्त्रीक सरकार बनाउनु र निरंतर आर्थिक विकासको जग राख्नु । म आश्वस्त छु की हामी यी तिनै लक्ष्यहरु हासिल गर्न सक्दछौ । साथै पाकिस्तानका अधिकतर जनताका ध्येय पनि यसैमा छ । यी लक्ष्यहरुलाई हासिल गर्नको लागि म पाकिस्तानको नवनिर्वाचित पार्लियामेंटसंग काधमा काध मिलाएर काम गर्न को लागि तैयार छु ।
के अझै पनि हामीहरु चुनौतिहरुको सामना गरिरहेका छौ त भन्दा अवश्य छौ । के अबका दिनमा अझै भन्दा राम्रो बेहतरीन अवसरहरु छन त भन्दा अवश्य छ । हामीहरुको अर्थव्यवस्था दिनोदिन मज़बूत भएर गईरहेको छ । हाम्रो सेना लगनशील तथा दक्ष छन जुन क़ानून-व्यवस्था र राजनीतिक व्यवस्था प्रति ईमानदारी सुनिश्चित गर्नका लागि प्रतिबद्ध छन । सबैभन्दा ठुलो कुरा हो हाम्रो देशको १६ करोड़ जनतामा धेरैजसो उदारवादी इस्लाम धर्ममा विश्वास गर्दछन । उनीहरु राष्ट्रीय स्तरमा खुशहाली चाहन्छन जो आधुनिकीकरणबाट नै आउन सक्दछ ।
आतंकवाद
जहाँसम्म आतंकवादको कुरा छ त्यस सम्बन्धमा म आफ़्नो धारणा राय स्पष्ट शब्दमा राख्न चाहन्छु । पाकिस्तान आतंकवादसग लडीरहेको छ र यो समस्यालाई पुर्ण ईमान्दारीताका साथ जूझीरहेको छ । किनभने अल क़ायदा र उसका सहयोगी साथीहरुले सभ्य समाज, उदारवादी सरकार र पाकिस्तानका जनताहरुलाई आफ़्नो निशाना बनाई रहेका छन । केहि ब्यक्तिहरुले हाम्रो यस चरमपंथीहरुसंगको लडाई प्रति हाम्रो प्रतिबद्धताको सवाल उठाएका छन । तर सहि के हो भने अल क़ायदा र तालेबानसग लड़दै गएका चार वर्षमा पाकिस्तानले आफ़्नो एक हज़ार भन्दा बढी सैनिक गुमाएको छ । हाम्रा एक लाख बारह हज़ार सैनिक अफ़ग़ानिस्तानको सीमामा पुर्णरुपमा चौकसका साथ गस्ती गरिरहेका छन ।हामी हाम्रो पुरानो साझीदार अमरीकासग पाकिस्तानको आतंकवादबाट मुक्त कराउने साझा लड़ाई मिलेर लडीरहेका छौ । तर जसरी इराक़मा अमरीकी अनुभवबाट पनि बुझ्न सकिन्छ की सैनिक ताक़त मात्रै सबैथोक होईन । एक सफल आतंकवाद विरोधी रणनीतिको लागि बहुमुखी विचारधारको जरुरत पर्दछ - सैनिक, राजनीतिक र आर्थिक । हाम्रो राजनीतिक रणनीति रुपमा हामीले अफ़ग़ानिस्तानसग भएको सिमा नजिक रहने सर्वसाधारण र चरमपंथिहरुलाई अलग-अलग गर्ने काम गर्यौ । हाम्रो आर्थिक रणनीतिको रुपमा यी क्षेत्रमा शिक्षा र आर्थिक विकास बढाई उनीहरुलाई नया भन्दा नया अवसरहरु प्रदान गर्नु हो ।

सात दलले निर्वाचन गराउलान् त? राजा ज्ञानेन्द्र

वर्तमान राजनीतिक तरलतालाई लिएर केही दिनयता विभिन्न माध्यमबाट आफ्नो धारणा सार्वजनिक गर्न थालेका राजा ज्ञानेन्द्रले एक कार्यक्रममा संविधानसभा निर्वाचन तोकिएकै मितिमा हुने संभावनाप्रति शंका प्रकट गरेका छन्। नेपाली काँग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको ८४ औं जन्मोत्सवका अवसरमा होटल हिमालयमा आयोजित कार्यक्रममा पुगेका राजा ज्ञानेन्द्रले नेता भट्टराईसँग जिज्ञासा राखे, 'सात दलले तोकेकै मितिमा संविधानसभाको निर्वाचन होला त? दलहरुले निर्वाचन फत्ते गर्लान् त?' रानी कोमल र काठमाडौं महानगरपालिकाका पूर्व मेयर एवं कांग्रेस नेता पीएल सिंहसमेतको उपस्थितिमा भएको सो भेटघाटमा राजाको जिज्ञासाप्रति भट्टराईको जवाफ थियो, 'सरकार, निर्वाचनबारे मलाई केही नसोध्नुहोस्। त्यसमा मलाई खासै सरोकार छैन। म त यहाँ बर्थ डे मनाउन आएको।' यो सुनेर राजा मुसुक्क हाँसे। एकक्षणपछि भट्टराई आफैले भने, 'सरकारले जिज्ञासा राखिसकेपछि मैले केही भन्नैपर्छ। निर्वाचन होला, नहोला त्यो अर्कै कुरो हो। यदि निर्वाचन भएछ भने पनि नेपालको राजसंस्था रहिरहनेछ।' सँगै रहेका पीएल सिंहतर्फ हेर्दै भट्टराईले भने, 'कसो पीएल? मैले भनेको ठीक छ हैन त?' पीएलले मुन्टो हल्लाएर भट्टराईको कुरो मनासिबै भएको जनाउ दिए। सोही भेटका क्रममा राजाले पीएललाई 'तपाईं चुनाव नलड्ने?' भनेर जिज्ञासा राख्दा पीएलको जवाफ थियो, 'नलड्ने सरकार, मलाई चुनाव लड्ने चाहना छैन।' आफूले स्थापना गरेको पार्टी नेपाली काँग्रेसले 'मध्यमार्ग छाडेर गणतन्त्रमा जाने निर्णय गरेपछि' पार्टीको साधारण सदस्यताबाटै राजीनामा दिएर संवैधानिक राजतन्त्रको औचित्यको पक्षमा अडिग रहेका भट्टराई केही महिनाअघि हृदयघातले पीडित युवराज पारसलाई भेटन नर्भिक अस्पताल पुगेका थिए। राजपरिवारप्रति भट्टराईको सोही लगावको गुन तिर्नकै लागि राजा ज्ञानेन्द्र बिहान सबैभन्दा पहिले करिब १२ बजे बर्थ डे पार्टीमा पुगेका थिए।
राजा आउने भएकाले पत्रकारलाई प्रवेश निषेध गरिएको थियो। होटल हिमालय परिसरमा छेउ लागेका पत्रकारले राजा दौरा सुरुवालमा सजिएर निकै हँसिलो मुद्रामा आएको देखेका थिए। केही सीमित प्रत्यक्षदर्शीका अनुसार राजारानी सोझै भट्टराई बसेको ठाउँमा पुगेका थिए। 'ह्याप्पी बर्थ डे भट्टराई', राजदम्पतीले एउटै स्वरमा भने। भट्टराईले राजाको आगमनप्रति आफू निकै खुसी भएको बताउँदै भने, 'म निकै खुसी छु। म ८४ वर्ष पुगेकोमा मलाई शुभकामना दिन सरकारहरुको सवारी भयो, आई एम ह्याप्पी।' राजाले सो अवसरमा भट्टराईको स्वास्थ्यस्थितिका बारेमा पनि जिज्ञासा राखेका थिए। 'आई एम पर्फेक्ट, कम्प्लिट हेल्दी सरकार।', भट्टराईको भनाइ थियो। राजकीय सत्ता गुमाएर नारायणहिटी दरबारमा एकलास जिन्दगी बिताइरहेका राजा ज्ञानेन्द्र र राजनीतिक एवं शासकीय सत्ताको मोह त्यागेर भैंसेपाटीमा मौन जीवन बिताइरहेका भट्टराईबीच राजनीतिक विषयमा भलाकुसारी सुरु भयो। राजाले जिज्ञासा राखे, 'राजनीति कस्तो छ अहिले?' भट्टराईले भने, 'सब गडबड छ सरकार, जताततै हाहाकार छ। माओवादीलाई ल्याएर शान्ति हुन्छ भनेको, झन अशान्ति भइराख्या'छ सरकार।' राजाले आफ्नै भावभंगिमामा मुन्टो हल्लाए। पुनः भट्टराईले भने, 'तर म आशावादी छु सरकार, समाधान हुन्छ। राजतन्त्र पनि जाँदैन। नेपालमा राजसंस्था युगौं युगसम्म रहनुपर्छ भन्ने मेरो चाहना हो। राजसंस्थाले नै नेपालमा राष्ट्रिय एकता र अखण्डताको रक्षा गर्छ भन्ने धेरै नेपालीको विश्वास छ सरकार।' आधा घण्टा लामो भेटघाटमा राजा र भट्टराईबीच हँसीठट्टासमेत भएको प्रत्यक्षदर्शी बताउँछन्। सो भेटमा पूर्व मन्त्री एवं भट्टराईका विश्वासपात्र शरद्सिंह भण्डारीको समेत उपस्थिति हुने कार्यक्रम रहे पनि राजाको आगमन हुनासाथ भण्डारी त्यहाँबाट केही क्षण अलप भएका थिए। राजारानीको प्रस्थानलगत्तै उत्तिकै हँसिलो मुद्रामा युवराज पारस र युवराज्ञी हिमानीको आगमन भएको थियो। पारस र हिमानी दुवैले भट्टराईलाई शुभकामना दिएका थिए। केही क्षणको भेटमा युवराजले भट्टराईसँग राजनीतिक चासो पनि राखेका थिए। 'सबै ठीक ठाक हुन्छ, सरकारले चिन्ता लिनै पर्दैन। डन्ट वरी, बि हयाप्पी।', भट्टराईको सान्त्वना थियो। 'हर्टको प्रोब्लम कस्तो छ?' भट्टराईको यो जिज्ञासामा पारसको जवाफ थियो, 'इट्स नर्मल।'
राजपरिवारहरुको फिर्तीपछि मात्र पत्रकारलाई प्रवेश खुला गरियो। त्यसपछि सभामुख सुवास नेम्वाङ आएर भट्टराईलाई सुभकामना दिए। सभामुख फर्किएपछि पूर्व प्रधानमन्त्रीहरु मरिचमान सिंह, कीर्तिनिधि बिष्ट र लोकेन्द्रबहादुर चन्दको लर्को लाग्यो। चारै जना पूर्व प्रधानमन्त्रीबीच राजनीतिक गफ, ठट्टा र मजाक चल्यो। केहीबेरपछि राप्रपा अध्यक्ष पशुपतिसमशेर राणाको पनि उपस्थिति भयो। कूटनीतिज्ञ, पत्रकार र राजनीतिक कार्यकर्ताहरुको उपस्थिति रहेकेा सो कार्यक्रममा सुरक्षा निकायका प्रमुखहरु पनि पुगेका थिए। प्रहरी महानिरीक्षक ओमविक्रम राणाले पनि त्यहाँ पुगेर भट्टराईलाई शुभकामना दिएका थिए। शुभकामना दिन पुगेकी परराष्ट्रमन्त्री सहाना प्रधानलाई भट्टराईले जिस्क्याउँदै भनेका थिए, 'तपाईं त प्रधानमन्त्री हुने हाइटको मान्छे, कहाँ मन्त्रीमा चित्त बुझाएको? सुहाएन है। प्रथम महिला प्रधानमन्त्री तपाईं नै बन्नुपर्छ।'
संयुक्त राष्ट्रसंघीय मिसन अनमिनका प्रमुख इयान मार्टिनले भट्टराईलाई अंकमाल गर्दै 'हयाप्पी बर्थ डे टु मिस्टर भट्टराई' भन्दा त्यहाँ हाँसो गुञ्जायमन भएको थियो। सो कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल पनि पुग्नुभएको थियो। महत्वपूर्ण पाहुनाहरु प्रायः फर्किसकेपछि त्यहाँ पुगेका थिए– एमाले महासचिव माधवकुमार नेपाल। नेपाललाई देखेर भट्टराईमा आश्चर्यमिश्रित खुसी छाएको थियो। 'अरे माधवजी, तपाईं पनि आइपुग्नुभयो? मलाई त आउनुहुन्न कि भन्ने लागेको थियो।' नेपालको भनाइ थियो, 'दुई वर्षसम्म तपाईंसँग भेट भएको थिएन, त्यसैले यही मौकामा शुभकामना पनि दिउँ, भेटघाट पनि गरौं भनेर आएको किसुनजी।' 'राजा आएको कार्यक्रममा किन आएको?', पत्रकारहरुले माधव नेपाललाई सोधे। नेपालले भने, 'हो र? राजा पनि आएका रै'छन? मलाई त थाहै भएन।' कार्यक्रमबाट फर्कने बेलामा भट्टराईले यस प्रतिनिधिसँग केहीबेर कुराकानी गरेका थिए। 'चुनाव होला त किसुनजी?' भनेर सोध्दा भट्टराईको जवाफ थियो, 'मलाई चुनाव र राजा दुवैका बारेमा सोध्नोस्।' राजाको भविष्य कस्तो छ त? भनेर सोध्दा भट्टराईले भन्नुभयो, 'नेपालमा राजसंस्थाको भविष्य उज्ज्वल छ। राजसंस्था अझै तीन सय वर्षसम्म टिक्छ, टिक्नुपर्छ। राजसंस्थाको आयु लामो छ। राजसंस्थाले नै नेपाललाई एकबद्ध बनाउँछ। कसैले राजसंस्था हटाउँछु भनेर लागेको छ भने ऊ मूर्ख हो। राजसंस्थालाई कसैले हटाउन सक्नेछैन।' हिजोको कार्यक्रममा राजाको आगमन हुने भएर होला, भट्टराईले नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुका लागि भने बुधवार भैसेपाटीस्थित आफ्नै निवासमा जन्मोत्सव कार्यक्रम राखेका थिए। बुधबार काँग्रेस सभापति एवं प्रधानमन्त्री गिरिजाप्रसाद कोईराला भैंसेपाटी पुग्दा कार्यकर्तामा उत्साह छाएको थियो। कोइरालाले भट्टराईलाई अंकमाल गरेर शुभकामना प्रकट गरेका थिए। 'तपाईं लामो समय बाँच्नुपर्छ। तपाईंको दीर्घायुको कामना गर्छु।', कोइरालाको भनाइ थियो। दुवै नेताबीच राजनीतिक भलाकुसारी पनि भएको थियो। कोइरालाले संविधानसभाको विषयमा कुरा राखेका थिए भने भट्टराईले राजतन्त्रको औचित्यका बारेमा कुरा राखेका थिए। 'म फेरि आउँछु अनि कुरा गरौंला किसुनजी' भन्दै कोइराला फर्केका थिए। ऋषि धमला विमर्श साप्ताहिक

Friday, February 22, 2008

विदेशी विमानलाई इन्धन बन्द

बन्द , हड्तालका कारण पेट्रोलियम पदार्थको अभाव भइरहेको बेला नेपाल आयल निगमले नेपालमा उडान गर्ने विदेशी विमान कम्पनीलाई इन्धन भर्न छाडेको समाचार छ । विगत एक हप्ता अघिदेखि पर्याप्त हवाई इन्धन काठमाण्डौ ल्याउन नसकिएपछि निगमले विदेशी वायुसेवालाई नेपालमा हवाई इन्धन देन छाडेको बताइएको छ । निगमले विदेशी विमान कम्पनीलाई बाहिरबाटै तेल भरेर आउन अनुरोध पत्र दिएको निगमका डिपो प्रमुख सुशील भट्टराईले बताएका छन । नेपालमा झन्डै डेढ दर्जन विदेशी विमानले उडान भर्ने गरेका छन ।एउटा विमानले एकपटकमा इन्धन भर्दा कम्तीमा ३ हजारदेखि १५ हजार लिटर इन्धन भर्ने गरेकाले उनीहरुले अन्य देशबाट तेल भर्दा बढी खपत हुने जनाएका छन । स्रोत: खोजतलास

सल्यानमा सेनामाथि आक्रमण

शुक्रबार सल्यान जिल्लामा सेनाको एक टोलीमाथि आक्रमण भएको जानकारी प्राप्त भएको छ । आक्रमणकारीद्वार गोली प्रहार भएको र सेनाको साथमा रहेको सबै सामानहरु लुटेर लगिएको बताईएको छ । घटनामा सेनाका तीन जना सख्त घाइते भएको बताईएतपनि घटना कसद्वारा गराईएको भन्ने बारेमा पूर्ण बिवरण प्राप्त हुन बांकि रहेको छ ।

आकाशगंगामा पृथ्वी जस्तै अरु ग्रह

अंतरिक्ष वैज्ञानिकहरुले पृथ्वीको सौर्यमण्डल बाहिर पृथ्वी जस्तै अरु कयौं ग्रह रहेको पत्ता लगाएको छ । सौर्यमण्डलमा लगातार खोज-बीन गरिरहेका वैज्ञानिकहरुले 'अमेरिकन एसोसिएशन फर द एडभान्समेंट अफ साइन्स' अर्थात 'एएएएस' मा आफ्नो यस खोजको तथ्य पेश गरेको छ । यस रिपोर्टमा भनिएको छ कि धरतीको सौर्यमण्डल बाहिर सयौं सूर्य र त्यसका साथमा उसको आफ्नो सौर्यमण्डल रहेको र हाम्रो सौर्यमण्डल भित्र कुनै कुनामा हाम्रो पृथ्वी जस्तै सयौं पृथ्विहरु रहेको बताईएको छ । तर यसमा पृथ्विमा जस्तै बरफ जमेर रहेको छ । फोटो: बीबीसी

बगदादमा भिखारी र पागल पक्राउ अभियान


इराकी सुरछ्चाकर्मीले बगदादका सडकमा हिंड्ने भिखारी तथा मानसिक स्थिति ठीक नभएका पागलहरुलाई उठाउन थालेको छ ।त्यहांका आतंककारी समूहले भिखारी तथा पागलहरुलाई प्रयोग गरेर आत्मघाती बम आक्रमण गराउने गरेको पाईएपछि उनिहरुलाई सडकबाट उठाएर हिरासतमा राख्न थालिएको हो । यसको उद्देश्य उनीहरुमाथि आतंकारी समूहले गलत प्रयोग नगरुन ।स्मरणीय छ , बगदादका केही स्थानमा गराइएका आत्मघाती हमलामा महिला पागलको शरीरमा बम बांधेर उनीहरुलाई छाड्ने गरिएको र त्यस्ता बम विस्फोट हुंदा कयौंको ज्यान गएको अनुसन्धानमा पाइएको अन्तराष्ट्रिय समाचार एजिन्सीले जनाएका छन ।स्रोत:खोजतलास

Thursday, February 21, 2008

अजब देशका गजब राष्ट्रपति

प्रचण्डले वर्गीय, राष्ट्रिय भावनालाई सशक्त रुपमा अघि सारेर व्यापक जनतामा शक्तिशाली संगठन पुर्याउन नसक्दा जाति, भाषा, इलाकाजस्ता दोस्रो श्रेणीका कुरालाई प्राथमिकता दिएर जनभावनालई आफ्नो पक्षमा उराल्ने सोच अघि बढाए। त्यसले अल्पशिक्षित जनतामा क्षणिक प्रभाव पार्यो। तर उनको दलका चन्दा, हत्या, अपहरण, आगजनी विध्वंस जस्ता कुराले क्रमशः जनताको भ्रम टुट्दै गयो र सिंगो तराईले माओवादीलाई एकप्रकारले विदावारी गर्यो। तराई, पहाड, हिमाल आदि सबैतिर एमाले, कांग्रेस र अरु दलहरुको आआफ्नो प्रभाव छँदैछ। त्यो रहेसम्म चुनावमा माओवादीले राम्रो परिणाम ल्याउन सक्दैन भन्ने कुरा प्रष्टै छ। त्यसैले माओवादीले वाइसिएल लगाएर अरु दललाई जिल्ला र गाउँहरुमा जान नदिने र कुटपिट गर्ने अभियान चलाएको कुरा पनि छर्लंग्गै छ। संविधानसभा चुनाव नजिक आइपुग्ने बेला अरु दलसितका पुराना सहमति तोडेर समानान्तर सरकारको रुपमा जनपरिषद् ब्यूँताएको यथार्थ सहज रुपमा बुझेका छन्। स्पष्ट छ, यस्ता क्रियाकलापले चुनाव भाँड्न र शान्तिप्रक्रिया बिथोल्न चाहने तत्वहरुलाई नै बल मिल्छ। यदि देशको परिस्थितिलाई यथार्थ रुपले नबुझेर प्रचण्डले वाइसीएललाई यस्तै अराजक रुपमा उन्माद मच्चाइरहन दिने हुन् भने उनले आफ्नो डायरीमा लखेर राखे हुन्छ, त्यसै युवासंस्थाले उनको सम्पूर्ण प्रभाव र राजनीतिक प्रतिष्ठालाई धराशायी पार्नेछ। जहाँसम्म राष्ट्रपति पदको सवाल छ, यस्तो उत्ताउलो प्रचार गरिसकेको हुनाले आफ्नै जनसरकार राष्ट्रपति बनेर चित्त बुझाउनुपर्ने स्थिति देखापर्नेछ। साँच्चै राष्ट्राध्यक्ष बन्न र सिंगो राष्ट्रको मन जित्न सक्नुपर्छ। आफ्ना कार्यकर्ताको मात्र मन जितेर र अरुलाई धम्क्याएर त्यो गौरव कहाँ पाइन्छ? –मोदनाथ प्रश्रित, कान्तिपुर दैनिक

Wednesday, February 20, 2008

तराईबाट थारुहरुको चेतावनी

मधेसमा आन्दोलनरत मधेसी पार्टीहरुले अघि सारेको माग अमान्य घोषित भएको छ । थारु कल्याणकारी सभाले एक मधेस एक प्रदेशको माग सरकारले पुरा गर्न नहुने भन्दै त्यसो गरेमा आफूहरुले अर्को आन्दोलन गर्ने चेतावनी दिएका छन । सभाका महासचिव राजकुमार लेखीले थारुलाई मधेसी बनाउने दुस्साहस नगर्न आग्रह गर्दै सरकारले त्यो माग स्वीकार गरे महाभूल हुने बताएका छन । थारुहरु सबैभन्दा बढी मधेसीबाट शोषित भएको भन्दै सदियौंदेखि बसोबास गर्दै आएका थारुहरू मधेसी नभएको दाबी गरेका छन । उनले मधेसी आन्दोलन विरुद्द देशभरका थारूहरु एकजुट भएको बताउंदै थारुहट स्वायत्त प्रदेशको सुनिश्चितता गर्न सरकारसंग माग गरेको छ ।स्रोत:खोजतलास

Tuesday, February 19, 2008

क्युबाका राष्ट्रपती द्वारा पद त्याग

क्युवाका राष्ट्रपती फिडेल क्यास्त्रोले मंगलवार आप्नो पदबाट राजीनाम दिएका छन । उनी आधा-शताब्दी (४९ बर्ष)क्युवाको राष्ट्रपती पदमा रहेका थिए । उनले आफ्नो स्वास्थलाई प्रमुख कारण देखाऊंदै पदबाट राजीनामा दिएको बताईएको छ । ८१ बर्षीय क्यास्त्रोले आफु पदबाट हटेपछि उक्त पदमा आफ्नै ७६ बर्षीय भाइ राउल लाई नियुक्त गरेको घोषणा गरेका छन । उनी गुरिल्ला युद्द बाट सन् १९५९ जनवरी १ तारीखका दिन शक्तिमा आएका थिए । आफ्नो पदवाट राजीनामा दिंदै उनले नयां पुस्ताले अगाडि आउनुपर्ने बताएका छन । स्रोत: एमएसएनबिसी

राजधानी चारैतर्फबाट नाकाबन्दी

राजधानि उपत्यका चारैतर्फबाट नाकाबन्दीमा परेको छ । मधेस बन्दपछि ताम्सालिंग परिषद् ले स्वायत्त ताम्सालिंग राज्यको माग गर्दै नुवाकोट, रसुवा र काभ्रे बन्दको आब्हान गरेपछि यो स्थिति आएको हो । मधेसको अनिश्चितकालीन मधेस बन्दका कारण मधेसका साथसाथै राजधानीलगायत अन्य सहरहरुमा पनि हाहाकार मच्चिएको छ । खाद्दान्न , पेट्रोलियम पदार्थसहित अत्यावश्यक सामग्रीको अभाव रहेको छ भने अस्पतालमा अक्सिजनको अभावसमेत बढ्दै गएको छ । स्रोत: खोजतलास

Saturday, February 16, 2008

आ-आफ्नै चलन

फीलिपिन्सको मुन्टीनलुपा शहरमा १४ फेब्रुवरीको दिन बिवाह बन्धनमा बांधिदै एक अर्कामा चुम्बन गर्दै जोडीहरु । उक्त समारोहमा २३० जोडीहरुले सामुहिक बिवाह गरेका थिए ।फोटो:एमएसएनबिसी

Thursday, February 14, 2008

साऊदी अरबमा गुलाब माथि प्रतिबन्ध !

साऊदी अरबको एक स्थानीय समाचार पत्रका अनुसार 'भ्यालेन्टाइन डे’ को अवसरमा प्रेम को प्रतीकको रुपमा प्रेमी-प्रेमीका बीच साटासाट गर्ने गुलावको खरीद तथा बिक्रीमा प्रतिबन्ध लगाईएको थियो । समाचारमा जनाईएअनुसार रातो गुलाबका साथै 'भ्यालेन्टाइन डे’ का सबै उपहारको बिक्रीमा प्रतिबन्ध लगाइएको थियो । अधिकारिहरुले प्रेमको प्रतीक मानिने रातो गुलाब तथ उपहारको प्याकिंग गर्ने कागज समेत रातो रंगका सबै सामानहरु हटाउने चेतावनी दिएका थिए । यसकारण गुलाबको मुल्य 'ब्ल्याक मार्केट' मा आकाश छुन लागेको थियो । अधिकारीहरुले 'भ्यालेन्टाइन डे’लाई इस्लाम विरोधी मान्दै अएका छन र यसका साथै गैह इस्लामिक उत्सवमा प्रतिबन्ध को साथै 'भ्यालेन्टाइन डे’ ले पुरुष र महिला बीच विवाह को सम्बन्ध लाई बढावा दिने हुंदा यस संकीर्ण समाजमा मान्य नहुने बताएका छन । यस भन्दा पहिले प्रतिबन्ध को आशंकामा एक महिना पहिलादेखिनै फुलवालाहरुले अर्डर दिएका थिए जसले गोप्य रुपमा यसको कारोवार गरेको बताईएको छ । कयौं ब्यक्ति भने यस उत्सव मनाउनको लागि बहरीन तथा संयुक्त अरब जस्ता मुलुकमा समेत जाने योजना बनाईरहेका थिए जहां धार्मिक रूपले पनि यस पर्वमाथि ज्यादा उदार रहेको पाइन्छ । साऊदी अरब प्रशासनले महिला तथा पुरुष घुम्नको लागि समेत रोक्ने गर्दै आएको छ ।

Monday, February 11, 2008

पूर्वी टिमोरका राष्ट्रपति माथि गोली प्रहार

पूर्वी टिमोरका राष्ट्रपति तथा नोबेल शान्ती पुरस्कार बिजेता जोसे रामोस होर्ता माथि सोमबार गोली प्रहार भएको छ । ऑस्ट्रेलियायाको सैनिक अडडामा उनलाई सर्जरी गरि रहेको छ । सेनाका प्रवक्ताका अनुसार राष्ट्रपतिलाई पेटमा गोली लागिएको छ र हमला गर्ने विद्रोही सैनिक नेता अल्फ़्रेदो राइनादोलाई राष्ट्रपतिका सुरक्षाकर्मिहरुले हत्या गरिदिएका छन । विद्रोही नेताले गत साल नोभेम्बरमा सरकार बिरुद्द हथियार उठाउने चेतावनी दिएका थिए । वर्ष 2006 मा बाग़ी सैनिकहरु र पुलिसहरु बीच भएको संघर्ष सम्बन्धी मुद्दामा राइनादो माथि मुद्दा चलिरहेको छ । पूर्वी टिमोर वर्ष 2002 मा इंडोनेशियाबाट स्वतन्त्र भएको थियो ।

Sunday, February 10, 2008

लण्डनमा भिषण आगलागी

लण्डनको एक प्रख्यात क्यामडेन मार्केटमा स्थानिय समय अनुसार शनिवार अबेर लागेको आगलागीको एक झलक स्रोत:एमएसएनबीसी

'डाक्टर हूँ, किडनीको डीलरवाला होइन '

भारतको गुडगाऊंमा किडनी चोरी काण्डका प्रमुख अभियुक्त अमित कुमार नेपालको चितवनबाट पक्राऊ परेका छन । चितवनका प्र.ना.नि.(सइ) राजु शर्माको कमाण्डमा रहेको टोलीले उनलाई पक्राउ गरेको हो । यस अघि भारतीय प्रहरीले इन्टरपोल मार्फत उनको खोजी कार्यको लागी अन्तराष्ट्रिय प्रहरी संगठनहरुसंग अनुरोध गरेको थियो । पक्राऊ परेपछि उनलाई राजधानी काठमाण्डौं ल्याईएको थियो । नेपाल प्रहरीले संचारकर्मीहरु माझ सार्वजनिक गरेपछि त्यहां उनले आफु निर्दोष रहेको बताएका छन । " मेरो बिरुद्दमा जो आरोप थियो, त्यसको बारेमा अदालतले मलाई निर्दोष करार दिइसकेको छ, म केवल डाक्टर हूँ, किडनी डिलरवाल होइन, हिराशत मुक्त भएपछि म यो सबै कुराको पुष्टि गरिदिनेछु" उनले भने । डाक्टर अमित माथि पछिल्ला केहि वर्षमा लगभग पांच सय ब्यक्तिको किडनी निकालेको आरोप लागेको छ । नेपाल प्रहरीले हिरासतमा लिएपछि उनलाई आईतवार अदालतमा पेश गर्ने कुरा बताईरहंदा शनिवार डा. अमितलाई सुटुक्क भारतीय प्रहरीको जिम्मा लगाई इन्डियन एयरलाईन्सको विमान मार्फत भारत सुपुर्दगी गरिएको छ । यस अघि भारतले उनलाई सुपुर्दगी गर्न अनुरोध गरेको थियो ।

Saturday, February 9, 2008

जापानबाट सिक्न परराष्ट्रमन्त्रीको आग्रह

परराष्ट्रमन्त्री सहाना प्रधानले जापानले गरेको अभूतपूर्व प्रगतिबाट सिकेर दलहरूले संविधानसभामार्फत मुलुकको चौतर्फी विकासमा लाग्नुपर्नेमा जोड दिनुभएको छ। नेपाल-जापान मैत्री परिषद्द्वारा बिहीबार ललितपुरमा आयोजित समारोहमा बोल्दै परराष्ट्रमन्त्री प्रधानले दोस्रो विश्वयुद्धबाट ध्वस्त भएको राष्ट्रलाई अहिलेको अवस्थासम्म ल्याई पुर्याउन जापानका जनताले गरेका अथक् परिश्रम विकास निर्माणको उदाहरण दिँदै नेपालका राजनीतिक दल र जनताले सिक्नुपर्ने बताउनुभयो।अहिले मुलुक परिवर्तनको संघारमा छ। संविधानसभाबाट राज्यको रूपान्तरण गर्न लगेको बेला जापानले धेरै आर्थिक सहयोग गरेको पनि सम्झनुपर्छ -उहाँले भन्नुभयो।
सोही अवसरमा मन्त्री प्रधानले गोपाल क्षेत्रीद्वारा अंग्रेजी भाषामा लिखित जापानमा विदेशी ऐतिहासिक दृष्टिकोण नामक पुस्तक विमोचन गर्नुभयो। सो पुस्तकमा जापानमा रहँदा विदेशीहरूले संगालेको अनुभव सिक्नुपर्ने यहाँको संस्कृतिक सभ्यताका बारे उल्लेख गरिएको बताइएको छ।समारोहमा परिषद्का अध्यक्ष एवम् पूर्वमन्त्री बुद्धिराज वज्राचार्यले नेपाललाई सबैभन्दा बढी आर्थिक सहयोग गर्ने दाता राष्ट्रका रूपमा जापान रहेको बताउँदै जापान नेपालको सच्चा मित्र रहेको विचार व्यक्त गर्नुभयो।समारोहमा प्राध्यापक रामकुमार पाण्डे, परिषद्का सचिव मनवीरसिंह पन्थीलगायतले पुस्तकले जापानका जनताका बारेमा राम्रै ज्ञान दिने विश्वास व्यक्त गर्नुभयो। साभार:नेपाल समाचारपत्र

माइक्रोसफ्टद्वारा याहू खरीद गर्ने तयारी,दुवै कम्पनी मिली गूगल संग कडा प्रतिस्पर्धा गर्ने

माधब प्रसाद सेढाईं
बिल गेट्सको कंपनी माइक्रोसफ्टले याहू खरिद गर्नको लागि ४४ अरब ६० करोड डलर नगद तथा २२ अरब ४० करोड डलर शेयरको रुपमा दिने प्रस्ताव अघि सारेको छ । माइक्रोसफ्ट को तर्फबाट याहूको बोर्डलाई लेखेको एक पत्रमा यस्तो शर्त राखीएको हो । यो रकम बिहीवार कायम रहेको याहूको कूल शेयरभन्दा ६२ प्रतिशत बढी रहेको छ । याहूले यो हप्ता को शुरुमा आफ्नो कारोबारमा कटौती हुने संभावना व्यक्त गरेको थियो र भनेको थियो कि कम्पनीलाई यथास्थितिमा राख्न अरु तीस करोड डलर अतिरिक्त रकम आवश्यक पर्ने छ । याहू एक अर्को इंटरनेट सर्च इंजिन गूगल संग कडा प्रतिस्पर्धाको सामना गरिरहेको र यस अवस्थामा उसलाई धेरैनै गारो अनुभव भईरहेको छ । गूगलले माइक्रोसफ्टलाई पनी कडा भन्दा कडा चुनौती दिईरहेको छ । माइक्रोसफ्टका एक अधिकारी केविन जोन्सनले भनेका छन कि यदि माइक्रोसफ्ट र याहू एक साथ मिल्ने हो भने गूगलसंग प्रतिस्पर्धा गर्न सकिने छ । उनले अगाडि भनेका छन "आजको दौडमा इंटरनेट सर्च र विज्ञापनको जो बजार रहेको छ उसमा एकै कम्पनीको बोलवाला रहेको छ र यो बोलवाला बढ्दै गईरहेको छ । "
याहूले माइक्रोसफ्ट को तर्फबाट यो शर्त सहितको पत्र प्राप्त भएको पुष्टि गरेको छ र अगाडि भनेको छ -"कम्पनीको बोर्डले यसको मूल्यांकन कम्पनी को रणनीतिक योजनाको दृष्टि भन्दा अरु तेज ले " गर्नेछ र शेयरधनीको दीर्घकालीन हितलाई ध्यानमा राख्दै केही फैसला गर्नेछ । संवाददाताका अनुसार यदि याहूले माइक्रोसफ्टको यस प्रश्तावको स्वीकार गरेमा अमेरीका तथा यूरोपीयन संघमा प्रतिस्पर्धा अधिकारी यस समझौताको गहीराई सम्म पुगि रिसर्च गर्न चाहन्छ । याहूको मुख्य कार्यकारी जैरी यंगले मंगलवार मात्र कम्पनीमा ठूलो परिवर्तन हुन गईरहेको र यो परिवर्तन पश्चात लगभग १००० कर्मचारिले नोकरीबाट हात धूनु पर्ने संभावना रहेको बताएका छन । याहूका पूर्व मुख्य कार्यकारी टैरी सेमेलले जून २००७ मा कार्यकरीको पद छोडेका थिए र बिहिवार गैर-कार्यकारी चेयरमैनको पद पनि छोडेका छन । माइक्रोसफ्टले भनेको छ कि यदि याहूको शेयरधनीहरुले चाहेमा नगद तथा शेयरमा कुनै एक छनौट गर्न सक्ने छन । माईक्रोसफ्टले यसभन्दा अगाडी पनि याहूसंग पटक-पटक प्रत्यछ्य तथा अप्रत्यछ्य रुपमा वार्ता गरेको थियो । साभार:बिभिन्न जापानी तथा अन्य इन्टरनेट पत्रिकाहरुबाट

Wednesday, February 6, 2008

वर्ष पुरुष २००७ का रुसी राष्ट्रपति

भ्लादिमिर भ्लादिमिरोभिच पुटिनको दैनिक खान्की हो- रोटीका केही टुक्रा । उनी कुनै प्रोटोकलको टोस्टमा मात्रै वाइन सुरुप्प पार्छन् । प्रत्येक बिहान एक घन्टाभन्दा बढी स्विमिङ पुलमा हेलिन्छन् । ब्राहम, मोजार्ट र सइकोभोस्कीका क्लासिकल कम्पोजिसन सुन्छन् । बिटल्सको 'यस्टरडे' गीत उनको ज्यान हो, सबैभन्दा मनपर्दो ।'टाइम' पत्रिकाको वर्षपुरुष बनेपछि ५५ वर्षीय रुसी राष्ट्रपति पुटिनका थुप्रै आनीबानी बाहिर आएका छन् । 'यी चानचुने राजनीतिज्ञ होइनन्,' टाइमको पछिल्लो संस्करणमा उल्लेख छ- 'उनले आफ्नो मुलुकलाई दृढ र स्थिर तुल्याएका छन् । रुसबाहिर पनि उनको आवाज सुन्न थालिएको छ ।' यहा पुटिनका केहि रोचक प्रसंगलाइ प्रस्तुत गर्न खोजीएको छ ।
पुटिन बाइबलका भक्त हुन् , उनी निजी विमानमा पनि उक्त धार्मिक ग्रन्थ साथै राख्छन् । बोली र सन्देशमा एकदमै नियन्त्रित उनले जीवनमै कसैलाई इमेल लेखेका छैनन्, किनभने उनीसग इमेल-आईडी छैन, न व्यक्तिगत टेलिफोन छ । उनी राजनीतिमा चतुर पनि छन् । जस्तो- सोभियत संघलाई जनइच्छा बमोजिम टुक्रयाउने अघिल्ला राष्ट्रपति मिखाइल गोर्वाचोभ र बोरिस येल्त्सिनको पनि उनी खुलेर प्रशंसा गरिरहेका हुन्छन् ।
विश्वकै महाशक्ति र पुजीवादी साम्राज्य बनेको अमेरिकासग भने पुटिनको केही 'चिसो' थियो । अमेरिका रुसलाई जहिल्यै पनि 'कुनै पार्टीमा ननिम्त्याईकन आएको एक पात्र' का रूपमा लिने गरेको भन्ने उनको बुझाइ छ । 'हामी अमेरिकाको साथी बन्न चाहन्छौं,' उनी भन्छन्- 'तर कहिलेकाही के लाग्छ भने अमेरिकालाई कोही साथी नै चाहिदैन । रुसबारे अमेरिकी भ्रमपुर्ण धारणा उनी सच्याउन चाहन्छन । यस सम्बन्धमा पुटिन भन्छन् - यी धारणा भ्रमपुर्ण हुन् भन्ने मलाई लाग्दैन । रुसको छविलाई भित्री-बाहिरी रूपमा तल झार्न नियतवशै अपनाइएको उपाय हो । हरेकलाई के विश्वास दिलाउन खोजिएको छ भने रुसीहरूमा अझै अलिअलि जंगली स्वभाव छ जो भर्खरै कुनै रूखबाट उत्रेका छ र तिनका दार्‍ही र कपालको फोहोर पुछिनै बाकी छ ।'
हाल पुटिनको आठौ वर्षको राष्ट्रपतिकालको समीक्षा भइरहेको छ । उनले सोभियत संघ विघटनपछि पहिलोपटक देशको आर्थिक विकासमा उल्लेखनीय प्रगति गराउन सफल भएका छन । १९९१ मा भएको सोभियत संघको विघटनबाट उत्पन्न आर्थिक, सामाजिक संकटबाट जोगाउन सफल भए । हाल रुसको आर्थिक वृद्धिदर वार्षिक ७% ले वृद्धि हुदै गईरहेको, दुई खर्ब अमेरिकी डलरको वैदेशिक ऋण पनि चुक्ता गर्न सफल तथा BRICs अन्तर्गतको महत्वपुर्ण देशको रुपमा संसारको ठुलो आर्थिक बजारको रुपमा चिनाउन सफल भएका छन । हाल रुसमा पुटिनको लोकप्रियता ७०% भन्दा माथि रहेको जनाईएको छ । यसै सन्दर्भमा पुटिनका बारेमा केहि रोचक तथ्यहरु पनि प्रकाशमा आएका छन ।
पुटिन हास्यविधामा निपुण तर हास्यरसविहीन छन । टाइमका संवाददाताहरूले आफूसग गरेका कतिपय विनोदी कुराको पनि उनले भेउ पाउन सकेनन् । अमेरिकाका पुर्वविदेशमन्त्री हेनरी किसिन्जर भन्छन्- "पुटिन व्यक्तिगत आकर्षणमा विश्वास राख्ने मान्छे होइनन् । उनी एकान्तिकता, राम्रो बौद्धिकता, विषयगत पहुच र रुसी राष्ट्रवादले भरिएका व्यक्ति हुन् ।'
उनी भाग्यले पुटिन बनेका होइनन् । यसमा निरन्तर संर्घषको कथा छ । सेन्ट पिर्टसबर्गको पुरानो घरमा आइरहने मुसा खेदाउदै उनी स्कुल जान्थे । उनका हजुरबा लेनिन र स्टालिनका भान्से थिए । त्यस बेलासम्म भान्से बाजेले आफ्ना सन्तानका लागि कुनै उज्यालो ल्याउलान् भन्ने थिएन । पुटिन आफूलाई बाल्यकालको 'दुःखी विद्यार्थी' का रूपमा सम्झन्छन् । किशोर वयमा जुडो र रेस्लिङ सिके पनि पछि जुडोमै तल्लीन रहे । लेनिनग्राद स्टेट युनिभर्सिटीमा उच्च शिक्षा सकिन लाग्दासम्म उनको एउटै इच्छा थियो, जासुसी सेवामा लाग्ने । संयोगवश रक्षा-सुराकीको तालिम पाए र सन् ८० को दशकको नेटो र जर्मन राजनीतिज्ञ- को सुराकीमा पुर्वी जर्मनी पुगे । सन् १९८९ मा बर्लिन पर्खालसगै उनको सुराकी सेवा पनि ढल्यो ।
टिप्पणीकारहरूले भन्ने गरेको 'रुस इतिहासले बाचेको छ, इतिहास पनि रुसमै बन्छ,' दृष्टान्त फेरि पनि प्रमाणका रूपमा देखा परेको छ । टाइमका 'वर्षपुरुष-२००७' पुटिन यसैका प्रमाण हुन् । वर्षुरुषमा उनले अमेरिकाका पुर्वउपराष्ट्रपति अल गोर, ह्यारी पोटर स्रष्टा जेके रोलिङ, चिनिया राष्ट्रपति हु जिन्ताओ र इराक युद्धका अमेरिकी कमान्डर जनरल डेभिड पेट्रायस जस्ताहरुलाई पनि माथ गर्न सफल भएका छन ।

Tuesday, February 5, 2008

चीनमा १०० बर्ष पछि सबैभन्दा जाडो

छिमेकी मुलुक चीनमा बिगत एक सय बर्षपछि यस बर्ष सबैभन्दा बढी ठण्डी मापन गरिएको बताईएको छ । अत्याधिक हिमपात का कारणले मानिसहरु घरबाट बाहिर निस्कन नसकेका र दैनिक जीवन समेत अत्याधिक मात्रामा प्रभावीत भएको बताईएको छ । चीनको शाओशींग पूलमा आवतजावत गर्न समेत कठिन भएपछि हिऊं पन्छाउंदै सैनिकहरु । फोटो: एम एस एन बि सी

इंडीयन एयरलाइन्स अपहरण काण्डमा दोषीलाई जन्मक़ैद

पटियालाको एक अदालतले दिसंबर १९९९मा काठमांडौबाट भएको एक इंडीयन एयरलाइन्स अपहरण काण्डसग संबंधित तीनजनालाई दोषी ठहर गर्दै उनीहरुलाई जन्मक़ैदको सज़ा सुनाईएको छ । इंडीयन एयरलाइन्सको विमान सेवा आईसी-८१४ लाई काठमांडौबाट २४ दिसंबर १९९९ को बेलुका अपहरण भएको थियो र केहिबेर अमृतसर हवाई अडडामा छॊटो समय रोकी पछि कंधारमा लगिएको थियो । त्यस घटनामा चालक दल समेत सबै १८९ जनालाई पछि रिहा गरिएको थियो तर एक यात्री रूपन कटयाल विमान अपहरणको बेलामा हत्या भएको थियो र केहि अन्य यात्रीहरु घायल भएका थिए । त्यस काण्डसग संबंधित तीन अभियुक्त - अब्दुल लतीफ़, युसुफ़ नेपाली र दिलीप कुमार विरुद्द जहाज अपहरण अभियोग पुष्टी गर्दै जन्मक़ैदको सज़ा सुनाईएको छ । भारत सरकारले जहाज अपहरणको बदलामा छोडीएको चरमपंथीहरुलाई विभिन्न आरोप लगाउदै आएको थियो तर त्यीनीहरुलाई भारतीय सुरक्षाबलले फेरी समात्न असफल भएको छ ।

Monday, February 4, 2008

केबल नेटवर्क मरम्मतमा समस्या

मौसम खराबको कारण दुबईको नजिकै समुद्रमा बिछ्याईएको केबल नेटवर्कमा आएको खराबीलाई बनाउनमा अझै समस्या आईरहेको छ । यसको कारणले भारत लगायत मध्यपूर्वको देशहरुमा इंटरनेट सेवाहरु प्रभावित भएका छन । गएको हप्तामा तीन पटक केबल चुडेको खबर आएको थियो । केबल नेटवर्कको सन्चालक फ़्लैग टेलीकॉम कम्पनीको अनुसार जुन जहाज़बाट मरम्मत गरिने भनिएको थियो त्यो ख़राब मौसमको कारण अबु धाबीमा रोकिरहेको छ । कम्पनीका अनुसार जब बंदरगाह फेरी खुल्दछ तब जहाज़ मरम्मत गर्न जानेछ ।

चाड विद्रोहीको कब्जामा


विद्रोहीहरुले अफ्रिकी मुलुक चाड को राजधानी जामेनालाई कब्जा गरेको बताएका छन । विद्रोहिका प्रवक्ता अब्दरामेन खूलमालाले सरकार लगभग पराजीत भईसकेको बताउंदै उनका सैनिकहरुले राजधानी को घेरा हालेका छन र राष्ट्रपति इदरीस देबीले हार मानेको बताएका छ्न । उनले अगाडि भनेका छन चाडको जनता चाडलाई एकजुट बनाएर अगाडि बढाउने र देशमा उपलब्ध खनिज संपदालाई सबैको लागी उपयोग गराउन सक्ने सरकार चाहेकोले अफुहरुले त्यसको पुर्ति गर्ने बताएका छन । चाडमा सुन तथा यूरेनियम प्रशस्त मात्रामा पाईने गरेको र सन् २००३ मा चाड पेट्रोलियम निर्यातक देश पनि बनेको थियो । यही कारणले गर्दा केहि सक्तिशाली देशहरु कोहि सरकारको मद्दत को लागि अगाडि आउने गरेका छन भने कोही विद्रोहीको मद्दतका लागि । यद्दपी चाडका वित्त मंत्रीले बिद्रोहीले शहर कब्जा गरेको भन्ने कुरा निराधार भएको बताए पनि रिपोर्टरहरुले राजधानी जामेनाको जमीनमा कुनै सरकारी सेनाको उपस्थिति नरहेको बताएका छन ।

Saturday, February 2, 2008

भू-मध्य सागरमा तार चुडिंदा केबल नेटवर्क प्रभावित


समुद्रमुनि बिछाईएको एक केबल नेटवर्क तार चुंडिन पुग्दा भारतको साठी प्रतिशत इन्टरनेट सेवा प्रभावित भएको छ । उता मिस्रको दुर संचार मन्त्रालयले भूमध्यसागरमा केबल तार चुडिन जादा सत्तरी प्रतिशत भूभाग प्रभावित भएको बताएको छ । ब्रिटेन एयरवेज कम्पनीले नेटवर्कमा आएको गडबढीले आप्नो काम-काज प्रभावित भएको बताएको छ । तर तार कसरी काटिन पुग्यो भन्ने बारेमा अझै केही थाहा हुन सकेको छैन । यस बाट प्रभावित हुनेहरुमा भारत र मिस्र मात्र नभई साउदी अरब, बहरीन, कतार तथा कुवेत पनि रहेको छ । यसको पुर्ण मर्मतको लागि अरु १० दिन जति लाग्ने बताईएको छ ।

Friday, February 1, 2008

कहिले होला यसको अन्त

यो कुनै फोहोर जम्मा गर्ने ठाऊं होईन र कसैले फ्यांक्न थुपारेको फोहोरको थुप्रो पनि होइन । यो त आज फेब्रुवरी १ तारीखको दिन इराकको राजधानी बग्दादको मध्य भागमा भएको आत्मघाती हमलामा परी दिवंगत भएकाहको जुत्ताको थुप्रो पो हो त । एक महीलाले बगदादमा गराएको आत्मघाती हमलामा परि ६४जनाले ज्यान गुमाएका छन भने सयौं घाइते भएका छन । फोटो:एमएसएनबीसी

किडनी चोरीमा संलग्नलाई पक्रन अलर्ट जारी


मानव अंगको कारोबारमा संलग्न भारतका एक चिकित्सकलाई फरार हुन नदिन भारतीय प्रहरीले देशभरका हवाईअड्डा लगायतका नाकाहरुलाई सतर्क गराएको छ । गुडगाऊंका प्रहरी प्रमुखका अनुसार पछिल्लो हप्ता भारतको गुडगाउंको एक घरमा छापा मारी प्रहरीले उक्त धन्दा भईरहेको पत्ता लगाएको थियो । उनका अनुसार त्यहां सयौं गरीव मजदुरहरुलाई राजी गराई किडनी झिक्ने गरिन्छ । मानव अंगको बेच-बीखन गर्न भारतीय कानुनले प्रतिबन्ध लगाएको भएतापनी हालका दिनमा यसले एउटा बिकराल रुप लिएको पाईएको छ । जसमा कयौं बिदेशी ग्राहक हरु पनि संलग्न हुने गरेको पाईएको छ ।
भारतमा हालका दिनमा तिब्र रुपमा बढ्दै गरेको बहुराश्ट्रिय कम्पनी र धनाढ्य हरुको संख्या पनि बढ्दै गएको र उनीहरुलाई यस्तो अंग प्रत्यारोपणको तुरुन्त आवस्यकता पर्ने हुनाले यस्ता गरीव बर्गलाई निशाना बनाउने गरेको पाईएको छ । तसर्थ गैर-कानुनी मानिएको यस्ता अंग बेच-बिखन अझ कती सम्म भईरहने हो भन्ने कुरा अनिश्चित नै रहेको छ । उत्तरी भारतका मजदुरहरु यस्तो कार्यमा लागेको पाईएको छ जहां चिकित्सकको मिलेमतोमा यस्तो कार्य हुने गर्दछ । एक पिडित ब्यक्तिको सुचनाको आधारमा प्रहरीले छापा मार्दा उक्त कुरा पत्ता लगाएको हो । हाल प्रहरीले ४ जनालाई पक्राउ गरेको भएपनि उक्त कार्यमा संलग्न चिकित्सक भने फरार रहेको र प्रहरीले उनलाई पक्रन इन्टरपोल मार्फत चुचना जारी गर्ने सोच बनाएको पनि बताईएको छ ।