Friday, February 1, 2008

किडनी चोरीमा संलग्नलाई पक्रन अलर्ट जारी


मानव अंगको कारोबारमा संलग्न भारतका एक चिकित्सकलाई फरार हुन नदिन भारतीय प्रहरीले देशभरका हवाईअड्डा लगायतका नाकाहरुलाई सतर्क गराएको छ । गुडगाऊंका प्रहरी प्रमुखका अनुसार पछिल्लो हप्ता भारतको गुडगाउंको एक घरमा छापा मारी प्रहरीले उक्त धन्दा भईरहेको पत्ता लगाएको थियो । उनका अनुसार त्यहां सयौं गरीव मजदुरहरुलाई राजी गराई किडनी झिक्ने गरिन्छ । मानव अंगको बेच-बीखन गर्न भारतीय कानुनले प्रतिबन्ध लगाएको भएतापनी हालका दिनमा यसले एउटा बिकराल रुप लिएको पाईएको छ । जसमा कयौं बिदेशी ग्राहक हरु पनि संलग्न हुने गरेको पाईएको छ ।
भारतमा हालका दिनमा तिब्र रुपमा बढ्दै गरेको बहुराश्ट्रिय कम्पनी र धनाढ्य हरुको संख्या पनि बढ्दै गएको र उनीहरुलाई यस्तो अंग प्रत्यारोपणको तुरुन्त आवस्यकता पर्ने हुनाले यस्ता गरीव बर्गलाई निशाना बनाउने गरेको पाईएको छ । तसर्थ गैर-कानुनी मानिएको यस्ता अंग बेच-बिखन अझ कती सम्म भईरहने हो भन्ने कुरा अनिश्चित नै रहेको छ । उत्तरी भारतका मजदुरहरु यस्तो कार्यमा लागेको पाईएको छ जहां चिकित्सकको मिलेमतोमा यस्तो कार्य हुने गर्दछ । एक पिडित ब्यक्तिको सुचनाको आधारमा प्रहरीले छापा मार्दा उक्त कुरा पत्ता लगाएको हो । हाल प्रहरीले ४ जनालाई पक्राउ गरेको भएपनि उक्त कार्यमा संलग्न चिकित्सक भने फरार रहेको र प्रहरीले उनलाई पक्रन इन्टरपोल मार्फत चुचना जारी गर्ने सोच बनाएको पनि बताईएको छ ।

No comments: