Friday, February 29, 2008

मध्यराति बालुवाटारमा शेरबहादुर–आरजु तानातान

राजा, यता आइबक्स्योस् न! राजा!! ए राजा!! हिँडिबक्स्योस् न!!! त शुक्रबार मध्यराति वृद्ध र रोगी प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निवास बालुवाटारमा सम्भ्रान्त परिवारकी एउटी अधवैंशे महिला राजा–राज भनेर कराइरहेकी थिइन्। राजाका हातमा महँगो विदेशी रक्सी थियो, उनी त्यसलाई छाड्ने पक्षमा थिएनन्।राजा थिए– पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा। उनलाई मध्यराति हातै समाएर तान्न उनकै पत्नी आरजु देउवा पुगेकी थिइन्।
संविधानसभा चुनावका लागि मधेसी नेताहरूसँगको वार्ता एकपछि अर्को गर्दै असफल भएको थियो। त्यसैले प्रधानमन्त्री निवासमा मध्यरातिसमम बसेर खुसियाली मनाउनुपर्ने कुरा पनि केही थिएन। तर, कांग्रेसको उच्च नेतृत्वले त्यसदिन ठूलै विजय हातपारेझैँ गरी बालुवाटारमा मध्यरातिसम्म जाँड पार्टी चलायो। साँझ नौ बजेदेखि सुरु भएको रमझममा जाँड नखाने नेता रामचन्द्र पौडेल पनि अबेरसम्म सहभागी थिए। यसबाहेक पूर्वप्रम शेरबहादुर देउवा, कार्यवाहक सभापति सुशील कोइराला, महामन्त्री केबी गुरुङ, रामवरण यादव, विनयध्वज चन्द, प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ, गोपाल पहाडी र मिनेन्द्र रिजाल त्यहाँ उपस्थित थिए।त्यसदिन साँझ कांग्रेसले संविधानसभा सदस्यका लागि टिकट बाँडेको थियो। टिकट बाँड्ने संसदीय कमिटीका अध्यक्ष प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाबाहेक बाँकी सबैको सहभागितामा चलेको पार्टीमा रात बित्न थालेपछि आरोप प्रत्यारोप सुरु भयो। पार्टी एकीकरण भइसकेर पनि टिकट वितरणपछि नशाको सुरमा तिनले विभाजित मनस्थिति देखाउँदै बाझाबाझ गरेका थिए। जमघट थलोमा प्रमको सचिवालयका केही व्यक्ति स्न्याक्स पुर्याउन पुग्ने गर्थे। पार्टीमा देउवा निकै रन्कन थालेको देखेपछि सचिवालयकै एकजनाले देउवाकी पत्नी आरजुलाई फोन गरिदिए।
बालुवाटारमा देउवा मातेर झमेला गर्दैछन् भन्ने खबर पाएपछि आरजु १२ बजेपछि बूढानीलकण्ठबाट बालुवाटार आएकी थिइन्। जाँडपार्टी चलेको कोठामा पसेर उनले प्रफुल्ल पतिलाई अरूसँग तात्तिएकै अवस्थामा हात समाती 'राजा, हिँडिबक्स्योस्' भनेकी थिइन्। तर, देउवाले नमानेपछि आरजुले राजा–राजा भनेर झक्झक्याउँदै ठूलै स्वरमा कराउनुपर्योक। निकै मातेका देउवा लर्बरिँदै गाडीतिर लम्केका थिए। आरजुको हस्तक्षेपपछि विवाद चर्केको जाँडपार्टी समाप्त भएको थियो। अनमोल क्याटरिङबाट खानेकुरा लगिएको थियो भने विदेशी हिवस्कीका साथ चाइनिज बियर पनि हरियो बोत्तलमा थुप्रै ल्याइएको थियो।स्रोत:विक्ली नेपाल्

No comments: