Saturday, March 1, 2008

जोकर फाल्टु सूर्यबहादुर

आफूलाई राजनीतिको गतिलो खेलाडी बताउने पूर्व पञ्च सूर्यबहादुर थापा यसपालिको संविधानसभा चुनावमा आफ्नै छोटो बुद्धिले गर्दा बाइपास हुने भएका छन्। भारतीय विश्वासपात्र मानिने थापा भारतले धोका दिएपछि तीनछक परेका छन्। मधेसीलाई उचालेर चुनाव बहिष्कारको घोषणा गर्न पुगेका जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर मधेसी र सरकारबीच सहमति भएपछि तासको जोक्कर जस्तै बनेका हुन्। अब मधेसीहरूले मनोनयन दर्ता गरेकै मौकामा आफूले पनि उम्मेदवारी दर्ता गर्ने मानसिकतामा थापा पुगेका छन्। तर, कुन क्षेत्रबाट उम्मेदवारी दिने? यसबारेमा थापा थप अन्यौलतामा परेको स्रोतले बतायो। अघिल्लो संसदीय चुनावमा सूर्यबहादुर थापा धनकुटाको क्षेत्र नं. २ र सर्लाहीको क्षेत्र नं. २ बाट उम्मेदवार बनेका थिए। सर्लाहीमा हारे पनि थापाले धनकुटाबाट एमालेभन्दा एक हजार बढी अर्थात् १२ हजार १ सय ४५ मत ल्याई जितेका थिए।
यसपालि धनकुटा–२ मा जनशक्ति पार्टीका अधिकांश कार्यकर्ताहरू माओवादीतिर छिरेका छन् भने राप्रपा फुटेपछि थापासित चुनाव प्रचार गर्ने कार्यकर्ता पनि बचेका छैनन्। सर्लाहीको क्षेत्र नं. २ मा सूर्यबहादुर थापाले यसअघि १३ हजार मत ल्याएर सद्भावनाका राजेन्द्र महतोसित हारेका थिए सो क्षेत्रमा राप्रपा चन्द समूहले त्यसबेला सूर्यबहादुरको २५ सय भोट काटेको थियो। यसपटक पनि थापाले सर्लाहीबाट चुनाव जित्ने अवस्था छैन। तर, आफ्नो गृहजिल्लाबाटै चुनाव नजित्ने स्थिति आएपछि सूर्यबहादुर निराश देखिएको स्रोतले बतायो। स्रोत: सम्बोधन

No comments: