Friday, March 14, 2008

हलीउड नायक रिचर्ड गियर लाई राहत


एक बर्ष अगाडि दिल्ली मा भएको एड्स जागरुकता कार्यक्रमको दौडानमा हलीउड अभिनेता रिचर्ड गियर ले बलीउड की नायीका शिल्पा शेट्टी लाई एक सार्वजनीक कार्यक्रममा उत्तेजीत रुपमा चुम्बन गरेका थिए । त्यसले धरै अन्तराष्ट्रीय मीडियाहरुमा समेत महत्वपूर्ण स्थान पाएको थियो । यसलाई लिएर धेरै विरोध र प्रदर्शनहरु भएपछि यो बिषय अदालत सम्म पुगेको थियो । तर आज भारतको सुप्रीम कोर्ट ले रिचर्ड गियरले जयपुर को अदालत मा पेश हुन आवश्यकता नभएको र उनलाई भारत मा स्वतन्त्र रुपमा आवत-जावत गर्न पनि छुट रहेको बताएको छ । यस अघि घटनाले उग्र रुप लिंदै गर्दा गियरले आफुले गरेको क्रियाकलाप बाट कसैको भावनामा ठेस पुगेको भए आफुले त्यसमा क्षमा चाहेको बताएका थिए । शिल्पा शेट्टी ले पनि यस घटनालाई बढीनै प्रचार गरेको बताएकी थिइन ।

No comments: