Sunday, March 9, 2008

हेलिकोप्टर दुर्घटनामा यूएन नै कारक

नेपाल नागरिक उड्डयन प्राधिकरणसँग पूरा गर्नुपर्ने प्रक्रिया समेत पूरा नगरी नेपाली आकाशमा उडाइएको यूएनको हेलिकोप्टर गत साता दुर्घटनाग्रस्त बन्न पुगेको छ। रसियासँग भाडामा लिएको उक्त हेलिकोप्टर केही समयअघि इन्जिनमा खराबी देखिएपछि धनकुटामा आकस्मिक अवतरण गराइएको थियो।
दुर्घटना भएकै दिन पनि अनमिनको सो हेलिकोप्टरको रुटको बारे हवाइ उड्डयन बेखबर थियो। हवाइ उड्डयनलाई कुनै महत्व नै नदिई नेपाली आकाशमा उडाउँदै आएको सो हेलिकोप्टरले ल्यान्डिङ र पार्किङ शुल्क नै १ करोड नाघिसक्दा पनि दिन ढिलो गरेपछि हवाई उड्डयनले हेलिकोप्टर उड्नै प्रतिबन्ध लगाइदिने जनाउ दिएपछि १५/२० दिनअघि मात्र शुल्क तिरेको थियो। स्रोत भन्छ– विना एग्रिमेन्ट र विनासूचना यूएनले आफ्ना जहाज उडाउने र थरिथरिका मानिस एअरपोर्टको एअरसाइडसम्म पुर्याउने काम गर्दै आएकोले नेपाली आकाशमा पुनः ठूलै अर्को दुर्घटना हुन सक्ने आशंका हवाइ उड्डयनका अधिकारीको छ। सोत:बिमर्श

No comments: