Thursday, March 20, 2008

जापानका प्रधानमन्त्री फ़ुकुदा र अंतरिक्ष केन्द्रमा रहेका दोई सान बीच कुराकानी

जापानका प्रधानम्न्त्री फ़ुकुदा ले आज अंतरिक्ष केन्द्रमा रहेका आफ्ना नागरिक दोई सान संग प्रत्यक्ष कुराकानी गरेका छ्न । जापानको टेलिभीजन क्यामेराको अगाडि दोई सान संग कुरा गर्दै उनले ठट्यौली पारामा प्रशन्न मुद्रामा भने - " अंतरिक्ष केन्द्र भनेपछि पृथ्वी बाट धेरै नै टाढा होला भन्ने लागेको थियो , यति नजिक छ भन्ने त सोचेकै थिइन । अब पछि त्यहां सम्म सिनखानसेन (बुलेट ट्रेन) चलाउनुपर्छ ।"
कुराकानी पछि प्रधानमन्त्री फुकुदा सहित त्यहां उपस्थित सबैले अंतरिक्ष यात्री दोईले अंतरिक्षमा लिएर गएको उनलाई मनपर्ने सुसी लगायत परिकारका खानाहरु खाएका थिए । नासाको टोली साथ त्यहां पुगेका दोई जापानी नागरिक भएको हुनाले जापानीजहरुले यसलाई निकै महत्व दिंदै चाख लिइरहेका छन । यो अंतरिक्ष केन्द्र पृथ्वी वाट मात्र ४०० कि.मी. को दुरीमा रहेको छ ।

No comments: