Sunday, March 9, 2008

बफेट दुनियाका सबैभन्दा धनी ब्यक्ति, बिल गेट्स तेस्रो नम्बरमा

प्रतिष्ठित आर्थिक पत्रिका फोर्ब्स ले यस बर्षको दुनियाका सबैभन्दा धनी अरबपतीहरुको नाम सार्वजनिक गरेको छ । पत्रिकाका अनुसार वारेन बफेट संसारका सबैभन्दा धनी ब्यक्ति बन्न सफल भएका छन् । उनको संपति १० अरब डलर बाट बढेर पछिल्लो बर्ष ६२ अरब डलर पुगेको छ । यस समयमा बिल गेट्सको सम्पति दुई अरब डलर बढेर ५८ अरब डलरमा सिमित रहन पुगेको छ । यसले बिल गेट्सलाई तेस्रो नम्बरमा पुर्याएको छ । उनी भन्दा थोरै मात्र बढी संपति अर्थात ६० अरब डलर संपति भएका कार्लोस स्लिम हेलू दोस्रो नम्बरमा रहन सफल भएका छन् । अरबपतिहरुको सूचीमा फोर्ब्स ले २००८ को बिश्वका ११२५ ब्यक्तिहरुको नाम सार्वजनिक गरेको छ । उनीहरुको कूल संपति ४४ खरब डलर रहेको छ । "मानव इतिहासमा यसभन्दा पहिले कहिल्यै यति ठूलो परिणामको संपति नभएको र यति धेरै आर्थिक उन्नति पनि हासिल भएको थिएन जुन हालक बर्षहरुमा भईरहेको छ " फोर्ब्सका मुख्य कार्यकारी स्टीव फोर्ब्स ले भनेका छन् ।
अरबपतिहरुको सूचीमा रहेका दूई तिहाई ब्यक्तिले आफ्नो जीवनको मेहनत लगाएर यति धेरै संपति कमाएका छन । यीनिहरु मध्ये ५० ब्यक्तिको उमेर ४० बर्ष भन्दा कम रहेको छ । सोशल नेटवर्किंग वेबसाइट 'फेसबुक' का संस्थापक २३ वर्षीय मार्क जुकेरबर्ग यस सूची का सबैभन्दा कम उमेरका अरबपति हुन । फोर्ब्स का अनुसार उनको १.५ अरब डलर संपत्तिले उनलाई यस सूचीको ७८५ औं स्थान दिलाएको छ । यस्तै दक्षिण अफ्रीका का पैट्रिस मॉटसेपे आफ्नो २.४ अरब डलरको संपत्तिका साथ अरबपतिहरुको यो सूची मा स्थान पाउने पहिलो काला जातीका ब्यक्ति बनेका छ्न । संसारका अरबपति महिलाको सूचीमा सबभन्दा माथि लॉरियल की प्रमुख लिलियन बेटेनकोर्ट रहेकी छिन । यस सूचीमा उनको स्थान १७ औं नम्बरमा रहेको छ । यस सूची मा रहेका अन्यमा स्टार ओप्रा विनफ्री ( २.५ अरब डलर), प्रोपर्टी व्यावसायी डोनाल्ड ट्रंप (३ अरब डलर) र हैरी पोर्टर की लेखिका जेके रोलिंग (१ अरब डलर) रहेको छ । यस सूचीको दुईवटा चाखलाग्दो बिषय रहेको छ । एउटा बिश्वका उच्च धनाढ्यहरुको सूचीमा टप १० मध्य ४ जना भारतीय नागरिक रहेका छन । दोश्रो लगातार १४ साल सम्म प्रथम स्थानमा रहन सफल बिल गेट्स तेस्रो नम्बरमा रहन पुगेका छन । यसको कारकको रुपमा केहि ह्प्ता पहिले माइक्रोसफ्ट द्वारा गरिएको याहू खरीद गर्ने प्रस्तावलाई मानिएको छ । याहू खरीद प्रस्ताव को केहि हप्तामानै माइक्रोसफ्ट को शेयरमा १५ प्रतिशतले गिरावट आएको थियो । उता पहिलो स्थानमा रहन सफल ७७ वर्षीय वारेन बफेट को सफलतामा उनको कोका-कोला, प्रोक्टर एण्ड ग्याम्बल तथा टेस्को जस्ता धेरै कम्पनिको बढी शेयरलाई मानिएको छ । न्यूयोर्क को कोलंबिया बिजनेस स्कूल मा बेंजामिन ग्राहम संग अर्थशास्त्र को अध्यन पश्चात उनले १९६२ मा टेक्सटाइल कंपनी को शेयर खरीद गर्न शूरु गरेका थिए र १९६५ मानै यस कम्पनीको शेयरधनी नियंत्रक भएका थिए । जुन समयमा फोर्ब्सले २००८ को सबभन्दा धनी व्यक्तिको सूची तयार गरिरहेको थियो उक्त समयमा कंपनीको शेयर को मूल्य पति शेयर डेढ लाख डलर पुगेको थियो ।
बिश्वका सबैभन्दा १० धनाढ्यहरु
१.वारेन बफेट (अमेरिका) ६२ अरब
२.कार्लोस स्लिम (मेक्सिको) ६० अरब
३.बिल गेट्स (अमेरिका) ५८ अरब
४.लक्ष्मी मित्तल (भारत) ४५ अरब
५.मुकेश अम्बानी (भारत) ४३ अरब
६.अनिल अम्बानी (भारत) ४२ अरब
७.इंगभार कामप्राद (स्वीडेन) ३१ अरब
८.के.पी. सिंह (भारत) ३० अरब
९.ओलेग देरिपास्का (रूस) २८ अरब
१०.कार्ल आर्लब्रेच्ट (जर्मन) २७ अरब
स्रोत:फोर्ब्स पत्रिका

No comments: