Thursday, March 20, 2008

निर्वाचनको मुखमा उम्मेदवारको गोली हानि हत्या

संबिधान सभा निर्वाचन नजिकिदै जांदा उम्मेदवारहरुको सुरक्षामा पनि गम्भिर प्रश्न चिन्न खडा हुदै गएको पाइन्छ । यसको प्रमाणको रुपमा मंगलवार राती बांके छेत्र नं. २ बाट संबिधानसभा निर्वाचनमा उम्मेदवार बनेका कमलप्रसाद अधिकारीको हत्यालाई लिन सकिन्छ । आफ्नै निवासमा रहेका राष्ट्रिय जनमोर्चा नेपालका तर्फबाट उम्मेदवार बनेका अधिकारीलाई मध्य रातमा आएका हतियारधारी समुहले ४ राउण्ड गोली प्रहार गरी हत्या गरेको समाचार छ । सरकारले निर्वाचनका उम्मेदवारहरुको यथेष्ट सुरक्षा को ब्यवस्था गरेको बताईरहंदा नेता-कार्यकर्ताहरुको हत्याको श्रिंखला शूरु भएको छ । उनको हत्यामा ज्वाला सिंह समुहले आफ्नो हात रहेको बताएको छ । उता गएरातीनै रोल्पामा दूई माओवादी कार्यकर्ताको गोली हानि हत्या गरिएको बताईएको छ भने घटनाको पुर्ण बिवरण भने प्राप्त भईसकेको छैन ।

No comments: