Monday, March 10, 2008

चुनाव बिथोल्ने गोप्य योजना

संविधानसभाको निर्वाचन बिथोल्ने मामिलामा राजावादी र माओवादीबीच अघोषित कार्यगत एकता देखिएको छ। माओवादीले अहिले चुनावका लागि भनेर व्यापक चन्दा संकलन गर्ने र आफ्नो स्थिति अनुकूल हुन नसके मतदानको मितिभन्दा केही दिनअघिदेखि आतंक मच्चाउन सुरु गर्ने रणनीति बनाएको बुझिएको छ। यसैगरी राजावादीहरु पनि कुनै हालतमा संविधानसभा निर्वाचन सम्पन्न हुन नदिने अभियानअन्तर्गत उम्मेदवारको हत्या गर्ने रणनीतिमा लागेको बुझिएको छ। कमल थगापाको राप्रपा नेपालमार्फत् उक्त अभियान सुरु हुन लागेको समाचार स्रोतले बताएको छ। जसका लागि रक्सौलबाट केही हतियार तथा सार्पसुटरहरु वीरगञ्ज भित्रिसकेको बुझिएको छ। साभार:तरुण साप्ताहिक

No comments: