Wednesday, March 5, 2008

छोरी पाउनेलाई दुई लाख नगद

छोरीमाथि भएको भेदभाव न्युन गर्न भारत सरकारले छोरी जन्माउनेलाई नगद पुरस्कार दिने भएको छ । भारतमा हुने गरेका स्त्री भ्रुण हत्या गर्ने सामाजिक कुसंस्कारलाई नियन्त्रणमा लिन यस्तो कदम चालेको बुझिएको छ । अब भारत सरकारले छोरीलाई स्कूल पठाउने र सानैमा विवाह नगरिदिने सर्तमा १८ बर्षको उमेरसम्म तिनका परिवारलाई बिमासहित भारतीय दुई लाख रुपैंया दिने भएको हो । भारतका महिला तथा बाल विकास मन्त्री रेणुका चौधरीले छोरीलाई राम्ररी हुर्काउन र उनीहरुको पठन-पाठनमा ध्यान दिन अभिप्रेरित गर्ने उद्देश्यले नगद पुरस्कार दिने निर्णय गरिएको बताएकी छिन । साभार : खोजतलास

No comments: