Tuesday, March 4, 2008

शाही मन्त्री थापाद्वारा सातदललाई चुनौती

राजावादी दल राप्रपा नेपालका अध्यक्ष एवं शाही मन्त्री कमल थापाले राजाको विषयमा निर्णय गर्न जनमत संग्रह आवश्यक रहेको जनाएका छन। राजधानीमा सोमवार पत्रकार सम्मेलन गरी आफू काठमाण्डौं छेत्र नं. ५ र मकवानपुर ३ बाट प्रत्यक्ष निर्वाचनमा उम्मेदवारी दिने पनि बताएका छ्न । उनले राप्रपा नेपाल युद्दस्तरमा चुनावी अभियानमा जांदैछ, यदि हाम्रो अभियानलाई रोक्ने प्रयास भयो भने त्यो अभियान चुनाव भांड्न केन्द्रित हुने चेतावनी दिंदै त्यसको जिम्मेवार सातदल हुनुपर्ने बताए ।
आफूहरु सातदलीय गठबन्धनको विकल्पको रुपमा जनतासामु जाने बताउंदै सातदल एकातिर र राप्रपा नेपाल अर्कोतिर भएको दाबी गर्दै राप्रपा नेपालले २ सय ४० वटै स्थानमा उम्मेदवारी दिने घोषणा गरे । पूर्व शाही मन्त्री थापाले राजालाई संविधानसभा निर्वाचनबाट फाल्न नमिल्ने धारणा राख्दै राजाको विषयमा जनमत संग्रहबाट मात्रै निर्णय गर्न सक्ने बताएका छन । उनले जनमत संग्रह गर्ने दलहरुको हिम्मत छ भने सात दल एकातिर , राजा अर्कोतिर गरौं भन्दै चुनौती दिंदै राजपासंग तालमेल नहुने कुरा पनि प्रष्ट पारे ।

No comments: