Saturday, March 1, 2008

राजाकै सामु चुल्ठोमा हात

संविधानसभाको निर्वाचन निश्चित बन्दै गएपछि दुई दिनअघि काठमाडौंको सोल्टी होटलमा राजासमेत सहभागी भएको एउटा जाँडपार्टीमा दरबारका सदस्यबीच भौतिक झगडा भएको छ। प्राप्त जानकारीअनुसार, दुई दिनअघि सोल्टी होटलको मेघा हलमा बेलुका साढे ४ बजे राजासहित राजपरिवारका सदस्यहरू पुगेका थिए। बेलुका ८ बजेदेखि सुरु भएको दारु पार्टीमा सबैले टन्न पिए।
पार्टीमा राजा ज्ञानेन्द्र, रानी कोमल, पारस , राजाका ज्वाई राजबहादुर सिंह, सम्धी नवराजबहादुर सिंह जो प्रहरीमा प्रहरीका भ्रष्ट भनेर चिनिन्छन्, समेतको उपस्थिति थियो। पार्टीमा ज्वाइ राजबहादुरका भाइ बाजबहादुर सिंह, राजाका अन्य आफन्त एवं पारसका साथी भनेर चिनिने अविनेश शाह र आदर्श राणा होटल बारमा थिए। राति १२ बजे होटलको अर्को रुममा खाइरहेका अधिराजकुमारी प्रेरणा, पूजा, शिताष्मा, दिलाषा र अन्य युवतीहरू भएको ठाउँमा बाजबहादुर सिंह मथ्थु अवस्थामा अचानक प्रवेश गरेर अधिराजकुमारी दिलासाको कपाल भुत्ल्याउन थालेपछि राजपरिवारका सदस्यहरूबीच एकाएक खैलाबैला भई जाँडपार्टी नै भंग भयो। मान्छेहरूले तत्कालै बाजलाई समातेर अन्यत्र लगेकाले उनले त्यहाँ थप धुलाइ भने खानु परेन।
बाजबहादुर सिंह तिनै व्यक्ति हुन्, जसले ३ वर्षअघि एउटा पार्टीमा रानीको झोलाबाट मोबाइल चोर्ने असफल प्रयास गरेका थिए। उनले दिलासासित विवाह गर्न चाहे पनि उनको जड्याहाँ स्वभाव देखेर दिलासाले अस्वीकार गरेकी थिइन्। यही कारण बाजले दिलासालाई झम्थिएको अनुमान स्रोत: सम्बोधन

No comments: