Wednesday, March 19, 2008

बुथ कब्जा गर्न ६ हजार छापामारलाई घर विदा

निर्वाचन नजिकिंदै जांदा माओवादीले शिविरमा रहेका माओवादी लडाकूलाई शान्ति सम्झ्यौता विपरित निर्वाचनमा खटाउन थालेको छ । विद्रोहको धम्की दिंदै बुथ कब्जा गर्न माओवादीले लडाकूलाई निर्वाचनमा संचालन गरेको बताइन्छ । शिविरबाट घर विदामा पठाएर निर्वाचनमा खटाऊंदासमेत राष्ट्रसंघीय हतियार ब्यवस्थापन टोलीले कुनै कारबाहीसमेत अगाडि बढाउन सकेको छैन । जबकि शान्ति सम्झ्यौतामा उल्लेख भएअनुसार शिविरबाट १२ प्रतिशतभन्दा बढी छापामार एकैपटक बाहिरिन पाउने छैनन । माओवादीले सैन्य तालिम लिएकाहरुलाई निर्वाचनमा परिचालन गरेर निर्वाचन परिणाम आफ्नो पोल्टामा पार्ने रणनीति बनाएको छ ।
१८ हजार छापामारमध्ये हरेक शिविरबाट छनोट गरी ६ हजार माओवादी छापामार घर विदामा गइसकेका छन । उनीहरुले वाईसीएलको संयोजनमा कार्यरत रहनुपर्ने गरी शिविर कमाण्डरहरुले निर्देशन दिएको बताइन्छ । एकपटकमा २४ सय छापामारले विदा पाउने नियम भए पनि अब सबैजसो शिविरमा गरी बांकी २४ सय रहेको बताइन्छ । त्यसरी शिविरबाट छापामार बाहिरिंदा सरकार र अनमिन भने मौन रहेको छ । सरकारले पालनपोषण गरेका शिविरमा रहेका माओवादी छापामारलाई माओवादीले आवश्यक पर्दा प्रयोग गर्ने नपर्दा शिविरमा नै पठाउने कार्य पनि आचारसंहिता विपरित हो कि होइन अन्य दलहरुले सोच्नुपर्ने विषय हो ।खोजतलास सम्वाददाता

No comments: