Saturday, March 1, 2008

नेपाल प्रहरी क्षमतावान

इन्टरनेशनल क्रिमिनल पुलिस अर्गनाजेसन- इन्टरपोलका महासचिव रोनाल्ड के.नोबलले नेपाल प्रहरीको कार्यकुशलता देखेर आफु ज्यादै प्रभावित भएको र इन्टरपोलको तर्फबाट नेपाल प्रहरीलाई सम्भाब्य सबै प्रकारका सहयोग उपलब्ध गराउन आफु सदैव तयार रहेको बताउनुभएको छ । महासचिव नोबलले प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा प्रहरी महानिरीक्षक ओमबिक्रम राणालगायत उच्च पदस्त अधिकृतहसंगको भेटघाटमा उक्त कुरा बताउनुभएको हो ।
करीव २० लाख भन्दा बढी मानिसले चिन्ता ब्यक्त गरी विश्वभरी नै अत्याधिक चर्चामा रहेर रेडकर्नर नोटिस जारी भएको अन्तराष्टिय म्रिगौला तस्कार कुख्यात अपराधी डा.अमित कुमारलाई पक्राउ गरेर नेपाल प्रहरीले बिश्वभरी नै प्रशंसा पाएको विषय उल्लेख गर्नुहुंदै महासचिव नोवलले डा. अमितलाई पक्राउ गर्न खटिएका प्रहरी टोलीका कर्मचारीहरुको सराहना गर्नुभयो । साथै महासचिव नोबलले सो समारोहमा म्रिगौला तस्कर डा. अमितलाई पक्राउ गर्ने कार्यमा बिशेष योगदान पुर्याउने प्र.म.(आईजीपी)ओमबिक्रमा राणा, अपराध औसन्धान बिभाग प्रमुख प्र.अ.म.(एआईजीपी) केशब बराल लगायतका अनुसन्धान टोलीका सदस्यहरुलाई इन्टरपोलको तर्फबाट प्रशंसापत्र प्रदान गर्नुभयो ।
आजै महासचिव नोबलले दरमार्गस्थित होटल यक एण्ड यतिमा आयोजित पत्रकार सम्मेलनमा संचारकर्मीहरुले राखेको प्रश्नको जवाफ दिनुहूदै इन्टरपोलले रेडकर्नर नोटिस जारी गरेको एक हप्ताभित्र अन्तराष्टिय म्रिगौला तस्कर डा. अमित कुमारलाई पक्राउ गरेर विश्वब्यापी अपराधको रुपमा रहेको मानव अंग तस्करीको अनुसन्धान तथा नियन्त्रणमा नेपाल प्रहरीले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभयो । उहांले कुख्यत अपराधी चाल्स सोभराजलाई घटना भएको २० बर्षपछि पक्राउ गर्न सफल नेपाल प्रहरी र संगठनको अपराध अनुसन्धानको फिल्डमा गरेको कार्यको सराहना गर्नुहूदै महासचिव नोबलले इन्टरपोलको महासचिबालयमा नेपाल प्रहरीको तर्फबाट प्रहरी कर्मचारीलाई सेवा गर्ने अवसर प्रदान गर्न आफु प्रतिबद्द रहेको बताउनुभयो ।
महासचिव नोबलले आजै बिहान प्रधानमन्त्री निवास बालुवाटार जानुभई प्रधानमन्त्री जिरीजाप्रसाद कोइराला, ग्रिहसचिव उमेश प्रसाद मैनाली र फागुन १६ गते परराष्ट्र मन्त्रालय सितलनिवासमा परराष्ट्र सचिव संग भेटघाट गर्नुभएको थियो । स्रोत:खोजतलास

No comments: