Sunday, March 9, 2008

गएराती नर्वेको राज्दूतावसमा लुटपाट

झन्डै दुई दर्जनको संख्यामा आएका लुटेराहरुले मध्यरातमा नर्वेजियन राज्दूतावासमा लुटपाट मच्चाएका छन । ललितपुरको कुपण्डोल हाइटमा रहेको राज्दूतावासको सुरक्षामा रहेका सुरक्षाकर्मीलाई नियन्त्रणमा लिई गएराती एक बजे राजदूतावासमा लुटपाट गरेका थिए । लुटेराहरुले ल्यापटप, क्यामेरा, घडी लगायत लाखौं बराबरको विदेशी मुद्रा लुटेर लगेको खबर छ । प्रहरीलाई ढिलो गरी जानकारी दिइएको उक्त नाटकीय घटनाका सम्बन्धमा हाल अनुसन्धान भईरहेको र लुटेराहरुको खोजी कार्य जारी रहेको बताइएको छ ।

No comments: