Tuesday, March 4, 2008

रामेछापमा राष्ट्रसंघिय मिशनको हेलिकोप्टर दुर्घटना, सबै यात्रुको दु:खद निधन

संयुक्त राष्ट्रसंघिय मिशनको हेलिकोप्टर आज अपरान्ह रामेछापको बेथान गाबिस वार्ड नं ९ मा दुर्घनाग्रस्त हुँदा हेलिकोप्टरमा रहेका सबै यात्रुको ज्यान गएको समाचार प्राप्त भएको छ । समाचार स्रोतका अनुसार उक्त हेलिकोप्टर सिन्धुली जिल्लाको दुघौली बाट काठमाण्डौंतर्फ आऊंदै गर्दा दुर्घटनामा परेको जनाईएको छ । घटनामा ११ जना यात्रुको ज्यान गएको र हालसम्म कसैको पनि सनाखत हुन सकेको छैन । उद्वारको लागि सुरक्षाकर्मी खटाइएको बताइएको छ भने घटनाको पुर्ण विवरण प्राप्त हुन बांकि रहेको छ ।स्थानिय स्रोतका अनुसार सांझ अबेर सम्म पनि हेलिकोप्टरमा आगो बलिरहेको बताईएको छ ।

No comments: