Sunday, March 16, 2008

दलहरुबीच बिबाद अनावश्यक : प्रधानमन्त्री

प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले प्रजातन्त्रमा कसैको हार नहुने हुँदा आफ्नो दललाई चुनावमा जिताउन कुनै दलले बखेडा गर्न नहुने बताएका छन् । चैत २ गते निवास बालुवाटारमा चलचित्रकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्रीले लोकतन्त्रलाई संस्थागत गर्न सात दलबीच अहिले मात्र नभएर आउँदो १० वर्षम्म एकता हुनुपर्ने धारणा राखेका थिए । 'दलहरुले आफूबीच बिबाद र बखेडा गर्नु बेकार छ' प्रधानमन्त्रीको भनाइ थियो ।
बिदेशीहरुले आफूलाई भेटिरहेकोमा केही दलले बिबाद निकालेको प्रसङ्ग निकाल्दै प्रधानमन्त्रीले बिदेशीहरु आफूलाई केही भन्न र सिकाउनभन्दा सिक्न आएको बताए । द्वन्द्व समाधानको तरिका बुझ्न उनीहरु नेपाल आएको र आफूलाई भेटेको प्रधानमन्त्रीको दावी थियो । 'हामीले निश्पक्ष र धाँदलिरहित चुनाव गर्‍यौं भने यो समाचार बिश्वमै फैलिन्छ र हामी उदाहरणीय बन्छौं' प्रधानमन्त्रीले भनेक अछ्न ।

No comments: