Monday, April 28, 2008

लोकतन्त्र दिवस सम्पन्न

२८ अप्रिल, ०८ । शान्ति तथा लोकतान्त्रिक नेपाली मंच तथा संयुक्त लोकतान्त्रिक गणतान्त्रिक मोर्चा जापानको संयुक्त आयोजनमा शनिवार टोक्योको ओमोरीमा भब्य कार्यक्रमका साथ लोकतन्त्र दिवस सम्पन्न भएको छ । उक्त अवसरमा जापानका लागि नेपाली राजदुत डा. गणेश योन्जन तामागंले प्रमुख अतिथिको आसनबाट सफलतापुर्वक सम्पन्न भएको संबिधान सभाको चुनाव प्रति खुशी व्यक्त गर्दै उहाले जापानी सरकार र जनताको चाहना नेपालमा सर्वदलीय सरकार गठन भई नया सबिधान बनाउने रहेको बताउनु भयो । कार्यक्रमलाई संयुक्त लोकतान्त्रिक गणतान्त्रिक मोर्चा जापानका अध्यक्ष क्रिष्ण के. सी., शान्ति तथा लोकतान्त्रिक नेपाली मंच जापानका सल्लाहकार महेशकुमार श्रेष्ठ, एमाले प्रवास कमिटी जापानका सचिव सूर्य़ पाठक, नेपाली जनसम्पर्क समिति जापानका संस्थापक बिश्वनाथ शर्मा आदीले संबोधन गर्नुभएको थियो । उक्त अवसरमा राजदुतका उपनियोग प्रमुख दुर्गा सुबेदी "दुबसु" को पनि उपस्थिति थियो ।
मोर्चाका महासचिब हर्क थापाद्वारा संचालित उक्त कार्यक्रममा मंचका उपाध्यक्ष डा. गिरी गिरीले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रमको सभापतित्व गर्नुभएका अध्यक्ष भुषण घिमिरे सहभागीहरुलाई धन्यबाद गर्दै जनआन्दोलन २ मा जापानबाट भएका कार्यक्रम माथि प्रकाश पार्नु भएको थियो । कार्यक्रममा जापानबाट जन आन्दोलन २ सहयोग पुर्याउने जापानीहरुलाई पनि सम्मान गरिएको थियो । औपचारीक कार्यक्रम पश्चात मोर्चाले नेपालमा संबिधान सभा सफल भएको उपलक्ष्यमा जलपान कार्यक्रम आयोजना गरेको थियो ।

चीनमा रेल दुर्घटना ,६६ जनाको घटनास्थलमै मृत्यु


चीनको पुर्वी भागमा सोमबार भएको एक रेल दुर्घटनामा परि ६६ जनाको मृत्यु भएको छ भने ४०० भन्दा बढी ब्यक्ति घाइते भएका छन । तिब्र गतीमा आइरहेको उक्त रेल लिग बाट उछिट्टिएर खेतमा पल्टीन पुगेको थियो । जब रेल दुर्घटनामा परिरहेको थियो त्यसै समयमा अति तीब्र गतीमा बिपरित दिशा तर्फबाट आइरहेको अर्को रेल दुर्घटनामा परिरहेको रेलको अर्को भागमा जुध्न पुगेको थियो ।

चीनिया समाचार संस्था सिन्ह्वा का अनुसार चीनको अति बिकट क्षत्र शान्डोंग मा उक्त दुर्घटना भएको र घाइतेहरुलाई अस्पतालमा लाने क्रम जारी रहेको बताएको छ । घटनामा ४ जना फ्रेन्च नागरिक पनि परेको र उनीहरुको हाड फ्याक्चर भएकोले अस्पताल भर्ना गरिएको बताईएको छ । तर दुर्घटनामा कुनै बिदेशी नागरिकको निधन भने नभएको बताईएको छ । चीनमा सन १९९७ पछिकै यो सबभन्दा ठुलो रेल दुर्घटना भएको बताईएको छ ।

Friday, April 25, 2008

चीनले दलाई लामा संग कुरा गर्ने

सन २००८ को अगष्ट महिनामा शुरु हुने ओलंपिक खेल संगै बिश्वको ध्यान त्यस तर्फ रहेको बेला तिब्बत आन्दोलनले पनि ठूलो चर्चा पाईरहेको छ । ओलंपिक ज्योती बिश्वका जुन-जुन शहरमा पुग्छ चीन स्वतन्त्रताको माग गर्दै त्यहि देशका शहरहरुमा चीन बिरोधी प्रदर्शन हुने गरेको छ भने ओलंपिक ज्योतीको शुरक्षमा पनि धौ-धौ परेको छ । बिश्वका अन्य देश हुदै आजै जापान आईपुगेको ओलंपिक ज्योतीलाई २६ तारिखकको दिन नागानो शहरमा हुने ज्योती रिले को लागि ठूलो संख्यामा सुरक्ष फौजलाई परिचालन गरेको छ ।
हालसम्म चीनले दलाई लामा संग कुरा गर्न अस्विकार गर्दै आएता पनि आज चीनले दलाई लामा संग बैठकमा बस्न को लागि उनका पतिनिधी संग सम्पर्क गरेको थाहा भएको छ । चीनको यस प्रस्तावलाई लिएर दलाई लामा का एक प्रवक्ता तेनजिन ताकलाले चीनको यस पहल को स्वागत गरेका छ्न ।प्रवक्ता का अनुसार चीन सरकार बाट यसको आधिकारिक सूचना प्राप्त भएको र ऊ छलफल शुरू गर्न इच्छुक रहेको छ । प्रवक्ता तेनजेन ताकला का अनुसार यसभन्दा पहिले २००७ को जुलाई महिनामा पनि बेइजिंनमा कुराकानि भएको थियो । उनका अनुसार अध्यात्मिक गुरू चीन विरोधी प्रदर्शन पछि नै चीनीया नेता संग संपर्क गर्ने कोशिश गरिरहेका थिए । उता चीनीया सरकारी समाचार एजेंसी शिन्ह्वाका एक अधिकारी का अनुसार अबको केहि दिनमै दलाई लामा संग को कुराकानी को लागी मिति तय हुनेछ । चीन ले तिब्बत प्रदर्शनको लागि दलाई लामा जिम्मेदार रहेको बताऊंदै आएको छ ।

Wednesday, April 23, 2008

भारतलाई कसैको दिशानिर्देश नचाहिने

ईरानका राष्ट्रपति महमूद अहमदीनेजादले २९ अप्रिलबाट भारतको भ्रमण गर्ने मिती तय भए लगत्तै अमेरिकाको विदेश मंत्रालयका उप-प्रवक्ता टांम केसी ले भारत वा दुनियाका कुनै पनि देश जो ईरान संग विचार-विमर्श गर्दछ उसले ईरानलाई परमाणु कार्यक्रम बन्द गर्नको लागि राजी गराउने प्रयास गर्नुपर्ने बताएका छ्न ।
उता भारतीय विदेश मंत्रालयले बिज्ञप्ति जारि गर्दै अमेरिकी विदेश मंत्रालयबाट जारी गरिको उक्त बिज्ञप्ति प्रति ध्यानाकर्षण भएको जनाएको छ । उक्त बिज्ञप्तिमा भनिएको छ कि भारत तथा ईरानको प्राचीन सभ्यता रहेको र सयौं बर्ष पुरानो इतिहास रहेकोले दुवै देश आफ्नो यस संबन्ध प्रति महत्व दिने गर्द्छ । अमेरिकी भनाई प्रति ब्यंग गर्दै भारतले दुवै देश को सम्बन्ध प्रती कसैको दिशानिर्देश आवश्यकता नरहेको र भारत तथा ईरान दुवैले कुराकानी बाट शांती हासिल हुने कुर राम्रो संग बुझेको बताएको छ । अब यस्तो परिस्थितीमा ईरानी राष्ट्रपतिको भारत भ्रमणबाट उत्पन्न हुने परिस्थिती कस्तो रहने हो त्यो भने हेर्न बांकी छ ।

Sunday, April 20, 2008

दरबारद्वारा समाचारको खण्डन

राजा गद्धी त्यागी भारततिर निर्वासनमा जान लागेको भन्ने समाचारहरूको दरवारले खण्डन गरेको छ। राजदरवार सम्बाद सचिवालयले आइतबार एक विज्ञप्ति मार्फत दरवारको सम्बन्धमा स्वदेशी तथा विदेशी सञ्चारमाध्यमबाट प्रकाशित समाचारहरू कपोलकल्पित भएको बताएको छ।
माओवादीको नेतृत्वमा सरकार बन्ने भएपछि राजाले गद्धी त्यागी भारततिर निर्वासनमा जाने भनी विभिन्न समाचार माध्यममा समाचारहरू प्रकाशित भैरहेका बेला दरवारको यस्तो खण्डन आएको हो।विज्ञप्तिमा कुन समाचार माध्यमको कुन समाचारलाई खण्डन गरिएको भन्ने स्पष्ट पारिएको छैन।यसअघि भारतले 'राजाले भारतमा शरण मागेको' भन्ने समाचारको खण्डन गरेको थियो।
स्रोत: हिमाल खबर

एकबिहानै राजधानीमा बैंक लुटियो , सबै जना मुकदर्शक

लुटेराहरुको एक समुहले आज बिहान बैंक अफ काठमाण्डौं को सिनामंगल स्थित शाखा कार्यालयबाट आठ लाख रुपैंया नगद लुटेर फरार भएका छन । बिहान बैंक खुल्नु भन्दा अगाडि बैंकको मुख्य कार्यालय कमलादीबाट उक्त रकम लिएर गएको टोलीलाई सिनामंगल शाखा कार्यालयमा पुगेपछि तीन जनाको संख्यामा रहेका लुटेरा हरुले बैंक का गार्डलाई खुकुरी प्रहार गरी सयौं ब्यक्तिहरुको भिडभाडबाट रकम लुटेर फरार भएको छ भने बैंकका गार्डको सिनामंगल स्थित अस्पतालमा उपचार भईरहेको छ । चन्द्र बहादुर चन्द नाम गरेका एकजना घटनाका प्रत्यक्ष दर्शीका अनुसार लुटेराहरु मोटरसाईकलमा आएका र खुकुरी प्रहार गरी बैंकका गार्डलाई भगाएपछि रकम लिएर हिडेको बताए ।
फिल्मी शैलीमा भएको उक्त घटना घटेको समयमा मानिसहरुको ठूलो भिड रहेको र प्रतिकार गर्न सकिने अवस्था हुंदाहुदै पनि कसैले प्रतिकार गर्ने आंट नगरी सबैजना हेरेर मात्र बसेको पनि उनले बताए । प्रहरीले यस घटनामा पेशेबर लुटेराहरुको संलग्न भएको आशंका गर्दै लुटेराहरुको ब्यापक खोजी गरिरहेको बताएको छ ।

Saturday, April 19, 2008

Our main intention is to build Capitalistic Economy - Bhattarai

Baburam Bhattarai last week won a seat in Nepal’s constituent assembly by a landslide, winning 46,272 votes against his closest rival’s 4,894. Mr Bhattarai, 54, is a member of the central secretariat of the Communist Party of Nepal (Maoist) and is said to be number two in the party, after Puspa Kamal Dahal, chairman. He was in charge of the party’s underground government during 10 years of insurrection and is seen as a favourite to lead the new government. He outlined his party’s policies in an exclusive interview, conducted in English, with Binod Bhattarai of the Financial Times in Kathmandu on Wednesday.

Financial Times: Congratulations. Had you expected such an outcome?
Baburam Bhattarai: We had expected we would do well and that we would emerge as the largest party. The exact numbers, the margin of victory, nobody could have predicted that.

Financial Times: What do you think helped you to get this type of victory?
BB: This is the first [constituent assembly] election in Nepalese history and not an ordinary parliamentary election. This is an election to a constituent assembly. A constituent assembly (CA) is a mechanism to institutionalise a democratic republic after the abolition of feudalism and monarchy. In that sense our party fought relentlessly and consistently against feudalism and monarchy and we waged 10 years of armed struggle, then a 19-day people’s movement [in April 2006].
The people acknowledged our contribution to this change. That’s why the people wanted to give us the opportunity to implement the political agenda we had brought forth – the constituent assembly, republicanism, federal restructuring of the state and socio-economic transformation. This is the political agenda put forward by us and the Nepalese people wanted to give us the responsibility to implement this.

Financial Times: How do you plan to go forward from here, in a coalition or a one-party government?
BB: Our understanding is that the CA’s main function is to draft a new constitution. For that, we would need political consensus. We will have to work with other political forces. So we are fully committed to building a good coalition with other political forces.

Financial Times: In government, you are required to be responsible and that can be difficult. What would you do to ensure that your party would not be like other communist parties -- for example the Unified Marxist-Leninists, which is accused of compromising ideology while trying to balance present day realities?
BB: We are in a different context. The UML participated in the old state structure, which was a monarchical set up with a different state and economic and social system. In our case, we are participating in a new state system, which will be democratic, republican and federal. Our challenges will be different than those faced by the UML and others. The people have very high expectations from us and there will be challenges to fulfil them. But given the support we have got from the masses, the people we think we can meet their expectations.

Financial Times: At this day and age, when even China has realized that economic policies are vital for bringing in the socialism you plan, how do you plan to balance your economic ideals with the realities like the policies pursued by the World Bank and the International Monetary Fund?
BB: Every country has to follow its own policy to suit concrete conditions. In our case, we are doing away with feudalism and monarchy. So our main political and economic agenda is to build a republican, democratic set up and a developing industrial economy. In that sense, our immediate agenda is not to build socialism but to build a strong economic foundation which will pave the way towards transition to socialism in the future.
Our immediate agenda is to develop industrial capitalism to abolish all remnants of feudalism. In that sense, we can develop economic relationships with every country including China but we will have to face reality ourselves.

Financial Times: What do you think will be the main challenges of the new government?
BB: One will be on the political front. The defeated reactionary forces may try to create trouble and political instability. So we have to guard against that, mobilise the masses and constantly be vigilant against such disruptive activities.
Second will be the high expectation of the masses for rapid economic development. We want rapid socio-economic transformation, so the challenge will be quite strong. And given the support of the masses and the people and the goodwill of the international community, I think we can face that.

Financial Times: Have the Indian Naxalites [a Maoist group] commented on your victory? They were against your past policies [of joining the peace process)].
BB:. Not against our policies, but there are certain debates and that is quite natural. Apart from the ideological political relations, we don’t have any other relations with them. So it is up to them to comment whether they will like it [the Nepali Maoist approach] or not.
We are following our own path of revolution and our own path for political change. In that sense, what our friends say in India or elsewhere, we will note that carefully, but we will follow our own path.
Financial Times: Have they congratulated you?
BB: It is too early but I think they will congratulate us.

Financial Times: How do you expect foreign governments to react to everything that is happening? The United States has congratulated the Nepalese on the election but has said nothing beyond that.
BB: We expect we will have very normal relations with all countries including the US, European Union, India and China because we have gone through a democratic process and have got the people’s mandate. These governments have stood by democratic principles and have at least said they would stand by democratic principles. In that case there should be no reason why we cannot have good working relations with them.

Financial Times: Now the first order of business is abolishing the monarchy and the integration of the Nepal army and the Maoist fighters. How difficult or easy will that be now that you are headed to lead the government?
BB: We will try to build a political consensus on all major issues. We have already decided to go for a federal republic. It has been decided and it will be implemented by the first meeting of the constituent assembly. I think it should be done. On the restructuring of the state apparatus, including security sector reform, administrative sector reform and judicial sector reform, on all these also we will try to build consensus and go forward.

Financial Times: Do you think there will be an extended role for the UN or can Nepal do all that on its own?
BB: I think we can do it on our own. The UN was invited for a limited period of time and a limited mandate. We will discuss with the stakeholders on this question and take a decision.

Financial Times:: Now you might also have to deal with armed groups in the Terai [Nepal’s southern plains]. How do you plan to deal with the problems we have there?
BB: We will try to have political dialogue and solve all those problems. We don’t see why the problems cannot be solved through dialogue. We are quite confident we can solve the problems.

Financial Times: Do you have anything to say to people who are worried now that there has been a Maoist victory?
BB: There is no reason to panic because we have put forward our political and economic agenda in our commitment or manifesto. Our main intention right now is to abolish all remnants of feudalism and build the way for having a developed, industrial, capitalistic economy in the country. That means there will be full scope for the private sector and nothing will be nationalised or socialised.
Right now the private sector will play a very important role and the government will play only a facilitative role to create a conducive environment for investment. In that sense there is no reason to panic. We will welcome all investors, national and international, for economic development of the country. We are already in contact with some of the major stakeholders. Today [Wednesday] we are having a meeting with businessmen and industrialists. We will make our position clear to them and that will clarify whatever apprehensions they may have.

Financial Times: Finally, how do you plan to address atrocities committed on both sides during the 10 years of conflict?
BB: We have already agreed that we will have a commission for peace and national reconciliation. First we will constitute that commission and wait for its report. After that we will implement whatever the commission suggests. That we will do on the basis of political consensus.

Financial Times: Do you have anything you want to say?
BB: I would like to thank the FT for disseminating our ideas internationally. I would like to appeal to the international community, all the major political power centres, especially the US, the European Union, the UN, our immediate neighbours India and China, [to say] that Maoists coming to power in Nepal will build the way for good diplomatic relations with all the countries concerned. We want to have to have good relations with all of them. In the days to come, we look forward to have good working relations with all of them.
(Sorce:The Financial Times Limited 2008)

Friday, April 18, 2008

राप्रपा नेपालका संविधानसभा उम्मेदवारको ह्त्या

राप्रपा नेपालका तर्फबाट नवलपरासी -४ बाट उम्मेदवार बनेका रुद्र बहादुर सिंहलाई आज बिहान उनकै निवासमा अज्ञात समुहले गोली हानि हत्या गरेका छ्न । गोली लागेका सिंहलाई उपचारको लागी बुटवलतर्फ लाने क्रममा बाटोमानै निधन भएको हो । प्रत्यक्ष तर्फबाट उम्मेदवार बनेका ६३ बर्षिय सिंहलाई कसले र किन हत्या हरिएको हो भन्ने कुरा खुल्न सकेको छैन । हालसम्म घटनाको बारेमा कसैले पनि जिम्मेवारी लिएका छैनन । हाल प्रहरीले घटनाको बारेमा अनुसन्धान गरिरहेको छ । संविधान सभा निर्वाचनमा उनी ३८० मत प्राप्त गरी पराजीत भएका थिए ।

Thursday, April 17, 2008

ज्ञानेन्द्रलाई दरबार छोड्न प्रचण्डको सुझाव

गणतन्त्र नेपालका प्रथम राष्ट्रपतिका रुपमा प्रचारित नेपाल कम्युनिस्ट पार्टी माओवादीका अध्यक्ष प्रचण्डले राजा ज्ञानेन्द्रलाई स्वेच्छिक रुपमा नारायणहिटी दरबार छोड्न सुझाव दिएका छन ।
संविधान सभा निर्वाचनमार्फत ’जनादेश’ आइसकेको उल्लेख गर्दै प्रचण्डले राजा ज्ञानेन्द्रको बुद्दि फिरेर दरबार छोडे भने हामीलाई पनि सजिलो , मुलुक र उनका निम्ति पनि हित हुने उल्लेख गरेका छन । पार्टीको उद्दोग ब्यवसाय विभागद्वारा बुधवार राजधानीमा उद्दोगी व्यवसायीबिचको अन्तक्रियामा बोल्दै प्रचण्डले नेपालमा गणतन्त्र स्थापनाका निम्ति राजा ज्ञानेन्द्रलाई नारायणहिटी दरबार छोड्न सुझाव दिएका हुन ।

Wednesday, April 16, 2008

संबिधान सभाको चुनावपछि...

- रामकुमार बस्नेत

गुरांसको लाली फ़िका हुनेगरी पहाड-मधेश अबिरले रंगिएको छ ।
कारण देशमा हथौडा बजेर हंसिया मिनेट गएको छ ।
नयां बर्षको बिहानीमा जनताले नयां नेपालको जग हालेछन् ।
भष्ट्राचारी पाखा लागेछन् अनि, अहंकारीहरु भीरबाट हाम्फ़ालेछन् ।

हावादारी बिश्लेषक-बिशेषज्ञहरु अहिले बोल्न डराएका छन ।
प्रतिगमनकारीहरु जनताका माझबाट अचानक हराएका छन् ।
मैं हुं भन्ने बिदेशी चलखेलकर्ताहरुको ओठ-तालु सुकेको छ ।
अर्बौं खर्चेर बुनेका तिनका षड्यन्त्रको निशाना चुकेको छ ।

चुनाव परिमाण जस्तो भएपनि सबैले स्वीकार्नै पर्ने भनी ।
अर्ति-उपदेश दिएर नथाक्ने बिदेशी पर्यवेक्षकहरु पनि ।
आज, आफ़्नै जालमा नराम्रोसंग जेलिएछन, त्यसैले ।
बिभिन्न बहानाबाजी गर्दै उम्कने अथक प्रयास गर्दैछन ।

हार्नेहरु धांधलीको गन्ध आएको भन्दै पुन: जिम्मेवारीबाट भाग्दैछन,
२ वर्षमा जनताले गल्ति सच्याउने भनी, फ़ेरि आफ़्नै गल्ती ढाक्दैछन ।
भाग अझै कति भाग्नुछ आफ़ैंबाट, ढाक अहिल्यै आफ़ुलाई जति ढाक्नुछ ।
छिट्टै त्यस्तो दिन आउनेछ, जनताका घरदैलो पुगि माफ़ि पक्कै माग्नुछ ।

सारा देशमा परिबर्तनको लहर छाएको बेला, गणतन्त्रको नाराले अझ बल पाएको छ ।
परम्परगत शक्तिलाई अब झटारो हान्दै, सामन्तबादी सोचलाई बागमतीमा बगाउनु छ ।
देश माओबादीले जितेको खुसियालीमा हैन, अदूरद्ष्ट्रिले भोगेको पराजयमा दंग छ ।
पुरानो हिसाब त चुक्ता गर्नु नै छ एक दिन सबले, कर्म हिजोको आ-आफ़ु संग छ ।

Tuesday, April 15, 2008

समानुपातिकतर्फ पनि माओवादी नै अगाडि

संविधानसभाको ऐतिहासिक निर्वाचनमा प्रत्यक्ष प्रणालीको २४० मध्ये १२० सिट हात पारिसकेको छ भने यो अझ बढ्ने संभावना रहेको छ । अर्को तर्फ समानुपातिक को लागि भएको ३ सय ३५ स्थानको चुनावमा पनि नेकपा (माओवादी) नै अगाडि देखिएको छ । समानुपातिक निर्वाचन प्रणालीको मतगणनाको परिणाम सोमबारदेखि आउन थालेको छ । उपत्यकामा भएको मतगणनामा माओवादीनै अगाडि देखिएका छ ।

संबिधानसभा निर्वाचन मतगणनाको प्राप्त पछिल्लो परिणाम

चुनाबी परिणाम :सिट जितेको पार्टी (सिट)
नेकपा माओवादी ११९
नेपाली कागेस ३३
नेकपा एमाले ३०
मधेशी जनाधिकार फोरम २३
तराई मधेश लोकतान्त्रिक पार्टी ६
नेपाल मजदुर किसान पार्टी २
नेपाल सदभावना पार्टी (महतो) २
जनमोर्चा नेपाल १
स्वतन्त्र २
जम्मा घोषणा २१८

Monday, April 14, 2008

चुनाबी परिणाम

चुनाबी परिणाम :सिट जितेको पार्टी (सिट)
नेकपा माओवादी ११०
नेपाली कागेस ३२
नेकपा एमाले २७
मधेशी जनाधिकार फोरम १८
तराई मधेश लोकतान्त्रिक पार्टी ४
नेपाल मजदुर किसान पार्टी २
जनमोर्चा नेपाल १
सदभावना १
स्वतन्त्र १
जम्मा घोषणा १९७

सेतो मछिन्द्रनाथको रथ ढल्यो

रत्नपार्कबाट भोटहिटी तर्फ अगाडि बढ्दै गरेको सेतो मछिन्द्रनाथको रथ हिजो रत्नपार्कमा ढल्न पुगेको छ । रथ ढल्दा बाटोमा हिडिरहेका सर्वसाधारनण हरु घाइते हुन पुगेपछि उनीहरुको वीर-अस्पतालमा उपचार भईरहेको छ । घटनामा बडा गूरु रत्न हर्ष पनि घाइते भएका छ्न । बर्षमा एक पटक हुने यो जात्रामा रथ ढलेपछि सर्वसाधारणमा एक किसिमको मानसिक डर पैदा भएको छ । भनिन्छ - मछिन्द्र नाथको रथ ढलेपछि देशमा अनिष्ट हुने गर्दछ ।

Sunday, April 13, 2008

चुनावी परिणाम- गृहमन्त्री सिटौला पनि पराजित

चुनाबी परिणाम :
सिट जितेको पार्टी (सिट)
नेकपा माओवादी ६७
नेपाली कागेस २१
नेकपा एमाले १९
मधेशी जनाधिकार फोरम १०
तराई मधेश लोकतान्त्रिक पार्टी ३
नेपाल मजदुर किसान पार्टी २
जनमोर्चा नेपाल १

त्यस्तै, गृहमन्त्री कृष्णप्रसाद सिटौला र नेकपा एमालेका भरतमोहन अधिकारीले पनि संविधानसभा निर्वाचनमा पराजित भोग्नु परेको छ ।
त्यस्तै, चितवन क्षेत्र नम्बर ३ मा नेकपा माओवादीका उम्मेदवार नारायण दाहालले नेपाली कांग्रेसकी उम्मेदवार मैयादेवी श्रेष्ठलाई पराजित गर्नुभएको छ । त्यसैगरी स्याङ्जा-३ मा नेपाली कांग्रेसका मोहन पाण्डे विजयी भएका छन् भने जाजरकोट-१ मा माओवादीका कालीबहादुर मल्ल विजयी भएका छन् भने सर्लाही क्षेत्र नम्बर ४ बाट सद्भावना पार्टीका राजेन्द्र महतो विजयी भएका छन् ।

Saturday, April 12, 2008

नेपालद्वारा महासचिवबाट राजीनामा

नेकपा एमालेका महासचिव माधवकुमार नेपालले महासचिव पदबाट राजीनामा दिएका छन्। काठमाडौं क्षेत्र नम्बर २ मा माओवादीसँग पराजीत भएको केही घण्टामै महासचिव नेपालले राजीनामा दिएका हुन् । माओवादीले बारम्बार एमालेसँग चुनावी तालमेल गर्न अनुरोध र पहल गरेको थियो। तर एमालेको नेतृत्वको स्थितिको सही आँकलन गर्न नसक्दा एमालेले संविधानसभाको चुनावमा लज्जास्पद पराजय व्यहोर्नु परेपछि राजीनामाको परेको हुनसक्ने अनुमान गरिएको छ।
माओवादीले आधा स्थान खोजेको भन्दै केपी ओली र प्रदीप नेपालहरुले तालमेल नगर्न एमाले पार्टीमा दबाव सिर्जना गरेपछि महासचिव चुनावी तालमेलका लागि तयार भएका थिएनन्। तर हाल आएर माओवादीले मुलुकभरिबाट विजयको झन्डा फहराउँदै एमालेका शीर्ष र चर्चित भनिएका नेताहरुलाई हराउन थालेपछि महासचिव नेपालको निर्णय गलत सावित हुन पुगेको थियो। एमाले महासचिव काठमाडौंबाट पराजित भएका छन् भने मोरङ २ मा भरतमोहन अधिकारीलाई पनि माओवादीले पछि पारेका छन् । यसैगरी अर्का प्रभावशाली नेता केपी शर्मा ओलीलाई पनि झापा ७ मा माओवादी उम्मेद्वारले पछि पारेपछि एमाले नेतृत्व संकटमा परेको छ।

संविधान सभा निर्वाचन परिणाम

संविधान सभा निर्वाचनको हालसम्मको पछिल्लो परिणाम अनुसर नेपाली कांग्रेस ६ स्थानमा , नेकपा एमाले ५ स्थानमा , नेकपा माओवादी २४ स्थानमा , नेमकिपा २ स्थानमा र मधेसी जनाधिकार फोरम १ स्थान हांसिल गर्न पुगेको छ ।

संबिधान सभा निर्वाचनको ताजा परिणाम

संबिधान सभाको निर्वाचनको ताजा परिणामको लागि यहा ताजा परिणाम क्लिक गर्नुहोस ।

पछिल्ला निर्वाचन परिणामहरू

काठमाडौं २ नेका-३५५५, एमाले-३४१७, माओवादी-४८००
काठमाडौं ३ नेका-३८५८, एमाले-३५५७, माओवादी-२२५७
काठमाडौं ४ नेका-१२९७०(चक्रबहादुर ठकुरी) बिजयी, एमाले-४७०५, माओवादी-४३७८
काठमाडौं ५ नेका-५०३७, एमाले-३९६४, माओवादी-३७४८
काठमाडौं ६ नेका-२७८८, एमाले-३६२७, माओवादी-३७४५
काठमाडौं ७ नेका-२०९०, एमाले-२२२३, माओवादी-3176
काठमाडौं ८ नेका-३६०४, एमाले-३६७४, माओवादी-२५६५
काठमाडौं ९ नेका-२०७४, एमाले-२२०३, माओवादी-३६९३
काठमाडौं १० माओवादी-६२५३ नेका-३८६६, एमाले-२५४१
ललितपुर-१ नेका-६४१ माओवादी ६०३ एमाले २४०
ललितपुर-२ नेका-७७४४ माओवादी ७८२९ एमाले ५५५८
ललितपुर ३ माओवादी-१८९३० पम्फा भुसाल(विजयी), एमाले ४७०२ नेका- ४८७३
भक्तपुर-१ नेमकिपा- ७१९०, माओवादी-३५७८, नेका २५६८
भक्तपुर-२ नेमकिपा- ८८११, नेका-४९५८, एमाले-४०५१
नुवाकोट ३ माओवादी-४९४ एमाले २२० नेका- ३९१
झापा ६ एमाले ६८२, नेका ४५८, माओवादी ३५४
झापा ७ एमाले ५७५, नेका ५२६, माओवादी ४२३
चितवन१ नेका-३०४ , माओवादी- १९०, एमाले- ३०८
चितवन२ नेका-१८९४ , माओवादी- २७१९ , एमाले-१६७५
चितवन३ नेका-१०२७ , माओवादी-१४७३ , एमाले-८८६
चितवन४ नेका-२००४ , माओवादी-२१७४ , एमाले-५८१
तनहुँ १ नेका ६२९ , माओवादी-५७५, एमाले-२७९
रुपन्देही-१ नेका-२३७ , माओवादी-५७८, एमाले-८१७
रुपन्देही-३ नेका-१९८९, माओवादी-१०८४, एमाले-२१७४
रुपन्देही-४ नेका-८०५, माओवादी-११३९, एमाले-१०३९
रुपन्देही-५ नेका-६०१, माओवादी-५४७, फोरम-६५१
रुपन्देही-६ नेका-५८१, माओवादी-६८४, फोरम-६५१
बाँके १ माओवादी ७६८, नेका ३६४, एमाले २९३
बाँके २ फोरम ७२३ माओवादी १८९ एमाले १४६
बाँके३ फोरम-२३१२, माओवादी-८२८, नेका ६२३
बाँके ४ माओवादी-१५५१, सद्भावना महतो-४६८, नेका-७७०, एमाले ५५९
बर्दिया १ माओवादी ४५००, एमाले २९००, नेका १३२६
डडेल्धुरा माओवादी ३९३ एमाले ३० नेका- २३२

पछिल्लो निर्वाचन परिणाम

पछिल्लो निर्वाचन परिणाम अनुसार मुस्ताङ बाट नेकपा एमाले बिजय भएको छ भने पाल्पा २ वाट नेकपा माओवादीका तर्फवाट लिला सोमयी विजयी हुनुभएको छ । त्यस्तै अब केहि समयमानै ललितपुरको निर्वाचन परिणाम आउने तयारी भईरहेको छ भने देशको बिभिन्न भागमा ४६ स्थानमा माओवादीको अग्रसरता रहेको छ भने कांग्रेस र एमालेमा प्रतिस्पर्धा रहेको छ । अन्य स्थानमा हाल मतगणना जारी रहेको छ ।

Friday, April 11, 2008

संविधान सभाको मतगणना जारी, कांग्रेस अगाडि माओवादी र एमालेको प्रतिस्पर्धा

हिजो सम्पन्न संविधान सभा निर्वाचनको मतगणना कार्य देशका बिभिन्न भागमा भैरहेका छ । बिद्धुतिय मतदान भएको काठमाडौं १ मा बाट नेपाली कांग्रेसका प्रकाशमान सिंह १४,३१८ मत प्राप्त गरि बिजय भएका छ्न भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका प्रदीप नेपालले ६,७८९ मत प्राप्त गरी दोश्रो स्थान हात पारेका छ्न । त्यसैगरी नेकपा ( माओवादी)का डा. राममान श्रेष्टले ४,८३६ मत प्राप्त गरेका छ्न ।
काठमांडौं क्षेत्र नं २ मा नेकपा माओवादीका झक्कुप्रसाद सुवेदी एमालेका महासचिव माधव कुमार नेपाल भन्दा अगाडि देखिएका छ्न भने क्षेत्र नं ३ मा एमालेका रामेश्वर फुंयाल , क्षेत्र नं ४ मा नेपाली कांग्रेसका सुप्रभा घिमिरे त्यसैगरी क्षेत्र नं ५ मा नेपाली कांग्रेसका नरहरी आचार्य, क्षेत्र नं ६ मा एमालेका योगेश भट्टराई अगाडि हुनुहुन्छ । क्षेत्र नं ९ मा माओवादीका माइला लामा र क्षेत्र नं १० मा माओवादी अद्द्यछ्य प्रचण्ड अगाडि हुनुहुन्छ । ललितपुर क्षेत्र नं २ मा नेकाका चन्द्र महर्जन , ३ नं मा माओवादीका पम्फा भुषाल अगाडि छिन भने १ नं मा मतगणना शुरु हुन बांकि रहेको छ । भक्तपुरमा नेमकिपाका नारायणमान विजुक्छे र २ नं मापनि नेमकिपाकै सुनिल प्रजापति आगाडि रहनुभएको छ ।
उता बांके क्षेत्र नं ३ मा नेपाली कांग्रेसका शुशील कोइराला पाचौं नं मा हुनुहुन्छ भने त्यो भन्दा अगाडि क्रमश: मधेशी जनाधिकार फोरम, माओवादी , सद्भाभावना (आनन्दीदेवी ) , राप्रपा, कांग्रेस र नेकपा एमाले रहेको छ ।

६०% भन्दा बढी मतदान, ३३ मतदान केन्द्रको निर्वाचन रद्द

बहुप्रतिष्ठित संविधानसभा निर्वाचनमा १ करोड ७६ लाख मतदाता मध्ये ६७ प्रतिशत अर्थात करिब १ करोड १७ लाख मतदान भएको अनुमानित जानकारी निर्वाचन आयोगले पत्रकार सम्मेलन गरी दिएको छ । ऐतिहासिक निर्वाचनमा भोट हाल्न देशभर ९ हजार ७ सय ९३ स्थानका २१ हजार ८ सय ४९ मतदान केन्द्रमा मतदान सम्पन्न भएको छ । त्यसैगरी प्रारम्भिक जानकारी दिदै निर्वाचन आयोगले ३३ निर्वाचन केन्द्रको मतदान स्थगित भएको जनाएको छ । मतदान सकिएका केन्द्रहरुबाट मतपेटिका सिल गरेर मतगणना स्थलतर्फ ल्याउने क्रम सुरु भएको छ। काठमाडौंको क्षेत्र नम्बर १ देखि ४ सम्मको मतगणना प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा गरिने भएकाले यी केन्द्रको मतपेटिका राष्ट्रिय सभा गृहमा पुर्याइएको छ ।
यस्तै क्षेत्र नम्बर ५ देखि १० सम्मको मतगणना विरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने कार्यक्रम छ । यस्तै ललितपुरको पुल्चोकस्थित निर्वाचन आयोगको कार्यालयमा मतपेटिका ल्याइँदैछ। आयोग स्रोतका अनुसार सबै निर्वाचन क्षेत्रका मतपेटिका आइपुग्न समय लाग्ने भएकोले मतगणना सुरु आज रातीबाट मात्रै हुनेछ । विद्युतीय मेसिनद्धारा मतदान गरिएको काठमाडौं क्षेत्र नम्बर १ को मतगणना परिणाम भने आजै राती अबेरसम्म आइसक्ने छ भने अन्य क्षेत्रको मतगणना परिणाम आउन केही समय लाग्ने आयोगले जनाएको छ। आयोगले दिएको जानकारी अनुसार काठमाडौं, चितवन, दार्चुला, झापा, धादिङ, गोरखा, पर्सा, नुवाकोट, रसुवा, बारा कास्कीलगायतका स्थानमा ५५ देखि ६० प्रतिशत मत खसेको जनाएको छ । रुपन्देही, भक्तपुर, नवलपरासी, मुस्ताङ, अर्घाखाँची दाङ, हुम्ला, मुगुमा, बर्दिया, बाँकेलगायतका स्थानमा भने ६० देखि ७० प्रतिशत मतदान भएको आयोगले जनाएको छ। कुनै स्थानहरुमा अवरोध भए पनि मुलुकको अधिकांश भागमा शान्तिपूर्ण निर्वाचन भएको आयोगले जनाएको छ। आयोगले प्रारम्भीक चरणमा देशभरीमा ३३ वटा स्थानमा मतदान स्थगीत भएको जानकारी दिए पनि यसको पूर्ण विवरण दिइसकेको छैन । मतदान प्रक्रिया रद्द भएका केही निर्वाचन क्षेत्रमा अर्को मतदानको कार्यक्रम भने आयोगले अझैसम्म तय गरिसकेको छैन ।
यसैबीच गृहमन्त्रालयले मुलुकभरी उत्साहजनक रुपमा मतदान भएको जनाएको छ । मन्त्रालयले झडप भएका केही जिल्लाहरुमा थप सुरक्षकर्मी परिचालन गरेर शान्ति सुरक्षाको अवस्था मजबुद बनाएको जनाएको छ। मन्त्रालयका प्रवक्ता मोदराज डोटेलले २१ स्थानमा निर्वाचन स्थगीत भएको प्रारम्भिक अनुमान गरेको जनाएको छ। महोत्तरीमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको र सुनसरीमा झडपमा परी एकजनाको मृत्यु भएको उहाँले जानकारी दिनुभयो । छिटफुट घटना बाहेक मुलुक भर उत्साहजनक रुपमा निर्वाचन सम्पन्न भएको मन्त्रालयले जनाएको छ । यसैबीच नेकपा माओवादीले निर्वाचन सफल भएको र सहभागि सम्पूर्ण नेपालीमा धन्यवाद दिएको छ ।

Thursday, April 10, 2008

नेताप्रसाद गाउँ फर्के

- कुमार लामा

मेरो घरको तल खरीको रुख छ
ठूलाघरे माइलाको सुरक्षार्थ त्यहाँ
मानिस झुण्ड्याएको अझै दुख्छ।
त्यहीँ रुखमुनि एक जादुगर आउँछ
ठूल-ठूलो स्वरले फुटानी लडाउँछ
को रहेछ ऊ? खुल्दुली सल्बलाउँछ
चिन्नै पर्‍यो नि, नकाव खोलिन्छ।

ज्या! ऊ त हाम्रै गाउँको नेत्रे पो!
शहरको नाउँ नेताप्रसाद
अशान्तिले शहरमै रोकिएर
वर्षौंपछि गाउँ फर्किएको।
उहिले पाडोमाथि, अहिले प्राडोमाथि
उहिले सुकुलमा, अहिले सुकला
जादूगरको बिछट्टै कला।

यता गाऊँमा कान्छीमाया बितिन्
नपाएर एक पुरिया जीवनजल
उता शहरमा नेताप्रसादले पिए
कमिशन र सुत्केरीले पिउने झोल।
पेट भरिएन, बेचे पजेरो र पासपोर्ट
अझ भरिएन, आफैँलाई बेचिदिए
आफ्नो चोलै फेरेर बोका बनी
च-माले र देउडा नाच्ने होडमा
बोकाको दाम त करोडै थियो।

जसरी जनतालाई भोक छ
त्यसैगरी नेताप्रसादलाई प्यास छ
मेटाउनलाई स्कचले मात्रै नपुग्ने
पिउनुपर्ने बारका निर्वस्त्र नर्तकीहरू
चपाउँदै हरिणको सीतन्‌
दुर्लभ जन्तु भो त केको टन-टन्?
जनताको लागि जनताकै नाममा
जनताको रगतले, जनताकै दाममा
दिल्ली गएर फेरे कुहिएको मृगौला
भने नेताप्रसादले, लोकतन्त्र बच्यो
त्यसैले लोकतन्त्र— जिन्दावाद!

शहरमा आलिशान महल
गमक्क नेताप्रसादका वरिपरि
घुम्छन् जग्गा र मान्छे दलाल
अघि-पछि छन् गर्नेहरू मानव-हलाल
छिमेकमा पानीको अभावले कोलाहल
प्रदूषण रोग, भोक र शोकले बबाल।
तैपनि खोजी भइरहे छ निकास
ठोकतन्त्र र भोकतन्त्रको भूमरिमा
निकास कहिले कहाँ फेला पर्ने हो
जहाँ देशै छिन-छिनमा बन्द हुन्छ।

नेताप्रसादको क्लिशे सुनिन्छ
के हुन्न यहाँ? सबै थोक हुन्छ
एकपल्ट फेरि जिताएर त हेर!
संघीयता अनि गणतन्त्र
समाजवाद अनि लोकतन्त्र
बन्छ-बन्छ यसपालि नयाँ नेपाल।
नेताप्रसादको आदत त उही हो—
देशी-विदेशी मन्त्र, नोट र भोट पाएपछि
रोग, भोक र शोक होइन
सके विरोधीको उन्मूलन गरिदिने।

(संविधानसभाको निर्वाचनमा स्वच्छ छवी भएका उम्मेद्‌वारहरूलाई मात्र जिताउने आग्रहका साथ साढे २ सय वर्षे शाही दाशताबाट मुक्तिका लागि जीवन गुमाउने सम्पूर्ण वीर शहिद तथा तिनका परिवारहरूमा समर्पित)

Wednesday, April 9, 2008

संविधानसभा सफल बनाउन ज्ञानेन्द्रद्वारा अपिल

संविधानसभाको निर्वाचनको अघिल्लो दिन ज्ञानेन्द्रले आम वालीग मतदाताहरुलाई निर्वाचनमा भाग लिन र निर्वाचनलाई सफल बनाउन अपिल गरेका छन् । २७ चैतमा जारी विज्ञप्तीमा राजा ज्ञानेन्द्रले 'परस्पर सद्भाव र एकता कायम राख्दै स्वच्छ, निष्पक्ष, धाँधलीरहीत एवं भयमुक्त वातावरणमा आफ्नो प्रजातान्त्रिक हकको प्रयोग गर्न सम्पूर्ण वालीग नागरिकहरुलाई आव्हान गर्दछु' भनेका छन् ।

राजाले विज्ञप्तीमा कुनै पनि परिस्थितिमा राष्ट्रको अस्तित्व, स्वतन्त्रता र अखण्डतामा आँच पुग्न नहुने तथा र्सार्वभौम जनताको निर्णय बमोजिम प्रजातान्त्रिक पद्दतीको माध्यमबाट राष्ट्रको समुन्नती आफ्नो चाहना रहेको बताएका छन् ।

Tuesday, April 8, 2008

ओलंपिक ज्योतीलाई दुनियाको कुनै शक्तिले रोक्न नसक्ने

लण्डन र पेरिसमा ओलंपिक ज्योतीलाई प्रदर्शनकारिहरुले रोक्ने प्रयास गरेको समाचारलाई लिएर चिनले त्यसको कडा बिरोध गरेको छ । अप्रिल ७ तारिखका दिन पेरिसमा तिब्बतको स्वतन्त्रता चाहने ब्यक्तिहरुको प्रदर्शनबाट ओलम्पिक ज्योती ३ पटक सम्म निभेको समाचार प्राप्त भएपछि चिनले त्यस प्रति कडा आपत्ति जनाउंदै यस्तो प्रतिक्रिया दिएको हो । चीनको सरकारी संचार माध्यामहरुले ओलंपिक ज्योतीको स्वागतको लागि दुनियाभरमा जोश र उमंग छाईरहेको र पेरिसमा केहि मुट्ठिभरका प्रदर्शनकारिहरुले अबरोध पुर्याएको बताएको छ ।पेरिस र लण्डनमा ओलंपिक ज्योतीलाई बाधा पुर्याएकोमा त्यसको आलोचना गर्दै बेइजींग ओलंपिक आयोजक समिति का प्रवक्ता सुन वीदे ले पत्रकारहरु संग बताएका छ्न कि ज्योती पूर्व नियोजित योजना अनुसारनै घुमाईनेछ ।
ओलंपिक ज्योती २४ मार्चमा ग्रीसमा जलाईएको थियो र ८ अगष्ट मा बेईजींग मा ओलंपिक खेलको उदघाटन भन्दा पहिले अन्य २० देश मा यसलाई पुर्याईने योजना छ । पेरिस पछि ज्योती अमिरिकाको सन फ्रांसिस्को मा पुग्ने छ । सन फ्रांसिस्को मा तिब्बत समर्थक प्रदर्शनकारीले गोल्डन गेट पुलमा चढी उक्त पुलमा चीन विरोधी ब्यानर झुन्ड्याएका छन । उक्त ब्यानरमा लेखिएको थियो कि - "एउटै दुनिया, एउटै सपना , स्वतन्त्र तिब्बत हाम्रो चाहना"। सन फ्रांसिस्कोमा गिरफ्तार एक तिब्बती प्रदर्शनकारीले पत्रकार संग भनेका छ्न , "यदि अंतरराष्ट्रीय ओलंपिक समितिले ज्योतीको तिब्बतमा लाने अनुमती दिएमा उसको हात रगतले रंगाउनेछौं "।
अमेरिकामा डेमोक्रेट पार्टी बाट राष्ट्रपति पद को लागि संभावित उम्मेदवार हिलेरी क्लिंटनले राष्ट्रपति जार्ज बुश संग अपील गरेकि छिन कि यदि चीनले आफ्नो देश मा मानवाधिकार को स्थिति नसुधार्ने हो भने आगामि अगस्ट मा बेइजींग मा हुने ओलंपिकको उदघाटन समारोहको बहिष्कार गरिनेछ ।

भारतको वामपन्थी दलहरुबाट विरोध

वामपंथी पार्टिहरुले भारतको चुनाव सम्बन्धी बयानलाई अराजनयिक र अलोकतांत्रिक भनेर भनेका छन जसमा भारतले नेपाली कांग्रेसलाई समर्थन दिने कुरा गरेको थियो । माओवादी कम्युनिस्ट पार्टी र एमालेका नेताहरु प्रचंड र माधव नेपालले भनेका छन की भारतबाट यस्तो अपेक्षा गरिएको थिएन । माओवादी नेता प्रचंडका भनाई अनुसार " यो अविश्वसनीय छ की भारतले एक पार्टीलाई समर्थन दिने र अर्कोलाई नदिने गरेको छ जसलाई अलोकतांत्रिक र अराजनयिक भन्न सकिन्छ । साथै अहिले सम्म भारतले कुनै स्पष्टीकरण दिएको पनि सुनेको छैन।" हामी संविधान सभाको चुनाव परिणामोंलाई अस्वीकार गर्न सक्ने थियौ या फेरी बंदूक लिएर जंगलमा जान पनि सक्नेछौ तर यो सबै भ्रम फैलाईएको हो र म आजै यी सबै कुराहरु गलत हो भन्दछु ।
यसको साथै चुनाव संबंधित हिंसाको आरोप र प्रत्यारोपको बीच नेपालका तीन वामपंथी पार्टिहरु सीपीएन (माओवादी), सीपीएन (यूएमएल) और सीपीएन (एकीकृत मशाल) का शीर्ष नेताहरुद्वारा प्रचंड, माधव नेपाल र प्रकाशले एक संयुक्त बयान जारी गरेका छन ।
जसमा यी नेताहरुले भनेका छन की हामीहरु पार्टिलाई आफ़्नो कार्यकर्ताहरुलाई हिंसा तथा हत्याबाट् टाढा रहन निर्देशन दिन्दछौ र यो आगामी १० अप्रैलको संविधान सभा चुनावमा धेरै भन्दा धेरै मतदाता भाग लिने अपेक्षा गर्दछौ ।

Monday, April 7, 2008

आधादर्जन उम्मेदवारसँग आयोगको स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले पटकपटक आचारसंहिता पालना गर्न दिएको निर्देशन पालना नभएको भन्दै केही उम्मेदवारसँग स्पष्टीकरण माग गरेको छ । उम्मेदवारहरूलाई सम्बन्धित निर्वाचन कार्यालयमार्फ स्पष्टीकरण माग गरी पेश गर्न आयोगले जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिएको छ । आचारसंहिता विपरित कार्य गरेको उजुरी परेपछि आठजना उम्मेदवारलाई स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो ।
स्पष्टीकरण पेश गर्न भौतिक योजना तथा निर्माण मन्त्री एवं माओवादी उम्मेदवार हिसिला यमीले सरकारी साधनको दुरुपयोग गरेको भन्दै स्पष्टीकरण माग गरेको छ । उता, नाबालकलाई चुनावी सभामा प्रयोग गरेको उजुरी परेपछि एमाले केन्द्रीय कार्यालयमा पनि स्पष्टीकरण पेश गर्न पत्र पठाएको आयोग प्रवक्ता लक्ष्मण भट्टर्राईले बताउनुभयो । एमालेले राजधानीको सभामा रचना घिमिरेलाई चुनावी प्रचारमा प्रयोग गरेका थिए । त्यस्तैगरी आयोगका अनुसार कपिलवस्तु क्षेत्र नं. १ का उम्मेदवार दीपकुमार उपाध्यायलाई भारतीय नम्बर प्लेटको गाडी प्रयोग गरेकोमा स्पष्टीकरण लिएको छ ।
उता, धादिङमा मतदान अधिकृतमाथि कुटपिट गरेको विषयलाई लिएर आयोगले धादिङ क्षेत्र नं. ३ का माओवादी उम्मेदवार शालिकराम जम्कट्टेलसँग पनि स्पष्टीकरण लिएको छ । उता, तनहुँमा कांग्रेस उम्मेदवार गोविन्दराज जोशीले पिस्तोल लिएर हिँडेको भन्दै स्पष्टीकरण लिएको जनाएको छ । त्यसैगरी निर्वाचन आयोगले अन्य निर्वाचन क्षेत्रमा प्रवेश नगर्न मतदाताहरूलाई आग्रह गरेको छ ।

Sunday, April 6, 2008

नेता नरहरी आचार्यबाट अर्को नया शुरुवात


कांग्रेसका गणतन्त्रको शुरुवात गर्ने गणतन्त्रवादी र चिन्तनबादी नेताका रुपमा परिचित नेता नरहरी आचार्यले मतदाताहरुलाई वेभसाइटद्वारा नया नेपालका लागि परिवर्तन सम्भव छ नामबाट आफ़्नो विचार प्रस्तुत गरेका छन । काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार आचार्यले वेभसाइटमा मेरो उम्मेदवारी किन भन्ने सशक्त विचार सहित आफ़्ना चुनावी एजेण्डाहरु राखेका छन ।उक्त क्षेत्रमा राप्रपाका नेपालका अध्यक्ष कमल थापा र एमालेका तर्फ़बाट इश्वर पोखरेलले उम्मेदवारी दिएका छन ।

नरहरिलाई जनमोर्चाको र्समर्थन

काठमाडौं । नेपाली कांग्रेसभित्र गणतन्त्रवादी भनेर चिनिएका नेता नरहरि आचार्यलाई र्समर्थन गर्दै जनमोर्चा नेपालका क्षेत्र नं. ५ का उम्मेदवारले आफूलाई भोट नहाल्न आग्रह गरेका छन् । क्षेत्र नं. ५ बाट जनमोर्चाका तर्फाट उम्मेदवारी दिएका वृन्दादेवी ढुंगानाले गणतन्त्रको संस्थागत गर्न आचार्यलाई र्समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको जनाएकी छिन् । चुनावी अभियानका क्रममा चुनाव चिन्ह प्राप्त भएपछि ढुंगानाले आफ्नो चुनाव चिन्हमा मत नदिई नरहरि आचार्यको रुख चिन्हमा मत दिन आग्रह गरेकी छिन् । नेपाली कांग्रेसभित्र गणतन्त्रको बाहकको रुपमा नेता आचार्यलाई लिइन्छ ।

Thursday, April 3, 2008

चुनावी पर्यवेक्षकलाई परिचयपत्र वितरण

आगामी संविधानसभा चुनावको लागि पर्यवेक्षण गर्न पाउँ भनी निवेदन दिएका संस्थाका पर्यवेक्षकहरुलाई निर्वाचन आयोगले चुनावी परिचयपत्र वितरण गरिरहेको छ । चैत २० गते आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता लक्ष्मणप्रसाद भट्टराईले चैत २१ गतेसम्म राष्ट्रिय पर्यवेक्षकहरुलाई परिचयपत्र दिइने बताए । पर्यवेक्षणका लागि राष्ट्रिय १४८ तथा अन्तराष्ट्रिय ३० संस्थाहरुबाट आयोगमा आवेदन प्राप्त भएको थियो । आयोगले ९३ हजार राष्ट्रिय पर्यवेक्षकलाई परिचयपत्र दिने योजना छ । संविधानसभा चुनावका लागि निर्वाचन आयोगले राजधानीबाट १४,८४७ जना र जिल्लाहरुबाट ४४,८८४ जनालाई पर्यवेक्षकको परिचयपत्र दिइसकेको छ ।
साथै, अन्तराष्ट्रिय पर्यवेक्षकको लागि भने आयोगले चैत २६ सम्म परिचयपत्र दिने योजना बनाएको प्रवक्ता भट्टराईले बताए । ८६५ जना अन्तराष्ट्रिय पर्यवेक्षकलाई परिचयपत्र दिइने पनि उनले जानकारी दिए । पर्यवेक्षकले आचारसंहिता उल्लंघन गरेको थुप्रै उजुरी आयोगमा परेका छन् ।

Wednesday, April 2, 2008

जापानका सडकमा सवारीसाधनको चाप

माधब प्र. सेढाईं, टोकीयो
अप्रील महिनाको एक तारीख बाट जापानमा पेट्रोलको मूल्य २५ ऎन सम्म घटाएपछि अहिले पेट्रोल पम्प हरुमा सवारी साधनहरुको चाप एक्कासी बढेको छ । सरकारले यसको घोषणा गरेतापनि यद्दपी कतिपय पेट्रोल पम्पहरुमा पहिलाकै मूल्यमा बिक्री गरिरहेको पनि पाइएको छ । त्यसैले सवारीचालकहरु मूल्य कम भएको पेट्रोलपम्प हरु खोज्दै सडकमा दौडिरहेको पाईएको छ । सरकारले मूल्य कम गर्ने निर्णय यस भन्दा अघिनै गरेपछि आफ्नो सवारी साधनहरुमा तेल नहाली बसेको र मूल्य कम हुने बितिकै आफ्ना सवारी साधनहरुमा तेल हाल्न लाम लागेको कुरा कतिपय ब्यक्तिहरुले संवाददातालाई बताएका थिए । यस बाट आफ्नो दैनिक जीवनमा आर्थिक भार केहि कम भएको महशूस गरेको कतिपय जापानीजहरुले बताएका छन । महंगो हाई-वे चार्जले गर्दा टाढा रहेका आफ्ना परिवारहरुलाई नियमित भेट्न जान नसकेका र अन्य सवारी बिकल्प हरु अपनाउंदै आएका ब्यक्तिहरु पनि अप्रील एक देखि आफ्नो निजी सवारी साधनको प्रयोग गर्न थालेका छन । यद्दपी एक्कासी सवारी साधनहरुको भीड बढेपछि कतिपय पेट्रोल पम्पहरुमा पेट्रोलको अभाव समेत देखिएको थियो ।

Tuesday, April 1, 2008

चुनावी तालमेलको अन्तिम प्रयास

काठमाडौं । एक्लाएक्लै चुनावी प्रचारप्रसारमा जुटेका सातदलमध्येका प्रमुख तीन दल यतिखेर तालमेलको प्रयासमा अग्रसर भएका छन् । खासगरी देशव्यापी चुनावी सभा सकेर राजधानी आएका माओवादी अध्यक्ष प्रचण्डले आफ्नो स्थितिको समीक्षा गर्दै तालमेलको प्रस्ताव अघि बढाएको विश्लेषकहरूको दाबी छ ।
लामो समयदेखि वामएकताको विषयमा आरोप प्रत्यारोप भई एकता हुन नसकेपछि माओवादी अध्यक्ष प्रचण्ड हिजो बिहान एमाले महासचिव माधवकुमार नेपाललाई भेट्न गएका थिए । चुनावबाट आफ्नो अस्तित्व संकटमा पर्ने भएपछि प्रचण्डले यसअघि राख्दै आएका अडानलाई छोडी केही स्थानमा विजय सुनिश्चित गराउन आग्रह गरेको बताइएको छ । यद्यपि, माधवकुमार नेपालले भने त्यस विषयमा शिर्ष तीन नेताबीच छलफल गरी टुंगो लगाउनुपर्नेमा जोड दिएपछि आज शिर्ष बैठक बस्ने निधो भएको हो । आज बस्ने शिर्ष बैठकले केही सीटमा चुनावी तालमेल गर्ने विषयमा र निर्वाचन दुई चरणमा गर्ने विषयमा पनि छलफल हुने बुझिएको छ । माओवादीले आफ्ना शिर्ष नेताहरूका लागि विभिन्न १७ स्थानमा तालमेल गर्न प्रस्ताव राखेको सम्बद्ध स्रोतले जनायो ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज हुने शिर्षा तीन दलको बैठकले तालमेल हुने भए पनि त्यसको टुंगो लगाउने छन् । प्रचण्डले आफ्नो राष्ट्रिय एवं अन्तरराष्टीय क्षेत्रको ध्यान खिच्नलाई पनि काठमाडौं- १० बाट जसरी पनि जिताउन आग्रह गर्ने बुझिएको छ । एमालेले भने काठमाडौंका चुनावी तालमेल कुनै पनि हालतमा गर्न नसक्ने जनाउँदै आएका छन् । रोल्पामा समेत प्रचण्डको स्थिति कमजोर हुँदै गएको विश्लेषण बाहिर आएपछि माओवादी आत्तिएको बताइन्छ । एमालेले आफ्नो निर्वाचन जित्ने स्थानमा तालमेल नगर्ने अडान जारी राखेपछि माओवादीले प्रतिगामीहरूबाट खतरा उत्पन्न भएको भन्दै सम्भव भए सातदलबीच तालमेल गर्नुपर्ने बताएका छन् । सम्पुर्ण गणतन्त्रवादीबीच एकता नभए संविधानसभाको मर्मअनुरुप लोकतन्त्रवादीको विजयी हुन नसक्ने भएकाले त्यस्तो प्रस्ताव राखेको प्रचण्डको दाबी छ । चुनावको मिति धेरै नजिक पुगेकाले सबै दल आ-आफ्नो र सामदाम, दण्डभेदका साथ प्रचारमा पुगेकाले केन्द्रमा तालमेल भए पनि स्थानीयस्तरमा त्यसको प्रभाव कस्तो पर्ला त्यो भने हेर्न बाँकी नै छ ।
यसैबीच, मुलुकको सत्ता सञ्चालनको प्रमुख साझेदार तीन दलका चुनावी गतिविधिका विषयलाई लिएर आज निर्वाचन आयोगले बोलाएको छ । चुनावी कार्यक्रमहरूमा देखिएको केही घटनाका कारणलाई लिएर आयोगले तीन दल नेपाली कांग्रेस नेकपा एमाले र माओवादीका शिर्ष नेताहरूलाई आयोगमा उपस्थितिका लागि आग्रह गरेको छ ।
आयोगले चुनावका क्रममा देखिएका घटनाका विषयमा दलका नेताहरूसँग छलफल गरी चुनावी वातावरण सौहार्द्धता अपनाउन अनुरोध गर्ने बताइन्छ । माओवादीका कार्यकर्ताले चुनावी सभा बिथोल्ने, कुटपिट गर्ने अपहरण गर्ने, आफ्नो आधार इलाका भन्दै प्रवेश नदिने जस्ता गतिविधि जारी राखेकाले सहमतिको आधारमा त्यस्ता गतिविधि रोक्नसमेत आयोगले आग्रह गर्ने भएको छ । आचारसंहिताको विषयमा पनि आयोगले पटकपटक आग्रह गर्दा पनि त्यसको सुनुवाइ नगरेकाले तीन दलका नेतालाई गम्भीरतापुर्वक आचारसंहिता पालना गराउन पनि अनुरोध गर्ने आयोग सम्बद्ध स्रोतले जनाएका छन् । निर्वाचनका क्रममा प्रचारमा आएका विषयमाथि पनि तीन दलले एउटै उखानमा जनतालाई सम्बोधन गर्न आग्रह गरिने पनि बताइएको छ ।