Saturday, April 12, 2008

नेपालद्वारा महासचिवबाट राजीनामा

नेकपा एमालेका महासचिव माधवकुमार नेपालले महासचिव पदबाट राजीनामा दिएका छन्। काठमाडौं क्षेत्र नम्बर २ मा माओवादीसँग पराजीत भएको केही घण्टामै महासचिव नेपालले राजीनामा दिएका हुन् । माओवादीले बारम्बार एमालेसँग चुनावी तालमेल गर्न अनुरोध र पहल गरेको थियो। तर एमालेको नेतृत्वको स्थितिको सही आँकलन गर्न नसक्दा एमालेले संविधानसभाको चुनावमा लज्जास्पद पराजय व्यहोर्नु परेपछि राजीनामाको परेको हुनसक्ने अनुमान गरिएको छ।
माओवादीले आधा स्थान खोजेको भन्दै केपी ओली र प्रदीप नेपालहरुले तालमेल नगर्न एमाले पार्टीमा दबाव सिर्जना गरेपछि महासचिव चुनावी तालमेलका लागि तयार भएका थिएनन्। तर हाल आएर माओवादीले मुलुकभरिबाट विजयको झन्डा फहराउँदै एमालेका शीर्ष र चर्चित भनिएका नेताहरुलाई हराउन थालेपछि महासचिव नेपालको निर्णय गलत सावित हुन पुगेको थियो। एमाले महासचिव काठमाडौंबाट पराजित भएका छन् भने मोरङ २ मा भरतमोहन अधिकारीलाई पनि माओवादीले पछि पारेका छन् । यसैगरी अर्का प्रभावशाली नेता केपी शर्मा ओलीलाई पनि झापा ७ मा माओवादी उम्मेद्वारले पछि पारेपछि एमाले नेतृत्व संकटमा परेको छ।

No comments: