Wednesday, April 2, 2008

जापानका सडकमा सवारीसाधनको चाप

माधब प्र. सेढाईं, टोकीयो
अप्रील महिनाको एक तारीख बाट जापानमा पेट्रोलको मूल्य २५ ऎन सम्म घटाएपछि अहिले पेट्रोल पम्प हरुमा सवारी साधनहरुको चाप एक्कासी बढेको छ । सरकारले यसको घोषणा गरेतापनि यद्दपी कतिपय पेट्रोल पम्पहरुमा पहिलाकै मूल्यमा बिक्री गरिरहेको पनि पाइएको छ । त्यसैले सवारीचालकहरु मूल्य कम भएको पेट्रोलपम्प हरु खोज्दै सडकमा दौडिरहेको पाईएको छ । सरकारले मूल्य कम गर्ने निर्णय यस भन्दा अघिनै गरेपछि आफ्नो सवारी साधनहरुमा तेल नहाली बसेको र मूल्य कम हुने बितिकै आफ्ना सवारी साधनहरुमा तेल हाल्न लाम लागेको कुरा कतिपय ब्यक्तिहरुले संवाददातालाई बताएका थिए । यस बाट आफ्नो दैनिक जीवनमा आर्थिक भार केहि कम भएको महशूस गरेको कतिपय जापानीजहरुले बताएका छन । महंगो हाई-वे चार्जले गर्दा टाढा रहेका आफ्ना परिवारहरुलाई नियमित भेट्न जान नसकेका र अन्य सवारी बिकल्प हरु अपनाउंदै आएका ब्यक्तिहरु पनि अप्रील एक देखि आफ्नो निजी सवारी साधनको प्रयोग गर्न थालेका छन । यद्दपी एक्कासी सवारी साधनहरुको भीड बढेपछि कतिपय पेट्रोल पम्पहरुमा पेट्रोलको अभाव समेत देखिएको थियो ।

No comments: