Sunday, April 20, 2008

दरबारद्वारा समाचारको खण्डन

राजा गद्धी त्यागी भारततिर निर्वासनमा जान लागेको भन्ने समाचारहरूको दरवारले खण्डन गरेको छ। राजदरवार सम्बाद सचिवालयले आइतबार एक विज्ञप्ति मार्फत दरवारको सम्बन्धमा स्वदेशी तथा विदेशी सञ्चारमाध्यमबाट प्रकाशित समाचारहरू कपोलकल्पित भएको बताएको छ।
माओवादीको नेतृत्वमा सरकार बन्ने भएपछि राजाले गद्धी त्यागी भारततिर निर्वासनमा जाने भनी विभिन्न समाचार माध्यममा समाचारहरू प्रकाशित भैरहेका बेला दरवारको यस्तो खण्डन आएको हो।विज्ञप्तिमा कुन समाचार माध्यमको कुन समाचारलाई खण्डन गरिएको भन्ने स्पष्ट पारिएको छैन।यसअघि भारतले 'राजाले भारतमा शरण मागेको' भन्ने समाचारको खण्डन गरेको थियो।
स्रोत: हिमाल खबर

No comments: