Tuesday, April 8, 2008

ओलंपिक ज्योतीलाई दुनियाको कुनै शक्तिले रोक्न नसक्ने

लण्डन र पेरिसमा ओलंपिक ज्योतीलाई प्रदर्शनकारिहरुले रोक्ने प्रयास गरेको समाचारलाई लिएर चिनले त्यसको कडा बिरोध गरेको छ । अप्रिल ७ तारिखका दिन पेरिसमा तिब्बतको स्वतन्त्रता चाहने ब्यक्तिहरुको प्रदर्शनबाट ओलम्पिक ज्योती ३ पटक सम्म निभेको समाचार प्राप्त भएपछि चिनले त्यस प्रति कडा आपत्ति जनाउंदै यस्तो प्रतिक्रिया दिएको हो । चीनको सरकारी संचार माध्यामहरुले ओलंपिक ज्योतीको स्वागतको लागि दुनियाभरमा जोश र उमंग छाईरहेको र पेरिसमा केहि मुट्ठिभरका प्रदर्शनकारिहरुले अबरोध पुर्याएको बताएको छ ।पेरिस र लण्डनमा ओलंपिक ज्योतीलाई बाधा पुर्याएकोमा त्यसको आलोचना गर्दै बेइजींग ओलंपिक आयोजक समिति का प्रवक्ता सुन वीदे ले पत्रकारहरु संग बताएका छ्न कि ज्योती पूर्व नियोजित योजना अनुसारनै घुमाईनेछ ।
ओलंपिक ज्योती २४ मार्चमा ग्रीसमा जलाईएको थियो र ८ अगष्ट मा बेईजींग मा ओलंपिक खेलको उदघाटन भन्दा पहिले अन्य २० देश मा यसलाई पुर्याईने योजना छ । पेरिस पछि ज्योती अमिरिकाको सन फ्रांसिस्को मा पुग्ने छ । सन फ्रांसिस्को मा तिब्बत समर्थक प्रदर्शनकारीले गोल्डन गेट पुलमा चढी उक्त पुलमा चीन विरोधी ब्यानर झुन्ड्याएका छन । उक्त ब्यानरमा लेखिएको थियो कि - "एउटै दुनिया, एउटै सपना , स्वतन्त्र तिब्बत हाम्रो चाहना"। सन फ्रांसिस्कोमा गिरफ्तार एक तिब्बती प्रदर्शनकारीले पत्रकार संग भनेका छ्न , "यदि अंतरराष्ट्रीय ओलंपिक समितिले ज्योतीको तिब्बतमा लाने अनुमती दिएमा उसको हात रगतले रंगाउनेछौं "।
अमेरिकामा डेमोक्रेट पार्टी बाट राष्ट्रपति पद को लागि संभावित उम्मेदवार हिलेरी क्लिंटनले राष्ट्रपति जार्ज बुश संग अपील गरेकि छिन कि यदि चीनले आफ्नो देश मा मानवाधिकार को स्थिति नसुधार्ने हो भने आगामि अगस्ट मा बेइजींग मा हुने ओलंपिकको उदघाटन समारोहको बहिष्कार गरिनेछ ।

No comments: