Monday, April 28, 2008

चीनमा रेल दुर्घटना ,६६ जनाको घटनास्थलमै मृत्यु


चीनको पुर्वी भागमा सोमबार भएको एक रेल दुर्घटनामा परि ६६ जनाको मृत्यु भएको छ भने ४०० भन्दा बढी ब्यक्ति घाइते भएका छन । तिब्र गतीमा आइरहेको उक्त रेल लिग बाट उछिट्टिएर खेतमा पल्टीन पुगेको थियो । जब रेल दुर्घटनामा परिरहेको थियो त्यसै समयमा अति तीब्र गतीमा बिपरित दिशा तर्फबाट आइरहेको अर्को रेल दुर्घटनामा परिरहेको रेलको अर्को भागमा जुध्न पुगेको थियो ।

चीनिया समाचार संस्था सिन्ह्वा का अनुसार चीनको अति बिकट क्षत्र शान्डोंग मा उक्त दुर्घटना भएको र घाइतेहरुलाई अस्पतालमा लाने क्रम जारी रहेको बताएको छ । घटनामा ४ जना फ्रेन्च नागरिक पनि परेको र उनीहरुको हाड फ्याक्चर भएकोले अस्पताल भर्ना गरिएको बताईएको छ । तर दुर्घटनामा कुनै बिदेशी नागरिकको निधन भने नभएको बताईएको छ । चीनमा सन १९९७ पछिकै यो सबभन्दा ठुलो रेल दुर्घटना भएको बताईएको छ ।

No comments: