Sunday, April 20, 2008

एकबिहानै राजधानीमा बैंक लुटियो , सबै जना मुकदर्शक

लुटेराहरुको एक समुहले आज बिहान बैंक अफ काठमाण्डौं को सिनामंगल स्थित शाखा कार्यालयबाट आठ लाख रुपैंया नगद लुटेर फरार भएका छन । बिहान बैंक खुल्नु भन्दा अगाडि बैंकको मुख्य कार्यालय कमलादीबाट उक्त रकम लिएर गएको टोलीलाई सिनामंगल शाखा कार्यालयमा पुगेपछि तीन जनाको संख्यामा रहेका लुटेरा हरुले बैंक का गार्डलाई खुकुरी प्रहार गरी सयौं ब्यक्तिहरुको भिडभाडबाट रकम लुटेर फरार भएको छ भने बैंकका गार्डको सिनामंगल स्थित अस्पतालमा उपचार भईरहेको छ । चन्द्र बहादुर चन्द नाम गरेका एकजना घटनाका प्रत्यक्ष दर्शीका अनुसार लुटेराहरु मोटरसाईकलमा आएका र खुकुरी प्रहार गरी बैंकका गार्डलाई भगाएपछि रकम लिएर हिडेको बताए ।
फिल्मी शैलीमा भएको उक्त घटना घटेको समयमा मानिसहरुको ठूलो भिड रहेको र प्रतिकार गर्न सकिने अवस्था हुंदाहुदै पनि कसैले प्रतिकार गर्ने आंट नगरी सबैजना हेरेर मात्र बसेको पनि उनले बताए । प्रहरीले यस घटनामा पेशेबर लुटेराहरुको संलग्न भएको आशंका गर्दै लुटेराहरुको ब्यापक खोजी गरिरहेको बताएको छ ।

No comments: