Saturday, March 5, 2011

नेपाली कांग्रेसका संस्थापक नेताको निधन, (१९८१-२०६७)

नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ८६ वर्षको उमेरमा शुक्रबार राति ११:२६ बजे निधन भएको छ। भट्टराईको पार्थिव शरीर अहिले ललितपुर बाँडेगाउँस्थित उनको निवासमा राखिएको छ। अन्तिम श्रद्धाञ्जलिका लागि पार्थिव शरीर भोलि बिहान ८ बजेदेखि १० बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा, बिहान १० बजेदेखि २ बजेसम्म त्रिपुरेश्वरको दशरथ रंगशालामा राख्‍ने र त्यसपछि शवयात्रासहित पशुपति आर्यघाटमा अन्तिम संस्कार गर्ने निर्णय निवासमा बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले गरेको जनाएको छ। बैठकले आजदेखि चैत २ गतेसम्म १३ दिन देशभरका पार्टी कार्यालयहरुमा झण्डा आधा झुकाउने निर्णय पनि गरेको छ। भट्टराईको अस्तुलाई १३ औँ दिन ७५ जिल्लामा पुर्‍याउने निर्णय पनि पार्टी बैठकले गरेको छ। भट्टराईलाई विभिन्न स्वास्थ्य समस्या देखिएपछि तीन साताअघि काठमाडौँको नर्भिक अस्पतालमा भर्ना गरिएको थियो। स्वास्थ्य स्थिति बिग्रँदै गएपछि उनलाई फागुन ४ गते सघन उपचार कक्षमा सारिएको थियो। सन्त नेताका रुपमा परिचित भट्टराई दुई पटक नेपालका प्रधानमन्त्री भए। ३ दशकको पञ्चायती शासनको विरोधमा भएको जनआन्दोलनपछि पहिलो पटक प्रधानमन्त्री बनेका भट्टराईको नेतृत्वमा नेपालमा बहुदलीय प्रजातन्त्रको पुनर्स्थापनापछिको संवैधानिक राजतन्त्रसहितको संविधान जारी भई चुनाव सम्पन्न भएको थियो। ७ सालको आन्दोलनपछि भएको पहिलो आम निर्वाचनपछिको संसदमा भट्टराईले देश कै पहिलो सभामुखका रुपमा कार्यभार सम्हालेका थिए। उनी नेपाल पत्रकार महासंघका प्रथम सभापति पनि हुन्।
भट्टराईको जीवनका प्रमुख घटना
१९८१ पुस १७ : जन्म
२००३ : नेपाली राष्ट्रिय कांग्रेसको सह–महामन्त्री
२००६ : भट्टराईको नेतृत्वमा उदयपुरगढी कब्जा
२००८ : सल्लाहकार सभाको अध्यक्षमा निर्वाचित
२०१५ : गोरखा जिल्ला (१०४ क्षेत्र नम्बर)बाट संसदीय निर्वाचनमा पराजित
२०१६ : पहिलो प्रतिनिधि सभाको पहिलो सभामुखका रुपमा निर्वाचित
२०१७ पुस १ : शाही कु पछि पक्राउ
२०२६ : जेलमुक्त
०२९ : पुन पक्राउ
२०३२ : पुन जेलमुक्त
२०३३ : पुन पक्राउ
०३४ : जेलबाट रिहा
०३४ : कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी
०४२ : सत्याग्रह आन्दोलनलाई नेतृत्व
२०४७: अन्तरिम सरकारको प्रधानमन्त्री
०४८ : आम निर्वाचनमा पराजित
२०५० : काठमाडौं १ को उपनिर्वाचनमा पराजित
२०५६ : पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित
प्रधानमन्त्रीमा निर्वाचित
०५६ चैत ३ : प्रधानमन्त्रीबाट राजिनामा
०६४ : कांग्रेसबाट अलग भएको घोषणा

बुधबार दिउँसोसम्म भट्टराईले केही बोल्न खोजेजस्तो गरे पनि पूरा गर्न सकेनन्। पछि कागज मागेर लेख्न खोजे पनि 'म मेरो राष्ट्र ...' मात्रै लेख्नसके।

Wednesday, March 2, 2011

महाशिवरात्री पर्वका झलकहरु


Source : Nagariknews





सात बुँदे सहमति जनतालाई धोका'

मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले सत्ता गठबन्धनका नाममा गरिएको सात बुँदे सहमतिले जनतालाई धोका दिएको बताएका छन्। कसैले थाहै नपाई भएको सहमतिलाई खारेज गर्नुपर्ने नत्र त्यसको परिणाम राम्रो नहुने गच्छदारले बताए।
सात बुँदे सहमति 'अपवित्र गठबन्धन' र षडयन्त्रमुलुक भएको बताउँदै गच्छदारले उक्त सहमति शान्तिविरोधी भएको टिप्पणी गरे। 'सात बुँदे सहमति शान्ति र संविधानको मर्मविपरीत हो', उनले भने।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष गच्छदारले प्रधानमन्त्री झलनाथ खनाल र माओवादी अध्यक्ष पुष्पकमल दाहालबी सात बुँदे सहमतिपछि बनेको सरकार आफैं लंगडो भएकोले यसले शान्ति र संविधान दिन नसक्ने दावी गरे। 'झलनाथ सरकार लंगडोजस्तो भएको छ यसले केही गर्न सक्दैन', गच्छदारले भने, 'यसले जनतालाई शान्ति र संविधान दिन सक्दैन।'