Saturday, December 29, 2007

अब मुशर्रफको समय पूरा


पूर्व क्रिकेटर तथा पाकिस्तानका एक राजनैतिक ब्यक्तित्व इमरान खानले बेनजीर भुट्टोको हत्याका लागी राष्ट्रपति मुशर्रफलाई जिम्मेदार ठहराएका छ्न । हाल मुंबईमा रहेका खानले पत्रकार सम्मेलन गरि भुट्टॊ को हत्त्या हुनुमा पर्याप्त सुरक्षा उपलब्ध नहुनु हो भन्दै अब राष्ट्रपति मुशर्रफको समय पूरा भएको र उनले तत्काल राजिनामा दिनुपर्ने बताएका छन । इमरानले बेनजीरको हत्याले ठुलो त्रासदी फैलिएको र पुरा पाकिस्तान शोकमा डुबेको कुरा उल्लेख गर्दै भुट्टॊको ज्यानको खतरा रहेको बताईंदै गर्दा समेत घटना हुनुमा मुशर्रफ पुरै दोषी रहेको बताएका छन । उनले अगाडि भनेका छन जब मुशर्रफ माथि आत्मघाती हमला भयो तब उनको सुरक्षा व्यवस्थामा अत्यन्त कडाई गरियो तर अक्टुवरमा पाकिस्तान आएदेखिनै हमला हुंदा पनि भुट्टो को सुरक्षा व्यवस्थामा कुनै परिवर्तन भएन ।
इमरानले राष्ट्रपति मुशर्रफको कडा शब्दमा बिरोध गर्दै ६ साल पहिले आतंकबादको निर्मुल पार्ने आश्वासन दिएको तर आतंकवाद झन बढ्दै गएको र मुशर्रफ नै एउटा समस्या बनेको कुरा उल्लेख गरेका छन । उनले पाकिस्तानको भविश्य राम्रो देखेका छन् तर जनताको सामु कुनै बिकल्प पनि नभएको र अब सरकार प्रति पनि कसैको भरोसा नभएको बताएका छन । उनका अनुसार अब पाकिस्तानमा स्थिरताको लागि स्वतन्त्र र निष्पक्ष चुनाव नै एक बिकल्प भएको र एक आम सहमतिको सरकार गठन गरि त्यस दिशा तर्फ अगाडी बढ्नु पर्ने बताउंदै बर्खास्त न्यायाधीको पुन: बहाली हुनुपर्ने समेत बताएका छन ।

Friday, December 28, 2007

तनावको बीच भुट्टोको दाह-संस्कारको तयारी


बिहीवार सांझ रावलपिंडी मा एक चुनावी सभालाई संबोधन गरे लगत्तै एक बंदूकधारीले बेनजीर भुट्टो माथि पहिले गोली प्रहार गरी पुन: आत्मघाती बिस्फोट गराई भुट्टोको हत्या गरेको छ । अझसम्म यो प्रश्ट हुन सकेको छैन कि उनको हत्या गोली बाट भएको हो या बम बिस्फोटनबाट । यस हमलामा अन्य बिस भन्दा बढी ब्यक्तिको पनि ज्यान गएको छ । राष्ट्रपति परवेज मुशर्रफले तीन दिन सम्म राष्ट्रीय शोकको घोषणा गरेका छन । राष्ट्रीय शोकको कारण शिक्षण संस्था लगायत अन्य व्यावसायिक प्रतिष्ठानहरु पनि बंद रहेका छ्न भने सडकमा सार्वजनिक वहानहरु पनि चलिरहेका छैनन । पाकिस्तानको गृह मंत्रालयका प्रवक्ता जावेद इकबाल चीमाले हत्याको जांचबुझ सम्बन्धमा दुईवटा समिति गठन गरेको बताएका छन । बेनजिरको हत्या पछि पाकिस्तानमा कयौं हिंसात्मक घटनाहरु भएका छन । जसमा १० ब्यक्तिको ज्यान गईसकेको छ । सिंध प्रांतमा सबैभन्दा तनाव रहेको बताईएको छ । हत्याकाण्डको बिरोधमा पाकिस्तान पीपुल्स पार्टी, पाकिस्तान मुस्लिम लीग (नवाज) र जमाते इस्लामीले शुक्रवार आम हडतालको आह्वान गरेका छन । बेनजीरको पार्थिव शरीरलाई लरकाना लगिएको छ जहां उनको अन्तिम दाह-संस्कार गरिने छ । लरकानामा रहेका बीबीसी संवाददाता निसार खोखर का अनुसार पूर्व प्रधानमंत्रीको पार्थिव शरीरलाई सी-वन-३० विमानद्वारा त्यहां लगिएको थियो । जसमा उनको पति आसिफ अली जरदारी तथा पार्टीका अन्य नेताहरु पनि साथै रहेका थिए । बेनजीरको शवलाई उनका पिता जुल्फिकार अली भुट्टोको दाहसंस्कार गरिएको स्थानमानै गरिने छ । गृह मंत्रालयका प्रवक्ता इकबाल चीमाका अनुसार हत्याको सम्बन्धमा चाँज बुझ गर्न गठित समितिले आफ्नो काम शुरु गरिसकेको छ । उनले हत्यास्थलमा कुनै सबुत-प्रमाण नभेटिएको बताऊंदै यस नृशंस हत्याको पछाडि चरमपंथिहरुको हात हुन सक्ने बताएका छन जसले पाकिस्तानको कबायली तथा अन्य ठाऊंमा आत्मघाती विस्फोट गराएका थिए । एकजना अमेरिकन जनरलले भने अमेरिकन समाचार संस्था (एमएसएनबीसी)लाई यसमा अलकायदाको हात हुन सक्ने बताएका छन । चिमाका अनुसार सभामा उनको सुरछाको राम्रो प्रबन्ध मिलाईएको तर सभा बिसर्जन पश्चात जब भुट्टो आफ्नो कारको ढोका खोलि समर्थकलाई अभिवादन गर्न लागिन तब उनी हमलाको शिकार बन्न पुगिन । उनका अनुसार बेनजीर भुट्टोको गाडी बुलेट प्रुफ थियो र उनको म्रित्यु गोली बाट नभई आत्मघाती हमलाको छर्राबाट भएको थियो । पाकिस्तानका राष्ट्रपति परवेज मुशर्रफले बेनजीर भुट्टोको हत्याको निंदा गर्दै जनतालाई शान्त रहन अपील गर्दै 'आतंकवादी' को मनसायलाई कदापी पुरा हुन नदिने बताएका छन । राष्ट्रपति मुशर्रफले भुट्टोको परिवार प्रति संवेदना व्यक्त गर्दै तीन दिनका लागि राष्ट्रीय शोकको घोषणा गरेका छन । हालसम्म कसैले पनि भुट्टोको हत्याको जिम्मेवारी लिएको छैन । भुट्टोको हत्या प्रती कडा निंदा भईरहेको छ । अमेरीकाका राष्ट्रपति जर्ज बुशले यसलाई कायरतापुर्ण आक्रमणको संगा दिएका छन भने भारतले त्यो एउटा घृणित कार्य भएको भन्दै स्तब्धता व्यक्त गरेको छ। ब्रिटेनले उक्त हत्यालाई पागलपन भन्दै पाकिस्तानमा संयम र एकताका लागि आह्वान गरेको छ। पाकिस्तानका पूर्व प्रधानमंत्री नवाज शरीफले पनि बेनजीर भुट्टोको हत्याको आलोचना गर्दै उनको पार्टी आठ जनवरीमा हुन लागिरहेको चुनावको बहिष्कार गर्ने बताएका छन । पाकिस्तान पीपुल्स पार्टी का नेता बेनजीर भुट्टो दूई पटक देशको प्रधानमंत्री भईसकेकि थिईन भने आगामी जनवरीमा हुनलागिरहेको चुनावलाई ध्यानमा रख्दै उनी चुनावी सभा मा भाग लिईरहेकी थिईन । पाकिस्तान फर्किएपछि यो उनीमाथि भएको दोस्रो आत्मघाती हमला थियो ।

Thursday, December 27, 2007

बेनज़ीर भुट्टो को हत्या

धेरै बर्ष पछिको राजनैतिक प्रवास पछि स्वदेश फर्कीएकी बेनज़ीर भुट्टोको आर्मघाती हमलाद्रारा हत्या गरीएको छ । पाकिस्तान पीपुल्स पार्टीको अधिकारीहरुले भने अनुसार बेनजीर भुट्टोको निधन भएको छ ।

Wednesday, December 26, 2007

शोक-सभाले निम्त्यायो अर्को शोक

इंडोनेशियाको मध्य जावा क्षेत्रमा आएको भीषण बाढी पहिरोबाट ८० जनाको निधन भएको छ । स्थानीय अधिकारीहरुले मृतकहरुको संख्या अझ अरु बढ्न सक्ने बताएका छन् । यस महामारीबाट हजारौं जनता घरबार बिहिन भएकाले उनीहरुलाई सुरक्षित स्थानमा सारिएको छ । इंडोनेशिया बाढी पहिरो आउनुलाई सामान्य मानिएतापनि यसबाट जंगलको ठुलो मात्रामा नोक्सान भईरहेको बताईएको छ । यो बाढी यस्तो समयमा आएको थियो जुन डिसेम्बर २००४ मा आएको बिनासकारी समुद्री तुफान (सुनामी) को तेस्रो बर्षको शोक सभा मनाईंदै थियो । जसमा परी इंडोनेशियामा मात्र दुई लाख बिस हजार ब्यक्तिले ज्यान गुमाएका थिए ।

Sunday, December 23, 2007

अब यू ट्यूबमा ब्रिटेनको शाही परिवार

२३ डिसेम्बर,२००७ । ब्रिटेनकी महारानी एलिजाबेथले इंटरनेटमा शाही परिवारको लागि एक छुट्टै च्यानलको शुरुवात गरेकी छिन । यसै च्यानल मार्फत महारानीले क्रिसमसको संदेश पनि दिने भएकी छिन । राजपरिवारको हालखबर तथा पुरान ऐतिहासिक भिडियोको साथै शाही परिवारका बांकी सदस्यको भिडियो पनि यस च्यानल मार्फत देख्न सकिने भएको छ । महारानीले पहिलो पटक टेलिभिजनको माध्यमबाट सन १९५७ मा जनतालाई सम्बोधन गरेकी थिइन । उक्त संबोधनको ५० बर्ष गांठको अवसरमा यस च्यानलको शुरुवात गरेकी छिन । राजमहलले ८१ बर्षीया महारानीद्वारा यू ट्यूबमा मा जारि गरिने वार्षिक संबोधनले युवा तथा दोस्रो देशका जनताको समेत ध्यानाकर्षण गर्ने बताएको छ । उक्त च्यानलको नाम "द रोयल च्यानल - द ओफिशियल च्यानल ओफ द ब्रिटिश मोनार्की" राखिएको छ । यू ट्यूबमा शुरु भएको च्यानलको पहिको पानामा बकिंघम दरबार तथा महारानीका अंगरक्षको तस्वीर राखिएको छ । महारानीले च्यानल मार्फत आफुले क्रिसमसको अवसरमा दिने सन्देश ज्यादा ब्यक्तिगत तथा सिधा संवादको हुने बताउंदै आफुलाई यसरि देख्न पाऊनुमा द्रुत गतीमा बदलिदो समयको माग हो भनेको छिन । सन १९५७ को पहिलो टेलिभिजन संदेशमा महारानीले बदलिदो समय संगै आफुलाई पनि बदल्नुपर्ने आवश्यक रहेको बताएकि थिइन ।
च्यानलमा देख्न सकिने पुरानो भिडियो मा लोर्ड वेकहर्स्टले बनाएको चलचित्र "लंग टू रिन ओभर अस" पनि रहेको छ । यो चलचित्रको कहिले पनि प्रदर्शन हुन पाएन । ब्रिटेनका सांसद रहेका वेकहर्स्टको १९७० मा निधन भएको थियो जो एक सौखिन चलचित्र निर्माता थिए । उनले राजा जोर्ज को निधन,रानीको राज्यारोहण जस्ता कयौं महत्वपूर्ण शाही समारोहलाई चलचित्रमा समावेश गरेका थिए । यस च्यानलमा महारानी एलेग्जेंड्राको १९१७ मा भएको पश्चिमको यात्रा, १९२३ मा मौजूदा महारानीको माता-पिताका बिवाहको भिडियो समेत उपलब्ध छ । च्यानलको शुरुवातको घोषणा गर्दै बकिंघम दरबारका एक प्रवक्ताले जनतासंगको संवादको लागि महारानीले संधै नयां तरिकाको अवलम्बन गरिरहनुभएको बताएका छन । उलने अगाडि भनेका छन कि धेरै भन्दा धेरै जनतासम्म आफ्नो बिचार पुर्याउनको लागि महारनीलाई जुन माध्यम ठिक लाग्छ त्यहि अपनाउने गरेको बताऊंदै यसले धेरैको ध्यानाकर्षण गर्ने बताएका छन ।

Saturday, December 22, 2007

इराकमा चलिरहेको संघर्ष एक दीवा सपना

अमेरिकी सेनाका एक पूर्व जनरल ले इराकमा चलिरहेको अमेरिकी रणनितीको भर्त्सना गर्दै भनेका छन कि यो एउटा दिवा सपना हो जसको कुनै अन्त देखिन्न । सेवानिवृत लेफ़्टिनेंट जनरल रिकॉर्डो सांचेजले अमेरिकी राजनेताहरुलाई असक्षम र भ्रष्टको संज्ञा दिंदै यदि यस्ता ब्यक्तिहरु सेनामा भएको भए कोर्ट मार्शलले कार्वाही गर्नेथियो भनेका छन । जनरल सांचेजले अगाडि भनेका छन कि वर्तमान रणनीतिले अमेरीकाले इराकमा आफ्नो हारलाई केहि थोरै मात्र टाढा लिएर जान सक्छ ।उनले वाशिंगटनको नजदीक आरलिंटनमा पत्रकारहरुको सम्मेलनमा यी कुरा बताएका हुन ।
जनरल सांचेज ले किन गलत रणनीति भयो भन्ने कुरालाई औंल्याऊंदै सद्दाम हुसेन को पतन पश्चात गलत राजनैतिक फैसलाले गर्दा चरमपंथी हरुको लागि बाटो खुलेको र इराकी सेनाको बिघटन तथा त्यसपछि तत्कालै गरिएको सरकार गठनमा पिछडिएका र जनजाती नेताहरु संगको सम्बन्धलाई बलियो नबनाईएको र यसमा अमेरिका पुरै दोषि रहेको बताउनुभयो । व्हाइट हाउसले इराकमा राजनैतिक स्थिरता कायम गर्न र जातीय हिंसा रोक्नको लागि तीन हजार अतिरिक्त सेनालाई इराक पठाएको छ । यसलाई जनरल सांचेज ले अघिल्लो सालमा भएको गल्ति सच्याउनको लागि उठाएको कदम को संज्ञा दिनुभएको छ । त्यहि सम्मेलनमा व्हाइट हाउसले भने इराकमा बर्तमान अमेरिकी सैन्य कमाण्डर जनरल डेविड पेट्रियस र अमेरिकी राजदुत रायन क्रोकर को रिपोर्टलाई आधार मान्दै स्थिति धेरैनै जटिल रहेको र त्यसमा अतिनै सुस्त रुपमा सुधार भईरहेको बताएको छ । व्हाइट हाउसका प्रबक्ता ट्रे बानले आफुहरुले देशको निम्ति जनरल सांचेजले गरेको सेवाको कदर गर्ने बताऊंदै जनरल डेविड पेट्रियस तथा राजदुत रायन क्रोकरको उक्त रिपोर्टलाई आधार मानेर धेरै काम बाकिं रहेको तर इराकको अवस्थामा सुधार भईरहेको भन्ने कुराको उल्लेख गरेका छन । सानचेज २००३ को मध्य बाट एक बर्ष इराकमा संयुक्त सैन्य बलको कमाण्डर भई काम गरेका थिए । बगदाद को अबु गरीब कारागारका बंदिहरुलाई लिएर भएको विवाद पश्चात उनले सेवानिवृत्ती लिएका थिए ।

Friday, December 21, 2007

अमेरिका र भारतका दुई प्रतिष्ठित उद्योग बीचको विवाद चर्कदो

भारतको प्रतिष्ठित पारिवारिक उद्योग समुह(टाटा समुह,ताज होटल्स) र अमेरिकाको ओरिएंट एक्सप्रेस होटल बीच विवाद चर्कदै गएको छ । प्राप्त समाचार अनुसार इंडियन होटल्स ले ओरिएंट होटल्सको लागि यहि १० डिसेम्बरमा लेखेको पत्रमा उसलाई माफि माग्न भनिएको छ । दुई होटल बीच केहि समय पहिले बाट बिबाद शुरु भएको हो ।
समाचारमा जनाईए अनुसार इंडियन होटल्सले ओरिएंट एक्सप्रेसको ११.५ प्रतिशतको शेयर खरिद गरि उक्त कम्पनि संग गठबन्धन गरेको थियो । जसलाई हाल आएर ओरिएंट एक्सप्रेसले इन्कार गरेको छ । ओरिएंट एक्सप्रेसले एक पत्र सार्वजनिक गर्दै घरेलु भारतिय होटल र बिश्वब्यापीरुपमा लक्जरी होटलको रुपमा परिचित ओरिएंट एक्सप्रेस संगको सम्बन्ध बाट उसले आफ़ुले नोक्सान बेहोर्नुपर्ने बताए पछि इंडियन होटल्सले उक्त पत्रलाई आफ़्नो अपमान भएको बताउंदै ओरिएंट एक्सप्रेसलाई यो पत्रको लागि माफि माग्नुपर्ने बताएको छ । इंडियन होटल्सका प्रमुख आर.के कृष्ण कुमारले ओरिएंट एक्सप्रेस होटल्सका सि ई ओ पॉल वाइट लाई लेखेको पत्रमा यस्तो कुरा उल्लेख गरिएको बताईएको छ । टाटा समुह भारतको प्रतिष्ठित औधोगिक घरानाहरु मध्ये एक हो जसले यस बर्ष १३.५ अरब डलरमा ब्रिटेन र नेदरलैंड को कोरस कम्पनि खरिद गरेको छ ।
यो अन्य कुनै पनि अहिलेसम भारतीय कम्पनिहरुलेबाट भएको सबैभन्दा ठुलो खरिद राशि हो । टाटा समूहको ताज होटलले भारतमा ५७ र बिदेशमा १८ होटलको संचालन गर्दै आएको छ भने उता ओरिएंट एक्सप्रेसले भने संसारभरमा ४० लक्ज़री होटलको संचालन गरिरहेको छ ।

Wednesday, December 19, 2007

पाकिस्तानमा रेल दुर्घटना, ५६ को मृत्यु


डिसेम्बर १९,२००७। पाकिस्तानको लाहौर र करांची को बीच भागमा भएको ट्रेन दुर्घटनामा ५६ जनाको मृत्यु भएको छ भने १२० जना भन्दा बढी घाईते भएका छन ।करांची एक्सप्रेस को उक्त ट्रेन मंगलबार राती करीब नौ बजे कराची बाट लाहौर तर्फ गईरहेको थियो । प्रहरी अधिकारिका अनुसार दुर्घटनाको समयमा ट्रेनमा रहेको १६ वटै डिब्बा मा खचाखच यात्रुहरु रहेको र दुर्घटना पछि जम्मा ४ वटा डिब्बा मात्र सकुसल रहेको र अरु सबै नराम्ररी क्षतिग्रस्त भएको बताएका छन । पाकिस्तानको उक्त ईलाकाका रेलवे प्रमुख तनवीर अहमद ले दुर्घटनाको समयमा रेल सामान्य भन्दा केहि ज्यदानै तेज गतिमा गुडिरहेको बताएका छन । मेहराबपुरका वरिष्ठ प्रहरी अधिकारी अब्दुल हलीम कालड़ू का अनुसार रेलका डिब्बा एकमाथि अर्को चढेर रहेको हुनाले उद्दार कर्मिहरुलाई समेत उद्दार कार्यमा कठीन भईरहेको बताएका छ्न । अधिकारिहरुका अनुसार घटनामा अन्य सयौं ब्यक्ति घाईते भएकाले घटनास्थलमा ३० वटा एम्बुलेन्स ले उद्दार कार्यमा सहयोग पुर्याईरहेको र कराचींबाट पनि थप ३० वटा एम्बुलेन्स घटनास्थलमा पुगिसकेको र पुरै ईलाकाको अस्पतालमा आपतकालिन स्थिति को घोषणा गरिएको छ । स्थानिय बासिहरुले भने सरकारले दुर्घटना पश्चात उद्दार कार्यमा ढिलाई गरेको गुनासो गरेका छन । घटना भएको २ घन्टा पछि मात्र उद्दार कार्यको थालनि भएको थियो ।

Tuesday, December 18, 2007

स्व.राजा वीरेन्द्रका परिवारका नाममा रहेको सम्पती र्सार्वजनीक

राजा वीरेन्द्र र उनका परिवारका नाममा रहेको सम्पती आज सरकारले र्सार्वजनीक गरेको छ । गृहमन्त्री कृष्ण प्रसाल सिटौलाले आज संसद समक्ष सो विवरण प्रस्तुत गर्नुभएको थियो तर सो विवरणमा स्व.राजा वीरेन्द्र र उनका परिवारका नाममा रहेको सम्पती धरै कम देखिएको भन्दै सांसदहरुले चर्को विरोध गरेका छन । सांसदहरुले सम्पती विवरण कम आएको भन्दै सरकार द्वारा गठित समितीको आलेचना गर्दै यथासक्य चाडो सत्य तथ्य पत्ता लगाउन माग गरेका छन ।
संसद अर्न्तगतको राज्य ब्यबस्था समितीको बैठकमा सांसदहरुको आलेचना पछि सम्पती विवरण पत्ता लगाउन पून अर्को उप समिती गठन पनि गरेको छ । गृहमन्त्री एंव समितीका संयोजक कृष्ण प्रसाद सिटौलाले भने राजा वीरेन्द्र र उनका परिवारका नाममा रहेको सम्पती मूख्य सचिव प्रमुख रहने गरी नेपाल ट्रष्टमा राखीएको जानकारी दिनुभयो ।
समितीले दिएको उहिलेको विवरण अनुसार स्व.राजा वीरेन्द्र र उनका परिवारका नाममा रहेको सम्पती काठमाण्डौ उपत्यका भित्र ८ सय रोपनी १३ आना २ पैसा जमिन रहेको र उपत्यका वाहिर १विधा १९ कठ्ठा जमिन रहेको जनाएको छ । त्यसैगरी बैकमा रहेको नगद मौज्दातमा स्टार्ण्डर चार्टर बैकमा १लाख ३६ हजार ४सय २७ पाउण्ड डिपार्टमेन्ट अफ रोयल ट्रेजरको नाममा रहेको छ ।

तर्राईमा आन्दोलनको घोषणा

नेपाल सदभावना पार्टी(महतो) पक्ष र मधेषी जनधिकार फोरम (यादव) पक्षले संयुक्त रुपमा आन्दोलनको धोषणा गरेका छन । दुवै पार्टी आज एक पत्रकार सम्मेलन आयोजना गरी आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन । आन्दोलनका स्वरुप भने तर्राईबाटै अधि बडाउने फोरमका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिनुभयो । उहाँका अनुसार माध ५ गते देशव्यापी आन्दोलन गर्ने, नेपाल बन्द गर्ने जस्ता कार्यक्रम रहेको र सो आन्दोलन मधेष र मधेषी जनताका लागी निर्णायक आन्दोलन हुने बताउनु भयो ।
फोरमसँग सरकारले गत वर्षगरेको सम्झौता कार्यान्वयन नगरेको र यसले मधेषी जनताका आँखामा छारो हाल्ने काम मात्रै भएको भन्दै आन्दोलनको धोषणा गरेको फोरमका अध्यक्ष यादवले बताउनु भयो । सदभावना पार्टी(महतो) का अध्यक्ष राजेन्द्र महतोले सरकारले तर्राईलाई फुटाउन विभिन्न प्रकारका कार्य गरेको आरोप लगाउनु भयो । उहाँले तर्राईका मधेषी नेतालाई पनि एक हुन अनुरोध गर्नुभयो

Sunday, December 16, 2007

तराई टुक्रिनुमा सात दल जिम्मेवारी

नेकपा एमाले स्थाई कमिटी सदस्य राजेन्द्र प्रसाद पाण्डेले राष्ट्रिय अखण्डता बोकेका पार्टीहरुले नै अहिले नेपाललाई टुक्रा टुक्रा पार्न खोजिरहेको बताउनुभएको छ । उहाँले संधिय राज्य प्रणालीमा जानु र मधेसी सांसदले छुटै राज्य खोल्ने चेतावनी दिनु नै नेपाल विखण्डन हुनुको उदाहरण भएको बताउनुभयो । राजधानीमा आयोजित राष्ट्रिय अखण्डता र मधेसको आन्दोलन विषयाक कार्यक्रममा बोल्दै पाण्डेले मधेसी सांसदले छुटै राज्य खालेमा उनिहरुलाई नै समस्या आउने बताउनुभयो । छुटै राज्य खोल्दा त्यसक्षेत्रका गरीव,आदीवासी, जनजाती लगाएतका जातीलाई समेटन झन गाह्रो पर्ने उहाँले बताउनुभयो ।
नेपालका राजनितिमा कुनै सानो समस्या आउँदा पनि भारतको सहयोगग लिने परिपार्टी तत्काल बन्द गर्नुपर्ने बताउदै नेता पाण्डेले सबै राजनितीक दलको साझा सहमतीमा नेपाललाई अधि लानुपर्ने जोड दिनुभयो । स्वदेशी नेता भन्दा विदेशी नेताको परामर्स लिने परिपाटीले झन नेपाल बिखण्डन हुने पाण्डेले बताउनुभयो । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर के.सीले क्षेत्रीय पार्टीहरुले देश बिखण्डन हुने भन्दै राजनितीक सहमती र सहकार्य बाट अधिबढन सात राजनितीक दललाई सुझाव दिनुभयो ।
गणतन्त्र स्थापना नगर्नमा दरवारीया शक्ति प्रमुख पात्रको रुपमा उभिएका र सात राजनितीक दल त्यसको साहयक पात्रको रुपमा उभिएको आरोप लगाउँदै अध्यक्ष के.सीले संविधान सभा निर्वाचनको मिती पटक पटक परिर्वतन गर्न सात राजनितीक दलको नैतिकरुपमा जिम्मेवारी भएको बताउनुभयो । त्यसैगरी राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष रश्मिराजा न्यौपानेले तर्राईमा विगत केही महिनाको हिसांत्मक गतिविधीलाई बढवा दिन माओवादीको प्रमुख भुमिका रहेको बताउदै जातीपातीका अधारमा संधिय राज्य प्रणाली कार्यान्वयन ल्याए त्यो नेपाल र नेपाली जनताको लागी आत्माधाती हुने बताउनुभयो । सविधानबिज्ञ भिमार्जुन आचार्यले अन्तरीम संविधानको पहिलो संशोघनमा संधिय राज्य प्रणालीमा मुलुक जानु नै राष्ट्रियतामा बिखण्डन सुरु भईसकेको बताउनु भयो ।
स्मरण रहोस तत्कालीन सात राजनितीक दल र माओवादीको संयुक्त संयन्त्रवाट पारीत अन्तरीम संविधान २०६३को धारा ३३ले २०६४ साल मंसिर भित्र संविधान सभा निर्वाचनको मिती तोकीनु पर्ने हो तर आजको मिती सम्म सो हुन सकेको छैन ।

प्रधानमन्त्री र दलित संधको प्रतिनिधि मण्डल बिच भेटधाट

प्रधानमन्त्री गिरिजा प्रसाद कोईरालाले सात दलको एकता नटुटने बताउनुभएको छ । आज प्रधानमन्त्री निवास वालुवाटारमा नेपाल दलित संधको प्रतिनिधि मण्डलसंगको भेटमा उहाँले सो अभिब्यक्ति राख्दै सात दलिय एकता बाटै शान्ति प्रक्रियाले सफलता पाउने बताउनुभयो । उहाँले सात दलिय एकताको विकल्प नभएको भन्दै प्रधानमन्त्री कोईरालाले दलित जनजातीको माग प्रति आफु गम्भिर रहेको बताउनुभयो ।
सम्पुर्ण क्षेत्रवाट संविधान सभा र्सार्थक तुल्याउनु पर्ने बताउदै प्रधानमन्त्री कोईरालाले दलित जनजातीले पनि सो कार्यमा सहयोग गर्न अनुरोध गर्नुभयो ।नेपाल दलित संधले आफ़्नो हक अधिकार सुनिस्चि गर्न आज प्रधानमन्त्री कोईरालालाई २१ वुद्वे ज्ञापनपत्र पनि बुझाएको थियो ।

संविधान संशोधनका लागी विधयेक तयार गरीने

नेकपा एमालेका महासचिव माधव कुमार नेपालले सात दल सहमती नजिक पुगेको बताउनुभएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव नेपालले केही विषयमा मात्र सहमती हुन बाकी रहेको भन्दै बाकीमा पनि चाडै सहमतीमा पुग्ने बताउनुभयो । सात दल बाकी ६ मुद्दामा अहिले छलफल गरीरहेका बताउदै महासचिव नेपालले सबै मुद्दामा सहमती भएपछी २९ गते संविधान संशोधनका लागी विधयेक तयार गरीने बताउनुभयो ।
संविधानसभा निर्वाचन यसै वर्षभित्र सम्पन्न गर्नेमा पनि सात दल सहमती भएको महासचिव नेपालले बताउनुभयो । शान्ति सम्झौताको अवधि को समिक्षा गरीने, सेना समायोजन, सरकार पुर्नगठन लगायतका विषयमा पनि छलफल अगाडी बडेको उहाले बताउनुभयो । उहाले माओवादी जनसेना लाई योग्यताका आधारमा सेनामा समायोजन गरीने, योग्य नभएकालाई रोजगारमुलक तालीम दिएर व्यबस्थापन गरीने बताउनुभयो ।

यसै वर्षभित्र संविधान सभा निर्वाचन हुने - नेपाल

नेकपा एमालेका महासचिव माधव कुमार नेपालले यसै वर्षभित्र संविधान सभा निर्वाचन गर्ने सहमती सात दल विच भएको बताउनुभएको छ । आज एमालेको चितवन जिल्ला अधिवेसन उदधाटन गर्नुहुदै महासचिव नेपालले निर्वाचन गर्ने सहमती अनुसार एमाले अघिकतम लचकताका साथ अघि वढेको बताउनुभयो । चैत्र महिना भित्र निर्वाचन नभए सरकारको वैधानिकता नहुने बताउदै महासचिव नेपालले काग्रेस र माओवादी पनि निर्वाचन चैत्रमा गर्न प्रतिवद्व भईसकेको बताउनुभयो । संविधान सभाबाटै गणतन्त्रको कार्यान्वयन हुने बताउदै उहाँले सात दल जुनसुकै चुनैतिको सामाना गर्न तयार रहेको बताउनुभयो ।

Saturday, December 15, 2007

जनकपुरमा राम जानकी विवाह

राम जानकी विवाह महोत्सव मंसिर २८ गते जनकपुरमा शुरु भएको छ । आज बेलुका हुने विवाह महोत्सव हेर्न हेर्न हजारौ दर्शनार्थी आज जनकपुरको बहा्रबिगहामा भेलाभएका छन । राजा जनककी छोरी जानकीको विवाह अयोध्याका राजा दशरथका पूत्र रामसँग भएको स्मरण गर्दै यो विवाह महोत्सव मनाईदै आईएको छ । करीब १ हप्ता देखी जनकपुर र जनकपुर आसपासका स्थानहरु सजिएका छन । धर्मिक महत्व बोकेको यस दिनलाई विवाह पञ्चमीका रुपले पनि जानिने गरिन्छ ।

राजनितीक सहमतीका विषयवस्तु तयार

नेपाली काग्रेस नेकपा माओवादी र एमालेका शिर्षनेताहरु विचको छलफल पछी राजनैतिक सहमतीका विषयवस्तु तयार परिएका छन् । जसअनुसार अन्तरीम संविधानमा गणतन्त्र उल्लेख गर्ने प्रतिवद्वता जाहेर गर्ने तर संविधान सभा पछि कार्यान्वयन गर्ने, सरकार पुर्नगठनका लागी थप छलफल गर्ने, जनसेना र नेपाली सेना समायोजन, माओवादीले कब्जा गरिएको सम्पती फिर्ता गर्ने, निर्वाचन प्रणाली अर्न्तगत समानुपतिकमा ६०% र बाकी प्रत्यक्ष निर्वाचन प्रणाली कायम गर्ने रहेका छन ।
सहमती बनाउन आज प्रधानमन्त्री निवास वालुवाटारमा प्रधानमन्त्री गिरिजा प्रसाद कोईराला नेकपा एमालेका महासचिव माधव कुमार नेपाल माओवादी अध्यक्ष प्रचण्ड, जनमोर्चाका अध्यक्ष अमिक शेरचन लगाएतका नेता सक्रिय हुनुहुन्थ्यो ।

Friday, December 14, 2007

दलहरु बिच अझै सहमति हुन बाकी

दलहरु बिच अझै सहमति हुन बाकी धेरै बिषयमा सहमति सात दलको बैठक हुनु अघि नै भएपनि चुनाव प्रणालीको अनुपात र सरकार पुनर्गठन सम्बन्धी भने सहमति हुन बाँकि छ । तरपनि निकै जटिल र अन्योलमा रहेको राजनीतिक गतिरोध अन्त्य गर्ने प्रयास अब बल्ल सहमति नजिक पुगेको र मस्यौदासमेत तयार हुन गैररहेको कुरा जिम्मेवार दलका नेताहरूले बताएका छन् । दोस्रो पटकको संविधानसभा निर्वाचन पनि हुन नसको र चार मधेसी सांसदको राजीनामापछि दलहरू निकै गम्भीर भएका छन ।
संविधानसभाको पहिलो बैठकले अनुमोदन र कार्यन्वयन गर्ने गरी संघीय गणतन्त्र संसदले घोषणा गर्ने तथा त्यसलाई संविधानमा उल्लेख गर्ने सहमति दलहरुबीच भइसकको छ ।
संसद्बाट गणतन्त्रको घोषणा गरी संविधानसभाको पहिलो बैठकपछि लागू गर्ने, निर्वाचनप्रणालीमा ६० प्रतिशत समानुपातिक र ४० प्रतिशत प्रत्यक्ष, सरकारको पुनर्गठन, आगामी सरकार पूर्णतः संयुक्त सरकारको मान्यतामा चलाउने एवम् संविधानसभाको निर्वाचन २०६४ सालभित्रै गर्ने गरी सहमतिको नजिक पुगेको तर माओवादीले सेनाको समायोजन भएमा उल्लिखित ती विषयलाई स्वीकार गर्ने धारणा राखेको बताइएको छ। अन्तरिम संविधानमा समानुपातिक र प्रत्यक्षको अनुपात बराबर हुने ब्यवस्था छ ।
बिहानदेखि दलहरुबीच भएको छलफलमा धेरै बिषयमा सहमति बने पनि चुनाव प्रणालीको अनुपात र सरकार पुनर्गठनको मुद्धामा सहमति बनिनसकेको एमाले स्थायी समिति सदस्य झलनाथ खनालले बताए । तर, आजै सहमति बन्ने उनले बिश्वास ब्यक्त गरे । छलफलले सहमतिको मस्यौदा पनि तयार गरेको छ। सो मस्यौदा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई पनि दिइसकिएको छ।
माओवादीका अध्यक्ष प्रचण्ड, डा. बाबुराम भट्टराई, रामबहादुर थापा बादल’, कृष्णबहादुर महरा, नेकपा (एमाले) का महासचिव माधवकुमार नेपाल, अमृत बोहरा, झलनाथ खनाल, भरतमोहन अधिकारी, नेपाली कांग्रेसका रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, चक्र बास्तोला, विमलेन्द्र निधि, जनमोर्चाका प्रकाश, अमिक शेरचन र लीलामणि पोखरेल भेटवार्तामा सहभागी हुनुहुन्थ्यो।
दलहरूबीच भएको छलफल र त्यसले तयार पारेको मस्यौदाका बारेमा प्रधानमन्त्री कोइराला र नेपाली कांग्रेसका केही नेताहरूबीच बिहीबार साँझ छलफल भएको थियो। त्यसै गरी वर्तमान परिस्थिति र चार मधेसी सांसदले राजीनामा दिएको विषयमा बिहान प्रधानमन्त्री कोइरालाले आफ्ना पार्टीका २० जिल्लाका सांसदहरूसँग छलफल गर्नुभएको थियो।

ब्रिटेन प्रधानमन्त्री द्वारा पूंजीगत फैसलाको स्वागत

ब्रिटेनको चर्चित टाइम्स पत्रीकालाई अन्तरवार्ता दिदैं ब्रिटेन प्रधानमन्त्री गोर्डन ब्राउनले अमेरिकी फेडरल रिजर्व तथा अन्य केन्द्रीय बैंक द्वारा अमेरिकाको नाजुक बित्तिय बजारलाई मद्दत गर्न गरेको प्रयासको स्वागत गरेका छन । यस्ता सहयोग को लागि अरु ध्यान दिनुपर्ने बताउंदै प्रधानमन्त्री ब्राउनले प्रशन्नता ब्यक्त गर्नुभयो । केहि समय अगाडि मात्र अमेरिकी फेडरल रिजर्व तथा अन्य केन्द्रीय बैंकले खस्कंदो आर्थिक अवस्थालाई माथि उठाउन बिश्व बजारबाट ११० अरब डलर उपलब्ध गराऊने घोषणा गरेको थियो । यो घोषणालाई अभुतपूर्व मानिएको छ । अमेरिकी फेडरल रिजर्वले युरोपीयन केन्द्रीय बैंक अथवा क्यानडा वा स्विजरल्याण्ड को केन्द्रीय बैंकसंग मिली पुंजीगत ऋण उपलब्ध गराउने छ । अमेरिकी अर्थ बजारमा परेको आर्थिक समस्याको अंदाज यसबाट पनि लगाउन सकिन्छ कि केहि समय अगाडिमात्र कर्जा लगानि क्षेत्रमा सक्रिय एक ठुलो अमेरिकी बैंक मार्गन स्टेन्लीले आफ्नो कमाई २.५ अरब डलर ले घट्ने सम्भावना रहेको बताएको छ । समाचार स्रोतका अनुसार खस्कंदो बित्तीय बजारलाई माथि उठाउन गरिएको यो पहिलो यस्तो कदम हो जुन धनको उपलब्धतामा भारी कमी आएबाट ऊठाईएको छ । यस भन्दा पहिले अमेरीकाको केन्द्रीय बैंक फेडरल रिजर्वले ब्याज दरमा कटौती गर्ने फैसला गरेको थियो । हाल अमेरिकी बित्तिय बजार मा देखिएको बहुचर्चित आर्थिक समस्या (सव-प्राइम लोनको समस्या) ले बिश्व आर्थिक बजारमा धेरैनै चर्चा पाईरहेको छ । खासगरि अमेरिकीहरुले घर बनाउन लिएको ऋण , जुन उनीहरु तीर्न नसक्ने अवस्थामा पुगेपछि अहिले अमेरिकी आर्थिक बजारमा यसको नराम्रो प्रभाव त परेको छ नै, यसको अलावा सम्पुर्ण बिश्व बजारमानै यसको असर परेको छ ।

Thursday, December 13, 2007

प्रधानमन्त्री साना दलका शिर्ष नेतासँग

राजनैतिक सहमती जुटाउन प्रधानमन्त्री गिरिजा प्रसाद कोईराला र साना दलका शिर्षनेता बिच आज भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटवातामा वाममोर्चा,नेपाल मज्दुर किसान पार्टी, नेपाल सदभावना पार्टी(आनन्ददेवीं) र एकता केन्द्र मसालका शिर्षनेताहरुले आआफनो राजनितीक सहमतीका लागी आआफनो पार्टीको धारणा राखेका थिए ।
एकता केन्द्र मसालका महासचिव प्रकाशका अनुसार प्रधानमन्त्री कोईराला नेपालको पछिल्लो राजनैतीक घटनाबाट निकै गम्भीर हुनुभएको बताउनुभयो । उहाँकानुसार राजनितीक समस्या प्याकेजमा समाधान गर्ने प्रधानमन्त्री कोईरालाले जनाउनु भएको थियो । साना दलसंग छलफल पछि प्रधानमन्त्री कोईरालाले भोली सम्ममा सात दलको बैठक बोलाउने सोच रहेको बालुवाटार श्रोतले जानाएको छ ।

तत्काल मिती धोषणा नगरे आन्दोलन - राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान सभा निर्वाचन यसै वर्षभित्र गर्ने गरी तत्काल मिती धोषणा नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ । सरकार विरुद्व कडा रुपमा देखिनु भएका पार्टीका अध्यक्ष पशुपति शमसेर राणाले मंसिर महिना भित्र चुनावको मिती नतोकीएमा कडा सघर्षका कार्यक्रम ल्याउने चेतावनी दिनुभएको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले राजधानीमा जारी चौथो महाधिवेसनमा आफ़्ना कार्यकर्तालाई सम्बोधन गर्दै उहाँले सात राजनैतिक दल र सरकारलाई सो चेतावनी दिनुभएको हो । राष्ट्रिय प्रजातन्त्र पार्टीको जारी चौथो महाधिवेसनले अध्यक्ष राणा सहित २६ केन्द्रिय कार्यसमिती चयन गरेको छ भने बाकी २५ सदस्य अध्यक्षले मनोनयन गरीने भएको छ ।चौथो महाधिवेसनबाट यस पार्टीले संवैधानीक राजतन्त्र हटाएको छ ।

Wednesday, December 12, 2007

शान्ति सम्झौताको समिक्षा गरीने

नेकपा माओवादी र नेपाल सरकार बिच भएको शान्ति सम्झौताको अवधि को समिक्षा गरीने भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा बसेको मन्त्री परिषदको बैठकले सो निर्णय गरेको हो । गृहमन्त्री कृष्ण प्रसाद सिटौलाको संयोजकत्वमा नेकपा एमाले स्थाई कमिटी सदस्य प्रदिप ज्ञवाली, श्रम राज्यमन्त्री रमेस लेखक सदस्य रहने सो समितीले ३ दिनमा आफ़्नो प्रतिवेदन प्रधानमन्त्री गिरिजा प्रसाद कोईराला बुझउनुपर्ने छ ।
बैठकले सात दलका शिर्षेता विच छलफल गरी पछिल्लो संकट समाधान गर्ने निर्णय गरेको छ । भने अन्तरीम संविधान संशोधनका लागी ठोस कदम चाल्नु पर्ने पनि मन्त्रीहरुले माग राखेका छन । छलफलमा प्रधानमन्त्री कोईरालले मंसिर भित्रै संविधान संशोधन आवस्यक भएको भन्दै त्यसका लागी दलहरु विच सहमती बनाउन जोड दिनुभयो ।

नेपाल सदभावना पार्टी आनन्ददेवी सिहलाई आधिकारीकता

आखिरमा स्थापना पक्ष आनन्ददेवी स्रिहलाइ निर्वाचन आयोगले आधिकारीकता प्रदान गरेको छ । आज संस्थापन पक्षले बहुमत सदस्यको हस्ताक्षरीत र्समर्थन पत्र दिएपछि निर्वाचन आयोगले नेपाल सदभावना पार्टी(महतो) पक्षलाई अस्विकृत गरेको छ । आनन्ददेवी स्रिह र लक्ष्मण लाल कर्णको नेतृत्वको नेपाल सदभावना पार्टी एकिकृत भएको २ महिना नपुग्दै पुन विभाजन भएको थियो ।

तत्कालका लागी राजनीतिक सहमति निर्माण हुने

राजनीतिक सहमती जुटाउन आज विहान प्रधानमन्त्री गिरिजा प्रसाद कोईराला र माओवादी अध्यक्ष प्रचण्ड विच छलफल भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा भएको छलफलमा तत्कालका लागी सहमती निर्माण गरी राजनितीक संकट समाधानका उपाय खोज्नेबारे छलफल भएको वालुवाटार श्रोतले जनाएको छ । नेकपा माओवादीले संसदवाट पारित प्रस्तावको विकल्प खाजीमा सहमती निर्माण गर्ने वारे छलफल भएको पनि वालुवाटार श्रोतले जनाएको छ ।
त्यसैगरी वेपत्ता परिवार र्सार्वजनिक, नेपाली सेना र जनसेनाको समायोजन लगाएतका विषयमा अध्यक्ष प्रचण्डले राख्नुभएको प्रस्तावमा प्रधानमन्त्री कोईराला सकारात्मक रहेको श्रोतले जनाएको छ । सहमतीबाट बनेका निर्णयलाई सात दल विच बसी समस्या समाधान खोज्ने पनि प्रधानमन्त्रीले बताउनु भएको जानकारी प्राप्त भएको छ । त्यसैगरी हालै मधेसी सांसदले दिएको राजिनामाको विषयमा पनि दुई नेता विच छलफल भएको थियो ।

Monday, December 10, 2007

टर्कीमा डुंगा डुब्दा ३१ को निधन



अंकारा, टर्की । गैर कानुनि रुपमा टर्की प्रवेश गर्न लागेका कम्तिमा साठी जना भन्दा बढी ब्यक्ति सवार डुंगा शनिबार दुर्घटनामा परेको थियो । उक्त दुर्घटना ईज़्मिर शहरको उत्तरी भागमा पर्ने समुद्री तटमा भएको बताईएको छ । समाचार स्रोतका अनुसार आईतबार राती अबेर सम्ममा ३१ शब फेला पारिएको र अन्यको खोजि कार्य जारी रहेको जनाईएको छ । उद्दारकर्ताहरुले हालसम्ममा ६ जनालाई जिबितै उद्दार गरि अस्पताल पुर्याएतापनि धेरैको अवस्था चिन्ताजनक रहेको बताईएको छ । जीबित मध्य २ जना प्यालेस्टीनिज भएको र हालसम्ममा त्यहां कुनै पनि टर्कीको नागरिक रहेको जानकारीमा नआएको बताईएको छ । एक जना जिबीतका अनुसार डुंगामा ६० देखि ७० ब्यक्ति रहेको कुरा पुष्टि भएबाट बांकी सबै जिबीत रहने सम्भावना कम रहेको जनाईएको छ । डुंगामा सवार सबै एशिया र अफ्रिकी मुलुकका नागरिक भएको बताईएको छ । एशिया र अफ्रिकी मुलुकका हजारौं नागरिकहरु काम र राम्रो जीबनको खोजीमा गैह्र् कानुनी रुपमा टर्की हुदैं युरोपेली मुलुकहरुमा प्रवेश गर्दै आइरहेको बताईएको छ । टर्कीले ई.यू (युरोपियन युनियन) मा प्रवेश गर्न चाहिरहेको तर ई.यू ले भने टर्कीलाई गैह्र् कानुनी रुपमा प्रबासीहरुलाई प्रवेश नगराउन दबाव दिदै आईरहेको छ ।

सरकार पुर्नगठन हुने

नेकपा माओबादीले चर्को रुपमा उठाएको पुर्नगठनको विषयलाई नेकपा एमालेले पनि र्समथन गरेको छ । नेपाली काग्रेस माओवादी र नेकपा एमालेका शिर्ष नेताहरुको आज ललितपूरमा बसेको बैठकमा एमालेले सो र्समथन गरेको हो ।माओबादीले गणतन्त्र र पुर्ण समानुपातिक निर्वाचन प्रणालीको अडान छाडे नेपाली काग्रेस पनि सरकार पुर्नगठनमा जानसक्ने काग्रेसका नेताले सो छलफलमा बताएका छन । नेपाली काग्रेस र नेकपा एमालेले माओवादीलाई सरकारमा फर्किएर संविधान सभा निर्वाचनको माहोल बनाउन आग्रह गरेको श्रोतले जनाएको छ ।
सरकार पुर्नगठनमा जादाँ नेपाली काग्रेसले महत्वपुर्ण मन्त्रालयहरु लिन नहुने अडान माओवादीले राखेको माओवादी नेताले बताएका छन । संसदबाट पारित प्रस्ताव कार्यन्वयनमा जोड दिदै आएको माओवादीले सरकार पुर्नगठनमा जोड दिनुलाई अर्थपुर्ण रुपमा लिएको विश्लेसकको भनाई छ । सरकार पुर्नगठनमा भए माओवादीका बरिष्ठ नेता डा.बाबुराम भटट्र्राईको नेतृत्वमा सरकारमा जाने माओवादी नेताले हामी लाई जानकारी दिएका छन ।

भ्रष्टचार बिरुद्वको संयुक्त राष्ट्रसंधिय महासन्धिको अनुमोदन हुने

ब्यबस्थापिका संसदका सभामुख सुभास चन्द्र नेङवाङले भ्रष्टचारले देशको आर्थिक, सामाजिक, राजनितीक लगाएतका क्षेत्रमा जरा गाडीसकेको बताउदै यसलाई न्यूनिकरण गर्न जनता स्थानिय संध संस्था र नागरीक समाजलाई क्रियाशिल बनाउनुपर्ने बताउनु भएको छ । उहाँले नागरीक सचेत भएमात्र देशमा भ्रष्टचार न्यूनिकरण हुने हुदाँ सबै तह र तप्काका जनतालाई यस बिरुद्व जनचेतना फैलाउन सरकार लागी परेको बताउनुभयो ।भ्रष्टचार बिरुद्वको अन्तराष्ट्रिय दिवसका अवसरमा राजधानीमा आयोजित एक कार्यक्रममा वोल्दै उहाँले भ्रष्टचारलाई रोक्न अधिकार सम्पन्न अख्तियार दुरुपयोग अनुसंधान आयोग लाई अझ बढी क्रियाशील हुन जोड दिनुभयो । ब्यबस्थापिका संसद अर्न्तगत र्सार्वजानिक लेखा समिती र अख्तियार दुरुपयोग अनुसंधान आयोग बिच पारस्परीक सम्बन्ध हुनुपर्ने जोड दिदै सभामुख नेङवाङले यि दुई निकायले भ्रष्टचारी लाई कानुनको कटधरामा उभ्याई आवस्यक सजाय दिन सक्नु पर्ने बताउनु भयो । भ्रष्टचार बिरुद्वको संयुक्त राष्ट्रसंधिय महासन्धिको अनुमोदन छिटे नै ब्यबस्थापिका संसदबाट परीत गर्ने पनि उहाँले प्रतिबद्वता जनाउनु भयो ।
त्यसैगरी अनुमोदनका प्रक्रियामा रहेका प्रतिबद्वता पूरा गर्ने तर्फसरकारको ध्यानकेन्द्रित गर्ने बताउदै सभामुख नेङवाङले सबै तह र तप्काका जनताले त्यसलाई कार्यान्वयन गर्नुपर्ने बताउनु भयो । अधिकार सम्पन्न अख्तियार दुरुपयोग अनुसंधान आयोग पारदर्शी हुनुपर्नेमा उहाँका तर्क थियो । नेपालले भ्रष्टचार बिरुद्वको संयुक्त राष्ट्रसंधिय महासन्धिको १० डिसेम्बर २००३ मा हस्ताक्षर गरेको भएप्नि यस्को अनुमोदन हुन सकेको थिएन । भखरै ट्रन्सपरेन्सि इन्टरनेश्नलले प्रकासीत गरेको तथ्याङ्क अनुसार नेपाल भ्रष्टचार हुने मुलुकहरुमा १३१ औ स्थानमा पर्दछ ।

संविधान सभा निर्वाचनको मिती तोकिने

शान्ति तथा पुर्न निर्माण मन्त्री रामचन्द्र पौडेलले मंशिर भित्रै संविधान सभा निर्वाचनको मिती तोक्ने सहमति भएको खुलासा गनुभएको छ । नेकपा एमाले संसदीय दलको कार्यालयमा नेपाली काग्रेस र नेकपा एमाले विच भएको छलफलमा सहभागी भएपछी पौडेलले सो कुरा खुलासा गनुभएको हो माओबादी पनि चुनावको मिती तोक्नेबारेमा सहमत भएको मन्त्री पौडेलले जानकारी दिनुभयो । निर्वाचनको मिती तोक्ने विषयमा ठोकुवा गर्दै उहाँले यसै वर्षा निर्वाचन सफलताका साथ सम्पन्न गर्न आवश्यक सहमती जुर्टाई थप गृहकार्य गरीरहेको बताउनुभयो ।

Sunday, December 9, 2007

माओवादी पनि राजाबादी भएको - मन्त्री पौडेल

शान्ति तथा पूननिर्माण मन्त्री रामचन्द्र पौडेलले माआवादी अध्यक्ष प्रचण्डको अभिव्यक्तीमा गम्भिर षडयन्त्रको गन्ध आएको बताउनु भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा पौडेलले माआवादी राजासित मिलेर जान चाहेको बताउदै माआवादी पनि राजाबादी भएको आरोप लगाउनु भयो । चुनावमा हारिएला कि भनेर यो नाटक गरेको पनि उहाँको भनाई थियो

सरकारमा बस्ने अधिकार छैन

रष्ट्रिय जनशक्त्ति पार्टी अध्यक्ष सुर्यबहादुर थापाले सात दलले जनआन्दोलनको भवाना अनुरुप संविधान सभा निर्वाचन गर्न नसकेको अरोप लगाउनु भएको छ । यदी सातदलले जनआन्दोलनको भवाना अनुरुप संविधान सभा निर्वाचन गर्न सक्दैन भने सरकारमा बस्ने उसलाई कुनै अधिकार छैन भन्दै उहाँले तत्काल सरकार छोडन चेतावनी दिनुभयो । पार्टीको केन्द्रिय कार्यसमितीको बैठक पछी शनिवार पत्रकारहरु सँग थापाले भन्नुभयो संविधान सभा निर्वाचनको तत्काल मिती घोषणा नभए जनताले अब अर्को आन्दोलन ल्याउन सक्दछन । माआवादी अध्यक्ष प्रचण्डले दिएको वक्तब्यको प्रश्नमा उहाँले तत्काल कुनै प्रतिकिया दिन चाहनुभएन ।
माओवादी अध्यक्ष प्रचण्डले राजाबादी र सात दल एक भएर राजनीतिक समस्या समाधान गर्नुपर्ने भन्ने धारणाको पार्टी भित्र छलफल नगरी निर्णय गर्न नमिल्ने सञ्चारकर्मीलाई बताउनु भयो । उहाँले राजसंस्थाबारे जनताले नै निर्णर्य गर्न पाउने भन्दै अध्यक्ष थापाले सबै अधिकारवाट खोसिएका राजा राजनीतिमा र्फकन नसक्ने धाराणा बताउनु भयो ।

Saturday, December 8, 2007

सात दल र्सवसत्ताबादी सोच भएको - पशुपति शमशेर राणा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले मंसिर भित्र संविधानसभा निर्वाचनको मिती नतोके सरकारको कुनै हालतमा वैधता नहुने बताएका छन । आज पार्टी केन्द्रीय कार्यालय चबाहिलमा पत्रकार सम्मेलन आयोजना गरी उहाँले तत्काल निर्वाचनको मिती तोक्न आग्रह गर्नुभयो । सात दल विरुद चर्को रुपमा आक्रोसित हुदै राणाले निर्वाचन लाई ओझेलमा पारेर सात दल एक छत्र शासन गर्न लगेको आरोप लगाउनुभयो ।
तत्काल संविधानसभा निर्वाचन हुनु पर्ने बताउदै उहाँले सात दललाई र्सवशताबादी सोच भएको बताउनु भयो । राष्ट्रिय प्रजातन्त्र पार्टीको २३ मंसिर बाट हुने महाधिवेसनले गणतन्त्रमा जाने नजाने बारे पत्रकारको प्रश्नमा उहाँले पार्टीको धारणा प्रष्ट नआईसकेको बताउनु भयो ।

तर्राईमा बिभिन्न समुहले आन्दोलनको घोषणा

मधेशमा आन्दोलन चर्काउन नेपाल सदभावना पार्टी (महतो पक्ष) र मधेसी जनधिकार फोरम (उपेन्द्र पक्ष) विच कार्यगत एकताको मोर्चा बन्दी भएको छ । आज उनिहरुले संयुक्त पत्रकार सम्मेलनको आयोजना गरी दुवै पक्षले मोर्चा बन्दको धोषणा गरेका छन ।
पौष १५ वाट आन्दोलन शुरु गर्न लागेको सो आन्दोलनको नाम संयुक्त मधेशी मोर्चा राखेका छन । सदभावनाका असुन्तष्ट पक्षका अध्यक्ष राजेन्द्र महतो र फोरमका अध्यक्ष उपेन्द यादवले संयुक्त रुपमा हस्ताक्षर गरेको विज्ञप्तिमा स्वयक्त मधेस प्रदेश, हिन्दी भाषालाई राष्ट्रभाषा बनाउनुपर्ने लगाएतका माग राखेका छन ।

Friday, December 7, 2007

मनोनित संख्या बढाएर संविधान सभा निर्वाचनमा जाने -प्रम

प्रधानमन्त्री गिरिजा प्रसाद कोईरालाले संविधानमा उल्लेख भएनुसार संविधान सभा निर्वाचनमा मनोनित संख्या बढाएर संविधान सभा निर्वाचनमा जान सकिने नयाँ प्रस्ताव अधि ल्याउन लागेको खुलासा गर्नुभएको छ । काग्रेसका शिर्ष नेताहरु विच आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री कोईरालाले सो कुरा बताउनुभएको बालुवाटार स्रोतले जनाएको छ ।
छलफलमा नेताहरुलाई गम्भिर भई राजनितिक संकट समाधान गर्ने तर्फलाग्न प्रधानमन्त्री कोईरालाले निर्देशन दिनुभएको थियो । सहमतीका लागी गणतन्त्र धोषणा र निर्वाचन प्रणालीबारे महत्वपूर्ण निर्णय लिन लागेको बालुवाटार स्रोतले जनाएको छ । बैठकमा उपस्थित काग्रेसका शिर्ष नेताका अनुसार प्रधानमन्त्री कोईरालाले समानुपातीकमा नजाने स्पष्ट परिसकेको र सहमती खोज्न अरु उपाय अगाडी सारेको बताउनु भयो ।

अनमिनको समय थप्न माओवादी सहमत

नेपाल स्थित राष्ट्रसंधिय मिसन अनमिनको समय थप्न माओवादी सहमत भएका छन । आज बिहान माओवादी अध्यक्ष प्रचण्ड र अनमिन प्रमुख र इयान मार्टिन विचको भेटमा माओवादीले ६ महिना सम्म अनमिनको समय थप्न सहमती भएको जनाईएको छ । भेटमा रहेका माओवादी नेता मोहन वैध किरणले पत्रकारलाई अनमिनको समय ६ महिना थप्न सरकारले पढाउन लागेको पत्रमा सहमती जनाएको बताउनुभयो ।
उहाका अनुसार जनसेनाको दोस्रो चरणको सेना प्रमाणीकरणका बारेमा पनि छलफल भएको जानकारी दिनुभयो । त्यसैगरी माओवादी अध्यक्ष प्रचण्डले अनमिनले हातहतियार व्यबस्थापनको प्रमाणीकरण प्रति सन्तुष्ट व्यक्त गर्नुभएको नेता वैधले जनाउनु भयो् ।

फ़्रान्सको राजधानी पेरिसमा बम बिस्फोट

डिसेम्बर ६,२००७। केहि समय अगाडि मात्र फ्रान्सको राजधानी पेरिसको मध्य भागमा एक भवन भित्र बम बिस्फोट भएको समाचार छ । बम बिस्फोटनबाट एक जना को ज्यान गएको छ भने अन्य छ जना घाईते भएको बताईएको छ । बम बिस्फोट भएको भवन मा फ्रान्सका रास्ट्रपतीका वकिलको कार्यालय पनि रहेको बताईएको छ । हाल अधिकारिहरुले घटनाको बारेमा अनुसन्धान भईरहेको बताएका छन । घटनाको पुर्ण बिबरण प्राप्त हुन बांकि रहेको छ ।

Thursday, December 6, 2007

अमेरीकामा बंदुकधारीद्वारा नौ जनाको हत्या

डिसेम्बर ६, २००७ । अमेरीकाको नेब्रास्कामा एक १९ बर्षिय बंधुकधारीले शपिंग सेन्टरमा अंधधुंध गोलि चलाई आठ जनाको ज्यान लिएका छन भने आफ़ु स्वयंले पनि आत्महत्या गरेका छन । फ़ायरिंगबाट घाईते भएका अन्य पाँच जनालाई अस्पतालमा भर्ना गरिएको छ भने ती मध्य दुईको अवस्था गम्भिर रहेको बताईएको छ । समाचारस्रोतका अनुसार १९ वर्षीय बंदूकधारी रोबर्ट हॉकिन्स स्थानीय बासिन्दा भएको बताईएको छ । राष्ट्रपति जर्ज बुशले घटना प्रति दु:ख ब्यक्त गर्दै शोक शन्तब्ध परिवार प्रति संबेदना ब्यक्त गरेका छन ।
प्रहरीका अनुसार रोबर्टको आमाले रोबर्टले लेखेको एक चिट्ठी फेला पारेकी छिन जसलाई आत्महत्या पुर्बको चिट्ठीको रुपमा लिइएको छ । एक प्रत्यक्षदर्शी का अनुसार घटनाको समयमा ३५ देखि ४० राउण्ड को हाराहारिमा गोलिको आवाज सुनिएको थियो । अमेरिकामा यस्ता घटनाहरु घटीरहने गरेका छन । यस भन्दा पहिले पनि भर्जिनिया टेक यूनीवर्सिटीमा भएको यस्तै घटनामा ३२ ब्यक्तिको ज्यान गएको थियो ।

निर्वाचनमा जान अब गोलमेच सम्मेलन - माओवादी

माओवादीले निर्वाचनमा जान अब गोलमेच सम्मेलनबाट जाने प्रस्ताव अघि सारेको छ । आज राजनितिक सहमति जुटाउन सिहंदरबारमा बसेको काग्रेस माओवादी बिचको बैठकमा माओवादी अध्यक्ष प्रचण्डले उक्त प्रस्ताव पेश गर्नु भएको थियो । उहाँले पूर्ण समानुपातिक निर्वाचन प्रणालीलाई भने पुन दोहोर्याउनु भएको छ । यदि निर्वाचन पूर्ण समानुपातिक भएन भने सबै जनजाति, गरिब, समुदायका जनता सहभागी हुन नस्कने बताउनु भयो ।
तर काग्रेस यसमा सहमति हुन नसकेको अध्यक्ष प्रचण्डले जानकारी दिनु भयो । काग्रेसले सविधान सभा पछि लागु हुने गरी गणतन्त्र घोषणा गर्न तयार देखिएता पनि निर्वाचन प्रणालीमा विगतको सहमति अनुरुपनै हुनु पर्नेमा जोड दिएको थियो । काग्रेसका कार्यवाहक सभापति शुशिल कोइरालाले पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जान नसकिने बताउनु भयो । आफुहरु गणतन्त्र स्थापनामा प्रतिबद्य भएको बताउदै कोइरालाले पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा काग्रेस जान नसक्ने बताउनु भयो । तिन घन्टा लामो छलफलमा सेना समायोजन्, सिविर व्यवस्थापन, बेपत्ता नागरिकको अवस्था र्सार्वजनिक लगायतका बिषयमा छलफल भएको थियो ।

परिक्षा हुने नहुने विद्यार्थी निर्णायक

परिक्षा हुने नहुने विद्यार्थी निर्णायक स्नातकोत्तर तह दोस्रो बर्षो अग्रेजी अर्न्तगतको आन्तरीक परिक्षा विद्यार्थीको नालायिकपन र त्रिभुवन विश्वविद्यालय प्रसासनको लापरवाहीले १९ गते हुने Intellectual History को परिक्षा स्थगित भएको छ ।
परिक्षामा सामेल भएका एक परिक्षार्थीले दिएको जानकारी अनुसार परिक्षार्थीलाई सम्बन्धीत प्रश्नको बारेमा परिक्षा लेख्न नआएकोले सम्पूर्ण विद्यार्थीले परिक्षा बहिस्कार गरेका थिए । उहाँका अनुसार परिक्षार्थीले परिक्षानै नदिई त्रिभुवन विश्व विद्यालयले अकं दिनु पर्ने माग राखेका छन् । त्रिभुवन विश्व विद्यालय प्रसासनसगँ यस विषयमा सर्म्पर्क गर्न खोज्दा सर्म्पर्क बाहिर भए ।

आज संसद बैठक

संसदको नियमित हिउदे बैठक आज सिंहदरवार स्थित संसद भवनमा बस्यो । आज बसेको बैठकमा बिशेष समय लिदै नेपाली काग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुले माओवादी अध्यक्ष प्रचण्डको पछिल्लो भनाईले सात राजनैतिक दलबिच अन्योलको स्थिति आएको बताउनु भयो । माओवादी गणतन्त्रको कुरा गर्दै राजाबादीसगँ मिलिरहेको आरोप उहाँले लगाउनु भयो ।
एमालेका सांसद प्रदिप ज्ञवालिले माओवादी जनसेनाको शिविरको अवस्था बिग्रिएकोमा सबै सांसदहरुको ध्यान केन्द्रित गर्दै जाडो याममा जन सेनाको राम्रो व्यवस्था हुनु पर्ने बताउनु भयो । त्यसैगरी नेपाल एकिकृतका सांसद नवराज सुवेदीले नेपालको सिमावर्ती क्षेत्रमा भारतीय पक्षबाट दश गज क्षेत्र मिचेको भन्दै ततकाल त्यसलाई बन्द गर्न नेपाल सरकारले उचित कदम चाल्नु पर्ने बताउनु भयो ।

युरोपेली युनियनको टोका मिसन नेपालमा

नेपाल भ्रमणमा रहेको युरोपेली युनियनको टोक मिसनले आज प्रधामन्त्री गिरिजा प्रसाद कोईरालासँग भेटवार्ता गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा संविधान सभा निर्वाचनको मिति तत्काल घोषणा गर्नुपर्ने मिसनका प्रतिनिधिले प्रधानमन्त्री कोईरालासँग राखेका थिए । संविधन सभा निर्वाचन नहुदा शान्ति प्रक्रियामा अवरोध आउने निर्ष्कश निकाल्दै मिसनले सात दल एक भएर निर्वाचनको मिति तत्काल धोषणा गर्न सुझाव दिएको बालुवाटार स्रोतले जनाएको छ ।
युरोपेली युनियनका विशेष प्रतिनिधि मेट्रो मोइटिनही डि आल्माको नेतृत्वमा आएको सात सदस्यीय मिसनले निर्वाचन पछी नै सबै राजनैतिक सहमती हुनेमा पनि जोड दिएको छ । संविधन सभा निर्वाचनमा आवश्यक सहयोग गर्न पनि युरोपेली युनियन तयार रहेको जानकारी मिसनले प्रधानमन्त्री कोईरालालाई दिएको थियो । गणतन्त्रको सवालमा मिसनले नेपाली जनतालाई सबै कुराको निर्णय गर्नदिनुपर्दछ भन्दै गणतन्त्रको पक्षमा पनि जनतको मतबाट निर्णय गर्न प्रधानमन्त्री कोईरालालाई सुझाब दिएको थियो । प्रधानमन्त्री कोईरालाले नेपालको शान्ति प्रकिया पछिल्लो राजनितिक धटनाक्रम लगायतका विषयमा मिसनलाई जानकारी दिनुभएको बालुवाटार स्रोतले जनाएको छ ।
नेपालको पछिल्लो राजनितिक घटनाक्रमका बारेमा जानकारी लिन १८ गते मिसन नेपाल आएको थियो । मिसनले आजै एमाले महासचिव माधव कुमार नेपाल, माओवादी अध्यक्ष प्रचण्ड सभमुख सुवास चन्द्र नेङवाङ, प्रमुख निर्वाचन आयुक्त सँग भेटधाट गरिसकेको छ ।

Wednesday, December 5, 2007

बेलाको बोली - ज्ञानेन्द्र शाहको खोपी डायरी

खगेन्द्र संग्रौला
मलाई यो जिन्दगीले
कहा पुर्‍यायो
कहिले हसायो, कहिले रुवायो
कहिले लोभ्यायो, कहिले सुतायो
मलाई यो जिन्दगीले....
अचेल म खिन्न मुडमा इतिहासको यात्राका आफ्नै पदचिह्नहरू हर्दै यसरी गुनगुनाउछु । सम्झन्छु, एकताक मैले पनि जी शाहको भेषमा गीत लेखेको थिए । मेरा केही भक्तहरूले भाका हालेर ती गाएका थिए । अनि मेरा केही चम्चाहरूले मेरो अनुपम प्रतिभाको मुक्तकण्ठले तारिफ गरेका थिए । अहिले सिंहासन ढलपल भएर मन रित्तो हुदा मलाई गीत लेखु- लेखु लाग्छ । तर मनको लय नराम्ररी भङ्ग भएको छ । लेख्न खोज्दा गीतको लय नै मिल्दैन । निधार मुजा पार्दै घोत्लिन्छु, म के थिए, म के भए,के गरुला भन्ने थियो, साला नियतिले के गरायो ।
प्रातःस्मरणीय कवि राजा महेन्द्रले लेखिबक्स्याथ्यो( नसिव सबको एक कहा हुन्छ र, हुदैन । पूज्य पिताले त्यो मेरै दुःखद भविष्यको पर्वानुमान गरी लेखिबक्स्या रहेछ क्यार । अहो, पिताश्रीको काव्य-दृष्टि कति दूरदर्शी )
शेक्सपियरले हो कि कसले लेखेको हो अहिले बिर्से विपत्तिहरू एक्लै आउदैनन् । आउदा ती घोडा चढेर आउछन् र जादा पैदल जान्छन् । नभन्दै मलाई त्यस्तै आपत् आइलाग्या छ । शासनको वागडोर मलाई कति साह्रो मनपरेको थियो, हुलहुज्जत गरेर बडो निर्मम तरिकाले त्यो खोसियो । त्यसमा स्वाद थियो,त्यसमा शान थियो, त्यसमा गौरव थियो, त्यसमा दौलत थियो । साला, त्यो सब हरण गरियो
लौ, पुत्र र पत्नीमोहतर्फमेरो मन खिचियो । मेरा पुत्र पारस नराम्रा मान्छे होइनन्, तर बबुरालाई कुलतले नाश गर्‍यो । धर्मपत्नी कोमल कताकता आफैमा हराएजस्ती भा'छिन् । एकातिर शासनको वागडोर हरिनु, अर्कातिर पुत्रको त्यो गति हुनु, अझ अर्कातिर म पतिदेवको अनुहारमा अहोरात्र औसीको रङ पोतिनु यी सब दुःखहरू एकछत्र आघात यी सोझी महिलाको हृदयमा परेको छ । उसै त अन्तरमुखी र अल्पभाषी, अहिले क्षितिजतिर हेरेर टोलाउनुबाहेक न यिनका ओठमा हसीखुसी छ, नत यिनको गलोबाट बोली नै फुट्छ । कहिलेकाही त सत्ता र दौलतका लागि हत्ते हालेर आफ्नी एकनिष्ट धर्मपत्नीलाई यो दयनीय दशाको भुमरीमा पारेकोमा मलाई पछुतो लागेर आउछ ।
जे होस्, जुनसुकै बादलमा पनि चादीको घेरा हुन्छ । अहिले मेरो शासनको वागडोरमाथि लागेको कालो बादलमा पनि म त्यो घेरा प्रत्यक्ष देखिरहेको छु । मेरो आसा राख्ने ठाउ त्यही चादीको घेरा हो । मेरालागि त्यो सान्त्वनाको शीतल छहारी हो । वागडोर जसले खोसे, आखिर तिनको पनि त चाल उति निको छैन । दलभित्रै कलह छ । दलहरूबीच कलह छ । दलहरू र देश-दुनिया बीच कलह छ । कुर्सीका लागि कलह । सत्तामा बर्चस्वका लागि कलह । कलह दिनानुदिन बढ्दो छ । कलहको यो शृङखला मेरालागि शुभसङ्केत हो । वर्गबन्धु बालकृष्ण समको कथनलाई सम्झेर म धर्यधारण गरिरहेको छु बेला वसन्तको र पर्ख जिन्दगीको हठी बनी । सहु, सहु, सहु बाबु सहनै नसके पनि ।
मेरा आफ्ना मानिसहरू वाइसीएलको डरले दुलामा पसे त के भो, मेरालागि बोल्ने मेरा प्यारा सेवकहरू दलहरूभित्रै छन् । मेरो सहारा दलहरूभित्रै छ । मेरो भविष्य दलहरूभित्रै छ । दलहरूभित्र असल मानिसहरूको बढ्दो लस्कर देख्दा अहिले मलाई झयाट्ट केपी शर्मा ओलीको याद आयो । रायमाझी आयोगको प्रतिवेदन अध्ययन गरी दोषीलाई सजायको सिफारिस गर्ने जिम्मा यिनका काधमा परेको थियो । जातले यी कम्युनिस्ट हुन् भन्थे । अहो ! यिनले बिताउने पो हुन् कि भनेर मेरो निद हराम भयो । यिनले लोते रायमाझी आयोगको अमर्त प्रतिवेदन बदर गरी दह्रो आयोग गठन गर्ने कुरा पो उठाउलान् कि - म साह्रै चिन्तित भए । तर यिनले, यी असल ओलीले,प्रतिवेदनअनुसार राजामाथि कारबाही गर्नु नपर्ने ठहर गरे । त्यो सुन्दा मलाई यिनलाई डाकेर नमस्कार गर्न मनलागेको थियो । राजनेता हुनु त यस्ता पो कति गहिरो मानवीय करुणा कति पवित्र स्वामीभक्ति कति अटल साहस कति अथक चेष्टा ।
म काङ्ग्रेसभित्रका आफन्तहरूलाई सम्झन्छु । उता काङ्ग्रेसका दुइ टुक्रा एक हुने चर्चा बढेर गयो, यता म झस्के । एक भएर यिनले एकमुखले गणतन्त्रको हल्ला गर्ने त होइनन् - मनमा आशङ्का र त्रासको भुमरी उठ्यो । तर दुइ काङ्ग्रेसको एकीकरणमा मेरा छरिएका सपनाहरूकै एकीकरण भयो । सुजाता, गोविन्द, खुम, विनय, केबी आदि-इत्यादि गरी काङ्ग्रेसभित्र असल मानिस त कति हो कति रहेछन् ती मेरा मानिस हुन् म भन्दिन । तिनलाई अप्ठ्यारो पर्छ । तथापि म भन्छु र भनिरहन्छु( ती असल मानिस हुन् । मेरो लच्किएको र हल्लिएको सिंहासनलाई ठाडो र स्थिर बनाइदिने उत्तम दर्जाका प्रजाहरू यिनै हुन् । यी छन् र न मेरो भविष्य छ । दुःखमा मेरा अच्छा साथीहरू ।
झरेको पातझै बतासमा उडिरहेको मेरो भ्रमित चित्तमा अहिले एकाएक चिन्तनको तरङ्ग पैदा भयो । 'पथ' बारेको चिन्तन । पहिले पथहरू भौतिक भूगोलमा बनाइन्थे । त्रिभुवन राजपथ, महेन्द्र राजपथ आदि । तर प्रचण्ड टाइपका प्रजाहरू मानसिक भूगोलमा पथ बनाउन थाले । प्रचण्डपथ यो देख्दा मलाई पनि आफ्नो ओजस्वी नामका पछिल्तिर पथ जोडेर अमर कीर्तिमान कायम राख्न रहर लागेर आयो । अनि नया पथमा के हुनुपर्ने रहेछ भनेर मैले प्रचण्डपथ पढिहेरे । तर तातोभुत्लो केही बुझे पो संश्लेषण र विश्लेषण, क्रमभङ्ग र छलाङ, महाविपत्ति र कुन्नि केजाति जस्ता बुझिनसक्नु कुराको जञ्जाल छ । मैले बुझे, नाथे पथ बनाउन केही गाह्रो रहेनछ । मलाई असल प्राज्ञ वासुदेव त्रिपाठीलाई केही यस्तै गाठा परेका शब्दहरूको माला उनेर ज्ञानेन्द्रपथ बनाउन अह्राउ कि भनी जङ चलेको छ । नाथे प्रजाले पथ बनाइसक्यो, म राजा भने नाङ्गै छु । मैले कसरी सहनु यो
खुसीको खबर, अचेल म निकै नै पढन्ते भएको छु । अरू काम छैन, अखबार खुब पढ्छु । जे पढ्यो, मैमाथि फत्तुर थोपरिएका देख्छु । मैले यस्तो गडबडी मच्चाए रे, मैले उस्तो षडयन्त्र गरे रे । तर यो सत्य होइन । प्रजाहरू असन्तुष्ट छन् । त्यो मेरो कारणले होइन, दलहरूको कारणले हो । अमनचैनको स्थिति चौपट छ । त्यो पनि मेरो कारणले होइन, दलहरूकै कारणले हो । परिस्थितिमा तिनले भ्वाङ पारेपछि भ्वाङमा घोचो घुसारेर कसैले उधिन्यो होला । त्यसमा मेरो के दोष - दलहरू आफै मेरो मर्जी अनुसारको स्थिति बनाइदिनमा मग्न छन् भने मैले यसो र उसोको लेठो गरिरहनु नै किन पर्‍यो - तैपनि मैमाथि फत्तुर - आफू नाच्न जान्दैन, म मौन आगनलाई दोष ।
अ, अखबारमा कू-का कुरा म खुब पढ्छु । कुरा गर्ने खास गरेर माओवादीहरू हुन् । पढ्छु र म त्यसै-त्यसै दङ्ग पर्छु मेरो नूर गिरेको शिर ठाडो हुन्छ । मेरा फुस्रा ओठमा मुस्कान नाच्न थाल्छ । बाहिर जतिसुकै फुर्ती गरे पनि भित्र मसग यिनलाई कत्रो डर मलाई थाहा छ, दलहरूको डरमा राजाको शक्ति हुन्छ । प्रजाहरूको गरिबीमा राजाको वैभव हुन्छ । दुनियाका आसुमा राजाको हासो हुन्छ । अनि दलहरूको आपसी टोकाटोक र ठोकाठोक, तीप्रति प्रजाहरूको असन्तोष र विरोध, जातीय किचलो र काटमार, सामाजिक बेथिति र कोलाहल आदिको गर्भमा राजाको भाग्य लुकिबसेको हुन्छ । चारैतिर हेर्छु मखलेल मुद्रामा विचार गर्छु मेरो भविष्य उतिविधि बेठीक छैन क्यार ।
धत्तेरिका, मलाई घरि-घरि पर्भेज मुर्सरफको सम्झनाले किन यसरी गाजिरहन्छ - ती मेरा देवदूत सरहका प्रेरक थिए । तिनका पदचिह्न पछ्याउनु मेरो उत्कट इच्छा थियो । तर तिनले रुदै आफ्नै हातले आफ्ना कुममाथिका जङ्गी फुलीहरू फुकालेर फाले । यसरी मेरा ती नाथले मलाई अनाथ बनाए । यसो गम्छु, कतै तिनको पलायन मेरालागि अनिष्टको सूचक त होइन - कतै मैले पनि आफ्नो प्राणप्रिय सिंहासनबाट त्यसैगरी पलायन गर्नुपर्ने त होइन ।
आ...बेकारको मनचिन्ते ताना । मुर्सरफ दादा बर्दीमा नभएर के भो - मेरा जोशी, ओली, खड्का, चन्द, कोइरालाहरू छदैछन् । दलभित्र मेरो पक्षमा ती आन्दोलनरत छन् । मैले केही गर्नु पर्दैन । भनु भने मैले वरको सिन्को पर नसारे पनि हुन्छ । गर्नुपर्ने जे-जे हो, त्यो तिनैले गर्छन् । प्रचण्डपथमा पढेको सम्झन्छु, के जाति यो वर्गको कुरा हो रे । उस्तै-उस्ता सगै बाचौ, सगै मरौ,छदाखादाको बर्दी फुकालेर मुर्सरफ स्याल भए । तर म बाघ हु, प्रयोगवादी बाघ ।
म अन्तिम प्रयोगको व्यग्र प्रतीक्षामा छु । प्रयोग गर्छु बाघे झम्टाद्वारा शासनको वागडोर ग्रहण गर्ने यत्न गर्छु मेरो प्रयोगमा केही त्रुटि होला त के भो - त्रुटि सच्याइदिने मेरा अनुचरहरू दलहरूभित्र जति पनि छदैछन् ।
मेरा दुःखी आसेपासेहरू मलाई घेरेर घरि-घरि सोध्छन्,सरकार! अब के हुन्छ - विगतका मेरा धेरै अनुमानहरू सही जचेनन् । त्यसकारण ठ्याक्कै यही हुन्छ भन्न म हिचकिचाउछु । तर लाग्छ, जे हुन्छ, ठीकै हुन्छ । श्री पशुपतिनाथले मेरो सिंहासन, म र मेरा जोदाहा ताबेदारहरूको कल्याण गरुन् । (source: Kantipur)

Tuesday, December 4, 2007

मुलुक गणतन्त्रमा गईसकेको छ - नेताहरु

एमालेका महासचिव माधब कुमार नेपालले गोरु ब्याउनु र माओबादी पार्टी संविधान सभा निर्वाचनमा भाग लिन्छु भन्ने तर्क एक भएको जानकारी दिनुभएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा उहाँले माओबादीले संविधान सभा निर्वाचनको नाममा विभिन्न बाधा उत्पन्न गरिरहेको बताउदै माओबादीले निर्वाचनमा हारीएलाकी भनेर यसो गरिरहेको बताउनु भयो ।
प्रजातन्त्रवादी पार्टीको रुपमा स्थापित पार्टीले प्रजातन्त्रको मुल्य र मान्यताहरु ब्यबहारमा उर्तान सक्नु पर्नेमा जोड दिदै महासचिव नेपालले हत्या हिंसा चारी डकैती छोडी जनआन्दोलनको मुल मर्ममा सबै पार्टीलाई आउन आग्रह गर्नुभयो ।
नेपाली काग्रेस र माओवादी पार्टीले आ आफ्नो हट छाडी संविधान सभा निर्वाचनको मिती तोक्न आग्रह गर्नुभयो । माओवादी पार्टी प्रति लक्षित गर्दै उहाँले जनतामाझ जान डराउने पार्टीले संविधान सभा निर्वाचन विथोलिरहेको बताउनु भयो । नेकपा माओवादीका पोलिटव्यूरो सदस्य सि.पी गजुरेलले संविधान सभा निर्वाचनको मिती निर्धारण नर्गनुमा नेपाली काग्रेस प्रमुख वाधक रहेको बताउनुभयो ।
नेपाली काग्रेस अझैपनि राजाको पक्षमा रहेको वताउदै नेता गजुरेलले यथास्थितिवादी चिन्तनले काग्रेस पुर्णरुपमा जकडीएको कारण राजालाई उसले हटाउन सकेको छैन भन्नुभयो । आज सम्पुर्ण जनताको माग गणतन्त्र र पुर्णरुपमा समानुपातिक निर्वाचन प्रणाली भएकाले माओवादीले यी मुद्दा अधिसारेको उहाँले बताउनुभयो ।
उहाँले अहिले मूलुक पुर्णरुपमा विदेशी हस्तक्षेपमा चलेको आरोप लगाउदै गणतन्त्र कहाँ र कसरी ल्याउने भन्ने अधिकार नेपाली जनताको हातमा छ कुनै विदेशी शक्तिले भनेर हुदैन भन्नुभयो ।
देशको राजनिती अहिले Climax मा पुगिसकेको बताउँदै नेता गजुरेलले सात पार्टीको एकता टुटनु नहुनेमा जोड दिनुभयो ।
नेतृत्व परिवर्तन बारेमा पत्रकारको प्रश्नमा उहाँले जनआन्दोलनको लक्ष्य अनुरुप सरकार चलाउने भए ठिकै छ नत्र सोच्न बाध्य हुनेछै भन्नुभयो । नेपाली काग्रेसका केन्दि्य सदस्य होमनाथ दाहालले सबै जनता राजतन्त्रको अन्त्य र गणतन्त्रको पक्षमा रहेको भन्दै काग्रेस पनि महासमितीको बैठकबाट गणतन्त्रमा गईसकेको बताउनुभयो । नेपाली काग्रेस गणतन्त्रको पक्षमा गईसकेको छ यस लाई कसरी लागू गर्नेमात्र बाकी रहेको उहाँले बताउनुभयो ।

रूसको निर्वाचनमा राष्ट्रपति पुतिनको दल बिजयी, निर्वाचन निष्पक्ष नभएको आरोप

रूसमा आईतबार भएको निर्वाचनमा राष्ट्रपति पुतिन को यूनाइटेड रशिया पार्टी ६४.१ % मत प्राप्त गरि बिजयी भएको छ । बिभिन्न पक्षहरुले निर्वाचन निष्पक्ष नभएको बताएका छन । अर्गनाइज़ेशन फ़र सेक्युरिटी एण्ड कोओपरेशन इन यूरोप (ओएससीई) र काउन्सिल अफ़ युरोपले चुनाव पर्यवेक्षकको एउटा साझा टीम रूस पठाएको थियो जसले रुसको निर्वाचन निष्पक्ष नभएको टिप्पणी गरेको छ भने रूसका विपक्षी दलले निर्वाचनमा धांधली भएको बताएका छन । यद्दपी रूसी निर्वाचन आयोगले त्यसलाई इन्कार गरेको छ ।
विदेशी पर्यवेक्षकका अनुसार चुनाव त्यस्तो माहोलमा गराईयो जहां राजनीतिक प्रतिस्पर्धाको कमी र सबै राजनैतिक दललाई बराबर अबसर पनि दिइएन । पर्यवेक्षकले आफ़्नो रिपोर्टमा जनाए अनुसार सत्ताको दुरुपयोग गरिएको, संचार-माध्यममा सत्ताधारी को समर्थनमा प्रचार गरिएको र निर्वाचन आचार संहिता अन्य राजनैतिक पार्टिलाई मुश्किल हुने गरि बनाईएको जनाएको छ । ओएससीईले निर्वाचन हुनुभन्दा अगावै एउटा ठुलो पर्यवेक्षक टोली पठाउन लागेको थियो तर रुसले भिसा जारी गर्न ढिलाई गरेको र अनेक अड्को थापेको अरोप लगाएको छ । यद्दपी रुसले भने यो आरोपको खण्डन गरेको छ ।
विपक्षी कम्युनिस्ट पार्टीले यो निर्वाचन परिणामको बिरुद्दमा कानुनि चुनौति दिने बताएको छ । पार्टीले आगामी संसदको बहिष्कार गर्ने बताएको छ । कम्युनिस्ट पार्टीका नेता गेनाडी जुगानोव ले आफ़ु र आफ़्नो पार्टीले यस परिणामको विश्वास नगर्ने बताएका छन । एक स्वतन्त्र रूसी संगठन गोलोज़ ले पनि निर्वाचनमा धांधली भएको बताएको छ । तर रूसी निर्वाचन आयोगका अध्यक्ष व्लादीमिर चुरोव ले सरकारी टेलिभिजन मार्फत निर्वाचनमा कुनै गडबडि नभएको र संविधानको नियम अनुसार पुतिन ले आफ़्नो दोस्रा कार्यकाल पूरा भएपछि राष्ट्रपति पद छाड्न पर्ने बताएका छन । उनले पुतिनले प्रधानमंत्री पदको शपथ लिन सक्ने संकेत दिएका छन ।

श्रीलंकामा भीषण भिडन्त

श्रीलंकामा सरकारी सेना र तमिल टाईगर (एलटीटीई) बिच भिषण संघर्ष जारी रहेको समाचार प्राप्त भएको छ । देशको उत्तरी जाफ़ना प्रायद्वीपमा भएको ताजा भिडन्तमा ३५ बिद्रोही र ६ सैनिक जवानको ज्यान गएको छ । हालका दिनमा उत्तरी जाफ़ना प्रायद्वीपमा निकै नै हिंसा बढ्दै गईरहेको छ । श्रीलंकाली सेनाका प्रवक्ता ब्रिगेडियर उदय नानायकरा का अनुसार सेनाले शनिवार जुन ईलाका कब्जा गरेका थियो त्यहीं नै एलटीटीई ले हमला गर्यो जसलाई सेनाले बिफल बनाईदिएको थियो । संघर्ष चलीरहे पनि हाल उक्त इलाकालाई सेनाले आफ़्नो नियन्त्रणमा लिएको छ ।
श्रीलंकाको उत्तर-पूर्वी इलाकामा स्वायत्तताको माग गरिरहेका तमिल विद्रोहि र श्रीलंकाली सेना बीच सन् १९८३ देखि चलेको लडाईं हालसम्म पनि चलिरहेको र यसबाट ७० हजार मानिसले ज्यान गुमाईसकेका छन । सन् २००२ मा नर्वे को मध्यस्थतामा दुबै पक्ष बीच युद्धविराम भएको थियो तर पछि फेरि युद्धविराम भंग भएपछिको सेना र एलटीटीई बीचको संघर्षमा पांच हजार भन्दा बढिको ज्यान गईसकेको छ ।

Sunday, December 2, 2007

आज खुलामञ्चमा बृहत महिला भेला

नेकपा एमालेका महासचिव माधव कुमार नेपालले नेपाली समाजमा अझै सामन्तीवादी कु-संस्कार हावी रहेको कारण नेपाली जनताले चाहे जस्तो प्रगती हासिल गर्न नसकेको बताउनु भएको छ । सामन्तवादी कु-संस्कार नेपाली जनता तथा राजनितीक पार्टी पनि हावी रहेकोले नेपाली जनताले सामन्त कु-संस्कार विरुद्द लाग्न आम जनतालाई आहृवान पनि गर्नु भएको थियो । यस्तो कुसंस्कार सोच अब नेपालमा गणतन्त्र भएमात्र हटने पनि उहाँको तर्क थियो ।
राजधानीमा आयोजित बृहत महिला भेलालाई सम्बोधन गर्दौ महासचिव नेपालले सामन्तीवादी चिन्तनले नै अहिले महिला , आदिबादी, जनजाती शोषित हुनुपरेको जानकारी दिनुभयो । जनआन्दोलनको सफलता हासिल गर्न महिलाले खेलेको भूमिकाको सरहाना गर्दै महासचिव नेपालले महिला आरक्षण ३३% बाट बर्ढाई ५०% सम्म पर्याउनु पर्नेमा पनि उहाँले जोड दिनुभयो । मधेशी नेता एंव नवजनजाती मोर्चाका केन्द्रिय अध्यक्ष रामराजा प्रसाद सिहं नेपालको सत्ता सञ्चालन अब राष्ट्रपतीय प्रणालीबाट हुनु पर्नेमा जोड दिनु भयो । नेपाललाई तुरुन्त गणतन्त्र घोषणा गरी सामन्तवाद कुसंस्कारको अन्त्य गर्नपर्ने उहाँको धारणा थियो । संसदबाट पारित प्रस्ताव तुरुन्त कार्यान्वयन नगरे मुलुकले अर्को दुर्घटना भोग्नु पर्ने नेता सिहले चेतावनी दिनुभयो ।
राष्ट्रपतिय प्रणालीमा जादाँ अब महिलाको प्रतिनिधित्व बढी हुनु पर्ने उहाँको तर्क थियो । भेलामा उपस्थित अन्य महिला अधिकारवादी संघ संस्थाका प्रतिनिधिहरुले महिला अधिकारलाई मानवअधिकारको अन्तराष्ट्रिय प्रतिबद्यता अनुरुप व्यवहारमा उर्तान जोड दिएका थिए ।

'स्टील किंग' सबैभन्दा धनी भारतीय

प्रतिष्ठित आर्थिक पत्रिका फोर्ब्स को ताजा अंकमा संसारभरमा रहेका चालीस सबभन्दा धनी भारतीयहरुको सुचीमा 'स्टील किंग' पनि भनेर चिनिने लक्ष्मी मित्तल सबैभन्दा माथि रहेको जनाइएको छ । प्रस्तुत अंकमा जनाईए अनुसार सबभन्दा बढी धनी चार धनाढ्य भारतीयहरुको कुल सम्पती १८० अरब डलर रहेको छ भने लण्डनमा बसोबास गरिरहेका लक्ष्मी मित्तल को कुल सम्पत्ती ५१ अरब डलर रहेको छ । मित्तल आर्सेलर-मित्तल कम्पनीका मालिक हुन जुन संसारकै सबभन्दा ठुलो स्टील उत्पादक कम्पनी हो ।

दलहरु चुनावबाट भाग्न खोजेको - नेपाल

शिक्षा तथा खेलकुद मन्त्रि प्रदिप नेपालले दलहरु सविधान सभा निर्वाचनको सामना गर्न डराएको कारण संविधान सभाको चुनाव अनिश्चित बन्दै गएको बताउनु भएको छ । उहाँले माओवादी लगायतका दलहरु चुनावमा हारिन्छ भन्ने निश्चित भएपछि भाग्न खोजेको बताउनु भयो ।
नेपालगन्जमा आयोजित एक कार्यक्रममा उहाँले विभिन्न वखडा सृजना गरी माओवादी र काग्रेस नै सविधानसभा निर्वाचन पर सारिरहेका छन् यसले चुनाव अनिश्चित बन्दै गइरहेको छ उहाँले सन्चारकर्मीलाई बताउनु भयो । सत्ताको नेतृत्व परिवर्तन तत्काल नहुने पनि उहाँले जनकारी दिनु भयो ।

गणतन्त्र घोषणा गरेपनि जनताले अनुमोदन गरेपछि लागु गर्नु पर्ने - डा महत

नेपाली काग्रेसका केन्द्रिय सदस्य डा प्रकासशरण महतले आफुहरु संसदबाट गणतन्त्र घोषणा गर्न तयार रहेको जानकारी गराउनु भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले संसदबाट गणतन्त्र घोषणा भएपनि जनताले अनुमोदन गरेपछि लागु गर्नु पर्ने जोडदिनु पर्ने बताउनु भयो । काग्रेस संविधान सभा पछि लागु हुने गरी गणतन्त्र घोषणा गर्न तयार रहेको बताउदै डा महतले निर्वाचन प्रणाली अर्न्तगत प्रत्यक्ष निर्वाचन प्रणालीमा ५० प्रतिशत र बाकी आन्तरिक रुपमा समानुपातिक बनाउने प्रतिबद्यता काग्रेसको धारणा रहेको जानकारी दिनु भयो । बिना अनुमोदन अन्तरीम म्यान्डेट बोकेको संसदबाट सबैकुरा लागु गर्न नसकिने उहाँको धारणा थियो । गणतन्त्रलाई संविधान सभा अघिनै र्कायान्वयन गर्न आवश्यक नभएको बताउदै उहाँले कागजको खोस्टोमा लेखेर मात्र हैन व्यवहारमा उतारेर गणतन्त्रलाई सुरक्षित र संस्थागत गर्नु पर्नेमा उहाँको जोड थियो ।
नेकपा एमाले स्थाई समिति सदस्य भरतमोहन अधिकारीले माओवादी पार्टी संविधान सभा निर्वाचन प्रतिको प्रतिबद्दतामा शंका व्यक्त गर्नुभयो । सविधानसभा चाहेको हो भने के गर्दा निर्वाचनमा सहभागी हुनुहुन्छ भन्ने पत्रकारको एक जिज्ञासामा नेता अधिकारीले सरकारको पूर्नगठन, संसदबाट गणतन्त्रको घोषणा र र्पूण समानुपातिक निर्वाचन प्रणालीको कार्यान्वयन हुनु पर्ने बताउनु भयो ।
नेकपा माओवादीका केन्द्रिय सदस्य देव गुरुङ्ले प्रधानमन्त्रिको विकल्पका बारेमा आफ्नो पार्टी कुनै छलफल नभएको बताउदै गणतन्त्र घोषणा र पूर्ण समानुपातिक निर्वाचन प्रणाली हाम्रो प्राथमिकता हो नेतृत्वमा को बस्ने को नबस्ने हाम्रो प्रथमिकताको विषय होइन भन्नुभयो ।

Saturday, December 1, 2007

मिश्र विश्वयुद्धमा हराएको सैनिकको ब्याग फेला


दोस्रोविश्व युद्धको बेलामा एक बिर्टिस सैनिकको हराएको बाकस साठी बर्ष भन्दा बढी समय पछि मिश्रको मरुभुमिमा फेला परेको छ । रॉस बिर्टिस सेनाका संदेशवाहकको रुपमा मिश्रमा कार्यरत थिए । बिर्टिसको लंकाशायर निवासी एलेक्स रॉस ब्रिटेनको 'आठौ सेना रेजिमेंट' का सैनिक थिए र त्यस बक्समा चिठी र तस्वीरहरु थिए

जापानका राजकुमार नारूहितो, पत्नी र छोरी


Friday, November 30, 2007

टर्कीमा जेट बिमान दुर्घटना , ५६ को निधन


अंकारा, टर्की- टर्कीमा शुक्रबार बिहान एउटा बिमान (Atlasjet MD-83) बिमानस्थलमा अबतरण हुनु भन्दा ठिक केहि समय अगाडि दुर्घटनामा परेको छ । घटना पछि एउटा हेलिकोप्टर त्यहा पुगेको र दुर्घटनाबाट बिमानमा सवार सबै ५६ जना यात्रुको दु:खद निधन हुनपुगेको बताईएको छ । टर्कीका एक हवाई अधिकारीका अनुसार दुर्घटानाको बास्तबिक कारण थाहा हुन सकेको छैन । घटना मौसम को कारणले भएको अनुमान गरिएतापनि दुर्घटनाको समयमा त्यहा हुरी-बतास या कुहीरो केहि नभएको बताईएको छ । उक्त बिमान बिहान एक बजेतिर ४९ यात्रु र ७ बिमानका कर्मचारी सहित ईस्तानबुल शहर बाट ईस्पर्ताको लागि उडेको थियो । प्राप्त समाचार अनुसार बिमान दुर्घटना हुनुभन्दा केहि समय अगाडि मात्र रयाडर(rader) संग सम्बन्ध बिच्छेद हुन पुगेको थियो । घटना पछि यातायात मन्त्रि बिनारी यिल्डिरिमले दुर्घटना हुनुपुर्व त्यहां कुनै असामान्य परिस्थिति नरहेको बताउनुभएको छ । दुर्घटना पछि प्रहरी हेलिकोप्टरमा घटनास्थल पुगेका राश्ट्रिय समाचार समितिका रिपोर्टरका अनुसार शबहरु घटनास्थलको वरिपरि छरिएर रहेको र केहि शब हरु भने दुर्घटनाग्रस्थ बिमानको सिटमानै टांसिएर रहेको बताईएको छ ।घटनास्थललाई हाल सेनाले आफ़्नो घेराबन्दिमा राखेको छ । उक्त बिमानले सन् २००१ बाट आन्तरिक सेवा सुरु गर्दै आएको र बिशेस गरि युरोप र अन्य बाहिरि मुलुकहरुमा चार्टर्ड् सेवा संचालन गर्दै आएको छ । यो निजि बिमान सेवा कम्पनीको बिमान हो ।

टर्कीमा यात्री विमान दुर्घटना

टर्कीका अधिकारिहरुको भनाई र स्थानीय मीडिया अनुसार एउटा यात्री विमान टर्कीको दक्षिण-पश्चिमी भागमा दुर्घटनाग्रस्त भएको छ ज़समा ५६ जनाले यात्रा गरेका थिए । ख़बर अनुसार पुलिसको हेलिकॉप्टरहरुले स्पार्टा शहरको नजिकै विमानको भग्नावेशहरु फेला पारेका छन ।

नया टेपमा ओसामा बिन लादेन

ओसामा बिन लादेनले केहि महिना भित्रमा धेरै नै सन्देशहरु प्रसारण गरेका छन । अल क़ायदा नेता ओसामा बिन लादेनको एउटा नया अडियो टेप प्रसारण भएको छ जसमा उनले यूरोपीय देशहरुलाई अफ़ग़ानिस्तानमा अमरीकासग सैनिक सहयोग बन्द गर्नको लागि आव्ह्यान गरेका छन ।
अरबी टीवी च्यानल अल जज़ीरामा प्रसारण गरिएको यस टेपमा भनिएको छ कि अमरीकाको शक्ति कम हुदै गैरहेको छ यस परिस्थितिमा यूरोपीयनहरुले राजनीतिज्ञहरुलाई दबाव दिएर अमरीकाबाट टाढा रहनु नै राम्रो कुरा हो ।विशेषज्ञहरुको भनाई अनुसार यो टेपमा भएको आवाज ओसाम बिन लादेनसग मिल्दछ ।

Thursday, November 29, 2007

मंगल ग्रहमा मानव दल पठाउने तयारी


अमेरिकी अंतरिक्ष एजेंसी संस्था नासाले अबको केही दशकभित्रमानै मंगल ग्रहमा एक मानव दल पठाउने रणनितिको बिबरण प्रस्तुत गरेको छ । प्रस्तुत बिबरण अनुसार नासाले करीब तीस महिनाको लागि चार लाख किलोग्राम को अंतरिक्षयान मंगल ग्रहमा पठाउने बिचार गरिरहेको छ ।२००४ को जनवरीमा रास्ट्रपति जर्ज बुशले सन् २०२० सम्ममा चन्द्रमामा र अनिश्चित समयमा मंगल ग्रहमा पनि मानव टोली पठाउने बारेमा एक कार्यक्रम को घोषणा गरेका थिए ।यस मंगल यानलाई पृथ्वीको तल्लो कक्षमा स्थापित गरिनेछ ।यसमा नयां “हेभि लिफ़्ट लंच भिकल” को प्रयोग गरिने छ जुन हाल नासाले बिकास गरिरहेको छ । यो भिकल तीन देखि चार बर्ग मिटर क्षेत्र को रकेट हो । योजना अनुसार यसलाई सन् २०३१ को फेब्रुवरी महिनामा प्रक्षेपण गरिनेछ । मिशनको यो यात्रा उन्नत क्रायोजेनिक ईंधन व्यवस्था बाट संचालित अंतरिक्षयानमा छ देखि सात महीनाको हुनेछ । एक बिबरण अनुसार मंगल ग्रहमा मानव पठाउने यो मिशनको लागि ४५० लाख डलर खर्च लाग्नेछ । दल को लागि आवश्यक जरुरि सामान भने दल जानु भन्दा पहिलेनै अर्थात सन् २०२८ को डिसेंबर वा सन् २०२९ को जनवरी को बिचमानै त्यहां पठाइनेछ ।

निष्पक्ष र धाधलीरहीत चुनाव सम्पन्न गराउने हो भने माओबादी बहुमत - डा. भट्टर्राई

नेकपा माओबादीका बरिष्ट नेता डा. बाबुराम भट्टर्राईले नेपालमा साच्चै नै निष्पक्ष र धाधलीरहीत चुनाव सम्पन्न गराउने हो भने माओबादी पार्टीले बहुमत ल्याउने ठोकुवा गर्नुभयो ।
उहाँले भन्नुभयो हामी संविधान सभा निर्वाचन बाट कदापी भागेका छैनौ यदि सरकारले स्वतन्त्र रुपमा निर्वाचन गराउने प्रतिज्ञा गर्छ भने हाम्रो पार्टीको मतको नतीजा सबै भन्दा राम्रो हुने बताउनुभयो । संविधान सभा निर्वाचन गराउने दलहरुनै चुनावमा हारीएलाकि भनेर विभिन्न बहाना पारी चुनावको मिती सारिरहेका छन् भन्दै नेता भट्टर्राईले कांग्रेस स्वयं संविधान सभा निर्वाचन चाहदैन भन्नुभयो । उहाँले गणतन्त्र र समानुपातिक निर्वाचन प्रणाली भनेको अहिले नेपालको केन्द्रबिन्दु हो भन्नुभयो । त्यसैगरी संसदले पारीत गरेको प्रस्ताव चाडौ कार्यान्वयन नभए सडक संघ्ार्षगर्ने पनि चेतावनी दिनुभयो । विभिन्न कारणबाट हाम्रो क्रान्तिकारी आन्दोलन अझै पूरा हुन सकेको छैन् भन्दै, नेपाललाई स्वतन्त्रता दिलाउन माओबादी पुर्ण क्रान्तिकारी आन्दोलनमा जाने पनि चेतावनी दिनुभयो । नेकपा माओबादीका प्रवक्त कृष्ण बहादुर महराले दलहरुले भनेझै नयाँ नेपाल बनाउने हो भने संविधान सभा निर्वाचन पुर्ण समानुपतिक प्रणालीबाट हुनुपर्ने जोड दिनुभयो ।
अहिले राजनितिमा २ धार देखिसकिएको उल्लेख गर्दै उहाँले यथास्थितीवादी नेताहरुले नेपाललाई कहिल्यै परिर्वतन गर्न नसक्ने दाबी गर्नुभयो । उहाँले नेपालको राज्यको साचो नेपाली जनतामा नरहेकोले नेपाली जनताले अहिले पनि स्वतन्त्र महसुस गर्न नसक्ने बताउनुभयो । राज्यको साचो अझै राजाले लिएका छन भन्दै प्रवक्ता महराले पुर्ण समानुपतिक निर्वाचनमा जान सकियो भने त्यो साचो नेपाली जनतामा आउने बताउनुभयो ।

Monday, November 26, 2007

अब हामी त्यसो गर्दैनौ - वाइ सी एल

माओवादी भातृ संगठन वाइ सी एलले संगठन भित्र कमि कमजोरी देखिएको स्विकादै आफुलाई सुधार्न १ महिने देश व्यापि अभियान चलाउने भएको छ । राजधानीमा पत्रकार सम्मेलन गरी वाइ सी एल अध्यक्ष गणेशमान पुनले संगठनका कमी कमजोरी सुधार्न पुस १५ देखी १ महिने अभियान थाल्ने वताउनु भयो ।
गलत सुचनाका आधारमा केहि दिन अघि नोबल कलेजका संचालकहरु माथी अभद्र व्यवहार गरेकोमा वाइ सी एलले माफी पनि मागेको छ । पाटीको नेतृत्वको निर्देशन बिना त्यस्तो कृयाकलाप भएको भन्दै वाइ सी एलले आत्म-आलोचना गरेको छ । व्यक्तिवादी अराजकता लगायतका गतिविधीलाई संगठनले निरुत्साहित गर्नै भएको छ ।

पार्टी भित्र प्रधानमन्त्रिको विकल्पका बारेमा कुराकानी नभएको- के पी ओली

नेकपा एमालेका नेता के पी शर्मा ओलीले नेकपा एमाले भित्र प्रधानमन्त्रीको विकल्पका बारेमा कुनै कुराकानी नभएको दाबी गर्नु भएको छ। राजधानीमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै ओलीले यस्तो विचार व्यक्त गर्नु भएको हो।कार्यक्रममा बोल्दै उहाँले प्रचण्डको खल्तीमा प्रधानमन्त्रीको पद नभएको उल्लेख गर्दै प्रचण्डलाई सहमति विपरित अनावश्यक टिप्पणी नर्गन आग्रह गर्नु भयो ।
अमेरिकी पूर्व राष्ट्रपति जिम्मी कार्टर ७०-३०को समानुपातिक प्रस्ताव निजी भएको भन्दै त्यसलाई महत्व नदिन आग्रह पनि गर्नुभयो । ओलीले पार्टी भित्र आन्तरिक लोकतन्त्रको विकास हुनु पर्नेमा जोड दिनु भयो । कार्यक्रममा एमालेका केन्द्रिय नेता घनश्याम भुसालले पाटिभित्र लोकतन्त्र बिषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो ।

Sunday, November 25, 2007

सविधान सभा निर्वाचनको मिती घोषणा गर्न दलहरु विच सहमति हुनुपर्ने- नेताहरु

विभिन्न राजनीतिक दलका नेताहरुले संविधानसभा निर्वाचनको मिती तत्काल तोक्न दबाब दिएका छन् । रिपोर्टस क्बल नेपालको साक्षत्कार कक्षमा शनिवार विभिन्न दलका नेताहरुले पूर्व अमेरिकी राष्ट्रपति जिम्मी कार्टरले उल्लेख गरेका धारण सम्मान योग्य रहेको बताउदै संविधान सभाको निर्वाचनबाट प्राप्त जनादेशले नै राजतन्त्रको भविप्य सुनिश्चित गर्नुपर्ने जोड दिएका छन् । आगामी साता सात दलको बैठकमा सविधान सभा निर्वाचनको मिती घोषणा गर्न सहमति जुटाउने उनिहरुको धारणा थियो ।
नेकपा एमालेका कार्यवाहक माहसचिव अमृतकुमार बोहोराले मंसिर ६ गतेको निर्वाचनको मिती सरेको र अर्का तिथी तय हुन नसक्दा देश झन अन्योल ग्रस्त बनेको बताउनु भयो । माओवादीले गणतन्त्रको प्रस्तावमा लचिलो हुनु पर्ने उहांको धारणा थियो ।
नेपाली काग्रेसका प्रवक्ता अर्जुन नरसिंह के.सीले काग्रेसले महासमितीको निर्णय कुनै पनि हालतमा परिर्वतन नगर्ने वताउनु भयो । उहाँका अनुसार संसद भनेको राजनितिक सहमतिको आधार हो, गणतन्त्र जस्तो संवेदनशील र महत्वपुर्ण बिषयमा अरु सांसदले निर्णय गर्न सक्दैनन् । घुमाउरो पारामा उहाँले संसदबाट पारित प्रस्तावहरुको कार्यन्वयन हुनका लागि २ तिहाई बहुमत आवश्यकता पर्ने बताउनु भयो ।पूर्व अमेरिकी राष्ट्रपति जिम्मी कार्टरले दिएको सुझावका बारेमा पत्रकारले सोधेको प्रश्नमा प्रवक्ता के.सीले भन्नु भयो पार्टीहरुको आ आफ्नै सिद्वान्त र दृष्टिकोण अनुरुप नै चल्नु पर्छ, विदेशीहरुको सुझाव मान्नु पर्छ भन्ने छैन ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर के.सीले निर्वाचन विथोलेर क्रान्तिकारी कुरा गर्नुमा कुनै अर्थ नभएको बताउनु भयो । अब तुरुन्त संविधान सभाको निर्वाचन घोषणा गर्नु पर्ने उहाँको धारणा थियो ।

Saturday, November 24, 2007

सेनाको मुख्यालय बाहिर आत्मघाति हमला, १५ जना हताहत

पाकिस्तानको रावलपिंडी शहरमा भएको दुई छुट्टा-छुट्टै बिस्फोटनमा परि कम्तिमा १५जनाको ज्यान गएको छ । ति दुबै बिस्फोटनहरु शैनिक इलाकालाई निशाना बनाएर गरिएको थियो । पहिलो बिस्फोटन सेनाको छाउनि बाहिर भएको थियो जसमा परि सेनाका एक जवानले ज्यान गुमाए । दोश्रो बिस्फोटन सेनाको कर्मचारि चढेको बसमाथि, सेनाको मुख्यालय बाहिर भएको थियो । समाचार स्रोतका अनुसार जब बस सेनाको कर्मचारि लिएर अघि बढ्यो, ठिक त्यतिनै बेला हमलाकारिले एउटा कारलाई बसको पछाडि लगेर बिस्फोटन गराएको थियो ।
बिगत ३ महिनामा सेनाको मुख्यालयमा बिस्फोटन गराईएको यो तेस्रो पटक हो । यस घटनाको जिम्मेवारि हालसम्म कसैले नलिएतापनि अधिकारिहरुले घटना तालेबान समर्थक चरमपंथिहरुले घटाएको हुनसक्ने आशंका गरेका छन । उनिहरुका अनुसार तालेबान समर्थकहरु पाकिस्तानि सेनाले देशको उत्तर पश्चिमी प्रान्तमा गरिरहेको कार्वाहिको बदला लिने कोशिस गरिरहेको छ । हालका केहि महिनामा पाकिस्तानमा कयौं आत्मघाति हमलाहरु भएका छन । केहि समय पहिले मात्र कराचींमा भएको बिस्फोटनमा परि १३५ जना भन्दा बढि ब्यक्तिको ज्यान गएको थियो ।

माओबादीले समानन्तर सरकार गठन गर्ने

ने.क.पा माओबादीले सरकारले आफ़्नो मागहरुको वेवास्ता गरेको भन्दै जिल्ला जिल्लामा समानन्तर सरकार गठन गर्ने चेतावनी दिएका छन् ।बिराटनगरमा विस्तृत शान्ति सम्झमौता बिरुद जनअदालत शुरु गरेपछी हिजो माओबादीले यस्तो चेतावनी दिएका हुन् । पार्टी विभिन्न प्रकारका मुद्दा दर्ता हुन थालेपछी माओबादीले बिराटनगरमा जनअदालत शुरु गरेको हो ।सरकारसँग असमझदारी बढेकाले पार्टी दर्ता भएका मुद्दाहरुको मिलापत्र शुरु गरीएको मोरङ्ग क्रान्तिकारी जनपरिषद एवं माओबादी न्यायिक विभागका प्रमुख बलिदानले जनकारी दिएका छन् ।
उनका अनुसार माओबादीले सरकारबाट बाहिरियता विभिन्न प्रकारका ३ सय मुद्दाको फैसला तथा ६ सय मुद्दा फैसलाको तयारीमा रहेको बताए ।संयुक्त क्रान्तिकारी जनपरिषद मोरङ्ग अन्तगर्तको न्यायिक विभागबाट जनअदालत सञ्चालन हुनेगरेको माओबादीले जनाएको छ ।गत वर्षमंसिर ६ गते माओबादी र नेपाल सरकारले हस्ताक्षर गरेको विस्तृत शान्ति सम्झमौतामा जनअदालत र समानन्तर सरकार दुवै सञ्चालन नगर्न भनि प्रतिबद्वता जनाएको छ ।

भूटानी शरणार्थीलाई धर फर्काउन प्रतिनिधिमण्डल थिम्पु जाने

नेपाल र भारत बसोबास गर्दै आएका भूटानी शरणार्थीलाई धर फर्काउन भारतिय सांसदहरुको एक प्रतिनिधिमण्डल थिम्पु जाने भएको छ । भूटानी शरणार्थीलाई धर फर्काउने अभियान स्वरुप भारतमा नेतृत्व गरिरहेका भूटान सोलिगरिटीले आगामी डिसेम्बरसम्मा संसदिय प्रतिनिधिमण्डल भुटान जान लगेको जनाएको छ । विभिन्न राजनैतिक दलहरु सम्मिलित सो संसदिय प्रतिनिधिमण्डलले भूटानी सरकारका अधिकारीसँग भेट गरी भूटानी शरणार्थीलाई धर फर्काउने आग्रह गर्ने छ ।
सो संसदिय प्रतिनिधिमण्डल थिम्पु जानुभन्दा अधि नेपालको झापा, मोरङ्गमा आई स्थलगत अध्ययान गरी शरणार्थीको अवस्थाका बारेमा रिर्पेाट तयार पार्ने जनाएको छ । संसदिय प्रतिनिधिमण्डलका संयोजक मध्यप्रदेशका सांसद डा. सुनिलम, सोलिगरिटीका उपाध्यक्ष आनन्दस्वरुप वर्मा एवं वामधटक,समाजपार्टीका सांसदहरु पनि सहभागि हुनेछन् । भूटानी शरणार्थीलाई आफ़्नो धर फर्काउने बारे भारतले चालेको यो पहिलो कदम हो । यसअधि गत बैशाखमा झापा र मोरङ्गका शरणार्थीहरु भारतहुदै थिम्पु जान लाग्दा सिमाक्षेत्रमा भारतिय सेनाले हस्तक्षेप गरेको थियो ।

नेपालमा भोली नै गणतन्त्र आउने थियो - देउवा

नेपाली कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले माओवादीले संविधान सभा निर्वाचनमा भाग लिनुनै बर्तमान राजनीतिक गतिरोधको उपयुक्त निकास भएको बताउनु भएको छ ।
संचारकर्मीहरु सँगको कुराकानीमा नेता देउवाले राजा राख्ने नराख्ने लगायतका विवादीत विषयमा निर्णय गर्ने अधिकार जनतामा मात्र रहेकोले पनि संविधान सभा नै उपयुक्त हुने दावी गुनृभयो ।
माओवादीले भाँजो नहालेको भए भोलि नै नेपाल गणतान्त्रिक मुलुक हुने थियो भन्दै नेता देउवाले अनाहकमा अड्चन हालेर गणतन्त्र सुनिश्चित नगरी पर सारेको आरोप समेत लगाउनु भयो । नेता देउवाले नेपाली कांग्रेसले गणतन्त्रमा जाने निर्णय गरिसकेकोले अब पछाडि र्फकन नसक्ने दावी गर्दै सबैले स्वीकारी सकेको गणतन्त्रलाई मुद्दा बनाउनु गलत नियत भएको समेत बताउनु भयो ।

राजनीतिक अन्योलको निकास खोज्न सहमती

एमाले र जनमार्चा बीच संविधानसभा निर्वाचनलाई केन्द्रबिन्दुमा राखेर जारी राजनीतिक अन्योलको निकास खोज्न सहमती भएको नेता अमृत बोहोराले जानकारी दिनुभयो । दुवै दल बीच आज एमाले संसदिय दलको कार्यलयमा छलफल भएको थियो ।

नागरिक समाजको बिरोध प्रर्दशन

नागरिक समाजको बिरोध प्रर्दशन फेरी नर्सर्ने गरी संविधानसभा निर्वाचनको मिती तोक्न माग गर्दै राजधानी काठमाडौंमा नागरिक समाजले बिरोध प्रर्दशन गरेका छन् । न्यूरोड गेटबाट सुरु भएको याली बसन्तपुर पुगी सभामा परिणत भएको थियो । यथाशिघ्र मूलूकमा संविधानसभा निर्वाचन गर्न माग गर्दै विभिन्न मानवअधिकारवादी संध संस्था र नागरीक समाजले चुनाव नसार्ने गरी मिती घोषणा गर्न माग गरेका हुन् ।

कार्टरको नेपाल भ्रमण

अमेरिकी पुर्व राष्ट्रपती जिम्मी कार्टरले संविधानसभामा निर्वाचन स्थगन भएपनि निर्वाचन सम्पन्न गराउन निर्वाचन आयोगले गरेको तयारीको प्रंशसा गर्नुभएको छ । प्रमुख निर्वाचन आयुक्त भोजराज पोख्रेलसँगको भेटमा कार्टरले संविधानसभामा निर्वाचन सम्पन्न गराउन निरन्तर सहयोग गर्न प्रतिबद्घता जनाउनुभयो । उहाँले आदिबासी जनजातीका नेताहरुसँग पनि भेट गर्नुभएको छ । साँझ ६ बजेपछि कार्टर र माओवादि अध्यक्ष प्रचण्ड बीच भेटवार्ताको कार्यक्रम रहेको कार्टर सेन्टरले जनाएको छ ।

राष्ट्रसंघद्वारा माओवादीको ध्यानाकर्षण

राष्ट्रसंघद्वारा माओवादीको ध्यानाकर्षण राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयले माओवादीले १८ वर्ष मुनीका जनसेनालाई शिविर भित्र बस्न दबाब दिएकोमा चिन्ता जनाएको छ । १८ वर्षमुनीका जनसेनालाई शिविर भित्रै रहन बाध्य पारीएको रिर्पोट प्राप्त भएको भन्दै कार्यालयले यसबाट गम्भिर ध्यानकर्षा भएको बताएको छ । शान्ति सम्झौता प्रति सम्मान गर्दै नाबालक जनसेनालाई शिविर भित्र रहन बाध्य नपार्न कार्यालयले माओवादीलाई भनेको छ ।

Wednesday, November 21, 2007

सचिबहरुको पदस्थापना

मन्त्रीपरिषदले सचिबहरुको बढुवा गर्ने निर्णय गरेको एक महिना पछि सचिब पदस्थापनाको निर्णय भएको छ । लामो समयपछि सरकारले मङ्सिर ५ गते सचिबहरुको पदस्थापना र कार्यबिभाजन गरेको छ । प्रशासनीक समितिको निर्णय अनुसार, संचार मन्त्रालयका सचिव शंकर कोईरालाले जलस्रोत मन्त्रालय, संचार मन्त्रालयमा युवराज पाण्डेले कार्यभार सम्हाल्ने भएका छन ।
यसैगरी बामन न्योपानेलाई रक्षा, माधब प्रसाद घिमिरेलाई शान्ति तथा पुननिर्माण, लिलामणी पौडेललाई संस्कृती, पर्यटन तथा नागरीक उडडयन,ज्ञानचन्द्र आचार्यलाई परराष्ट्र मन्त्रालयमा नियुक्त गरिएको छ । यसैगरी बृन्दा हाडालाई, जनकराज जोशीलाई उद्योग, बाबुराम आचार्यलाई भुमीसुधार, रामहरी अर्याललाई सामान्य प्रशासन, पुरुषोत्तम ओझालाई बाणिज्य तथा आपूर्ती, उमाकान्त झालाई भौतीक योजना, छविराज पन्तलाई राष्टिय सतर्कता केन्द्र, ताना गौतमलाई प्रधानमन्त्रीको कार्यलय, रामेश्वर खनाललाई अर्थ, पूर्ण कडरीयालाई भौतिक, शंकर पाण्डेलाई शिक्षा, श्याम मैनालीलाई श्रम, गोविन्द कुसुमलाई सामान्य प्रशासन, पूण्यप्रसाद शर्मालाई महिला बालबालिका तथा समाजकल्याण, राम कुमार श्रेष्ठलाई स्थानिय विकास, शुसिल जंगबहादुर राणालाई निर्वाचन आयोगमा पदस्थापना गरिएको छ ।
सरकारले आजै थप चारवटा नयाँ कार्यालयमा सचिव नियुक्ति समेत गरेको छ । जस अनुसार दिपवहादुर स्वाँरलाई मुक्त कमैया पुनर्स्थापना केन्द्र, अवनिन्द्र कुमार श्रेष्ठलाई माओवादी छापामारहरुको शिविर व्यवस्थापन कार्यालय, उदयराज शर्मालाई नेपाल ट्रष्ट र वज्रकिशोर प्रसाद शाहलाई सार्वजनिक खरिदको कार्यालयको सचिवमा नियुक्ति गरिएको छ । सरकारले यस पटकदेखि शिक्षा, भौतिक योजना उद्योग वाणिज्य तथा आपूर्ति र सामान्य प्रसासन मन्त्रालयमा दुई जना सचिव राख्ने व्यवस्था गरेको छ । यस अघि अर्थ मन्त्रालयमा मात्र दुई जना सचिव राख्ने व्यवस्था थियो ।

Sunday, November 18, 2007

फासीको सजाय रोक्ने प्रस्ताव पारित

फासीको सज़ाय सम्बन्धी अंतरराष्ट्रीय स्तरमा भएको लामो समय देखिको बहस पछि संयुक्त राष्ट्र महासभाको एऊटा समितिले फासीको सज़ाय रोक्ने प्रस्तावलाई पारित गरेको छ । तैपनि यो प्रस्ताव कसैको लागि पनि बाध्यकारी भने हुने छैन तर मानवाधिकार संस्थाहरुको भनाई अनुसार यो सम्पुर्ण संसारको लागि एऊटा नया सोच प्रदर्शन गरेको छ । तरपनि संयुक्त राष्ट्र महासभाको बैठकमा यस प्रस्तावलाई राख्ने प्रबल सम्भावना भने रहेको छ ।
संसार भरि १३० देशले फासीको सजायलाई रोक लगाई राखेका छन । दुई दिनको लामो बहस पछि ९९ देशले फासीलाई रोक्ने पक्षमा भोट हालेका थिए भने इटलीले यस प्रस्तावको पक्षमा निकै कडा परिश्रम गरेको थियो । अमरीका सहित ५२ देशहरुले यस प्रस्तावको विपक्षमा भोटमा हालेका थिए ।

कांग्रेस-माओवादी वार्ता बिना निश्कर्ष समाप्त

नेपाली कांग्रेस र माओवादीबीचको सहमति बनाउन गरिएको छलफल बिना कुनै निष्कर्ष टुङ्गिएको छ । यी दुई दलबीच दुई बर्षअघि भारतको राजधानी नयाँ दिल्लीमा आठ दलबीच भएको १२ बुँदे समझदारी र ऐतिहासिक जनआन्दोलन लगायत पुराना सहमतिको कार्यान्वयनमा देखिएका समस्याबारे छलफल तथा बिश्लेषण गरिएको थियो । संसदको बिशेष अधिवेशनले पारित गरेका प्रस्ताव, संसदको नियमित अधिवेशनलाई सहमतिमा टुङ्ग्यान गर्नुपर्ने काम र संविधान सभा चुनावको मिति तोक्ने बिषयमा छलफल भएको नेपाली काग्रेसका प्रवक्ता अर्जुननरसिंह केसीले बताए ।

Saturday, November 17, 2007

छठ पर्व सम्पन्न

छठ पर्वको तेस्रो दिन शुक्रबार व्रतालुहरुले अस्ताउँदो सुर्यको आराधनाका लागि तराईका विभिन्न पोखरी र नदीमा सर्वसाधरणको घुँइचो लागेको थियो ।यो पर्वमा ठेकुवा, भुसवा, खजुरी, उखु, अदुवा, नरिवल, मुला लगायतको सामग्री प्रसादको रुपमा प्रयोय हुने गर्छ । ब्रत नलिनेहरु पनि सुर्य दर्शनका लागि घाटमा पुग्ने गर्छन् । कात्तिक शुक्ल चौथीमा सुरु हुने छठ पर्व सप्तमीको दिन विहान कथा वाचन र श्रवण गरी अर्घ दिएपछि समापन हुन्छ ।
छठको ब्रत लिएमा चिताएको कुरा पूरा हुने जनविश्वास रहँदै आएको छ भने महिलाहरु अटल सौभाग्य, सन्तान लाभ, चर्म रोग निदान, परिवारको सु:ख शान्तिको कामना गर्दै ब्रत लिने गर्दछन् ।
यस्तै काठमाडौमा रहेका तराईबासीले पनि रानी पोखरी, कुपनटोलस्थित बागमति किनार गुहेयश्वरी लगायतका प्रमुख जलाशय र नदी किनारमा छठको तयारी गरेका छन् ।

बंगलादेशमा आएको तूफ़ानबाट मर्नेको सख्या ६ सय

बंगलादेशको दक्षिण-पश्चिमी समुद्री इलाकामा आएको भीषण तूफ़ानबाट मर्नेको सख्या कम्तीमा पनि ६ सय भएको छ भने दस लाख भन्दा वढी घर परिवार प्रभावित भएको अनुमान गरिएको छ । बचावकर्मिहरुको भनाई अनुसार मर्नेहरुको सख्या यो भन्दा पनि बढी हुन सक्दछ । २४० किलोमीटर प्रति घण्टाको दरले आएको तुफानले कति घरहरु, भवनहरु ध्वस्त पार्नुका साथै धेरै संख्यामा बिजुलीको खंबा ढलेका थिए ।
यस तुफान कति ठाउमा पाँच-पाँच मीटर अग्लो समुद्री छाल आएको थियो भने समुद्रमा माछा मार्न गएका करिब १५० डुंगाहरु फर्किन सकेनन, १००० माछीहरु बेपत्ता भएका छन । यस तुफानले हज़ारौ मानिस बेघर हुनुका साथै कतिपय ठाउमा संचार व्यवस्था बन्द भएको छ । बंगलादेशको दक्षिणी समुद्री ईलाकामा अक्सर तूफ़ान आउने गर्दछ, र सन १९७० मा आएको भीषण तूफ़ानले मर्नेहरुको सख्या करिब पाच लाख पुगेको थियो ।

Wednesday, November 14, 2007

ईराक र अफ़गानिस्तान युद्दमा डेढ़ खरब डलर खर्च

अमरीकी संसदमा डेमोक्रेट सदस्यहरुको एक रिपोर्ट अनुसार ईराक़ र अफ़ग़ानिस्तानमा भएको युद्दमा करीब डेढ़ खरब डलर खर्च भएको छ । जुन खर्च अनुमान गरिएको भन्दा पनि दुई गुणा बढी हो । वाशिंगटन पोस्टलाई प्राप्त रिपोर्ट अनुसार केहि देखाउन नमिल्ने खर्चको कारण यति धेरै खर्च भएको हुन सक्दछ । जबकी शुरुमा युद्दको लागि ८०४ अरब मात्र माग गरिएको थियो ।
यस खर्चमा तेलको महंगो मुल्य र घाईते सैनिकों लाई हुने खर्च पनि राखीएको छ । तर केही रकमहरु अनुमानको आधारमा पनि राखीएको छ, युद्ध विशेषज्ञहरुको भनाईलाई उद्रित गर्दै वाशिंगटन पोस्ट लेख्छ । रिपोर्ट अनुसार २००२ र २००८ मा इराक़ र अफ़ग़ानिस्तान भएको युद्दको कारण अमरीकाको औसत चार जना परिवारले २० हज़ार९०० डलरको राशी भुक्तान गर्न परेको होला । र यो रकम आगामी एक दशकमा ४६ हज़ार ४०० डॉलर हुन सक्दछ भनेर अनुमान गरिएको छ ।

Monday, November 12, 2007

मुसलमानहरुका लागि नया कार बजारमा ल्याउने

मलेशियाई कम्पनी प्रोटनले मुसलमानहरुलाई ध्यानमा राखी नया कार बजारमा ल्याउने भएको छ ज़समा जडान गरिएको कम्पासले सधै नै मक्का भएको दिशाको जानकारी गराउदछ । साथै कारमा क़ुरान र हिजाब राख्न मिल्ने भिन्दै ठाउको पनि ब्यवस्था गरिने छ । प्रोटन कम्पनीको भनाई अनुसार यो कार निर्माणको लागि कम्पनीले ईरान र टर्कीको कम्पनीसंग साझेदा गर्ने सोच पनि बनाएको छ ।

Sunday, November 11, 2007

व्हाइट हाउसमा पनि दीपावली समारोह

अमेरिकामा पनि दिपावली पर्व मनाईने परंपरा अब पाँच साल पुरानो भएको छ । अमेरिकाको व्हाइट हाउसमा प्रत्येक साल दीपावली समारोह मनाईने गरिन्छ। यस साल अर्थात नोभेम्बर 2007 मा पनि व्हाइट हाउसमा पाचौं दीपावली वार्षिक समारोह को आयोजना गरिएको छ । जसमा विदेश उपमन्त्री निकोलस बर्न्स विशेष संदेशका साथ दीपावलीको शुभकामना दिनुभएको थियो । आफ़ु स्वयं दिपावली समारोहमा उपस्थित हुदै भने आफु हिन्दुहरुको यस पबित्र एवं महत्वपुण समारोहमा भाग लिन पाएकोमा आफुलाई सम्मानित महसुस गरिरहेको बताउनुभएको थियो ।
उपमन्त्री बर्न्सले दिपावलीको संबन्ध हिन्दुहरुको पवित्र ग्रंथ रामायणसंग रहेको उल्लेख गर्दै आफ़ु यस कहानीबाट धेरैनै प्रभावित भएको बताउनुभयो । गन्थको भनाई अनुसार रामले आफ्नी पत्नी सीतालाई रावणको पन्जाबाट छुटाई अयोध्या फर्कीएको खुशीयालीमा अयोध्याबासीले दियो बाली उनीहरुलाई स्वागत गरेका थिए ।

Friday, November 9, 2007

आज कुकुर पुजा


आज नेपालमा तिहारको महत्वपुर्ण अर्को दोस्रो दिनको रुपमा कुकुर पुजा गरि मनाईएको छ ।

तिहार २०६४ को शुभकामना तथा बधाई

यस महान चाड तिहारको पुनित अवसरमा देश बिदेशमा रहनु भएका सम्पुर्ण नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई
हार्दिक मंगलमय शुभकामना तथा बधाई ।

लोकतन्त्र ब्लग परिवार
२०६४

खगोलशास्त्रीहरुले नया ग्रहको खोज

अमेरिकी खगोलशास्त्रीहरुले पृथ्वीभन्दा ४५ गुणा ठुलो नया ग्रह खोजी गर्न सफल भएका छन । यो ग्रह पृथ्वीभन्दा ४१ प्रकाशवर्ष टाढा छ । यस ग्रहले एउटा तारालाई परिक्रमा गर्दछ । यो खोजको साथै त्यस तारालाई परिक्रमा गरने ग्रहको संख्या पाँच भएको छ । ५५ कैंक्री नाम भएको यस ताराको सौर्यमंडल हाम्रो सौर्यमंडल भन्दा ठुलो यो मात्रै एउटा ठुलो सौर्यमंडल हो । जसमा अहिले सम्म ५ वटा ग्रहहरु भएको कुरा पत्ता लगाएको छ ।
खगोलशास्त्रीहरुले अहिलेसम्म हाम्रो सौर्यमंडल भन्दा बाहिरको २५० वटा ग्रहको खोजी गर्न सफल भएका छन । खगोलशास्त्रीहरुको भनाई अनुसार यस नया ग्रह ग्यासले भरिपुर्ण ग्रह हो जुन पृथ्वीभन्दा से ४५ गुना गह्रुगो र तापक्रम भने त्यति धेरै छैन

Wednesday, November 7, 2007

अमरीकाले भुटानी शरणार्थीलाई बसोबास गराउने

अमरीका सहित अन्य देशले पनि भुटानी शरणार्थिलाई आफ़्नो देशमा लैजान सहमत भएको छ । नेपालमा त्यी शरणार्थिको रुपमा बस्न बाध्य भएका भूटानीहरुलाई अमरीकामा गएर बस्न चाहन्छन की चाहन्दैन भन्ने बारेमा सोधखोज भईरहेको छ । अमरीकाले त्यी मध्ये ६० हज़ारलाई शरण दिन सक्ने भनेर उनीहरुलाई इंटरव्यू लिने प्रक्रिया अगामी हप्ताबाट शुरू गर्ने भएको छ ।
सन १९९० को दशकमा काठमाण्डौ भन्दा लगभग ५०० किलोमिटर पुर्व नेपालमा संयुक्त राष्ट्रको शिविरमा नेपाली मुलका एक लाख भुटानीहरु बस्दै आएका छन । त्यी शरणार्थीहरुलाई २००८ सालमा १५ हजार र त्यसपछि २० हजारको दरले अमेरिकले बसोबासको ब्यवस्था गर्ने कुरामा राजी भएको छ भने अन्य देशहरुमा ऑस्ट्रेलिया, क्यानाडा, डेनमार्क, नेदरलैंण्ड, न्यूज़ीलैंण्ड र नर्वे ज़स्ता देशहरुले शरणार्थिलाई आ-आफ़्नो देशमा लैजान ईच्छुक भएका छन । तर पनि कतिपय भुटानी हरु अझै पनि भूटान फर्किन चाहनेहरु पनि छन ।
संयुक्त राष्ट्र तथा अन्य अंतरराष्ट्रीय संस्थाहरुले यी शरणार्थिहरुको पुनर्वासको ब्यवस्था गर्ने कोशिश गरेका हुन । भुटानमा हाल पनि प्रजातन्त्र नभईकन एकलतन्त्रको रुपमा भुटानी राजाले शासन गरेका छन ।
(साभार :BBC)

पाकिस्तानको संकटकाल प्रति संयुक्त राष्ट्रका महासचिवद्वारा चिन्ता

संयुक्त राष्ट्रको महासचिवले "म पाकिस्तानको वर्तमान स्थितिबाट फेरी पनि आफ्नो चिंता र खेद व्यक्त गर्दछु । पाकिस्तानमा यथाशिघ्र प्रजातन्त्रको पुर्नबहाल हुनपर्दछ " भनेर भन्नुभएको छ । संयुक्त राष्ट्र सुरक्षा परिषदले भने यस विषयमा केहि प्रतिक्रिया दिएको छैन । सुरक्षा परिषदले बर्माको सैनिक शासनको कटु आलोचना गरि, प्रजातन्त्र स्थापनाको लागि निकै कडा ब्यवहार अपनाएको थियो ।
यस प्रकरणलाई मुसरर्फले देशभित्रको समस्यामा अनावश्यक हस्तक्षेप भनेर महासचिवको कडा आलोचना गरेका छन ।

नेपालको गौरव : नेपाल संवत

महेश्वर श्रेष्ठ
नेपाल संवतको सामान्य परिचय
काल गणना बेगर इतिहास जान्न पनि सकिन्न र भविष्यको कल्पना कोर्न पनि सकिन्न । त्यसैले सभ्य मानव समाजका लागि काल गणना एउटा अत्यावश्यक वस्तु हो । मानव सभ्यताको उदयसंगै काल गणनाका दुई मुख्य प्रविधिको विकास भएको पाइन्छ - चन्द्रमाको गति अनुसार गरिने काल गणना र सूर्यको गति अनुसार गरिने काल गणना । ती प्रविधिहरुलाई सोही बमोजिम चन्द्रमानक पात्रो र सूर्यमानक पात्रो भनिन्छ । संसारमा अहिले पनि सूर्यमानक र चन्द्रमानक दुबै पात्रो चलनचल्तीमा छन् । ती मध्ये कुनै एउटा पात्रोको आधारमा एउटा विशेष कालखण्डलाई प्रतिनिधित्व गर्ने प्रथालाई संवत भन्ने गरिएको छ । विश्वमा प्रचलित संवतहरु मध्ये अधिकाँश संवतहरु कुनै धर्म, धार्मिक नेता वा शासकहरुको नाममा प्रचलनमा ल्याइएका छन् । चन्द्रमानक पात्रोमा आधारित नेपाल संवत विश्वको एक मात्र यस्तो संवत हो जुन देशको नाममा प्रचलनमा ल्याइएको छ । नेपालमा अत्यन्त हर्र्सोल्लासका साथ मनाइने चार्डपर्व मध्येको एक दिपावलीको रमाइलो पर्वका बीच इस्वी संवत २००७ नोभम्बर १० तारिख तदनुसार विक्रम संवत २०६४ कार्तिक २४ गते शनिवारको दिन नववर्ष नेपाल संवत ११२८ शुभारम्भ हुन गइरहेको छ । यस सुखद अवसरमा नेपाल संवत बारे इतिहासका केहि घटनाका साथै यस बारे लिइनु पर्ने सहि दृष्टिकोण सम्बन्धमा यो आलेख तयार गरिएको छ ।

नेपालमा प्रचलनमा ल्याइएका संवतहरु

नेपालको प्रारम्भिक इतिहास अत्यन्तै अस्पष्ट र अनुमान तथा किम्वदन्तीहरुले भरिएको छ । किरात कालमा नेपालमा कुन संवत प्रचलनमा थियो भन्ने कुरा अहिलेसम्म थाहा हुन सकेको छैन । लिच्छवी शासनको प्रारम्भसंगै नेपालमा निम्न संवतहरुलाई प्रचलनमा ल्याइएको पाइएको छ । शक संवत भारतका शक वंशीय शासकहरुको नामबाट चलाइएको संवत हो जुन आज पनि भारतमा राष्ट्रिय संवतको रुपमा प्रचलनमा छ । अहिले शक संवत १९२९ हो । नेपालमा यस संवतको प्रारम्भिक प्रयोग ५२७ वर्ष (ई.सं. ६०५) सम्म कायम रहृयो । त्यस पछि महासामन्त अंशुवर्माले राजा मानदेव द्वितीयको नाममा मानदेव संवत चलाए जुन २७६ वर्ष (ई.सं. ८८१) सम्म प्रचलनमा रहृयो । त्यस पछि राजा राघवदेवको पालामा नेपाल संवत चलाइयो जुन ८८८ वर्ष (ई.सं. १७६९) सम्म अविछिन्न रुपमा प्रचलनमा रहृयो । नेपाल संवत ८८८ अर्थात ई.सं. १७६९ मा नेपाल माथि विजय प्राप्त गरे पछि गोर्खाली राजा पृथ्वीनारायण शाहले शक संवतलाई पुनः प्रचलनमा ल्याए जुन १३२ (ई.सं. १९०१) सम्म कायम रहृयो । त्यस पछि राणा प्रधानमन्त्री चन्द्र शमशेरले भारतीय उपमहाद्वीपका एकजना रजौटा बिक्रमादित्यको नाममा चलाइएको बिक्रम संवत प्रचलनमा ल्याए जुन आजसम्म कायमै छ । अहिले बिक्रम संवत २०६४ हो । नेपालमा बिक्रम संवतले सरकारी मान्यता पाएको १०६ वर्षमात्र भएको छ ।

नेपालमा भारतीय संवत प्रयोगको प्रसंग
किरात शासन कालमा कुन संवत प्रयोगमा थियो भन्ने थाहा नभएको प्रसंगमा लिच्छवी शासकहरुले भारतमा प्रचलित शक संवतलाई नेपालमा प्रयोगमा ल्याउनुलाई अनौठो मान्नु पर्दैन । मानदेव संवतको प्रादुर्भावले तत्कालीन शासकहरु भारतीय साँस्कृतिक प्रभावबाट मुक्त हुन खोजेको प्रतित हुन्छ । नेपाल संवत प्रादुर्भावको घटनाले नेपाली राष्ट्रवादले उच्चतम साँस्कृतिक विकास गरेको पुष्टी हुन्छ । पृथ्वीनारायण शाहले देशकै नामबाट प्रचलित नेपाल संवत परित्याग गरी शक संवतलाई पुनः प्रयोगमा ल्याउनुको कारण अलि बेग्लै छ । पृथ्वीनारायण शाहले नेपाललाई एकीकरण गर्ने भनेर कहिल्यै भनेनन् । उनको मृत्यु पछि संकलित उनका महावाणीहरुमा पनि नेपाललाई एकीकरण गर्ने आसय झल्कने कुनै कुरा कतै छैन । बाँचुन्जेल उनले आफ्नो जीवनको उद्देश्य नेपाललाई असली हिन्दुस्तान बनाउने बताउँदै रहे । सोही अनुरुप उनले हिन्दुस्तानी शक संवतलाई नेपालमा पुनर्जीवित गरेको कुरा स्पष्ट हुन्छ । त्यसै गरी चन्द्र शमशेरले विक्रम संवत प्रचलनमा ल्याउनुको पछाडि दुई वटा कारण रहेको देखिन्छ । भारतको एकजना रजौटाको नाममा स्थापित यो संवत प्रयोग गर्दा नेपाललाई असली हिन्दुस्तान बनाउने भावना जीवित राख्ने एउटा उद्देश्य पूरा हुन्थ्यो । चन्द्रमानक शक संवतको प्रत्येक तेस्रो वर्ष १३ महिनाको हुन्छ र सोही अनुसार राष्ट्रसेवकहरुलाई तलब दिनु पथ्र्यो । सूर्यमानक विक्रम संवतको सबै वर्ष १२ महिनाको हुन्छ । सूर्यमानक संवत अपनाउँदा राष्ट्रसेवकहरुलाई प्रत्येक वर्ष १२ महिनाको तलब दिए पुग्ने भएको हुनाले महाधूर्त चन्द्र शमशेर राणाले विक्रम संवत प्रयोगमा ल्याएको र त्यसबाट राज्यकोषमा बचत हुन आएको रकमबाट राणाहरुको आम्दानी बढाउने अर्को निहित उद्देश्य पनि पूरा गरेको स्पष्ट हुन्छ ।

नेपाल संवत प्रादुर्भावको प्रसंग
नेपाल संवत प्रादुर्भावको प्रसंग एउटा अत्यन्त रोचक घटनासंग जोडिएको छ । उहिले नेपालका एकजना ज्योतिषले काठमाडौं विष्णुमति नदीको सहायक नदी लखुतिर्थबाट विशेष मन्त्रोचारण सहित मध्यरातमा निकालिएको बालुवा बिहान सुनमा परिणत हुन्छ भनी पत्ता लगाए छन् । उनले यो कुरा राजालाई बताए पछि राजाले सोहि अनुसार मध्यरातमा लखुतिर्थबाट बालुवा ल्याउन ज्यामीहरुलाई खटाएछन् । मध्यरातमा ज्यामीहरुले मन्त्र जस्तो लाग्ने अनौठो भाखा फलाक्दै बालुवा निकालेर बोरामा भर्न लागेको कुरा लखुतिर्थ किनारमा सौच गर्न निस्केका एकजना स्थानीय वासिन्दा शंखधर साख्वाले देखेर त्यस बारे सोधपुछ गरेछन् । मध्यरातमा बालुवा लिन आउनुको विशेष कारण बारे अनभिज्ञ ज्यामीहरुले हामी राजाको आदेशले बालुवा लिन आएको भनी बताए छन् । राजाले मध्यरातमा बालुवा लिन पठाउनुमा विशेष कारण हुन सक्छ भन्ने ठानी जिज्ञासु शंखधर साख्वाले म तिमीहरुलाई चाहिने जति ज्याला दिन्छु । बालुवाको यो खेप मेरो घरमा छोड्नू, अर्को खेप राजा कहाँ लैजानू भने छन् । दोहोरो ज्याला पाउने भए पछि सोझा ज्यामीहरुले पनि त्यसै गरेछन् ।

बिहान सखारै बाहिर निस्कन लागेका शंखधर साख्वाले घरको छिंडीमा राखेको बालुवा सुनमा परिणत भएको पाएछन् । यसरि अकस्मात रातारात धनी बनेका शंखधर साख्वाले जनहितकारी काम गर्ने उद्देश्यले त्यस बेला ऋणमा डुबेका प्रजाहरुको सम्पूर्ण ऋण तिरिदिने र उनको यस पुनीत कामलाई अमरत्व प्रदान गर्न राज्यले देशको नाममा नयाँ संवत चलाउन पर्ने शर्त सहित राजा राघवदेव समक्ष निवेदन गरेछन् । राजाले उनको निवेदन स्वीकार गरी मानदेव संवत ३०४ पूरा भएको भोलिपल्ट (अर्थात ई.सं. ८८१) तिहारको म्हपुजा (अर्थात गोवर्धन पूजा) को दिनदेखि लागु हुने गरी चन्द्रमानक पात्रोमा आधारित नेपाल संवत प्रचलनमा ल्याइएको घोषणा गरेछन् । यसरि देशको नामबाट चलाइएको विश्वको एक मात्र संवत नेपाल संवतको प्रादुर्भाव भयो । नेपाल संवतका प्रवर्तक कुनै राजा, रजौटा वा धार्मिक नेता नभएर काठमाडौंका एकजना र्सवसाधारण नागरिक शंखधर साख्वाको विशेष योगदान र पहलमा उक्त संवत स्थापना भएकोले उनै त्यसका प्रवर्तक हुन् भनी स्वीकार गर्दै केहि वर्षअघि नेपाल सरकारले उनलाई राष्ट्रिय विभूतिको सम्मान समेत प्रदान गरिसकेको छ ।

नेपाल संवत प्रादुर्भाव प्रसंगको आलोचना
ऋणमा डुबेका जनतालाई ऋणबाट मोचन गरेको महान उपलक्ष्यमा देशभक्तिको अनुपम नमुना स्वरुप स्थापित नेपाल संवतको प्रादुर्भावको प्रसंग आलोचनाबाट मुक्त छैन । यसका आलोचकहरु के आरोप लगाउँछन् भने मध्यरातमा मन्त्र फुकेर निकाल्दैमा खोलाको बालुवा सुनमा बदलिन्छ भन्नु मानिसलाई मूर्ख बनाउनु मात्र हो । राजा जनकले हलो जोत्दा खेतको माटो मुनिबाट शिला निस्के झैं निस्केकी सीताको अस्तित्व स्वीकार गरी उनलाई पूजा समेत गर्ने, गोरखनाथले छादेको बान्ता खान नमानेको तर सो बान्ता खुट्टामा लागेकोले पृथ्वीनारायण शाह विश्वको चक्रवर्ती सम्राट हुनुको सट्टा नेपालको मात्र राजा बने भनेर नथाक्ने यी महानुभावहरुले खोलाको बालुवाबाट सुनका कण संकलन गर्न सकिने सत्यलाई स्वीकार नगर्नु आर्श्चर्यजनक छ ।

हो, कथामा भनिए जस्तै शंखधर साख्वाको घरमा लगिएको सम्पूर्ण बालुवा सुनमा परिणत भएको भन्ने कुरा माथि शंका गर्ने ठाउँ छ । तर त्यस बालुवामा सुनका कणहरु हुनसक्ने सम्भावनालाई इन्कार गर्न सकिन्न । नेपालकै बोटे जातिका कतिपय मानिसहरु आज पनि खोलाको बालुवाबाट सुनको कण छानेर आय आर्जन गरी जीविका चलाइरहेको छन् भने त्यस बेलाको लखुतिर्थको बालुवामा सुनका कण पाइनु आर्श्चर्यको कुरा होइन । अहिले पो प्रदूषणले गर्दा त्यसमा सुनका कणको सट्टा अर्कै पहेंलों कुरा बग्छ । हिउँको सेतै लेदो बग्ने हुँदा सेती नदी भनिए जस्तै सुन पाइने भएरै पाटनको एउटा वस्तीका नामै लुँखुसि (सुनको नदी) नामाकरण गरिएको हुनु पर्छ । सुन पाइने वा सुनौलो बालुवा भएको कारणले सुनकोशीको नाम सुनकोशी राखिएको हुन सक्छ ।

नेपाल संवत प्रादुर्भावलाई हेर्ने सही दृष्टिकोण
कुनै पनि कुरालाई जुन रुपमा प्रस्तुत गरिएको छ त्यसै अनुरुप मात्र बुझदा त्यो बुझाई एकाँगी र अपूरो हुन जान्छ । प्रत्येक कुराको अध्ययन त्यसको ऐतिहासिकता र द्वन्दात्मकताको आलोकमा गरिनु पर्छ । त्यस पछि मात्र त्यसको सहि बुझाई वा निष्कर्षमा पुग्न सकिन्छ । राज्यले गर्ने हरेक काम राजनीतिबाट अलग रहन सक्तैन । नेपाल संवत लिच्छवी राजा मानदेव द्वितीयको नाममा प्रचलित मानदेव संवतलाई निषेध गरी आएको संवत हो । के शंखधर शाख्वाले प्रजाहरुको ऋण तिरिदिएकै कारण उनको इच्छा बमोजिम राजा राघवदेवले आफ्नै पुर्खाको नाममा स्थापित मानदेव संवतलाई खुसुक्क प्रतिसंहरण गरी लुसुक्क नेपाल संवत प्रचलनमा ल्याएको घोषणा गरेका होलान् । यस अहं प्रश्नको उत्तर खोजी गर्ने क्रममा त्यसको ऐतिहासिकता र द्वन्दतात्मकताको आधारमा नेपाल संवतलाई बुझदा त्यसको प्रादुर्भावका वास्तविक कारण बारे एउटा अलग्गै अन्तरकथा प्रस्तुत हुन आउँछ ।

एकजना प्रजाले अर्को प्रजालाई तिर्नु पर्ने ऋणसंग राजा राघवदेवलाई र उनको राज्यसंयन्त्रलाई केको चासो । त्यसैले शंखधर साख्वाले तिरिदिएको ऋण प्रजा-प्रजा बीचको ऋण नभएर राज्यलाई तिर्नु पर्ने कर र जरिवाना भन्ने बुझिन्छ । शासक र शासित बीच नरम गरम द्वन्द चलिरहनु राज्य संचालनको सामान्य प्रकृया नै हो । रातीराती विष्णुमति पारी गएर ज्यामीहरुले लखुतिर्थबाट सुनयुक्त बालुवा निकाली शंखधर साख्वाको घरमा संकलन गर्नुलाई राज्यलाई तिर्नु पर्ने चर्को कर र जरिवानाबाट पीडित प्रजाहरु भूमिगत रुपमा संगठित भएको, विद्रोह गर्न अर्थ संकलन गरेको र ती सबैलाई श्रखधर साख्वाले संयोजन वा नेतृत्व गरेको सजिलै अनुमान गर्न सकिन्छ । यसरि पीडित प्रजाहरुको संगठित बल र संकलित अर्थ सहित आएका शंखधर साख्वाको प्रचण्ड दवावका अगाडि राजा राघवदेव झुक्न र प्रजाको माग बमोजिम नेपाल संवत घोषणा गर्न वाध्य भएको प्रतित हुन आउँछ ।

राजनीतिक दृष्टिकोणले हेर्दा शंखधर साख्वाले प्रजाहरुको ऋण तिरिदिएको घटनाले त्यति महत्व राख्दैन जति त्यसमा अन्तरनिहित देशप्रेम, राष्ट्रियताको भावना र जनताको संगठित बलले सामन्ती राज्यसत्तालाई झुकाउन सफल भएको कुराले महत्व राख्दछ । यस अर्थमा शंखधर साख्वालाई नेपाल संवतका प्रवर्तक मात्र होइन नेपालका प्रथम देशभक्त एवं राष्ट्रवादी जननेता मान्दा अतिसयोक्ति हुने छैन । देशको क्षेत्रफल बढे तापनि नेपाल संवत माथि प्रतिवन्ध लागेदेखि नेपालको राष्ट्रियता कुण्ठित भएको छ । र्सवसमावेशी नेपाली समाज निर्माणको महान प्रकृया अवरुद्ध भएर नेपालको शासनसत्तामा एउटा खास जातिको प्रभूत्व कायम भएको छ । त्यसको विरुद्ध आज देशमा गणतन्त्रको स्थापना र सबै जातिको समानुपातिक प्रतिनिधित्व तथा सहभागिता सहितको राज्य संरचना खोजिरहेका शक्तिहरुका लागि नेपाल संवत प्रादुर्भावको अन्तरकथा एउटा गतिलो सन्देश हुन सक्छ ।

नेपाल संवत र नेपालको सामाजिक जीवन
नेपालका केही अल्पसंख्यक धार्मिक वा जातीय समुहहरु बाहेक नेपाली जनताको अत्यधिक बहुसंख्याको धार्मिक, साँस्कृतिक, सामाजिक तथा जन्मदेखि मृत्युपछि समेतको कार्यमा नेपाल संवत अक्षुण्ण र अभिन्न रुपले गाँसिएको छ । हाम्रा बच्चाका पास्नीका साइतहरु, विवाह तथा व्रतवन्धका साइतहरु नेपाल संवतको तिथि बमोजिम तय गरिन्छन् । हामीले मनाउने जन्मोत्सवहरु, जीवित पुर्खाका जङक्वहरु (बुढा पास्नीहरु) नेपाल संवतकै तिथि अनुसार मनाइन्छन् । मृत पुर्खाका नाममा गरिने श्राद्ध, तर्पण, पीण्डपानी अर्पण गर्ने कार्यहरु नेपाल संवतकै तिथिको आधारमा गरिन्छन् । साउने संक्रान्ति, माघे संक्रान्ति जस्ता केहि अपवादलाई छोडेर संस्कृतिका धनी हामी नेपालीका असंख्य चार्डपर्वहरु नेपाल संवतकै तिथि अनुसार मनाइन्छन् । हाम्रा अधिकाँश चार्डपर्वहरु धर्मसंग गाँसिएका छन् । तर्सथ हाम्रा सम्पूर्ण धार्मिक कार्यहरु र चाडवपर्वहरु पनि नेपाल संवतकै तिथि अनुसार मनाइन्छन् । नेपालका जातिवादी शासकहरुले नेपाल संवतलाई राजकीय मान्यताबाट गलहत्याए तापनि यो संवत नेपाली जनजीवनको पलपलमा, रगरगमा अत्यन्त गहिर्राईका साथ अभिन्न रुपले भिजेर बसेको छ । कुनै आततायी शासक वा शासक गूटले प्रतिबन्ध लगाउँदैमा नेपाल संवतको अस्तित्व र प्रयोग समाप्त हुनुवाला छैन । हाम्रो धर्म, संस्कृति, परम्परा र रितिरिवाज जीवित रहेसम्म नेपाल संवतको अस्तित्व पनि जीवित रहने छ ।

नेपाल संवतलाई राज्यले गर्नुपर्ने व्यवहार
एक थरी मानिसहरु राज्यले नेपाल संवतलाई राष्ट्रिय संवतको मान्यता दिनु पर्ने माग सहित लामो समयदेखि आन्दोलित भइरहेका छन् । राष्ट्रप्रेमको अनुपम नमुनाको रुपमा स्थापित नेपाल संवतलाई राष्ट्रिय संवतको मान्यता दिनु पर्ने उनीहरुको माग शत प्रतिशत जायज र स्तुत्य छ । नेपाल संवतका प्रवर्तक शंखधर साख्वालाई राष्ट्रिय विभूतिको सम्मान दिएर राज्यले उनीहरुको माग आँशिक रुपमा पूरा गरिदिएको पनि छ । तर र्सजकलाई राष्ट्रिय विभूति मान्न सक्ने राज्यले र्सजकको सिर्जनालाई मान्यता नदिनुबाट जनताको जायज माग र नेपालको राष्ट्रियता प्रति सत्तामा बस्नेहरुको संवेदनशीलता अझै कति कमजोर रहेछ भन्नु पर्ने हुन्छ ।

नेपाल संवत कुनै जाति विशेषको एकलौटी पेवा होइन, सम्पूर्ण नेपाली जनताको साझा सम्पति हो । कुनै चिजलाई राष्ट्रिय मान्यता दिलाउने जस्तो महान काममा सबै जातजातिको सहमति, सहयोग र सहभागिता हुनु पर्ने हो । तर नेपाल संवतलाई राष्ट्रिय संवतको मान्यता दिनु पर्छ भनी आन्दोलित हुनेहरुमा नेवार जातिका मानिसहरुको बाहुल्यता रहँदै आएको छ । यसले जनमानसमा उनीहरुको माग विशुद्ध नेवारहरुको मात्र माग हो कि भन्ने भ्रम सिर्जना हुन पुगेको छ । यो नेपाल संवत पक्षधर आन्दोलनकारीहरुको यो ठूलो कमजोरी हो । राम्रो काम गर्छु भन्नेहरुले त्यसको सबै जस आफूले पाउने नियतले होइन, सबैलाई समेटेर हिंड्न सक्नु पर्छ ।

एकजना देशभक्त धरतीपुत्रको प्रयासमा देशकै नामबाट स्थापित नेपाल संवत नेपालको राष्ट्रिय संवत हो भन्नेमा कुनै शंका छैन । यसै तथ्यलाई मनन गरी पोहर नववर्ष नेपाल संवत ११२७ शुभारम्भ भएको सुखद उपलक्ष्यमा जनआन्दोनको शक्तिबाट स्थापित नेपाल सरकारका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आवश्यक अध्ययन पश्चात नेपाल संवतलाई राष्ट्रिय संवत घोषणा गर्ने वचन दिनुभएको थियो । नेपाल सरकार र प्रधानमन्त्री कोइरालाले त्यो वाचा पूरा गर्ने शुभ दिन नजिक आइसकेको छ । त्यसका लागि नववर्ष नेपाल संवत ११२८ शुभारम्भ हुने दिनदेखि लागु हुने गरी त्यसलाई राष्ट्रिय संवत घोषणा गर्नु अति उत्तम साइत हुनेछ ।

नेपाल संवतलाई राष्ट्रिय संवत घोषणा गर्दा राष्ट्रले त्यसलाई राजकीय मान्यता मात्र दिने हो, राज्यकोषबाट केहि पनि खर्च गर्नु पदैन । देशकै नामबाट स्थापित संवतलाई राष्ट्रिय संवत घोषणा गर्दा देशद्रोही बाहेक कसैले त्यसको विरोध गर्ने छैन । सरकारले जनभावनाको उच्चतम कदर गरेको ठहरिने छ । कुण्ठित राष्ट्रिताले केहि मात्रामा भए पनि फक्रने अवसर पाउने छ । देशको नामबाट संवत चलाउने एक मात्र मुलुक भनेर विश्वमा नेपालको कीर्ति फैलिने छ र त्यस्तो देशको नागरिक हुन पाएकोमा देशभक्त नेपाली जनताले थप गौरव महसुस गर्ने छन् । तर यस्तो सुवर्ण अवसर उपयोग गर्नबाट चुकेमा त्यो वर्तमान सरकारका लागि प्रत्युत्पादक हुनेछ ।

नेपाल संवत प्रयोग सम्बन्धमा थप कुरा
विश्वमा प्रचलित चन्द्रमानक वा सूर्यमानक कुनै पनि संवत समस्या मुक्त छैनन् । अत्यन्त वैज्ञानिक र विश्वनीय भइकन पनि चन्द्रमानक नेपाल संवतका पनि आफ्नै खाले समस्या र सिमाहरु छन् । प्रत्येक तेस्रो वर्ष १३ महिनाको हुनु, केहि तिथिहरुका बीचबीचमा टुटहरु हुनु र दुई दिनसम्म एकै तिथि पर्नु यसका समस्याहरु हुन् । मानिसको धार्मिक, सामाजिक तथा साँस्कृतिक जीवनमा यसले केहि फरक पार्दैन । तर द्रूत गतिमा चल्नु पर्ने र बढी भन्दा बढी यान्त्रिक बन्दै गएको वर्तमान समाजका लागि यसले केहि असुविधा सिर्जना गर्न सक्छ । त्यसैले राष्ट्रिय संवत घोषणा भए पछि पनि नेपाल संवतलाई कसरि प्रयोग गर्ने भन्ने विषयमा बहस हुनु आवश्यक छ ।

यातायात तथा संचार प्रतिधिको अभूतपूर्व विकास, व्यवसायको विविधता तथा रोजगारीको अवसर, उदारीकरण तथा भूमण्डलीकरणले गर्दा विश्व मानव समाज एउटा ठूलो परिवारमा परिणत हुँदै गइरहेको छ । राम्रो नाराम्रो जे भए पनि नेपाल त्यस प्रकृयाबाट अलग रहन सक्तैन । यस परिप्रेक्ष्यमा नेपालले विश्व समुदायसंग र्सर्म्पक गर्न र राजकीय कामकाजलाई विश्वस्तरमा एकरुपता कायम गर्न दुई-संवतको नीति अपनाउनु पर्छ । यसका लागि हामीले संसारभरका मुलुकमा प्रचलित इसवी संवतलाई सरकारी तथा संस्थागत कामकाजको संवत (Business Calendar) को रुपमा अपनाउनु पर्छ । यसलाई हामीले अघोषित रुपमा अपनाउँदै आएका पनि छौं ।

नेपालले विश्वसर्म्पर्क र सरकारी कामकाजका लागि हाल प्रयोगमा रहेको विक्रम संवतको प्रयोगलाई नै निरन्तरता दिएमा पनि फरक पदैनथ्यो । तर विक्रम संवतको उद्गम थलो भारतमै पनि त्यसको प्रयोग अति सिमित ठाउँका सिमित मानिसहरुले सिमित प्रयोजनका लागि मात्र गर्ने भएको हुँदा हाम्रो उद्देश्यका लागि त्यो उपयुक्त छैन । तर्सथ नेपाल संवतलाई राष्ट्रिय मान्यता र उच्च सम्मानका साथ सरकारी तथा संस्थागत कामकाजको संवत (Business Calendar) को रुपमा इस्वी संवतलाई मात्र प्रयोग गरिनु पर्छ र विक्रम संवतलाई विस्थापित गरी नेपाली जनतालाई हरदम तीन तीन वटा संवत मान्नु पर्ने झनझट र वाध्यताबाट मुक्त गरिनु पर्छ । अस्तु ।

२००७ नोभेम्बर ०६

Tuesday, November 6, 2007

पत्रकार वीरेन्द्र शाहको हत्या गरेको माओवादीद्वारा स्वीकार

लोकतान्त्रीक पद्दतिमा आई असल र शान्तिपुर्ण राजनिति गर्ने माओबादीको भनाई कति सम्म खोक्रो रहेछ भन्ने कुरा फेरी पनि प्रमाणित भएको छ । यसैको पछिल्लो प्रमाणस्वरुप वाराका निर्दोष पत्रकार वीरेन्द्र साहलाइ अपहरण गरेकै दिन गोली प्रहार गरी मारेको कुरा नेकपा माओवादीले स्वीकार गरेको छ । माओवादीद्वारा गठित माओवादी अनुसन्धान टोलीका संयोजक हरिभक्त कडेलले माओवादी मुख्यालय वुद्धनगरमा आयोजित पत्रकार सम्मेलनमा आफ्ना कार्यकर्ताले अपहरण गरेकै दिन असोज १८ गते माओवादी बारा जिल्लाका कार्यकर्ता रामएकवाल सहनीले साहलाई कन्चट र छातीमा गोली प्रहार गरि हत्या गरेको जानकारी दिएका छन् ।साहको अपहरण र हत्यामा पार्टीका कार्यकर्ताहरु लालबहादुर चौधरी, कुन्दन फौजदार र रामएकवाल सहनी संलग्न रहेको तथा उनीहरुलाई प्रचलित कानून अनुसार कारवाही चलाउन सरकारलाई सहयोग गर्न पार्टी तयार रहेको पनि कडेलले बताए । साहको अपहरण र हत्यामा संलग्न रहेको भनिएका अर्का माओवादी कार्यकर्ता हरेराम पटेल भने घटनामा संलग्न नरहेको कडेलले दावी गरे ।
माओवादीले पत्रकार हत्या गर्न आफ्नो पार्टीको कुनै निति नभएको भन्दै पटक पटक भन्दै गरेता पनि यस्ता निर्दोष ब्यक्तिहरुको हत्या र अपहरण गर्ने कार्य भने कति पनि रोकिएको छैन । माओबादीको यस किसिमको निर्दोष ब्यक्तिको हत्या र आंतक अफगानिस्तानको तालिवानले गरेका हत्या र आंतक भन्दा केहि फरक देखिदैन । यसको लागि पार्टी अध्यक्ष प्रचण्डले जनता सामु माफि माग्नु नै पर्दछ ।

Monday, November 5, 2007

प्राचीन मिस्रका सबैभन्दा प्रख्यात राजा तूतनख़ामेनको सार्वजनिक प्रदर्शन

प्राचीन मिस्रको सबैभन्दा प्रख्यात राजा तूतनख़ामेनको मृत्यु भएको लगभग तीन हज़ार वर्षपछि उनको अनुहार सहितको मिरालाइ पहिलो चोटी सार्वजनिक प्रदर्शनमा राखिएको छ । पुरातत्ववेत्ताको भनाई अनुसार मिस्रको 'वैली ऑफ़ किंग' मा रहेको राजा तूतनख़ामेनको ममीलाई बाहिर निकालेर उसलाई विशेष रूपले बनाएको भाडामा राखिएको छ ।
प्राचीन मिस्रमा राजाहरुलाइ फ़राओ भनेर भनिने गर्दथ्यो जसलाई आजभन्दा करिब ८५ वर्ष पहिले ब्रिटिश पुरातत्ववेत्ता हॉवर्ड कार्टरले फ़राओ को यस ममीलाई पत्ता लगाएका थिए । तूतनख़ामेनले मिस्रमा १३३३ ईसापूर्वबाट १३२४ ईसापूर्व सम्म शासन गरेका थिएअ र उनको १९ वर्षको कलिलो उमेरमा नै मृत्यु भएको थियो ।
पुरातत्ववेत्ताको भनाई अनुसार यो चिहानमा वातावरणको असरले गर्मी बढी भई ममीलाई नराम्रो प्रभाव परेकोले यस अवशेषलाई बाहिर निकालिएको हो ।
तूतनख़ामेनलाई आफ्नो शासनकालमा उति प्रसिद्दीप्राप्त भएन जति उनको मृत्यु पछि भयो । कार्टरले सन १९२२ मा यस ममीलाई खोज्न सफल भएका थिए । ली ऑफ किंग्समा मिस्रको प्राचीन शासकोंहरुको ममी राखिने गरिएको ठाउ थियो । उनको चिहानलाई सुन र हाथीको दाँतबाट बनेको अनेकौ आभूषणहरुले सजाईएको थियो जसलाई कार्टरले पहिलो चोटी हेर्दा अति नै सुन्दर भनेर बयान गर्न पुगेका थिए ।
सन १९६८ मा यस मिराको एक्स-रे गरिएको थियो त्यसबेला यो पत्ता लगाईएको थियो कि हाडको एउटा टुक्रा उनको टाउकोमा धसिएको थियो । यसबाट के अनुमान गरियो भने १९ वर्षीय तूतनख़ामेनको स्वभाविक मृत्यु नभएर कसैले उनलाई हत्या गरिएको थियो ।

गणतन्त्रको प्रस्ताव संसदबाट बहुमतले पास

२५ दिन लामो अनेकौ वार्ता, भलाकुसारी, जोड घटाउ, अनेकौ बिदेशी चलखेलको वावजुद आखिर गणतन्त्रको प्रस्ताव संसदबाट पास भएको छ । एमालेले राखेको अबिलम्ब ठोस प्रक्रिया पुरा गरेर लोकतान्त्रिक गणतन्त्र घोषणा गर्ने प्रस्ताव संसदबाट बहुमतले पारित गरेको छ । त्यसको साथै माओबादीको समानुपातिक प्रस्ताव पनि बहुमतले पास गरेको घोषणा भएको छ । नेपाली काग्रेसले आखीरसम्म आफ़्नो अडानलाई कायम राखे पनि काग्रेसको केहि जोड चलेन । अन्तरिम संबिधानमा संशोधन गरी त्यसलाई संसदको दुई तिहाई बहुमतले पास गरेपछि मात्र यो ब्यवस्था लानु गर्न सकिनेछ ।

Sunday, November 4, 2007

संसदको बैठक शुरु

कार्तिक १२ देखि शुरु भएको अन्तरिम संसदको बिशेष अधिवेशनमा माओवादीद्वारा दर्ता प्रस्ताव तथा संशोधन प्रस्तावहरु माथि सात दलहरुबीच सहमतिका कायम गर्ने प्रयासहरु अनुरुप अनेकौ पटक वार्ता गर्दा पनि असफल भएपछि प्रस्ताव तथा संशोधन प्रस्तावहरु संसदको आज हुने मतदानबाट टुंगिने स्थिति पैदा भएको छ ।
आज दिनभरीको राजनीतिक बैठक र छलफलहरु पछि बेलुका सवा ५ बजे संसदको बैठक शुरु भएको छ । प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाद्वारा प्रस्ताव तथा संशोधन प्रस्तावहरुमा जवाफ दिईसकेपछि मतदानको प्रक्रिया अघि बढ्ने कुरा बताइएको छ ।

Saturday, November 3, 2007

संविधान निलंबित गरी पाकिस्तानमा इमरजेंसी घोषणा

परवेज़ मुशर्रफ़ सेनाध्यक्ष भी हैं पाकिस्तानमा हाल भैरहेको संविधान निलंबित गरी इमरजेंसी लागु गरिएको छ । पाकिस्तानको सरकारी टेलीविज़न चैनल अनुसार देशको राष्ट्रध्यक्ष तथा सेनाध्यक्ष परवेज़ मुशर्रफ़ले इमरजेंसी लगाउने आदेश दिएका छन ।संविधानलाई निलंबित गर्ने निर्णय गरिएको र सेनाले सर्वोच्च अदालतलाई घेरी राखेको छ र जजहरु पनि अझै सर्वोच्च अदालत भित्र रहीराखेको अवस्था छ ।

एक्काइसौं शताब्दीको नेपाल र आजको आवश्यकता

माधव प्रसाद सेदाई , टोकियो
एक्काइसौं शताब्दीको नेपाल हाल देशको राजनैतिक अबस्था अतिनै तरल अनि संबेदनशिल अवस्थामा रहेको छ । हालको अवस्था भनेको सबै पार्टीहरुले कसैलाई तल पारेर आफु माथि जाने वा केहि पाउनको लागि राजनिति गर्ने होईन कि, सम्पुर्ण पार्टीहरु एक जुट भई हदैसम्मको त्याग गरी देशमा वर्षो देखि रहिआएको सामन्तबाद र शोषणलाई उत्पिडन गरि, देशलाई एऊटा स्थायी प्रजातान्त्रिक बाटोमा अघि लैजाउनुपर्ने टडकारो आवश्यकता रहेको छ । तर हाल देशमा यो कुरामा कुनैपनि राजनैतिक पार्टीहरुले ध्यान पुर्याउन नसकेको अवस्था छ । मेरो गोरुको बार्है टक्का भनेको ज़स्तो सबै पार्टीको आ- आफ्नो अडानले देशको राजनैतिक अवस्थाले निकास पाउन नसकिरहेको अवस्था छ ।
हिजो भएको एऊटा पार्टीगत निर्णयलाई आफ़्नो अनुकुल नपर्दा उल्टाउने माओबादीहरुको एकल, अराजनैतिक निर्णय र ढिपिले गर्दा आज देशमा फेरी पनि सामन्तबादको हावी, देश अनिर्णयको बन्दी हुन पुगेको अवस्था छ । संचार माध्यमहरुद्वारा एक कुरा भनिएको छ निर्णय र काम अर्को भएको छ । संसदमा चुनाव हुने र त्यस सम्बन्धी कार्यतालिका समेत प्रकाशित भएको अवस्थामा प्रचण्ड र प्रधानमन्त्री बिचको १ मिनेटको भेटमा सम्पुर्ण संसदलाई स्थगित गरिएको अवस्था छ । प्रधानमन्त्री लगायत नेका ज़स्तो वरिष्ठ राजनैतिक पार्टीले यस वर्तमान राजनैतिक गतिरोधलाई समाधान गर्ने दिशामा खासै पहल गर्न नसक्नु नेकाको एउटा राजनैतिक कमज़ोरी हो यसले नेकालाई मात्र होईन देशको लोकतान्त्रिक आन्दोलनलाई नै कमजोर पार्न सक्दछ । समाधान गर्ने दिशा तर्फ अगाडि बढ्ने त कता हो कता एक आपसमा बिबादमा अल्झेर देशलाई अन्योलमा राख्ने र जनतालाई भुल्याउने काम मात्र भईरहेको छ । आखिर यस बाट फाईदा कसलाई पुगिरहेको छ ? भन्ने कुरा अहिलेका देशको समुर्ण पार्टीका उच्च नेताहरुले बुझ्नु पर्ने ज़रुरी छ ।
यस अवस्थामा पछिल्लो दिनमा एउटा अत्यन्तै सफल र स्तरीय राजनिति गर्दै आएको एमाले फेरी पनि वामएकताको नारा लिई यता न उताको च्याखे राजनिति गर्न शुरु गरेको छ । एमालेका उच्च नेताहरुले बुझ्नुपर्ने कुरा के छ भने २१ औ शताब्दीमा आएर न त माओबादीको ज़स्तो जनतालाई चर्का र राष्ट्रबादका नारा दिने तर केही पर्दा एउटा राष्ट्रको राजदुतले बोलाउदा मान र मयार्दालाई पनि ख्याल नगरी राजदुताबासमा नै पुगि हाजिर लगाउने जनबाद भनौ या प्रचण्डबाद नेपालमा लागु गर्न सम्भव छ, न त वाम एकताको कुरा अघि ल्याई देशमा एमालेले ल्याउन खोजेको नया ब्यवस्था (शायद एमालेले भन्ने गरेको बहुदलीय जनवाद) नै लागु हुन सम्भव छ । नेताहरुले राम्रो संग बुझ्नु पर्ने अर्को अवस्था के पनि छ भने देशलाई लामो समय सम्म अनिर्णयको अवस्थाबाट बन्दि बनाएर राख्दा राजाबादी या विदेशी चलखेल गर्ने शक्तिलाई मात्र फाईदा हुन्छ भन्ने कुरा ।
हाल फेरीपनि नेपालमा बिभिन्न बहानामा बिदेशी हस्तक्षेप बढ्न थालेको छ जुन कुनैपनि स्वाभिमानी नेपालीको लागि मान्य हुने कुरा अवश्य पनि होइन । जसको उदाहरणको रुपमा केहि समय अगाडि समाचार माध्यममा आए अनुसार यदि नेपालमा बाहिरी हस्तक्षेप हुन लाग्यो भने चीन हेरेर बस्दैन भन्ने कुराबाट पनि देखाउछ । चीनले एउटा असल छिमेकीको हैसियतले आफ़्नो मित्रताको सदासयता देखाएको होला या भारत या अमेरिकाले पनि त्यस्तै सदासयता । तर हाम्रो देश कुनैपनि देशको राजनैतिक स्वार्थ पुर्तिगर्ने क्रिडास्थल भने हुन भएन त्यसको लागि अरु देशलाई दोष दिने र आफ़ु दोषमुक्त हुने भन्दापनि नेपालका नेताहरुले नै वर्तमान राजनैतिक अन्योललाई चिर्न सक्नुपर्दछ । आफ़ुपनि गर्न नसक्ने अनि अरुको मुख पनि ताक्ने, अनि फेरी दोष दिने चलनबाट हामी र हाम्रा नेताहरु पनि मुक्त हुनुपर्दछ ।
त्यसैले आजको नेपालको आवश्यकता भनेको देशको विकास, शान्ति र स्थायी लोकतन्त्र नै हो । भएपनि देशका नेताहरुहरुलाई मात्र अनावश्यक दोष दिनु भनेको बिगतका दिनमा गरेको ज़स्तो काम हो । ज़सको फाईदा प्रतिगामी तत्वलाई मात्र हुने गर्दछ । आखिर देशको लागि केहि गर्ने भनेको प्रजातान्त्रिक राजनैतिक पार्टीका नेताहरु नै हुन, यी जतिसुकै नराम्रा भए पनि यिनिहरुको काम कर्तब्य प्रति हामीले आवाज उठाउन सक्नुपर्यो या यिनिहरुलाई सचेत बनाउन सक्नुपर्यो । साथै कहिले एमाले र कहिले नेकालाई उचालेर या धम्क्याएर आफ़्नो राजनैतिक स्वार्थ पुरा गर्ने माओबादी प्रति पनि एमाले या नेकाको मोहभंग हुनु ज़रुरी छ । होईन बने फेरी पनि नेपालमा सामन्तिबादको प्रतिकको रुपमा कुनै शाह या अति चरमपन्थीको रुपमा प्रचण्ड ज़स्ता नेता आउने छन ज़सले देशमा शान्ति भन्दा पनि निर्दोष जनतालाई मार्ने काम या पत्रकार साह ज़स्तालाई बेपत्ता पार्ने काम भन्दा केहि गर्दैनन । त्यसैले यी दुबै शासनलाई पतन गर्नको लागि हालको आवश्यकता भनेको नेका, एमाले तथा अन्य प्रजातान्त्रिक राजनैतिक शक्तीहरु मिलेर अघि बढनु नै समयसापेक्ष हुनेछ । हो, मुखले मात्र होईन ब्यवहारमा पनि साच्चै नै लोकतन्त्रमा विश्वास र देशमा शान्ति कायम गर्ने प्रण गर्दछन भने माओबादी पनि एउटा प्रजातान्त्रिक शक्ति हो र उसलाई पनि सगै लिएर जानु पर्दछ । नत्रभने सधै धम्क्याएर खाने तर जनतामा जान डराउने । राजनितिमा ठुलो भाग वार्ता र धम्क्याएर लिनु भन्दा पनि जनताको माझ गई जनतालाई रिझाएर चुनाव जिति मात्र ठुलो भाग लिने कोशिश गर्नुपदर्छ होईन भने, प्रचण्डको राष्ट्रपतिको दिवास्वप्न होस या बादलको सैनिक शासनको दिवास्वप्न सबै तासका महल हुन, यी दुबै दिवास्वप्नबाट माओबादीहरुको मोहभंग हुनु ज़रुरी छ । र देशको वर्तमान राजनैतिक गतिरोधको अन्त्यको लागि एमाले, नेका र अन्य प्रजातान्त्रिक पार्टीहरु (लोकतन्त्र र शान्तिमा विश्वास गर्ने माओबादी सहित) अरु १० वर्षको लागि एकज़ुट भई देशको विकासमा लाग्नु नै आजको आवश्यकता र भलाई पनि हो ।