Wednesday, November 21, 2007

सचिबहरुको पदस्थापना

मन्त्रीपरिषदले सचिबहरुको बढुवा गर्ने निर्णय गरेको एक महिना पछि सचिब पदस्थापनाको निर्णय भएको छ । लामो समयपछि सरकारले मङ्सिर ५ गते सचिबहरुको पदस्थापना र कार्यबिभाजन गरेको छ । प्रशासनीक समितिको निर्णय अनुसार, संचार मन्त्रालयका सचिव शंकर कोईरालाले जलस्रोत मन्त्रालय, संचार मन्त्रालयमा युवराज पाण्डेले कार्यभार सम्हाल्ने भएका छन ।
यसैगरी बामन न्योपानेलाई रक्षा, माधब प्रसाद घिमिरेलाई शान्ति तथा पुननिर्माण, लिलामणी पौडेललाई संस्कृती, पर्यटन तथा नागरीक उडडयन,ज्ञानचन्द्र आचार्यलाई परराष्ट्र मन्त्रालयमा नियुक्त गरिएको छ । यसैगरी बृन्दा हाडालाई, जनकराज जोशीलाई उद्योग, बाबुराम आचार्यलाई भुमीसुधार, रामहरी अर्याललाई सामान्य प्रशासन, पुरुषोत्तम ओझालाई बाणिज्य तथा आपूर्ती, उमाकान्त झालाई भौतीक योजना, छविराज पन्तलाई राष्टिय सतर्कता केन्द्र, ताना गौतमलाई प्रधानमन्त्रीको कार्यलय, रामेश्वर खनाललाई अर्थ, पूर्ण कडरीयालाई भौतिक, शंकर पाण्डेलाई शिक्षा, श्याम मैनालीलाई श्रम, गोविन्द कुसुमलाई सामान्य प्रशासन, पूण्यप्रसाद शर्मालाई महिला बालबालिका तथा समाजकल्याण, राम कुमार श्रेष्ठलाई स्थानिय विकास, शुसिल जंगबहादुर राणालाई निर्वाचन आयोगमा पदस्थापना गरिएको छ ।
सरकारले आजै थप चारवटा नयाँ कार्यालयमा सचिव नियुक्ति समेत गरेको छ । जस अनुसार दिपवहादुर स्वाँरलाई मुक्त कमैया पुनर्स्थापना केन्द्र, अवनिन्द्र कुमार श्रेष्ठलाई माओवादी छापामारहरुको शिविर व्यवस्थापन कार्यालय, उदयराज शर्मालाई नेपाल ट्रष्ट र वज्रकिशोर प्रसाद शाहलाई सार्वजनिक खरिदको कार्यालयको सचिवमा नियुक्ति गरिएको छ । सरकारले यस पटकदेखि शिक्षा, भौतिक योजना उद्योग वाणिज्य तथा आपूर्ति र सामान्य प्रसासन मन्त्रालयमा दुई जना सचिव राख्ने व्यवस्था गरेको छ । यस अघि अर्थ मन्त्रालयमा मात्र दुई जना सचिव राख्ने व्यवस्था थियो ।

No comments: