Thursday, November 1, 2007

एकता र राष्ट्रिय झण्डा

माधव प्रसाद सेढाई, टोकीयो
केहि अगाडि इन्टरनेटको अनलाइन समाचार मार्फत एउटा अति नै संबेदनशील समाचार पढन पाए । अझ केहि अनलाईन पत्र पत्रिकाहरुले त भिडियो समेत उपलब्ध गराएका थिए । यो समाचारबाट सम्पुर्ण नेपालीहरुको अवश्य पनि मन दुखेको होला । वीरहरुको देश, अखण्डताको देश, अनेकतामा एकता बोकी हिमाल देखि तराईसम्म फैलिएको, अनेकौ जात-जाति र भेष-भुषाको रुपमा रहेको देश भनेर चिनाउदा यहि राष्ट्रिय झण्डालाई राष्ट्रिय एकताको प्रतिक मान्ने गदछौ ।
तर त्यही झण्डा जलाउने काम केहि समय अगाडी भएको छ । किन र के उद्देश्यका लागि यस्ता कार्यहरु भईरहेको छ त्यसलाई समयमा नै सोच्नुपर्ने आवश्यकता छ । यस्ता अनैतिक कार्यमा संलग्न जुनसुकै पक्ष भएपनि राष्ट्रले छिटो भन्दा छिटो पहिचान गरि कार्वाहि गर्नु आवश्यक छ । हाल देशको तरल राजनैतिक अवस्थाको फाइदा उठाउंदै यस्ता अनैतिक कार्यमा संलग्न गिरोहहरुलाई यथाशिघ्र निरुत्साहीत गर्नु जरुरी देखिन्छ । आफ्नै देशको राष्ट्रिय झन्डा जलाएर गर्व गर्ने नेपालीहरुले पनि बेलैमा होस पुर्याउनु पर्नेछ । साथै यस्ता कार्यहरुलाई अनावश्वक रुपमा कुनैपनि समाचार माध्यमहरुले प्राथमिकता दिने कार्य अवश्व पनि उपयुक्त नहोला ।

3 comments:

Anonymous said...

its true madhab ji , i fully support with your openion.

Madhududhan

研究者 said...
This comment has been removed by the author.
Anonymous said...

MadhavJee
Namaskar
I m also agree with you.

Binayak Shriewastav