Wednesday, November 7, 2007

अमरीकाले भुटानी शरणार्थीलाई बसोबास गराउने

अमरीका सहित अन्य देशले पनि भुटानी शरणार्थिलाई आफ़्नो देशमा लैजान सहमत भएको छ । नेपालमा त्यी शरणार्थिको रुपमा बस्न बाध्य भएका भूटानीहरुलाई अमरीकामा गएर बस्न चाहन्छन की चाहन्दैन भन्ने बारेमा सोधखोज भईरहेको छ । अमरीकाले त्यी मध्ये ६० हज़ारलाई शरण दिन सक्ने भनेर उनीहरुलाई इंटरव्यू लिने प्रक्रिया अगामी हप्ताबाट शुरू गर्ने भएको छ ।
सन १९९० को दशकमा काठमाण्डौ भन्दा लगभग ५०० किलोमिटर पुर्व नेपालमा संयुक्त राष्ट्रको शिविरमा नेपाली मुलका एक लाख भुटानीहरु बस्दै आएका छन । त्यी शरणार्थीहरुलाई २००८ सालमा १५ हजार र त्यसपछि २० हजारको दरले अमेरिकले बसोबासको ब्यवस्था गर्ने कुरामा राजी भएको छ भने अन्य देशहरुमा ऑस्ट्रेलिया, क्यानाडा, डेनमार्क, नेदरलैंण्ड, न्यूज़ीलैंण्ड र नर्वे ज़स्ता देशहरुले शरणार्थिलाई आ-आफ़्नो देशमा लैजान ईच्छुक भएका छन । तर पनि कतिपय भुटानी हरु अझै पनि भूटान फर्किन चाहनेहरु पनि छन ।
संयुक्त राष्ट्र तथा अन्य अंतरराष्ट्रीय संस्थाहरुले यी शरणार्थिहरुको पुनर्वासको ब्यवस्था गर्ने कोशिश गरेका हुन । भुटानमा हाल पनि प्रजातन्त्र नभईकन एकलतन्त्रको रुपमा भुटानी राजाले शासन गरेका छन ।
(साभार :BBC)

No comments: