Thursday, November 29, 2007

निष्पक्ष र धाधलीरहीत चुनाव सम्पन्न गराउने हो भने माओबादी बहुमत - डा. भट्टर्राई

नेकपा माओबादीका बरिष्ट नेता डा. बाबुराम भट्टर्राईले नेपालमा साच्चै नै निष्पक्ष र धाधलीरहीत चुनाव सम्पन्न गराउने हो भने माओबादी पार्टीले बहुमत ल्याउने ठोकुवा गर्नुभयो ।
उहाँले भन्नुभयो हामी संविधान सभा निर्वाचन बाट कदापी भागेका छैनौ यदि सरकारले स्वतन्त्र रुपमा निर्वाचन गराउने प्रतिज्ञा गर्छ भने हाम्रो पार्टीको मतको नतीजा सबै भन्दा राम्रो हुने बताउनुभयो । संविधान सभा निर्वाचन गराउने दलहरुनै चुनावमा हारीएलाकि भनेर विभिन्न बहाना पारी चुनावको मिती सारिरहेका छन् भन्दै नेता भट्टर्राईले कांग्रेस स्वयं संविधान सभा निर्वाचन चाहदैन भन्नुभयो । उहाँले गणतन्त्र र समानुपातिक निर्वाचन प्रणाली भनेको अहिले नेपालको केन्द्रबिन्दु हो भन्नुभयो । त्यसैगरी संसदले पारीत गरेको प्रस्ताव चाडौ कार्यान्वयन नभए सडक संघ्ार्षगर्ने पनि चेतावनी दिनुभयो । विभिन्न कारणबाट हाम्रो क्रान्तिकारी आन्दोलन अझै पूरा हुन सकेको छैन् भन्दै, नेपाललाई स्वतन्त्रता दिलाउन माओबादी पुर्ण क्रान्तिकारी आन्दोलनमा जाने पनि चेतावनी दिनुभयो । नेकपा माओबादीका प्रवक्त कृष्ण बहादुर महराले दलहरुले भनेझै नयाँ नेपाल बनाउने हो भने संविधान सभा निर्वाचन पुर्ण समानुपतिक प्रणालीबाट हुनुपर्ने जोड दिनुभयो ।
अहिले राजनितिमा २ धार देखिसकिएको उल्लेख गर्दै उहाँले यथास्थितीवादी नेताहरुले नेपाललाई कहिल्यै परिर्वतन गर्न नसक्ने दाबी गर्नुभयो । उहाँले नेपालको राज्यको साचो नेपाली जनतामा नरहेकोले नेपाली जनताले अहिले पनि स्वतन्त्र महसुस गर्न नसक्ने बताउनुभयो । राज्यको साचो अझै राजाले लिएका छन भन्दै प्रवक्ता महराले पुर्ण समानुपतिक निर्वाचनमा जान सकियो भने त्यो साचो नेपाली जनतामा आउने बताउनुभयो ।

No comments: