Tuesday, November 6, 2007

पत्रकार वीरेन्द्र शाहको हत्या गरेको माओवादीद्वारा स्वीकार

लोकतान्त्रीक पद्दतिमा आई असल र शान्तिपुर्ण राजनिति गर्ने माओबादीको भनाई कति सम्म खोक्रो रहेछ भन्ने कुरा फेरी पनि प्रमाणित भएको छ । यसैको पछिल्लो प्रमाणस्वरुप वाराका निर्दोष पत्रकार वीरेन्द्र साहलाइ अपहरण गरेकै दिन गोली प्रहार गरी मारेको कुरा नेकपा माओवादीले स्वीकार गरेको छ । माओवादीद्वारा गठित माओवादी अनुसन्धान टोलीका संयोजक हरिभक्त कडेलले माओवादी मुख्यालय वुद्धनगरमा आयोजित पत्रकार सम्मेलनमा आफ्ना कार्यकर्ताले अपहरण गरेकै दिन असोज १८ गते माओवादी बारा जिल्लाका कार्यकर्ता रामएकवाल सहनीले साहलाई कन्चट र छातीमा गोली प्रहार गरि हत्या गरेको जानकारी दिएका छन् ।साहको अपहरण र हत्यामा पार्टीका कार्यकर्ताहरु लालबहादुर चौधरी, कुन्दन फौजदार र रामएकवाल सहनी संलग्न रहेको तथा उनीहरुलाई प्रचलित कानून अनुसार कारवाही चलाउन सरकारलाई सहयोग गर्न पार्टी तयार रहेको पनि कडेलले बताए । साहको अपहरण र हत्यामा संलग्न रहेको भनिएका अर्का माओवादी कार्यकर्ता हरेराम पटेल भने घटनामा संलग्न नरहेको कडेलले दावी गरे ।
माओवादीले पत्रकार हत्या गर्न आफ्नो पार्टीको कुनै निति नभएको भन्दै पटक पटक भन्दै गरेता पनि यस्ता निर्दोष ब्यक्तिहरुको हत्या र अपहरण गर्ने कार्य भने कति पनि रोकिएको छैन । माओबादीको यस किसिमको निर्दोष ब्यक्तिको हत्या र आंतक अफगानिस्तानको तालिवानले गरेका हत्या र आंतक भन्दा केहि फरक देखिदैन । यसको लागि पार्टी अध्यक्ष प्रचण्डले जनता सामु माफि माग्नु नै पर्दछ ।

No comments: