Friday, November 30, 2007

टर्कीमा जेट बिमान दुर्घटना , ५६ को निधन


अंकारा, टर्की- टर्कीमा शुक्रबार बिहान एउटा बिमान (Atlasjet MD-83) बिमानस्थलमा अबतरण हुनु भन्दा ठिक केहि समय अगाडि दुर्घटनामा परेको छ । घटना पछि एउटा हेलिकोप्टर त्यहा पुगेको र दुर्घटनाबाट बिमानमा सवार सबै ५६ जना यात्रुको दु:खद निधन हुनपुगेको बताईएको छ । टर्कीका एक हवाई अधिकारीका अनुसार दुर्घटानाको बास्तबिक कारण थाहा हुन सकेको छैन । घटना मौसम को कारणले भएको अनुमान गरिएतापनि दुर्घटनाको समयमा त्यहा हुरी-बतास या कुहीरो केहि नभएको बताईएको छ । उक्त बिमान बिहान एक बजेतिर ४९ यात्रु र ७ बिमानका कर्मचारी सहित ईस्तानबुल शहर बाट ईस्पर्ताको लागि उडेको थियो । प्राप्त समाचार अनुसार बिमान दुर्घटना हुनुभन्दा केहि समय अगाडि मात्र रयाडर(rader) संग सम्बन्ध बिच्छेद हुन पुगेको थियो । घटना पछि यातायात मन्त्रि बिनारी यिल्डिरिमले दुर्घटना हुनुपुर्व त्यहां कुनै असामान्य परिस्थिति नरहेको बताउनुभएको छ । दुर्घटना पछि प्रहरी हेलिकोप्टरमा घटनास्थल पुगेका राश्ट्रिय समाचार समितिका रिपोर्टरका अनुसार शबहरु घटनास्थलको वरिपरि छरिएर रहेको र केहि शब हरु भने दुर्घटनाग्रस्थ बिमानको सिटमानै टांसिएर रहेको बताईएको छ ।घटनास्थललाई हाल सेनाले आफ़्नो घेराबन्दिमा राखेको छ । उक्त बिमानले सन् २००१ बाट आन्तरिक सेवा सुरु गर्दै आएको र बिशेस गरि युरोप र अन्य बाहिरि मुलुकहरुमा चार्टर्ड् सेवा संचालन गर्दै आएको छ । यो निजि बिमान सेवा कम्पनीको बिमान हो ।

No comments: