Saturday, November 24, 2007

भूटानी शरणार्थीलाई धर फर्काउन प्रतिनिधिमण्डल थिम्पु जाने

नेपाल र भारत बसोबास गर्दै आएका भूटानी शरणार्थीलाई धर फर्काउन भारतिय सांसदहरुको एक प्रतिनिधिमण्डल थिम्पु जाने भएको छ । भूटानी शरणार्थीलाई धर फर्काउने अभियान स्वरुप भारतमा नेतृत्व गरिरहेका भूटान सोलिगरिटीले आगामी डिसेम्बरसम्मा संसदिय प्रतिनिधिमण्डल भुटान जान लगेको जनाएको छ । विभिन्न राजनैतिक दलहरु सम्मिलित सो संसदिय प्रतिनिधिमण्डलले भूटानी सरकारका अधिकारीसँग भेट गरी भूटानी शरणार्थीलाई धर फर्काउने आग्रह गर्ने छ ।
सो संसदिय प्रतिनिधिमण्डल थिम्पु जानुभन्दा अधि नेपालको झापा, मोरङ्गमा आई स्थलगत अध्ययान गरी शरणार्थीको अवस्थाका बारेमा रिर्पेाट तयार पार्ने जनाएको छ । संसदिय प्रतिनिधिमण्डलका संयोजक मध्यप्रदेशका सांसद डा. सुनिलम, सोलिगरिटीका उपाध्यक्ष आनन्दस्वरुप वर्मा एवं वामधटक,समाजपार्टीका सांसदहरु पनि सहभागि हुनेछन् । भूटानी शरणार्थीलाई आफ़्नो धर फर्काउने बारे भारतले चालेको यो पहिलो कदम हो । यसअधि गत बैशाखमा झापा र मोरङ्गका शरणार्थीहरु भारतहुदै थिम्पु जान लाग्दा सिमाक्षेत्रमा भारतिय सेनाले हस्तक्षेप गरेको थियो ।

No comments: