Sunday, November 25, 2007

सविधान सभा निर्वाचनको मिती घोषणा गर्न दलहरु विच सहमति हुनुपर्ने- नेताहरु

विभिन्न राजनीतिक दलका नेताहरुले संविधानसभा निर्वाचनको मिती तत्काल तोक्न दबाब दिएका छन् । रिपोर्टस क्बल नेपालको साक्षत्कार कक्षमा शनिवार विभिन्न दलका नेताहरुले पूर्व अमेरिकी राष्ट्रपति जिम्मी कार्टरले उल्लेख गरेका धारण सम्मान योग्य रहेको बताउदै संविधान सभाको निर्वाचनबाट प्राप्त जनादेशले नै राजतन्त्रको भविप्य सुनिश्चित गर्नुपर्ने जोड दिएका छन् । आगामी साता सात दलको बैठकमा सविधान सभा निर्वाचनको मिती घोषणा गर्न सहमति जुटाउने उनिहरुको धारणा थियो ।
नेकपा एमालेका कार्यवाहक माहसचिव अमृतकुमार बोहोराले मंसिर ६ गतेको निर्वाचनको मिती सरेको र अर्का तिथी तय हुन नसक्दा देश झन अन्योल ग्रस्त बनेको बताउनु भयो । माओवादीले गणतन्त्रको प्रस्तावमा लचिलो हुनु पर्ने उहांको धारणा थियो ।
नेपाली काग्रेसका प्रवक्ता अर्जुन नरसिंह के.सीले काग्रेसले महासमितीको निर्णय कुनै पनि हालतमा परिर्वतन नगर्ने वताउनु भयो । उहाँका अनुसार संसद भनेको राजनितिक सहमतिको आधार हो, गणतन्त्र जस्तो संवेदनशील र महत्वपुर्ण बिषयमा अरु सांसदले निर्णय गर्न सक्दैनन् । घुमाउरो पारामा उहाँले संसदबाट पारित प्रस्तावहरुको कार्यन्वयन हुनका लागि २ तिहाई बहुमत आवश्यकता पर्ने बताउनु भयो ।पूर्व अमेरिकी राष्ट्रपति जिम्मी कार्टरले दिएको सुझावका बारेमा पत्रकारले सोधेको प्रश्नमा प्रवक्ता के.सीले भन्नु भयो पार्टीहरुको आ आफ्नै सिद्वान्त र दृष्टिकोण अनुरुप नै चल्नु पर्छ, विदेशीहरुको सुझाव मान्नु पर्छ भन्ने छैन ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर के.सीले निर्वाचन विथोलेर क्रान्तिकारी कुरा गर्नुमा कुनै अर्थ नभएको बताउनु भयो । अब तुरुन्त संविधान सभाको निर्वाचन घोषणा गर्नु पर्ने उहाँको धारणा थियो ।

No comments: