Friday, November 2, 2007

अध्यक्ष प्रचण्डद्वारा माओबादीले पत्रकार साहको अपहरण गरेको स्वीकार

०१ नोभेम्बर, २००७,
पत्रकार महासंघका प्रतिनिधीहरुको एक टोली र पत्रकार साहकी पत्नी उमरावती सहित माओवादी पार्टी कार्यालय बुध्दनगरमा गई करिब महिना दिन अघि अपहरित गरिएको पत्रकार बिरेन्द्र कुमार साहको बारेमा अध्यक्ष प्रचण्डसग कुराकानी गर्न गएको थियो । उक्त बेलामा अध्यक्ष प्रचण्डले पहिलो पटक साहको अपहरणमा आफ्ना कार्यकर्ताहरुको संलग्नता रहेको स्वीकार गरेका गर्नुभयो । ३ दिन भित्रै साहको स्थिति सार्वजानिक गर्ने बताउदै प्रचण्डले पत्रकार महासंघका सभापति बिष्णु निष्ठुरीसग पार्टीको निति बिपरित पत्रकार साहको अपहरण भएकोमा दु:ख व्यक्त पनि गर्नुभयो । राष्ट्रको चौथो अंगको रुपमा रहेको संस्थालाई माओबादीबाट यस भन्दा अघि पनि पटक पटक आक्रमण या अपहरण ज़स्ता कार्यहरु रोकिन नसक्नु अवश्य पनि दु:ख लाग्यो कुरा हो । यसले माओबादीहरु अझै पनि यथार्थमा शान्तिपुर्ण राजनैतिक क्रियाकलापमा आउन नसकेको पुष्टी गर्नुको साथै भविश्य़मा हुन गैरहेको संबिधान सभामा माओबादीहरुलाई नै घाटा पुर्याउने तर्क एकथरी बुद्दीज़िवीहरुको छ ।
झन्डै १ महिना भैससकेको यस अपहरण प्रकरणमा माओवादी र सरकारले प्रयाप्त चासो नदिएको कुरा पनि पत्रकारहरुले प्रचण्डको ध्यानाकर्षण गराउदा, प्रचण्डले दोषी कार्यकर्तालाई आन्तरिक कारबाहीको प्रक्रिया अघि बढाईएको जानकारी दिनुभयो । प्रचण्डले पत्रकार साहकी श्रीमतीसँग केहिवेर भिन्दै कुराकानी समेत गर्नु भएको थियो ।

No comments: