Saturday, November 24, 2007

सेनाको मुख्यालय बाहिर आत्मघाति हमला, १५ जना हताहत

पाकिस्तानको रावलपिंडी शहरमा भएको दुई छुट्टा-छुट्टै बिस्फोटनमा परि कम्तिमा १५जनाको ज्यान गएको छ । ति दुबै बिस्फोटनहरु शैनिक इलाकालाई निशाना बनाएर गरिएको थियो । पहिलो बिस्फोटन सेनाको छाउनि बाहिर भएको थियो जसमा परि सेनाका एक जवानले ज्यान गुमाए । दोश्रो बिस्फोटन सेनाको कर्मचारि चढेको बसमाथि, सेनाको मुख्यालय बाहिर भएको थियो । समाचार स्रोतका अनुसार जब बस सेनाको कर्मचारि लिएर अघि बढ्यो, ठिक त्यतिनै बेला हमलाकारिले एउटा कारलाई बसको पछाडि लगेर बिस्फोटन गराएको थियो ।
बिगत ३ महिनामा सेनाको मुख्यालयमा बिस्फोटन गराईएको यो तेस्रो पटक हो । यस घटनाको जिम्मेवारि हालसम्म कसैले नलिएतापनि अधिकारिहरुले घटना तालेबान समर्थक चरमपंथिहरुले घटाएको हुनसक्ने आशंका गरेका छन । उनिहरुका अनुसार तालेबान समर्थकहरु पाकिस्तानि सेनाले देशको उत्तर पश्चिमी प्रान्तमा गरिरहेको कार्वाहिको बदला लिने कोशिस गरिरहेको छ । हालका केहि महिनामा पाकिस्तानमा कयौं आत्मघाति हमलाहरु भएका छन । केहि समय पहिले मात्र कराचींमा भएको बिस्फोटनमा परि १३५ जना भन्दा बढि ब्यक्तिको ज्यान गएको थियो ।

No comments: