Saturday, November 24, 2007

नेपालमा भोली नै गणतन्त्र आउने थियो - देउवा

नेपाली कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले माओवादीले संविधान सभा निर्वाचनमा भाग लिनुनै बर्तमान राजनीतिक गतिरोधको उपयुक्त निकास भएको बताउनु भएको छ ।
संचारकर्मीहरु सँगको कुराकानीमा नेता देउवाले राजा राख्ने नराख्ने लगायतका विवादीत विषयमा निर्णय गर्ने अधिकार जनतामा मात्र रहेकोले पनि संविधान सभा नै उपयुक्त हुने दावी गुनृभयो ।
माओवादीले भाँजो नहालेको भए भोलि नै नेपाल गणतान्त्रिक मुलुक हुने थियो भन्दै नेता देउवाले अनाहकमा अड्चन हालेर गणतन्त्र सुनिश्चित नगरी पर सारेको आरोप समेत लगाउनु भयो । नेता देउवाले नेपाली कांग्रेसले गणतन्त्रमा जाने निर्णय गरिसकेकोले अब पछाडि र्फकन नसक्ने दावी गर्दै सबैले स्वीकारी सकेको गणतन्त्रलाई मुद्दा बनाउनु गलत नियत भएको समेत बताउनु भयो ।

No comments: