Friday, November 2, 2007

हवाई हमलामा एलटीटीईका वरिष्ठ नेता तमिलसेल्वनको हत्या

एलटीटीईका वरिष्ठ नेता एसपी तमिलसेल्वन श्रीलंका सेनाको हवाई हमलाबाट निधन भएको छ । तमिल विद्रोहियोंले यस कुराको पुष्टि पनि गरेका छन । एसपी तमिलसेल्वन एलटीटीईको राजनीतिक इकाईको प्रमुख थिए । एलटीटीईको भनाई अनुसार यस घटनामा तमिलसेल्वन सहित अन्य ५ जनाको निधन भएको छ । एलटीटीईको वेबसाइट अनुसार शुक्रवारको स्थानीय समय अनुसार बिहान ६ बजे तमिलसेल्वनको हत्या भएको थियो । वेबसाइटमा भनिएको छ - हामीलाई निकै दुखका साथ यो भन्न परेको छ की शुक्रवार बिहान ६ बजे हाम्रा राजनीतिक इकाईका प्रमुख ब्रिगेडियर एसपी तमिलसेल्वनको हवाई हमलाबाट निधन भएको छ
२००६ मा श्रीलंका सरकारसग भएको शांति वार्तामा तमिलसेल्वन एलटीटीईका तर्फबाट प्रमुख वार्ताकारका रुपमा थिए साथै उनी अंतरराष्ट्रीय स्तरमा पनि जानी पहिचानी ब्यक्तित्वका थिए । तमिलसेल्वनको हत्याले श्रीलंकाको शांति प्रक्रियामा नराम्रोसग असर पर्ने कुरा जानकारहरुको भनाई छ ।

No comments: