Thursday, November 1, 2007

पूर्व प्रधानमंत्री नवाज शरीफलाई पाकिस्तान प्रवेश गर्नको लागि निर्देशन

३१अक्टूबर,२००७

पाकिस्तानको सर्वोच्च अदालतले पुर्व प्रधानमन्त्री शरीफलाई स्वदेश फर्किन अनुमति दिनको लागि निर्देशन दिएको छ । साथै अदालतले शरीफलाई सितंबरमा देशबाट फेरी अन्य पठाउनु अदालतको एक पूर्व आदेशको उल्लंघन भनेर भनेको छ । मुख्य न्यायधिश इफ्तिखार मोहम्मद चौधरीको यस आदेश पछि शरीफका सैकड़ों समर्थक सुप्रीम कोर्टको बाहिर एकजुट भई तालि बजाएर अदालतको आदेशलाई स्वागत गर्दै सैन्य शासक राष्ट्रपति परवेज मुशर्रफका विरुद्द नारा लगाएका थिए । गत दस सितंबरमा सात वर्ष पछि निर्वासनबाट फर्केका शरीफलाई एअरपोर्टबाट नै फेरी सउदी अरबको विमानमा जबरज़स्ती राखी पठाइएको थियो । त्यही कामलाई सुप्रीम कोर्टले प्रधानमंत्री शौकत अजीजलाई पनि अदालतको आदेशको अवहेलना गरेको भनेर दोषी ठहराईएको छ ।
पाकिस्तान सरकारको कार्यको आलोचक र सरकारबाट अपहेलना गरिएक हालको प्रमुख न्यायधिसले २३ अगस्तमा दिएको आफ्नो आदेशमा भनिएको थियो कि शरीफलाई स्वदेश फर्किन पुर्ण अधिकार छ र उनलाई स्वदेश फर्किन कुनैपनि किसिमको बाधा ब्यवधान नगर्नु भनेर प्रशासनलाई पनि आदेश दिईएको थियो । मुशर्रफ सरकारले यस वर्षको शुरूआतमा चौधरीलाई पदबाट हटाने प्रयास गर्दा राष्ट्रब्यापी आंदोलनको सामना गर्न परेको थियो ।

No comments: