Saturday, November 17, 2007

बंगलादेशमा आएको तूफ़ानबाट मर्नेको सख्या ६ सय

बंगलादेशको दक्षिण-पश्चिमी समुद्री इलाकामा आएको भीषण तूफ़ानबाट मर्नेको सख्या कम्तीमा पनि ६ सय भएको छ भने दस लाख भन्दा वढी घर परिवार प्रभावित भएको अनुमान गरिएको छ । बचावकर्मिहरुको भनाई अनुसार मर्नेहरुको सख्या यो भन्दा पनि बढी हुन सक्दछ । २४० किलोमीटर प्रति घण्टाको दरले आएको तुफानले कति घरहरु, भवनहरु ध्वस्त पार्नुका साथै धेरै संख्यामा बिजुलीको खंबा ढलेका थिए ।
यस तुफान कति ठाउमा पाँच-पाँच मीटर अग्लो समुद्री छाल आएको थियो भने समुद्रमा माछा मार्न गएका करिब १५० डुंगाहरु फर्किन सकेनन, १००० माछीहरु बेपत्ता भएका छन । यस तुफानले हज़ारौ मानिस बेघर हुनुका साथै कतिपय ठाउमा संचार व्यवस्था बन्द भएको छ । बंगलादेशको दक्षिणी समुद्री ईलाकामा अक्सर तूफ़ान आउने गर्दछ, र सन १९७० मा आएको भीषण तूफ़ानले मर्नेहरुको सख्या करिब पाच लाख पुगेको थियो ।

No comments: