Monday, January 28, 2008

मंगल ग्रहमा मानव जीवनको रहस्यमय तस्वीर



हालै नासाको अंतरिक्ष यान स्पिरिटले मंगल ग्रहको सतहको एक रहस्यमय आकृति को तस्वीर पठाएको छ । यस तस्वीर बाट मंगल ग्रहमा मानव जीवनलाई लीएर एक पटक फेरी बहस शुरु भएको छ । प्राप्त तस्वीरलाई ठुलो बनाई वेबसाइटमा राखिएको छ । यो ढुंगाको बिचमा रहेको मानव आकृतिले त्यस सम्बन्धि प्रश्न उब्जाएको हो । कसैले यसलाई प्रकाश को कारण उत्पन्न दृष्टिभ्रम भनेका छन भने कसैले यसलाई मंगल ग्रहमा जीव को उपस्थितिको प्रमाणको रुपमा लिएका छन ।

Indonesia’s ex-dictator Suharto dies at 86


JAKARTA, Indonesia - Former dictator Suharto, an army general who crushed Indonesia’s communist movement and pushed aside the country’s founding father to usher in 32 years of tough rule that saw up to a million political opponents killed, died Sunday. He was 86.
Suharto had been ailing in a hospital in the capital since Jan. 4 when he was admitted with failing kidneys, heart and lungs. Doctors prolonged his life through dialysis and a ventilator, but his condition dramatically worsened over the weekend and he lost consciousness and stopped breathing on his own late Saturday.
A statement issued by chief presidential doctor, Marjo Subiandono, said he was declared dead at 1:10 p.m. The cause of death was given as multi-organ failure.
source:msnbc

Saturday, January 26, 2008

नेपाल असफ़ल राष्ट्रको दिशातर्फ़-१

-नवराज थपलिया
शायद राजा ज्ञानेन्द्रले अहिले यो परिस्थितिको सामना गर्नु पर्ला भन्ने सोचेको भए उनले त्यों आत्मघाती कदम चाल्ने पनि थिएनन होला तर त्यों अब इतिहास बनी सक्यो र समय धेरै अघि बढीसक्यो र उनी आफ्नो त्यो कामको परिणाम अहिले भोग्दै विगतका कामको मुल्याकन गर्दैछन । जव ज्ञानेन्द्र तुलसी गिरि लगायतलाई लिई आफ़्ना चरम सफ़लता सहित देशलाई अगाडी बढाउने दिवास्वप्न देखेका बेला, हाम्रा नेताहरु नेपाली जनताका माझमा विगत आफ़ुहरुबाट गल्ती भएको र अबबाट नहुने भन्ने वाचा गर्दै, जनता समक्ष माफ़ि दोहर्याई रहेका थिए ।
तर हाल देशमा भए गरेका घटनाक्रमहरुलाई हेर्दा, नेताहरु पुरानै पाराले देशलाई असफलताको बाटॊतीर लैजादैछन । संबिधान सभाको निर्वाचन २ पटकसम्म सार्नु र चैत २८ को पनि हुने अत्तोपत्तो नहुनु वा हुन नदिन अनेक बखेडाहरु निकाल्ने प्रयास गर्नु नै यस कुरालाई प्रमाणित गर्दछ । यस किसिमका परिस्थिति निर्माणको उद्देश्य नै प्रधानमन्त्री गिरजा प्रसाद कोइराला जसरी पनि सुजातालाई सत्तोरोहण गराई देशको बागडोर जिम्मा लगाउने अघोर र अन्तिम ईच्छाले काम गरेको छ । माओबादीहरुलाई जसरी हुन्छ चुनाब भाडेर यहि अबस्थामा रहि, सत्ता र चन्दा आंतक कायम राख्ने । साथै परिस्थिति अनुकुल भएको खण्डमा राष्ट्रबादीहरुलाई लिएर भएपनि सत्ता कब्जा गर्ने उद्देश्यमा निहित छन जुन उद्देश्यका लागि उनीहरुले पछिल्लो पटक निरन्जन थापा लगायतका मानिसहरुलाई भेटी आफ़्नो सत्ता कब्जा गर्ने लक्ष्यलाई निरन्तरता प्रदान गरिरहेका संकेत दिएका छन । अर्कोतर्फ़ एमाले परिस्थितिको ठोस मूल्यांकन गर्न नसक्ने, अनि अगाडी जे देख्यो त्यही निर्णय गर्ने । एमालेको यही बिना अडान बिना सोचहरुले अझ आगोमा घ्यु थप्ने काम गरेको छ ।
वर्तमान परिस्थितिमा पार्टीहरुको यही निहित स्वार्थ र देशलाई आफ़्नो पार्टीको पकडबाट बाहिर जान नदिई सत्ता कब्जा गरीरहेने सोचले, देशलाई एक असफल राष्ट्रतिर धकेलिई रहेको छ भन्दा अब अत्युक्ति नहोला । क्रमश :

Friday, January 25, 2008

सुरक्षा योजना सार्वजनिक

६२ हजार प्रहरी र ६९ हजार ७०० म्यादी प्रहरी संविधानसभा चुनावमा परिचालन गर्ने योजना सरकारले सार्वजनिक गरेको छ ।
सरकारले चैत २८ गते हुने संविधानसभा चुनावका लागि ४० हजार जनपद प्रहरी, २२ हजार सशस्त्र प्रहरी र ६९ हजार ७०० म्यादी प्रहरी खटाउने भएको छ । माघ १० गते संसदको संविधानसभा अनुगमन बिशेष समितिको बैठकमा बोल्दै गृहमन्त्री कृष्णप्रसाद सिटौलाले यो जानकारी दिएका हुन् । सिटौलाले चुनाव सम्पन्न गर्न सरकारले तीन चरणको सुरक्षा योजना बनाएको पनि बताए । सिटौलाका अनुसार, माघ १५ देखि फागुन ७ सम्म पहिलो, फागुन ८ देखि २१ सम्म दोश्रो र फागुन २१ देखि चैत २८ सम्म तेश्रो सुरक्षा योजना लागु हुनेछ ।
संविधानसभा चुनावका लागि भर्ना गरिने म्यादी प्रहरीलाई १५ दिन तालिम दिएर खटाइने गृहमन्त्रीले बताए । पहाडका चुनाव बुथमा तीन जना र तराईमा ७ जना जनपद प्रहरी परिचालन गरिने पनि उनले जानकारी दिए । गृहमन्त्रीले चुनाव सफल बनाउन निर्वाचन आयोगलाई सहयोग गर्नु सरकारको दायित्व भएको र त्यो सरकारले जसरी पनि पूरा गर्ने उल्लेख गरे ।
बैठकमा शान्ति तथा पुनर्निर्माण मन्त्री रामचन्द्र पौडेलले बिभिन्न समूहसँग सरकारले अहिलेसम्म गरेका वार्ता र सहमतिको फेहरिस्त प्रस्तुत गरेका थिए । मन्त्री पौडेलले चैत २८ गते संविधान सभा चुनाव हुने बिश्वास दिलाउदै द्वन्द्व हुदैमा चुनाव नरोकिने तथा द्वन्द्व समाधानपछि मात्र चुनाव गर्ने भने चुनाव कहिल्यै हुननसक्ने बताए ।
बैठकमा उपस्थित निर्वाचन आयोगका प्रमुख आयुक्त भोजराज पोखरेलले कुनै पनि दलले चुनावलाई हानी पुग्ने काम गर्न नहुने उल्लेख गरेका थिए । (साभार हिमाल खबर पत्रिका )

Tuesday, January 22, 2008

टर्कीमा यू-ट्यूब माथि प्रतिबंध

इंटरनेट मार्फत भिडीयो क्लिपको सुविधा प्रदान गर्ने लोकप्रिय वेब‍-साइट यू-ट्यूब प्रती टर्कीमा प्रतिबंध लगाईएको छ । प्रतिबंधको मुख्य कारण आधुनिक टर्कीका संस्थापक मानिएका कमाल अतातुर्कको बारेमा कथित तरिकाको अपमानजनक ब्यबहारको भिडीयो भएको जनाईएको छ । टर्कीको कानुन अनुसार अतातुर्कको अपमान गर्नु गैरकानुनी मानिन्छ । इंटरनेट अनलाईन सुचनामा यू-ट्यूब वेब-साइटको कनेक्शन टर्कीको अदालती आदेश अनुसार बन्द गरिएको जनाईएको छ ।

Monday, January 21, 2008

भावुक प्रचण्डको स्वीकारोक्ति

आवेशमा आएर उत्तेजित हुने पछिमात्र महसुस गर्ने बानीले नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई सास्ती बनाएको छ। आफू भावुक स्वभावको भएकाले सानो कुराले पनि उत्तेजित बनाउने गरेको र पछि आफैंले ठण्डा दिमागले सोच्दा गल्ती महसुस हुने गरेको स्वीकारोक्ति प्रचण्डले गरेका छन्। प्रचण्डले पुस ३० गते खुलामञ्चमा भाषण गर्ने क्रममा प्रधानसेनापतिको नामै लिएर गाली गर्नु र जंगबहादुर जन्मिनुपर्छ भन्नु कमजोरी भएको स्वीकार गरेका छन्।
कुरा गत माघ २ गतेको हो। अध्यक्ष प्रचण्ड आफैंले अध्यक्षता गरेर डाकेको सातदलका शीर्ष नेताहरूको बैठकमा प्रचण्डको सो अभिव्यक्तिबारे अनौपचारिक छलफल हुने क्रममा 'मेरो कमजोरी भनेकै देखेको कुरा र मनमा लागेको कुरा फ्याट्ट भनिहाल्ने हो। छलछामको राजनीति हुने ठाउँमा यस्तो बानीले काम दिने रहनेछ,' प्रचण्डको भनाइ उद्धृत गर्दै बैठकका एक सहभागीले बताए। सातदलको सो बैठकमा नेकपा एमालेका केन्द्रीय सदस्य राजेन्द्र पाण्डेले प्रचण्डलाई निकै गम्भीर हुनेगरी उनका कमजोरी उजागर गरिदिए। 'तपाईंले रुक्मांगत कटवाललाई ललकारेर जसरी आक्रामक भाषण गर्नुभयो, त्यसले तपाईंको उचाइ घटाएको छ। त्यो त वाईसीएलको एउटा नेताले गर्ने भन्दा पनि तल्लो तहको भयो। मैले तपाईं यसरी उत्तेजित हुनुहुन्छ भन्ने सोचेको थिइनँ,' राजेन्द्र पाण्डेले प्रचण्डलाई भनेका शब्द यिनै थिए। जवाफमा प्रचण्ड निकै गम्भीर भएको र आफूले त्यसरी नबोलेको भए हुने थियो भन्ने महसुस गरेका थिए। बैठकका कतिपय सहभागीले कटवाललाई खुलामञ्चबाट गाली गर्नुभन्दा बालुवाटारमै बोलाएर हप्काउन सकिन्थ्यो भन्ने सुझावसमेत प्रचण्डलाई दिएका थिए।
सेनाको सवालमा बोल्दा प्रचण्डले यसरी आलोचित बन्नुपरेको यो पहिलो घटना भने होइन। २०६३ असार २ गते पहिलोपटक बालुवाटारमा सार्वजनिक भएको दिन पनि प्रचण्डले शाही सेना (हाल नेपाली सेना)मा बलात्कारी र हत्याराहरू छन् भनेर अभिव्यक्ति दिएका थिए। पछि त्यसले ठूलो आलोचना आयो र नेपाली सेनाले समेत कडा प्रतिवाद गरेपछि प्रचण्डले वक्तव्य निकालेर सबै सेनालाई बलात्कारी भन्न खोजिएको होइन भनी स्पष्टीकरण दिएका थिए। यसपालि पनि 'को हो रुक्मांगत कटवाल' भनेर भाषण गरेकोमा प्रचण्डले आत्मालोचना गर्नुपर्ने माग कांग्रेसतिरबाट आए पनि अनौपचारिक रूपमा प्रचण्डले कमजोरी महसुस गरेपछि सो प्रकरणको अन्त्य भएको सातदलका एक नेताले बताए। स्रोत:विक्ली नेपाल

चुनावबारे आशंका निर्मुल गर्न आग्रह

संविधानसभा चुनाव चैतमै सम्पन्न हुनेमा आशंका रहेकाले त्यसबारे विचार गर्न प्रमुख निर्वाचन आयुक्तले सबैलाई आग्रह गरेका छन्। प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले चैत २८ मा संविधानसभाको निर्वाचन हुनेमा अझै आशंका रहेकाले सरकार, संसद र संसदीय दलहरुलाई त्यसबारे बिचार गर्न आग्रह गरेका छन् ।
संसदको संविधानसभा निर्वाचन ब्यवस्थापन अनुगमन बिशेष समितिको माघ ६ गते भएको बैठकमा प्रमुख निर्वाचन आयुक्त पोखरेलले दुई पटकसम्म चुनाव भएकाले नकारात्मक सन्देश जन्मिएको बताए । पोखरेलले शान्तिसुरक्षाको अवस्था अझै नसुध्रिएको तथा एक दिन चुनावको कार्यक्रममा अवरोध पुगे चैत २८ गते हुने चुनाव पनि प्रभवित हुने बताए ।
पोखरेलले चुनाव बिबाद नुहने प्रकारको हुनुपर्ने भएकाले आचारसंहिता पालना गर्न सबैलाई अनुरोध गरे । पोखरेलले चुनावका लागि आवश्यक पर्ने चार करोडभन्दा धेरै मतपत्र जनक शिक्षा सामाग्री केन्द्रमा छाप्न लागेको पनि जानकारी दिए । सांसदहरुले सुरक्षा अबस्था, तराई समस्या लगायतका बिषयमा उचित सम्बोधन नभएसम्म चैत २८ गते एकै चरणमा चुनाव हुनेमा शंका ब्यक्त गरेका थिए । तर, नवनियुक्त गृहराज्य मन्त्री रामकुमार चौधरीले छलफलमा चुनावका लागि आवश्यक सुरक्षा दिन सरकार तयार रहेको बताएका थिए ।(साभार हिमाल खबर पत्रिका )

Sunday, January 20, 2008

राजकुमार विलियम्स बिमान प्रशिक्षणमा


सैनिक अफिसर्स तालीम पश्चात् नौ दिन सम्मको हवाई प्रशिक्षण लिएर बिमान उडाउंदै बेलायती राजकुमार विलियम्स । उनले शाही वायुसेवाको बिमान उडाएका थिए ।

Friday, January 18, 2008

प्रशिक्षणको क्रममा हेलिकप्टर दुर्घटनामा

अमेरिकाको टेक्सास राज्यमा बुधबार प्रशिक्षणको क्रममा दुर्घटनामा परी जल्दै गरेको हेलिकप्टर, जसमा परि तीन जनाको तत्कालै ज्यान गएको थियो । फोटो: एमएसएनबीसी

लण्डनमा बिमान दुर्घटना , प्रधानमन्त्री ब्राउन सकुशल



बिहिवार लण्डनको हेथ्रो बिमानस्थलमा अवतरण गर्ने समयमा एउटा यात्रु बहाक बिमान दुर्घटनामा परेको छ । उक्त समयमा बेलायती प्रधानमन्त्री गोर्डन ब्राउन पनि धावन मर्गमानै अर्को बिमानमा चीन प्रस्थानको तयारीमा रहेका थिए तर उनी चढेको बिमानलाई भने केहि हुन पाएन । दुर्घटनामा तीन जना घाईते भएको र उनीहरुको अस्पतालमा उपचार भईरहेको बताईएको छ । लण्डन ऎयरवेज को फ़्लाईट नम्बर BA38 को उक्त बिमान बेईजींन बाट लण्डनको लागी उडेको थियो । बोईंन ७७७ को उक्त बिमानलाई आपतकालीन अवतरण गरिएको थियो । बिमानस्थलका प्रबक्ताले बिमान आपतकालीन अवतरण गर्न लागेको थाहा पाएपछि बिमानस्थल सेक्युरीटीका सबै निकायहरुलाई पुरा तयारीका साथ राखेको बताईन ।

Thursday, January 17, 2008

श्रीलंकामा भिषण हवाई हमला




श्रीलंकामा सरकारी सेनाले बिद्रोहि एलटीटीई को शिबिर माथि हवाई हमला गरी उसको शिबिरलाई ध्वस्त बनाईदिएको जनाएको छ । न्युज एजेंसी एएफपीलेश्रीलंकाको रक्षा मन्त्रालयलाई उद्ध्रित गर्दै जनाएअनुसार शिबिरमा एलटीटीई का उच्च नेताहरुको शिर्ष बैठक भईरहेको बताईएको छ । उता बिद्रोहि पक्षले त्यस आक्रमणको जवाफ भिषण गोलाबारी बाट दिएको जनाएको छ । यो हमलाबाट अरु के कति क्षति भयो भन्ने बारेमा बिवरण प्राप्त भएको छैन । एक दिन अगाडि मात्र सरकार र बिद्रोहि पक्ष बीच युद्दबिराम भंग भएको थियो । यसबाट धेरै लामो समयसम्म युद्दको चपेटामा पर्दै आएको हाम्रो जस्तै एसियाको अर्को सानो मुलुकको जनताले अझै कती दु:ख पाउने हो त्यो भने प्रश्नमै सिमीत रहन पुगेको छ । नर्वेले सन २००२ मा मध्यस्थता गरी दुबै पक्षले युद्द बिराम गरेको थियो तर दूई बर्षमै त्यसको उल्लंघन हुदै आईरहेको थियो ।

अन्तरिम संसदको हिउँदे संसद समापन

२१ दिन चलेको संसदको यो अधिवेशनमै संविधानसभा चुनावपछि मुलुक गणतान्त्रिक बन्ने निश्चित हुनेगरी संविधानको तेश्रो संशोधन भयो ।
संसदको नियमित अधिवेशन समापन भएको छ । प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पठाएको पत्र पढ्दै संसदका सभामुख सुवास नेम्वाङले माघ २ गते राती ९ बजेबाट संसद अधिवेशन समापन भएको घोषणा गरे । समापन बक्तब्यमा सभामुखले अब मुलुकको लक्ष चैत २८ को संविधानसभा चुनाव मात्र भएको उल्लेख गरे । सबै विरोधका स्वरलाई समेटेर अघि बढ्नुपर्ने पनि सभामुखको भनाइ थियो ।
मङ्सिर ३ गते सुरु भएको संसद अधिवेशन २१ दिनमा ३१ पटक चलेको थियो । जम्मा ३० घण्टा १० मिनेट चलेको संसद बैठकले ८ सरकारी विधेयक पारित गरेको थियो । यो संसदले पारित गरेको विधेयकमा संविधानको तश्रो संशोधन ऐतिहासिक महत्वको छ । संविधानको तेश्रो संशोधनले संविधानसभा चुनावपछि मुलुक गणतान्त्रिक हुने निश्चित गरेको छ ।

Wednesday, January 16, 2008

Nepal Names Airport for Hillary, Tenzing

KATMANDU, — Nepal plans to name the only airport in the Mount Everest region after the first two men to reach the world's highest peak more than five decades ago, a government minister said Tuesday.
Tourism Minister Prithvi Gurung said the government was planning to name the airport at Lukla as Tenzing-Hillary airport after Sir Edmund Hillary and his climbing partner, Tenzing Norgay, who scaled the 29,035-foot summit of Mount Everest on May 29, 1953.
Lukla airport, situated at 9,100 feet, serves as the gateway for thousands of trekkers and mountaineers going to the Everest region.
Gurung said there were also other proposals to establish an annual award in Hillary's name and also name the trekking route in the Everest region as the Tenzing-Hillary trekking route.
Hillary, a New Zealand beekeeper who became one of the 20th century's most famous explorers, died Friday of a heart attack at age 88.
His death has been mourned in Nepal, where he spent much time helping the people in the foothills of the world's highest mountain.
Following his famous climb, Hillary returned to Nepal several times and founded the Himalayan Trust, which has built 27 schools, two hospitals and 12 clinics around Mount Everest.
Thousands of people have benefited from the trust's projects, and the Sherpa community reveres Hillary as a result.(source:AP)

Tuesday, January 15, 2008

कटवाल अघिअघि कोइराला पछिपछि


यसै साता दुई विवादास्पद अभिव्यक्तिले निकै बजार पायो। दुवै अभिव्यक्ति एउटै विषय र आशयका थिए। प्रधानसेनापति रुक्माङगद् कटवालले चीन भ्रमणमा निस्कँदै गर्दा अन्तर्राष्ट्रिय विमानस्थलमा कुनै पनि राजनीतिक वादबाट प्रशिक्षित सेनालाई राष्ट्रिय सेनामा मिसाउन नहुने बताए। दुई दिनपछि प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले कटवालको बोलीमा बोली मिलाए। हो, राष्ट्रको व्यावसायिक सेना राजनीतिकरण गरिनुहुन्न।
कुनै पनि वाद वा राजनीतिक आग्रहलाई सेनामा हावी हुन दिनुहुन्न। यो विशुद्ध व्यावसायिक रहनुपर्छ। कटवालको भनाइमा असहमत हुने ठाउँ छैन। तर, यस प्रकरणका निहितार्थहरू भने शान्ति प्रक्रियाका लागि सन्देहपूर्ण छन्। कटवालका कुरा काट्न नमिल्ने भए पनि राजनीतिक विषय र प्रक्रियाका बारेमा भाषण, टिप्पणी दिँदै हिड्नु उनको दायित्व होइन। बृहत् शान्ति सम्झौताले पनि उनलाई यो छूट दिएको छैन। माओवादी सेनालाई लक्षित गरी उनको यो अभिव्यक्ति आएको छ। नेकपा माओवादीका नेताहरू यस अभिव्यक्तिप्रति आक्रोशित छन्। विवादको चर्को रूप यसले लिएको छ। राजनीतिक र बौद्धिक बजारमा अनेकौँ अडकलबाजि चलेका छन्। प्रधानसेनापति कटवाल र प्रधानमन्त्री कोइरालाका यी अभिव्यक्ति क्रमश दुई दिनको अन्तरमा आएका छन्। यो कुरा प्रधानमन्त्री कोइरालाको निर्देशनमा प्रधानसेनापति कटवालले बोलेका हुन् या कटवालको इशारामा कोइरालाले बोले भन्ने खोजीको विषय होला। तर, कटवालका कुरा प्रधानमन्त्रीको तहबाट मौखिक अनुमोदन भइसकेपछि उनले सल्लाहबाटै विमानस्थलमा विवादास्पद अभिव्यक्ति दिएको अनुमान लगाउन गाह्रो छैन।
राजनीतिमा विवादास्पद हुने कुरा प्रधानसेनापतिको मुखबाट बोल्न लगाउने प्रधानमन्त्रीको नियत राम्रो देखिँदैन। व्यावसायिक सेनालाई विवादमा ल्याउने काम प्रधानमन्त्रीको तहबाटै भएको छ। नीतिगत विषयमा सरकारले आफ्ना प्रवक्ता एवम् आधिकारिक निकायबाट जानकारी प्रवाह गर्न सक्नुपर्छ। सेनाजस्तो संवेदनशील सङ्गठनलाई राजनीतिक विवादमा तान्ने वा धकेल्ने काममा सरकार प्रमुख नै लाग्नु खेदजनक छ। सरकारकै सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महरा, जो नेकपा माओवादीका प्रवक्ता पनि हुन्, उनले सेनापतिको अभिव्यक्तिमा आपत्ति जनाइरहेका छन्। यी दुई नेताहरूका राजनीतिक आग्रहबाट प्रेरित अभिव्यक्तिको घानमा नेपाली सेना पर्नु खेदजनक अवस्था हो। यसले न शान्तिप्रक्रिया सहज हुन्छ, न राजनीतिक गतिरोधको समाधान। अनावश्यक विवाद सिर्जना गर्ने र संविधानसभाको निर्वाचनको विषयलाई गुमराहमा राख्ने प्रयासहरू सरकारी तहबाटै भइरहेको अवस्थाका रूपमा पनि बुझ्नुपर्छ। इतिहासको यो महत्त्वपूर्ण घडीमा राष्ट्रलाई नयाँ गति र दिशा दिने जिम्मेवारीमा छन्, प्रधानमन्त्री कोइराला। यो कुराको बोध उनमा पनि हुनुपर्छ। विषय र समयको संवेदनशीलतालाई बुझेर राजनीतिक निर्णय लिनुपर्छ, त्यो पनि सबै दलको सहमतिमा। राजनीतिक विवादका विषयमा व्यावसायिक सेनालाई मुछ्ने काम गर्नुहुँदैन।
स्रोत:सम्बोधन

Monday, January 14, 2008

काठमाण्डौमा बम बिस्फोट

आज अपरान्ह काठमाण्डौको भोटाहिटी पुल मुनि बम बिस्फोट भएको छ । बिस्फोटनमा परी नौ जना घाईते भएको र ति मध्ये केहि को अवस्था चिन्ताजनक रहेको बताईएको छ । बम त्यति शक्तिशालि नभएतापनि बढी भिड हुने स्थानमा बिस्फोट गराईएकोले घाईते हुनेहरुको संख्या बढी भएको बताईएको छ । घटना ट्याक्सीमा आएका ब्यक्तिले गराएको बताईएको छ । हाल प्रहरीले घटनामा संलग्न ब्यक्तिहरुको खोजी कार्यलाई तिब्र बनाएको छ । बिस्फोट हुनु भन्दा ठिक केहि समय अगडि मात्र खुला मंचमा सात राजनैतिक दलहरुको आम-सभा सकिएको थियो ।

Sunday, January 13, 2008

आए, रक्सी पिए, फर्किए हिरो

भारतका भूतपूर्वमन्त्री तथा हालका विधायक चर्चित फिल्मी कलाकार विनोद खन्ना सुटुक्क नेपाल आई फर्किएका छन्। नेपालका डेढ सयभन्दा बढी व्यापारीहरुलाई अपराधीहरुले धम्क्याइरहेका बेला विनाकुनै चर्चा उनी नेपाल आई नेपालका व्यापारीहरुको समस्याबारे छलफल गरेर फर्केका हुन्। भारतीय अपराधीहरुको सहभागिता र मिलेमतोमा व्यापारीहरुमाथि आक्रमण र अपहरण भएको सन्दर्भमा पूर्वमन्त्री, भाजपा नेता र फिल्मी हिरो खन्नाले यस्ता घटनाबारे दुःख प्रकट गर्न भने भ्याएका थिए। सीमित र छानिएका व्यापारीहरुमात्र उनीसँग रक्सी पिउन सरिक थिए। नेपालको एउटा औद्योगिक घराना चौधरी ग्रुपका तर्फबाट विनोद चौधरीले उनलाई नेपाल निम्त्याएका बुझिएको छ।
समाचारअनुसार, भारत र विश्वका अन्य मुलुकमा समेत नेपाली उत्पादन वाइवाइ चाउचाउको राम्रो व्यापार गर्न सफल व्यापारी चौधरीको अतिथिको रुपमा दुईहप्ताअघि राजधानी आएका हिरो खन्ना चौधरी निवासमै एक रात बिताएका थिए। उनी आएकै दिन विशेषखालको डिनर आयोजना गर्दै ह्विस्की ब्ल्यु लेबल र स्याम्पेन खोलिएको थियो। भारतीय राजनीतिमा सक्रिय भए पनि खन्नाले प्रधानमन्त्री, मन्त्रीहरु र उच्चपदस्थ अधिकारीहरुलाई भेट गरेनन् तर उनीसँगको ह्विस्की पार्टीमा भारतीय दूतावासका जासुस प्रमुखको सहभागिता रहेको बताइएको छ। उनी भोलिपल्टै दिल्ली फर्केका थिए।
यसैबीच, विश्वका ठूला व्यापारीहरु सामेल एक कार्यक्रममा भाग लिन नेपालका तर्फबाट विनोद चौधरी र सुहृद घिमिरे बिहीबार दिल्लीतिर उडेका छन्। धिरुभाइ अम्बानीका जेठा छोरा मुकेश अम्बानीले भारतीय प्रधानमन्त्री मनमोहन सिंहको निजी निवासमा संसारका धनाढ्यहरुको भेला गराएका हुन्। उनले एउटा व्यापारिक म्यागेजिनको शुभारम्भको बाहनामा संसारका उत्कृष्ट धनाढ्यहरुलाई भेला गराई भारतमा लगानीका लागि सरकारी आग्रहका लागि उपयुक्त बाटो मिलाइदिएका बताइएको छ।

मेलाको नाममा ठगी

काठमाडौंमा शनिबार आयोजित अन्तर्राष्ट्रिय रोजगार मेलाका संयोजक रहेका दिपक पुनलाई घुस मागेको तथा कार्यक्रमका व्यवस्थित बनाउन नसकेको आरोपमा प्रहरीद्वारा नियन्त्रणमा लिदै। कार्यक्रममा तोडफोड सुरु भएपछि एक घण्टामात्र सञ्चालन हुन सक्यो ।
स्रोत:वीक्ली नेपाल

Saturday, January 12, 2008

यस धर्तीबाट बिदा भए सगरमाथाका अन्तरराष्ट्रिय हिरो

प्रथम सगरमाथा आरोही ऎडमण्ड हिलारी तेन्जीन नोर्के शेर्पाका साथ ब्रिटिश राजदुताबासले आयोजना गरेको एक कार्यक्रम बीच जुन २६, सन १९५३ मा नेपालको राजधानी काठमाण्डौमा ।

Friday, January 11, 2008

संविधानसभाको चुनाव चैत २८ गते

मन्त्रीपरिषदको बैठकले संविधानसभा चुनाव चैत २८ गते बिहिबार गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री कार्याललमा पुष २७ गते बसेको मन्त्री परिषदको बैठकले चुनाव मुलुकभरी एकै चरणमा गर्ने निर्णय गरेको गृहमन्त्री कृष्णप्रसाद सिटौलाले बताए । सिटौलाले चुनावका लागि सरकारले शान्तिसुरक्षा लगायत सबै बन्दोवस्त मिलाउने र तोकिएको मितिमै चुनाव हुने पनि उल्लेख गरे । मन्त्री परिषदको बैठकले तराईका जिल्लामा प्रमुख जिल्ला अधिकारी बन्न चाहने मधेशी मूलका प्रथम श्रेणीका सरकारी कर्मचारीलाई प्राथमिकतासाथ त्यो अवसर दिने पनि सहमति गरेको गृहमन्त्री सिटौलाले जानकारी दिए । साथै मन्त्री परिषदको बैठक बस्नुअघि सिंहदरवार प्रधानमन्त्री कार्यलयमा पुष २६ गते नियुक्त तीन मन्त्री र पाँच राज्यमन्त्रीहरुलाई प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सपथ खुवाएका थिए ।

अन्नपूर्णको पार्टीमा हिमानीको डान्स

काठमाडौं। अन्नपूर्ण होटलको भव्य बैठक कक्षमा पार्टी चलिरहेको थियो। 'तु पक्रिलिए फुट फुट फुट' बोलको हिन्दी रिमिक्स गीतमा मदिराको तालसँगै नाच्न र गाउन शाही नातेदार एवं सम्भ्रान्तहरु तँछाड–मछाड गर्दै थिए। करिब ११ बजेतिर टपकोट र बुटमा सजिएकी साढे पाँच फिट जति अग्ली गोरी पातली युवती नाचगानको हुलमा देखापरिन्। शान्ति सिंहका बुहारीहरुसँगै उनी पनि नाच्न थालिन्। सबै मन्त्रमुग्ध भएर उनको नृत्य हेर्न थाले। त्यो नर्तकी अरु कोही नभएर कुनैबेला नेपालको सम्मानित संस्था राजपरिवारकी बुहारी अर्थात् युवराज्ञी हिमानी थिइन्।
गत मंगलबारको उक्त पार्टीको आयोजना शाही नातेदार केतकी चेष्टरका अघिल्लो लोग्नेतर्फका छोरा एवं अखण्डशमशेरका नाति कपील राणाले गरेका थिए। करिब तीन सयको सहभागिता रहेको उक्त पार्टीमा ९ बजे छिरेकी हिमानी ११ बजेतिरमात्रै बाहिरिएकी थिइन्। युवराज्ञी हिमानी कहिलेकाहीँ पार्टी तथा मोजमस्तीमा देखिने गरे पनि उनको पारिवारिक जीवन भने बाहिर अरुले सोचेको जस्तो उन्मुक्त छैन। पारिवारिक टेन्सनले हिमानी थिलोथिलो परेकी छन्। २ सय ४० वर्ष लामो पारिवारिक विरासत समाप्त हुन लागेका कारण हिमानी टेन्सनमा परेकी भने होइनन्। सर्वसाधारणकै कोखमा जन्मेर शाहज्यादासँग वैवाहिक सम्बन्ध कायम गर्न पुगेकी हिमानीका लागि युवराज्ञी पद आकस्मिक अपुतालीका रुपमा प्राप्त भएका कारण पारिवारिक विरासत गुम्न लागेकोमा उनले खासै टेन्सन नलिएकी हुन्। उनी टेन्सनमा हुनुको प्रमुख कारण श्रीमान् युवराज पारससँगको मतभेद हो। पहिले समान्य रहेको यो मतभेद पछिल्ला दिनहरुमा यति चर्किएर गएको छ कि उनीहरु एकसाथ बस्ने अवस्थासमेत रहन छाडेको छ। श्रीमान् पारस निर्मल निवासमा आएका बेला उनी गोकर्णमा हुन्छिन् भने युवराज पारस गोकर्णमा भएका बेला उनी निर्मलनिवासमा हुन्छिन्। आफ्नो ३७ औं जन्मोत्सवका अवसरमा युवराज पारसले पुसको दोस्रो साता आयोजना गरेको एउटा रात्रिभोजमा भने हिमानी निर्मलनिवासमै थिइन्, तर दुवैलाई एकैठाउँमा शुभकामना दिन सहभागीहरुले पाएनन्। युवराज पारस खुसी मुडमा सहभागीहरुका शुभकामना एवं पुष्पगुच्छा ग्रहण गर्दै थिए भने हिमानी अर्कै कुनामा झोक्राएर बसेकी थिइन्। पारसका गल्फ खेल्ने साथी एवं केही सीमित पत्रकार गरी करिब १ सय ३० जनाको सहभागिता रहेको उक्त पार्टी राति अबेरसम्म चल्न पनि पाएन। गल्फ खेल्नेक्रममा सम्पर्कमा आएकी रसियन युवतीलाई बढी समय दिन थालेपछि युवराज पारसप्रति हिमानीको मोहभंग भएको हो। उनीहरुबीचको सम्बन्धमा ६ महिनाअघिदेखि दरार पैदा हुन सुरु भए पनि युवराज पारस गम्भीर विरामी भएर नर्भिक अस्पतालमा भर्ना भएपछि सम्बन्ध केही सुधि्रएको थियो। तर रसियन युवतीप्रतिको अगाध प्रेमका अगाडि युवराज पारसका लागि हिमानी फिका साबित भइन्। छोराछोरीको सुरक्षित भविष्यको विषयलाई लिएर उत्पन्न मतभेद पनि पछिल्ला दिनमा झन् बढेको छ। हिमानी छोराछोरीलाई भारतका राम्रा विद्यालयमा पढाउन चाहन्छिन्। मुलुकको वर्तमान विषम परिस्थितिको मनोवैज्ञानिक असर आफ्ना कलिला छोराछोरीमा नपरोस् भन्ने चाहना हिमानीको भए पनि युवराज पारस त्यसको पक्षमा छैनन्। राजगद्दी छाड्नु परे पनि आफ्नै देशमा सम्मानित नागरिक भएर बस्ने र छोराछोरीलाई नेपालमै बुढानीलकण्ठ वा रातो बंगलामा पढाउने मनस्थितिमा युवराज पारस छन्। उनीहरुका छोराछोरी अहिले दिदीसासू रुपि राणाद्वारा सञ्चालित छाउनीको रुपिज इन्टरनेशनल बोर्डिङ्ग स्कुलमा पढ्दैछन्। केही दिनअघि रुपिजको 'प्यारेन्स डे' मा हिमानी 'फेन्ट' भएर अस्पताल पुगेपछि युवराज पारस अस्पताल पुगे पनि उनलाई हेर्न राजा–रानी ५ दिनसम्म नपुगेको बुझिएको छ। रुपिजको कार्यक्रमको अघिल्लो दिन हिमानी एक्लै गोकर्णमा बसेकी थिइन्।
यसैगरी राजा ज्ञानेन्द्र पनि राणाहरुजस्तो सत्ताबाट हट्नेवित्तिकै विदेश पलायन हुने मनस्थितिमा नरहेको समाचार स्रोतले जनाएको छ। सम्मानित ढंगले स्वदेशमै बस्ने व्यवस्था राजनीतिक दलहरुले गरिदिनुपर्नेबाहेक अन्य सर्त राजा ज्ञानेन्द्रले अघि नसार्ने बताइन्छ। तर यो परिस्थितिप्रति पनि उनी ढुक्क भने छैनन्। प्रधानमन्त्रीलाई 'कु' गर्नेबेलामा साथ दिएको नेपाली सेनाले आफ्नो सत्ता जोगाउन साथ नदिएको तीतो अनुभव सम्हालेका राजा ज्ञानेन्द्र लोकतान्त्रिक शक्तिविरुद्ध माओवादीले सत्ता कब्जा गरे भने नेपाली सेनाले साथ दिने त होइन? भन्ने त्रासमा छन्। माओवादीले सत्ता कब्जा गरे भने सम्मानित नागरिक भएर स्वदेशमै बस्ने आफ्नो अन्तिम इच्छा पनि राजा ज्ञानेन्द्रको पूरा हुने छैन।

राजावादीको काँधमा भाजापाको धाप

काठमाडौं। नेपालको लोकतान्त्रिक परिवर्तनको विपक्ष्ँमा देखिएको भारतीय जनता पार्टीले नेपालमा आफ्नो नयाँ किसिमको चलखेलको शुरुवात गरेको छ। नेपालमा भाजपाले हिन्दू अतिवादीको नाममा राष्ट्रिय स्वतन्त्र स्वयंसेवक संघ खडा गरी राजनीतिक गतिविधिमा तीब्रता देखाएको छ। सात राजनीतिक दलले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न गरेको निर्णय र अन्तरिम संसदबाट गरिएको अनुमोदनपछि भाजपाले आफ्नो सक्रियता बढाएको हो। यसअघि पार्टीका नेता लालकृष्ण आडवाणीले नेपालमा माओवादीको हात माथि परेको भन्दै भारतीय जनता पार्टीले नेपाल नीति निर्माण गर्ने बताइसकेका थिए।
हाल भारतीय जनता पार्टीका अध्यक्ष राजनाथ सिंह र अशोक सिंहले नेपालको अन्तरिम संसद्ले नेपाललाई गणतन्त्रतर्फ उन्मुख गराउन नसक्ने उल्लेख गर्दै नेपालका राजावादीको निभ्न लागेको आगोमा घ्यू थप्ने काम गरेका छन्। हाल राजतन्त्र समर्थक भारतका एक विशेष प्रतिनिधि प्रितम सिंहसमेतको टोली भारतीय जनता पार्टीकै लाइनबाट सक्रिय रहेका छन्। यतिबेला नेपालमा राजसंस्थाको अन्त्य सातदलले गर्न नसक्ने कुरा भाजपाले केही भारतीय संचारमाध्यम मार्फत सार्वजनिक गरेका छन्। प्रधानमन्त्रकी गिरिजाप्रसाद कोइरालालाई आफ्नो अभिव्यक्ति सार्वजनिक गर्नुपूर्व भाजपा नेता आडवाणीले फोन वार्ता गरेको थाहा भएको छ। फोनमा आडवाणीले माओवादीप्रति धेरै लचिलो नबन्न सुझाव दिंदै यसले भारतको सुरक्षामासमेत गम्भीर असर पर्ने भएकाले पुनर्विचार गर्न आग्रह गरेका थिए। जवाफमा कोइरालाले सकारात्मक जवाफ दिंदै माओवादी शान्ति प्रक्रियामा आइसकेको बताउँदै तराईको समस्या समाधानतर्फ आफ्नो ध्यान केन्द्रित भएको बताएका थिए। यसको दुई दिन पछाडि अशोक सिंघल निवास इलाहावादमा बसेको भारतीय जनता पार्टीको एक बैठकले नेपालमा आफ्ना प्रतिनिधि खटाउने निर्णय गरेको थियो। प्राप्त जानकारी अनुसार, ती प्रतिनिधि काठमाडौं आइसकेका र होटल ह्यातमा बस्ने गरेको थाहा भए पनि नाम भने अत्यन्त गोप्य राखिएको छ।
यसैबीच कट्टर राजा समर्थकका रुपमा देखिएको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको हिजो दिउँसो चुनदेवीस्थित पार्टी कार्यालयमा बसेको बैठकले राष्ट्रवादी शक्तिको गठबन्धनको संज्ञा दिंदै रविन्द्रनाथ शर्मा र कमल थापाहरुले आफूहरुले उपयुक्त समयमा आन्दोलनको घोषणा गरेकाले यसबारेमा नकारात्मक विचार प्रभाह नगर्ने कार्यकर्ता र अन्य सहयोगलाई आग्रह गरेका थिए। राजा ज्ञानेन्द्र चुप लागेको अवस्था र ०१७ सालमा वीपी कोइरालालाई धोका दिएर अधिनायकवाद लाद्न राजा ज्ञानेन्द्रलाई सहयोग पुर्‍याएका डा. तुलसी गिरीको मौनता शिकार, आक्रमण गर्नुपूर्वको धैर्यता हो कि भन्ने आशंका बढेर गएको छ। यसबारेमा सात राजनीतिक दलले समयमै विचार पुर्‍याएर कदम नचाले नेपाली जनताको लोकतान्त्रिक राज्य व्यवस्थाप्रतिको चाहनामा फेरि पनि कुठाराघात हुन सक्छ। लोकतान्त्रिक मूल्य र मान्यताभित्रका शक्तिका लागि यो समस्याको विषय बनेको छ।
श्रोत: हांक

Monday, January 7, 2008

बिश्वको हावापानीमा देखिएको परिवर्तनको स्वरुप

यो तस्वीर अष्ट्रेलीयन अनुसन्धानकर्ता इआन आल्लिसनले सन १९७३ को जनवरीमा लिएका थिए, जुन इन्डोनेसियाको जाया पहाडको हो । हावपानी परिवर्तन संगै त्यहाको हिऊं तिब्र रुपमा पग्लिरहेको छ फोटो: एमएसएनबीसी

Sunday, January 6, 2008

ग्रीसमा ठूलो भुकम्प

जनवरी ६, २००८ । ग्रीसमा आज आइतबार भुकम्पको ठूलो धक्का महशुस गरिको समाचार प्राप्त भएको छ । भुकम्प मानिसहरु बिछ्यौनामा पल्टिरहेको बेला बिहानको समयमा गएको र यो ६.५ रिक्टर स्केलको भएको बताईएको छ । हाल भुकम्प बाट के कति नोक्सान भयो भन्ने बारेमा पुर्ण बिवरण प्राप्त भएको छैन । ग्रीसको सन १९९९ मा गएको भुकम्पमा परि १४३ जना ब्यक्तिको ज्यान गएको थियो जुन ५.९ रिक्टर स्केल मापन गरिएको थियो ।

सेना समायोजन हुँदैनः प्रधानसेनापति

प्रधान सेनापति रुक्मांगत कटवालले माओवादी सेनालाई नेपाली सेनामा समायोजन गर्ने विषयमा असमर्थता जनाउनुभएको छ। चीनको साताव्यापी भ्रमणमा जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानसेनापति कटवालले एउटा समस्या समाधान गर्ने नाममा अर्को डरलाग्दो समस्या निम्त्याउन नहुने बताउनुभयो। नेपाली सेना राष्ट्रिय सेना भएकाले यसमा कुनै राजनीति वा वाद घुसाउनु खतरनाक हुने कटवालको भनाइ थियो।
सेना चेन अफ कमान्डमा चल्ने बताउँदै कटवालले मुलुकमा राष्ट्रिय झण्डा जलाइनुले राष्ट्रिय अखण्डता गम्भीर खतरामा परेको औंल्याउनुभयो। सीमित पत्रकारहरुमाझ बोल्दै कटवालले सेना मुलुकको समस्या समाधान होस् भन्ने पक्षमा रहेको स्पष्ट पार्नुभयो। तर समस्या समाधानका लागि भनेर राष्ट्रिय अखण्डतामा आँच पुग्ने खालका कुनै पनि गतिविधि आफूलाई सह्य नहुने बताउनुभयो। छिमेकी मुलुक भारत भ्रमण सकेर फर्केको एक महिना पनि नबित्दै उहाँ एक साता लामो भ्रमणका लागि चीन जानुभएको हो। आफ्नो भ्रमण रक्षामन्त्रीको स्वीकृतिमा नै भएको उहाँले दाबी गर्नुभयो। प्रधानसेनापतिसँगै सुदूर पश्चिम पृतनापति अनन्तबहादुर थेवे र सहायक रथी भिक्टर जंगबहादुर राणा हुनुहुन्छ।
स्रोत: हांक

Saturday, January 5, 2008

क-कसले पिए 'र' को रक्सी ?

काठमाडौं। नेपालमा सक्रिय साना-ठूला सशस्त्र समूहभित्र मात्र होइन, नेपालको अत्यन्त तरल राजनीतिमा अनेकौं षड्यन्त्रमा क्रियाशील मानिँदै आएको भारतीय गुप्तचर संस्था 'र' ले राजधानी काठमाडौंमा छानिएका मानिसहरुलाई भेला गराई भोज खुवाएको छ। दरबारिया, कांग्रेस, वामपन्थी, व्यापारी, सुरक्षाकर्मी, प्राध्यापक र मधेश नेतासहित जम्माजम्मी ४० जनाजतिको सो भोज 'र' का नेपालस्थित तत्कालीन प्रमुख सुरेश ढुण्डिया र वर्तमान प्रमुख आलोक जोशीले संयुक्त रूपमा दिएका हुन्।
दरबारमार्गस्थित याक एण्ड यती होटलको दरबार हलमा 'र' को जमघट ११ दिनअघि अर्थात् डिसेम्बर २० तारिख बिहीबारको साँझ अबेरदेखि शुरु भएको थियो। नेपालमा रहेर अनेक पेशा, व्यवसायमा संलग्नमध्ये केही मात्र भारतीय नागरिकहरु देखिएको सो भोजमा नेपाल सरकारका मन्त्रीहरुमध्ये गृहमन्त्री कृष्णप्रसाद सिटौला मात्र अबेरसम्म सहभागी थिए। 'र' का प्रमुख अशोक चतुर्वेदी दिल्ली फर्किएको भोलिपल्टै आयोजित भोजमा नेकपा माओवादीका तर्फबाट भने चिनिएका कोही नेताहरु सामेल देखिएनन्। एमालेका स्थायी समिति सदस्य भरतमोहन अधिकारीबाहेक अन्यको सहभागिता थिएन भने नेपाली कांग्रेसका नेताहरुमा गृहमन्त्री सिटौलासहित खुमबहादुर खड्का, प्रमपुत्री सुजाता कोइराला, अर्जुननरसिंह केसी, विजय गच्छेदार, सुरेश मल्ल र अमरेशकुमार सिंहको सहभागिता थियो। यो जमघटमा नेपाली सेनाका प्रधानसेनापति रुक्माङ्गद् कटवालसहित केही जर्नेलहरु, रिटायर्ड जर्नेल सदीप शाहसमेत देखिएका थिए। 'र' को भोजमा तराई-मधेश पार्टी खोलेका मधेशका विद्रोही नेताहरु महन्थ ठाकुर, हृदयेश त्रिपाठी, महेन्द्र रायसमेत प्रायः सबै थिए भने मन्त्री खुस्किएपछि विद्रोही बनेका राजेन्द्र महतो पनि रमेका थिए। राजावादीहरुमा शाही सत्ताका हर्ताकर्ता पूर्वमन्त्री रमेशनाथ पाण्डे र उनका छोरा निश्चलनाथ पाण्डे मात्र होइन तत्कालीन सहायकमन्त्री डा. असर्फी साह, जयन्त चन्द र पूर्व आईजीपी धु्रवबहादुर प्रधान पनि 'र' को जमघटमा सहभागी पाइए। व्यापारीहरुमा बनबारीलाल मित्तललगायत केही मात्र थिए भने भारतीय राजदूत शिवशंकर मुखर्जी तराईका नेताहरुलाई सरकारबाटै खतरा भएको विश्लेषण सुनाउँदै थिए।
भेलाको मध्यतिर पुगेका पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाले केही नेतालाई व्यङ्ग्य गर्दै 'यहाँ भेटिन्छ भन्ने थाहा पाइएको' बताएका थिए। तराई-मधेश पार्टीका नेताको सुरक्षा र नेपालको भावी राजनीतिको कुरा चल्दा थापाले 'ये सब आपके हि तो आद्मी है' भनी ठाकुर, त्रिपाठी, गृहमन्त्री आदि भएतिर इङ्गित गरेका थिए। मिनिष्टर काउन्सिलरको आवरणमा दूतावासमा खटिए पनि गुप्तचरीमा क्रियाशील हुने 'र' का तत्कालीन नेपाल प्रमुख ढुँण्डिया ६० वर्ष उमेर पुगी रिटायर्ड भएकाले उनको काम सम्हाल्न डीआईजी दर्जाका कपाल र जुँगा फुलेका आलोक जोशी आएका हुन्। रिटायर्ड 'र' का हाकिम ढुण्डिया भारतको दिल्लीनजिक धेरै नेपाली पहुँचवाला धनाढ्यहरुको बस्ती भएको गुडगाँव क्षेत्रमा बसोबास गर्नेगरी काठमाडौंबाट बिदा भएका छन्। उनले नेपाल बस्दा घरको काम गरिदिने एक नेपालीकी दुई वर्षीया छोरीलाई पढाइदिन्छु भनी दिल्ली लगेका छन्।
स्रोत:हांक

भेनेजुएलामा विमान दुर्घटना


जनवरी ५ २००८ । शुक्रबार एक जना अमेरिकन र आठ जना इटालियन नागरिक सहित १४ जना लिएर उडेको भेनेजुएलाको एउटा विमान समुद्रमा खसेको समाचार छ । हाल दुर्घटनाग्रस्त विमानको समुद्री र हवाई मार्ग बाट खोजी कार्य जारी राखिएको छ । विमान साईमोन बोलिभार अन्तराष्टिय विमानस्थल नजीक दुर्घटना भएको कुरा भेनेजुएलाका आपतकालिन ब्यवस्थापन समितीका प्रमुख जनरल आन्टोनियो रीभेरो ले बताएका छन । इटलीको बिदेश मन्त्रालयले जहाजमा आफ्नो आठजना नागरिक रहेको बताएको छ । दुर्घटनामा पर्ने अन्य नागरिकहरुमा भेनेजुएलीहरु रहेक छन ।

सडकबाट सद्भाव सन्देश



आन्दोलनले तनावग्रस्त तराईमा दलहरू खुलेर जान नसकिरहेका बेला भर्खरै नाट्य समूह शिल्पीले १८ दिनको मधेश यात्रामा २९ ठाउँमा नाटक प्रदर्शन गरेको छ। 'मधेश तराई' नाम दिइएको सडक नाटकले नागरिकता, पहुँच, अवसर र भाषा समस्याले सिर्जित मधेश आन्दोलन शान्तिपूर्ण र सही दिशामा लैजाने हो भने दलीय स्वार्थ त्यागेर तत्काल सद्भावका गतिविधि शुरु गर्नुपर्ने सन्देश ल्याएको छ।
शिल्पीले साम्प्रदायिक रङ्गभेदहरूलाई तोडेर जनकपुरको मिथिला नाट्यकला परिषद् र कपिलवस्तुको कालिका नाट्य समूहलाई यात्रामा समेटेको थियो। तराईवासी जित्सा काका (रामनारायण ठाकुर) र पहाडबाट तराई झ्रेका नरबहादुर (राजन खतिवडा) ले भोगेको गरिबी, अभाव, बेवास्ता र विपत्तिलाई नाटकमा बुनिएको छ। त्यो विपत्तिबाट उम्किन अधिकार प्राप्तिका लागि तराईवासीले शुरु गरेको शान्तिपूर्ण आन्दोलन हिंसात्मक बनेपछि त्यही समस्यामा नाटकलाई रोकेर साम्प्रदायिक सद्भाव खल्बल्याउने तराई हिंसा कसरी समाधान गर्न सकिन्छ भन्ने उपाय पनि दर्शकबाट फुराइएको थियो। कसैको मुख नताकी समुदायले नै शान्तिपूर्ण आन्दोलनमा घुसपैठ गरेर हिंसात्मक बनाउने भिजिलान्तेहरूलाई कारबाही गर्नुपर्ने, विना भेदभाव सामुदायिक सद्भाव बढाउनुपर्ने, मधेश आन्दोलनले कोही मधेशवासीलाई दुःख दिन नहुने दर्शकको सुझावलाई कलाकारहरूले नाटकमार्फत् तत्काल सुझाएका थिए। नाटक पटक-पटक साम्प्रदायिक हिंसाको मार खेपिरहेको पूर्वको राजविराज, जनकपुर, लालबन्दी, चन्द्रनिगाहपुरदेखि मध्यपश्चिमको कपिलवस्तु, नेपालगञ्ज हुँदै बर्दियासम्म प्रदर्शन गरिएको थियो। ४५ मिनेटको कचहरी नाटकमा मैथली, भोजपुरी, अवधि र नेपाली चार भाषा मिसाएर फरक फरक संस्कृति, भाषा र अनुभवलाई समेत समेट्ने प्रयास गरिएको थियो। कलाकार राजन खतिवडा नाटकमा जस्तै तराईको शान्तिपूर्ण आन्दोलन गलत तत्वबाट भड्किएको छ भन्ने सबैले थाहा पाएको भएपनि यसको समाधान उनीहरूको वशभन्दा बाहिर गइसकेको बताउँछन्। उनले भने- “उनीहरू छिमेकी खेदेर वा हिंसा भड्काएर समस्या समाधान हुँदैन भन्नेमा पनि प्रस्ट छन्।”
हिंसाको पीडा पोख्ने ठाउँ समेत नपाइरहेका बेला प्रदर्शित नाटकमार्फत् तराईवासीले धार्मिक वा जातीय विभाजनमा नबाँडिई साम्प्रदायिक हिंसा विरुद्ध एक भएर लागौँ भन्ने आवाज उठाएका छन्। शिल्पीका नाटक निर्देशक घिमिरे युवराजका अनुसार नाटक वर्षौंदेखि चलिआएको जमिन्दारी र एकतन्त्रीय शासनको विरोध गर्दै देशको सामाजिक, राजनीतिक रुपान्तरण शुरु गर्ने रङ्गमञ्चीय आन्दोलन हो। ८ पुसमा काठमाडौँमा यात्राको समापन गर्दै युवराजले भने “मधेशका जनता प्रेम र सद्भावसहित आपसमा मिलेर बस्न चाहन्छन् तर उनीहरूको त्यो चाहनालाई कसैले पनि सही तरिकाले सम्बोधन नगरिदिँदा दुःखी छन्। दलहरू त त्यसमा नराम्ररी चुकेका देखिए।”
स्रोत: हिमाल

माफि माग्दै प्रचण्ड शिक्षण अस्पतालमा


पुष १६ गते काभ्रेको तालढुङामा आफूसम्बद्ध कार्यकर्ताहरुको आक्रमणबाट सख्त घाइते भएको एमालेसम्बद्ध अनेरास्ववियूका केन्द्रीय सदस्य दिपक गौतमलाई भेटन माओवादी अध्यक्ष प्रचण्ड पुष २० गते शिक्षण अस्पताल पुगेका छन् । गौतमलाई वाईसीएल कार्यकर्ताले खुकरी आक्रमण गरेका थिए । घाइते गौतमलाई १० मिनेट भेटेपछि प्रचण्डले उक्त घटना गम्भीर र दुखद भएको बताए । एमालेसँग सहमति बन्दै गरेको बेला भएको घटनाले नराम्रो सन्देश दिएको प्रचण्डको भनाइ थियो । 'यो नकारात्मक घटनाबाट सकारात्मक शिक्षा लिनेछौं' प्रचण्डले भने, 'यस्ता घटना नदोहोर्‍याउन पार्टीका सबै निकायलाई कडा निर्देशन दिइसकेको छु ।'घाइते गौतमलाई प्रचण्डसँगै एमाले स्थायी समिति सदस्य केशव बडालले भेटेका थिए । गौतममाथि आक्रमण भएको घटनाको बिरोधमा आजै एमाले काभ्रेले बनेपामा बिरोधसभा पनि गरिरहेको छ ।
स्रोत: हिमाल खबर

Friday, January 4, 2008

तीतो सत्य

साभार: फ़्री नेपाल डट कम

तस्बीर आफै बोल्छ

बिश्वको समाचार शिघ्र सम्प्रेषण गर्ने अमेरिकी अनलाईन समाचार च्यालन ऎमएसएनबिसीको पहिलो पेजमा अझै रहेको पश्चीम नेपालको भेरी नदीमा भएको झोलुंगे पूल चुंडिदाको यो कहालीलाग्दो तस्बीर

Wednesday, January 2, 2008

भारतमा माओवादी र प्रहरी बीच भीषण भिडन्त



मंगलवार राती भारतको झारखंड र उडीसा राज्यको सीमानामा पर्ने सारंडाको घना जंगलमा प्रहरी र माओवादी बीच भीषण मुठभेड भएको समाचार छ झारखंडका प्रहरी प्रवक्ता राजकुमार मलिकले भिडन्त मंगलवार राती ढिला शुरु भएको बताउंदै माओवादीहरुले गश्तीमा रहेको प्रहरीको गाडिलाई निशाना बनाउंदै एम्बुस बिस्फोट गराउने असफल प्रयास गरेको बताएका छन । भिडन्त तीन घण्टा सम्म जारी रहेको र आक्रमणमा मोर्टार तथा अन्य स्वचालित हतियारको प्रयोग भएको बताईएको छ । प्रहरीले भिडन्तमा ६ माओवादीको ज्यान गएको र अन्य ६ जना घाइते भएको बताएको छ भने भिडन्तमा आफ्नो तर्फ एक प्रहरी घाइते भएको र उपचारको क्रममा निधन भएको जनाएको छ । प्रहरी प्रवक्ताका अनुसार माओवादीहरु प्रहरी चौकी कब्जा गर्ने उद्देश्यका साथ अगाडि बढ्दै गरेको र उनीहरुको संख्या १५० जति रहेको थियो । भारतको झारखंडको २२ जील्ला मध्य १८ जील्लामा माओवादीहरु सक्रिय रहेको बताईएको छ ।

पाकिस्तानमा निर्वाचनको नयां मिति घोषणा

जनवरी०२।२००८पाकिस्तानको निर्वाचन आयोगले यहि आठ जनवरीमा हुने भनिएको निर्वाचनलाई स्थगित गरी पुन: सन २००८ को १८ फेब्रुवरीमा गर्ने घोषणा गरेको छ ।मुख्य निर्वाचन आयुक्त काजी मोहम्मद फारुखले एक पत्रकार सम्मेलन गर्दै पीपीपी नेता तथा पूर्व प्रधानमंत्री बेनजीर भुट्टोको हत्या पछि आठ जनवरीमा निर्वाचन हुन सक्ने संभावना नरहेको बताउंदै उनले यो कुराको घोषणा गरेका छन । धेरैले आठ जनवरीमा पाकिस्तानमा हुन गईरहेको निर्वाचनको बारेमा चिन्ता ब्यक्त गर्दै आइरहेका थिए ।

तीस जनालाई जिउंदै जलाईयो


केन्या । केन्यामा राष्ट्रपति चुनाव पछि भड्किएको हिंसा मा ३० जना ब्यक्तिलाई एक चर्चमा जिउंदै जलाईएको छ । जसमा ज्यदा बालबालीका रहेका छन । उनीहरु हिंसाबाट बच्नको लागि एक चर्चमा शरण लिन गएका थिए । केन्यामा राष्ट्रपति चुनाव पश्चात १२० जना भन्दा ब्यक्तिको ज्यान गईसकेको छ । जसको कारण हज्जरौं सैनिक र प्रहरीलाई सडकमा तैनाथ गरिएको छ । राष्ट्रपति चुनावमा राष्ट्रपति किबाकी दोस्रोपटक पुन: राष्ट्रपति बने पछि उनका विपक्षी उम्मेदवार रायला ओडिंगाले त्यसको बिरोध गर्दै चुनावमा धांधली भएको बताएका छन । राजधानी नैरोबीमा भएको झडपहरुमा कयौं ब्यक्तिहरुले ज्यान गुमाएपछि मानवाधिकार संस्था एमनेस्टीले त्यसको स्वतन्त्ररुपमा छानबिन हुनुपर्ने माग गरेको छ । ब्रिटेन प्रधानमंत्री गोर्डन ब्राउनले राष्ट्रपति किबाकी र विपक्षी नेता रायला ओंडिंगा संग छुट्टा-छुट्टै टेलीफोन वार्ता गरि दुवैलाई आपसमा वार्ता गर्न आग्रह गरेका छन । उता अमेरिकाले पनि चुनाव प्रति चिन्ता ब्यक्त गरेको छ । अमेरिकाले पहिले किबाकीको चुनावको समर्थन गरेको थियो भने हाल आएर केन्याका लागि अमेरिकी राजदूत माइकल रैनबर्गरले बीबीसीसंग कुरा गर्दै केहि इलाकामा धांधलि भएको बताएका छन ।