Thursday, January 17, 2008

अन्तरिम संसदको हिउँदे संसद समापन

२१ दिन चलेको संसदको यो अधिवेशनमै संविधानसभा चुनावपछि मुलुक गणतान्त्रिक बन्ने निश्चित हुनेगरी संविधानको तेश्रो संशोधन भयो ।
संसदको नियमित अधिवेशन समापन भएको छ । प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पठाएको पत्र पढ्दै संसदका सभामुख सुवास नेम्वाङले माघ २ गते राती ९ बजेबाट संसद अधिवेशन समापन भएको घोषणा गरे । समापन बक्तब्यमा सभामुखले अब मुलुकको लक्ष चैत २८ को संविधानसभा चुनाव मात्र भएको उल्लेख गरे । सबै विरोधका स्वरलाई समेटेर अघि बढ्नुपर्ने पनि सभामुखको भनाइ थियो ।
मङ्सिर ३ गते सुरु भएको संसद अधिवेशन २१ दिनमा ३१ पटक चलेको थियो । जम्मा ३० घण्टा १० मिनेट चलेको संसद बैठकले ८ सरकारी विधेयक पारित गरेको थियो । यो संसदले पारित गरेको विधेयकमा संविधानको तश्रो संशोधन ऐतिहासिक महत्वको छ । संविधानको तेश्रो संशोधनले संविधानसभा चुनावपछि मुलुक गणतान्त्रिक हुने निश्चित गरेको छ ।

No comments: