Wednesday, January 2, 2008

भारतमा माओवादी र प्रहरी बीच भीषण भिडन्त



मंगलवार राती भारतको झारखंड र उडीसा राज्यको सीमानामा पर्ने सारंडाको घना जंगलमा प्रहरी र माओवादी बीच भीषण मुठभेड भएको समाचार छ झारखंडका प्रहरी प्रवक्ता राजकुमार मलिकले भिडन्त मंगलवार राती ढिला शुरु भएको बताउंदै माओवादीहरुले गश्तीमा रहेको प्रहरीको गाडिलाई निशाना बनाउंदै एम्बुस बिस्फोट गराउने असफल प्रयास गरेको बताएका छन । भिडन्त तीन घण्टा सम्म जारी रहेको र आक्रमणमा मोर्टार तथा अन्य स्वचालित हतियारको प्रयोग भएको बताईएको छ । प्रहरीले भिडन्तमा ६ माओवादीको ज्यान गएको र अन्य ६ जना घाइते भएको बताएको छ भने भिडन्तमा आफ्नो तर्फ एक प्रहरी घाइते भएको र उपचारको क्रममा निधन भएको जनाएको छ । प्रहरी प्रवक्ताका अनुसार माओवादीहरु प्रहरी चौकी कब्जा गर्ने उद्देश्यका साथ अगाडि बढ्दै गरेको र उनीहरुको संख्या १५० जति रहेको थियो । भारतको झारखंडको २२ जील्ला मध्य १८ जील्लामा माओवादीहरु सक्रिय रहेको बताईएको छ ।

No comments: