Monday, January 21, 2008

चुनावबारे आशंका निर्मुल गर्न आग्रह

संविधानसभा चुनाव चैतमै सम्पन्न हुनेमा आशंका रहेकाले त्यसबारे विचार गर्न प्रमुख निर्वाचन आयुक्तले सबैलाई आग्रह गरेका छन्। प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले चैत २८ मा संविधानसभाको निर्वाचन हुनेमा अझै आशंका रहेकाले सरकार, संसद र संसदीय दलहरुलाई त्यसबारे बिचार गर्न आग्रह गरेका छन् ।
संसदको संविधानसभा निर्वाचन ब्यवस्थापन अनुगमन बिशेष समितिको माघ ६ गते भएको बैठकमा प्रमुख निर्वाचन आयुक्त पोखरेलले दुई पटकसम्म चुनाव भएकाले नकारात्मक सन्देश जन्मिएको बताए । पोखरेलले शान्तिसुरक्षाको अवस्था अझै नसुध्रिएको तथा एक दिन चुनावको कार्यक्रममा अवरोध पुगे चैत २८ गते हुने चुनाव पनि प्रभवित हुने बताए ।
पोखरेलले चुनाव बिबाद नुहने प्रकारको हुनुपर्ने भएकाले आचारसंहिता पालना गर्न सबैलाई अनुरोध गरे । पोखरेलले चुनावका लागि आवश्यक पर्ने चार करोडभन्दा धेरै मतपत्र जनक शिक्षा सामाग्री केन्द्रमा छाप्न लागेको पनि जानकारी दिए । सांसदहरुले सुरक्षा अबस्था, तराई समस्या लगायतका बिषयमा उचित सम्बोधन नभएसम्म चैत २८ गते एकै चरणमा चुनाव हुनेमा शंका ब्यक्त गरेका थिए । तर, नवनियुक्त गृहराज्य मन्त्री रामकुमार चौधरीले छलफलमा चुनावका लागि आवश्यक सुरक्षा दिन सरकार तयार रहेको बताएका थिए ।(साभार हिमाल खबर पत्रिका )

No comments: